![]() |
शुक्रवार विदुरमा आयोजित डेंगु नियन्त्रण अभियानमा सहभागिहरू । तस्बिर : इमेज |
विदुर । देशका विभिन्न ठाउँमा डेंगुको संक्रमण फैलिन नदिन लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु भएको छ । डंगुको सक्रमण नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश र पालिका तहसँगको समन्वयमा बिभिन्न सचेतनाका कार्यक्रमहरू गरिरहेको छ ।
विदुर नगरपालिकाको स्वास्थ्य शाखाले पनि नगर क्षेत्र भित्र विभिन्न ठाउँमा डेंगुको सक्रमण फैलिन नदिन लार्भा नष्ट गर्ने अभियान सुरु गरेको छ । शुक्रबार नगरको विभिन्न स्थानमा समन्वय प्रमुख रजिन्द्रबिक्रम सिंह ठकुरी, नगरप्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसाल, वडा अध्यक्षहरू दिपक कायस्थ, निलमबाबु ढुङ्गेल, स्वास्थ्य कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी सहितको टोलीले सचेतनासँगै लामखुट्टेको बासस्थान खोजी र लार्भा नष्ट अभियान सुरु भएको छ ।
समुदायस्तरमा सचेतना सँगसँगै लामखुट्टेको लार्भा नष्ट पार्ने अभियान सञ्चालनमा आवश्यक संघ संस्थाहरूसँग नगरपालिकाले सहकार्य गर्ने जनाएको छ । बिशेषगरी पानी जम्ने स्थानहरू पुर्ने, लामखुट्टेको बास्स्थानको खोजी र नष्ट गर्ने कार्यमा केन्द्रित रहने जनाएको छ । डेंगु संक्रमण बढिरहेकाले सबैलाई हप्ताको एक दिन घर वरिपरिको पानी जमेको ठाउँमा रहेका लामखुट्टको लार्भा तथा अण्डा नष्ट गर्न नगरपालिकाले अपिल गरेको उपप्रमुख प्रभा बोगटीले जानकारी दिए ।
डेंगुको नियन्त्रण लामखुट्टेको नियन्त्रणबाट मात्र सम्भव हुने भएकाले एक पटक मात्र लार्भा र अण्डा नष्ट नगरेर पटक पटक गर्नको लागी स्वास्थ्य कार्यालयले आग्रह गरेको छ ।
यसै बीच, महामारीको रुपमा फैलिरहेको डेंगु संक्रमण नुवाकोटमा २२ जनामा पुष्टि भएको छ । जिल्ला अस्पताल त्रिशुलीमा डेंगुको उपचार निःशुल्क सुरु गरेको छ । दैनिक रुपमा डेंगुको संक्रमणको दर बढ्न थालेसँगै परिक्षणलाई निःशुल्क बनाएको छ ।
पछिल्लो समय लामखुट्टेको टोकाईबाट महामारिको रुपमा फैलदै आएको डेंगुको संक्रमण रोकथाम
तथा नियन्त्रणको लागी अस्पतालले निःशुल्क परिक्षणको ब्यबस्था मिलाएको त्रिशुली अस्पताल नुवाकोटका मेडिकल सुपरिटेण्डन डा. दिपेन्द्र पाण्डेले जानकारी दिएका छन् । उनका अनुसार संक्रमण नियन्त्रणको लागी अस्पतालमा सहायता कक्ष समेत स्थापना भएको छ ।
डेंगु संक्रमणको लक्षण देखिएको वा सम्भाबित लक्षण देखिएकाहरूको परिक्षण तथा थप उपचारको लागी अस्पतालले ब्यबस्था मिलाएको मेसु पाण्डेले बताए ।
डेंगु संक्रमणबाट सुरक्षित रहनको लागी नुवाकोटका १२ वटैै स्थानीय तहले बिभिन्न सचेतनामुलक कार्यक्रममा जोड दिएका छन् । त्रिशुली अस्पतालले संक्रमण परिक्षण गर्न पुगेका बिरामीहरूलाई संक्रमणबाट बच्ने तथा रोकथामका लागी परामर्श समेत प्रदान गर्दै आएको छ । यस अघि त्रिशुली अस्पतालको प्रयोगशालामा डेंगु संक्रमणको परिक्षण गरेबापत ८५० रुपैयाँ लिदै आएको थियो । हाल संक्रमणको दर बढ्न थालेको र संक्रमितको पहिचानलाई सहज बनाउन निःशुल्क परिक्षणको ब्यबस्था मिलाएको मेसु पाण्डेले जानकारी दिए ।
नुवाकोटबाट संक्रमितहरू धेरै जिल्ला बाहिर गएर परिक्षण गराउने भएकाले जिल्लामा डेंगुको संक्रमण एकिन हुन सकेको छैन । डंगु रोगको संक्रमण एडिस जातको लामखुट्टेको टोकाईबाट हुने भएकाले सुरक्षित रहन आग्रह गरेको छ । जमेको पानीनै एडिस जातको मुख्य बासस्थान रहेकाले त्यस्ता क्षेत्रको खोजी तथा नष्ट गर्न‘पर्ने स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । जमेको पानीमा एडिस जातको लामखुट्टे बस्ने र दिनमा मात्रै यसले संक्रमण फैलाउने भएकाले सुरक्षित रहनको लागी स्वास्थ्य कार्यालय नुवाकोटले आग्रह गरेको छ ।
डेंगुको संक्रमण भएमा ५ देखि ७ दिनसम्म जिउ एकदमै दुख्ने, टाउको दुख्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, आँखामुनी दुख्ने जस्ता साधारण लक्षण देखा पर्छन् । यसैगरी खटिरा आउने, रक्तश्राव बढी हुने, बान्ता हुने, शरीरमा प्लेटलेटको संख्या कम भएमा रक्तनलीहरूबाट रगत शरीरका अन्य तन्तुमा जाने भएकोले शरीरमा डाबर आउने, बिरामी सिकिस्त हुने, पिसाब कम हुने तथा रक्तचाप निकै कम हुने हुन्छ ।
अधिकांश संक्रमितहरू सामान्य उपचारपछि निको हुने भएपनि बेलैमा उपचार नगरेमा मानिसको ज्यानै जान सक्ने भएकाले स्वास्थ्य कार्यालय नुवाकोटले सतर्कता अपनाउन आग्रह गरेको छ ।
No comments:
Post a Comment