Monday, September 12, 2022

विन्दवासिनी अध्यक्षमा ढकाल


विदुर । विन्दवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको दशौं बार्षिक साधारण सभा शनिवार विदुरमा सम्पन्न भएको छ । 

सभाले भिमप्रसाद ढकालको अध्यक्षमा नयाँ सञ्चालक समिति चयन गरेको छ । समितिका उपाध्यक्षमा जानुका धमला, सचिवमा रामकुमार बोगटी, कोषाध्यक्षमा अशोक कलवारलाई निर्विरोध निर्वाचित गरेको छ । सञ्चालक समितिका सदस्यहरूमा सम्पुर्ण अधिकारी, सञ्जिव थपलिया, कृष्णकुमारी श्रेष्ठ, जगदीश खनाल, भिमप्रसाद खतिवडा छन् । 

लेखा तथा सुपरिवेक्षण समितिको संयोजकमा शिवराम ढकाल, सदस्यहरूमा लक्ष्मी बखती र कृष्णप्रसाद प्याकुरेल छन् । सल्लाहकार समितिमा प्रभा बोगटी, गणेशकुमार नेपाल, रामप्रसाद प्याकुरेल, भरत पाण्डे छन् । 

सहकारीको १० औं बार्षिक साधारण सभाको उद्घाटन गर्दै बागमती प्रदेश सभा सदस्य हिरानाथ खतिवडाले ग्रामिण भेगका नागरिकहरू संगठित भई स्थापना भएका सहकारीहरू नै सहकारीको मुल्य र मान्यतामा बढी अढिक रहने गरेको बताए । उनले सदस्यहरूबीचमा छरिएर रहेको थोरै पुँजी संकलन गरेरै पनि सदस्यहको हितका लागि धेरै धनराशीको कोष बनाउन सकिने भएकोले अहिले पनि सहकारीको आवश्यकता र महत्व उत्तिकै रहेको बताएका छन् । 

कार्यक्रममा संविधान सभा सदस्य राममाया बोगटी, किस्पाङ गाउँपालिकाका उपाध्यक्ष अर्जुनप्रसाद न्यौपाने, तारकेश्वर गाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद रिमाल, जिल्ला सहकारी संघका अध्यक्ष गोकर्णनाथ न्यौपाने, पत्रकार महासंघका अध्यक्ष कपिलदेव खनाल, लगायतले मन्तब्य राखे । 

बार्षिक साधारण सभामा अध्यक्ष रामप्रसाद प्याकुरेल, सचिव रामकुमार बोगटी, लेखा तथा सुपरिवेक्षण समितिका संयोजक नहकुल पाण्डेले प्रतिवेदन प्रस्तुत गरेका छन् । 

विदुर नगरपालिका वडा नंं १० गेर्खुटारमा स्थापना भएको सहकारीले विदुर नगरपालिका वडा नं. २ विदुरमा सेवा केन्द्र समेत स्थापना गरेको छ । संस्थाका अध्यक्ष भिमप्रसाद ढकालका अनुसार आइतवारबाट जिल्ला सहकारी संघको भवन विदुरमा सेवा केन्द्र सञ्चालनमा आएको छ ।  

No comments:

Post a Comment