ढिकुरे । २०७२ को भुकम्पले क्षति पु¥याएकै भवनमा कक्षकोठा चलाइरहेको यहाँको नारायणदेवी माध्यामिक बिद्यालयले नयाँ भवन पाएको छ । लिखु गाँउपालिकाको वडा नम्बर १ बर्राफेदीमा रहेको यस विद्यालयलाई २० कोठे नयाँ पक्की भवन शनिबार एक कार्यक्रमका बीच हस्तान्तरण भएको हो ।
त्यस अवसरमा लिखु गाँउपालिकाका अध्यक्ष ध्रुब श्रेष्ठले शिक्षा क्षेत्रको विकासको लागी गाउँपालिकाले अग्रस्थानमा रहेर कार्य गर्दै आईरहेको बताएका छन् । शिक्षित समाज निर्माणको लागी शिक्षा अपरिहार्य रहेको बताउँदै उनले व्यक्ति, समाज हुँदै देश निर्माणको मुख्य मेरुदण्डनै शिक्षा रहेकोले लिखु गाँउपालिकालाई शिक्षित र सुसज्जित गाँउपालिका निर्माण अभियानमा लागेको बताएका छन् ।
कार्यक्रममा गाँउपालिकाका उपाध्यक्ष सुभद्रा अधिकारीले सामुदायिक बिद्यालयमा अध्यापन गराउने शिक्षक, शिक्षिका र गाँउपालिकाका कर्मचारीको छोराछोरीलाई अनिबार्य रुपमा सामुदायिक बिद्यायलयमास्तरीय अध्ययन गराउनको लागी पहल जारी रहेको बताए ।
यस विद्यालयमा भारत सरकारको ५ करोड रुपैयाँ आर्थिक सहयोगमा डाँफे कन्ट्रक्सन प्रालिले निर्माण गरेको पक्की भवनमा आधुनिक डेक्सबेन्चका साथै स्तरीय कक्षाकोठाहरू छन् । ५ सय भन्दा धेरै बिद्यार्थी अध्ययन गर्दै आईरहेको नारायणदेवी माविमा अघिल्लो भवन पनि भारत सरकारकै सहयोगमा निर्माण गरिएको प्रधानाध्यापक हरिप्रसाद लामिछानेले जानकारी दिए ।
No comments:
Post a Comment