विदुर । भोली मंगलवार रबुधवार दुई दिन नुवाकोटमा बाल साहित्य महोत्सव हुने भएको छ । बट्टारस्थित नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा बाल साहित्य महोत्सव हुन लागेको हो। महोत्सवलाई रुम टु रिड, नेपाल बाल साहित्य संस्था र रुडेक नेपालले आयोजना गरेको छ ।
बुधबार विदुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै आयोजक संस्था नेपाल बालसाहित्य समाजका उपाध्यक्ष प्रमोद प्रधानले अध्ययनलाई विकासको लागि बालबालिका लक्षित बाल साहित्य महोत्सव आयोजना गर्न लागिएको बताए । बालबालिकामा पठन संस्कृति बढाउने, आलोचनात्मक चिन्तन विकास गर्ने र उनीहरूको सिर्जनशीलता बढाउने उद्देश्यले महोत्सव आयोजना गरिएको प्रधानले बताएका छन् ।
महोत्सवमा बालसाहित्य, शिक्षा बालविकासलगायतका विषयमा दुई प्यानल बहस, पुस्तक चर्चा र बालबालिकाहरूका लागि कथा, कविता वाचन, निबन्ध, चित्रकला, अभिनय, भित्तेपात्रो लगायतका सात विधामा विज्ञहरूबाट सिर्जनात्मक कार्यशालाहरू सञ्चालन गरिनेछ ।
बालबालिकाले तयार पारेका विभिन्न सामाग्रीहरूको प्रदर्शनी चर्चित साहित्यकारहरूसँग विद्यार्थीको प्रत्यक्ष भलाकुसारी लगायतका विविध कार्यक्रम रहन आयाजक समुहका संयोजक एवं रुडेक नेपाल नुवाकोटका अध्यष मिनकुमार केसीले बताएका छन् । महोत्सवमा एक दर्जनभन्दा बढी पुस्तक विमोचन, पुस्तक प्रदर्शनी, हिडाईपढाई लगायतका विविध कार्यक्रमहरू हुनेछन् ।
No comments:
Post a Comment