Monday, September 19, 2022

बजार अनुगमन

विदुर । चाडवाड नजिकिए संगै नुवाकोटमा संयुक्त बजार अनुगमन समितिले बजार अनुगमनलाई तिव्रता दिने भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी संयोजक रहेको समितिले गएको सोमबार विदुर नगरपालिकाको विभिन्न स्थानमा बजार अनुगमन गरेको छ । 

सहायक प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालका अनुसार अनुगमनको क्रममा भेटिएका अखाद्य बस्तुहरु नियन्त्रणमा लिएर सिधै नष्ट गरिने र दोश्रो पटकको अनुगमनमा पनि अखाद्य बस्तु भेटिएमा नियन्त्रणका साथै जरिवाना समेत गरिने छ । 

सोमबार अनुगमनको क्रममा भेटिएका अखाद्य बस्तुहरु नियन्त्रण लिएर नष्ट गरिएको उनले बताए । चाडपर्व नजिकिएकाले अनुगमनलाई तिब्रता दिने उनले बताएका छन् । साथै उपभोक्तालाई सचेत भएर सामग्री खरिदको 

लागी आग्रह समेत गरेका छन् । बजार अनुगमनका क्रममा सहायक प्रमुख जिल्ला अधिकारी संयोजकमा घरेलु तथा साना उद्योग कार्यालय, खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय, जिल्ला प्रहरी कार्यालय, उपभोक्ता अधिकार मञ्च, नेपाल पत्रकार महासंघका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । 

No comments:

Post a Comment