रानीपौवा । ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले केन्द्र र प्रदेश सरकारले अब पनि निर्माण र स्तरउन्ननीमा चासो नराखेमा पासाङल्हामु राजमार्गको ककनी खण्ड आन्तरिक श्रोतबाट बनाउने नयाँ उद्घोष गरेका छन् ।
१० वर्षदेखि सडकको अवस्था बेहाल हुँदा नागरिकको जीवन कष्टकर र ककनीको पर्यटन व्यवसाय संकटग्रस्त बनेको उल्लेख गर्दै संघीय र प्रदेश सररकाले वास्ता नगरेमास्थानीय सरकार अब हेरेर नबस्ने अध्यक्ष तामाङले बताए । आउने आथिृक वर्षको विकास बजेटलाई उत्तः सडकमा हालेर वर्षै देखि अलपत्र पारिएको अधुरो काम गर्न सकिने उनको तर्क रहेको छ ।
‘आगामी आर्थिक वर्ष ८०÷८१ सम्म यो सडकलाई केन्द्र र प्रदेशले सम्बोधन गर्छ कि गर्दैन कुर्नेछु । त्यो बजेटमा पनि उहाँहरूले सम्बोधन गर्ने छनक पाइएन भने हामी पालिकालाई आउने बजेट वा आन्तरिक स्रोतबाट भने पनि यहाँको सडक स्तरोन्नति गर्नेछु,’ अध्यक्ष तामाङले भने । उनले भने– ‘स्टबेरी, ट्राउट माछा, किबी, मुला यहाँका प्रख्यात खाद्य वस्तुहरू हुन् । यी खाद्य वस्तु र ककनीको पर्यटन क्षेत्रलई प्रवद्र्धन गर्नका निमित्त यो सडक सुधार अति आवश्यक छ ।’
आफूले विभिन्न निकायमा सडक सुधारका लागि गरेको पहलले सकारात्मक परीणाम दिने अवस्था रहेकोमा पनि अध्यक्ष तामाङ आशावादी छन् । ‘ककनीको मेरुदण्डको रुपमा रहेको यो सडकको दुरावस्थालाई गाउँपालिकाको मुख्य समस्याको रुपमा लिएको छु । अहिले निर्माण व्यवसायीको ठेक्का रद्द भइसकेपछि सडकको समस्या ज्यूँकात्यूँ छ । त्यसको हल गर्न मुख्य समस्या बजेटकै छ । कहाँबाट बजेट ल्याउने भन्ने सन्दर्भमा मैले आफूभन्दा सिनियर नेताहरूसँग छलफल, अन्तरक्रिया गरिराखेको छ । प्रदेश र संघमा यो समस्या राखेको छु । सायद केही समयभित्र सम्बोधन हुने छनक पाएको छ ।’ तामाङले भने ।
उत्तरी नाकाबाट केन्द्रीय राजधानी जोड्ने महत्पूर्ण सडक बालाजु–रानीपौवा–त्रिशुली सडक ठेकेदारको चरम लापरबाहीले वर्षौंसम्म स्तरोन्नति नहुँदा ठेक्का नै रद्द गरिएको छ ।
भारतको ठेकेदार कम्पनी आरामाली इन्फ्रा पावर लिमिटेड (एआईपीएल) र शैलुङ कन्स्ट्रक्सन जेभी एवं भारतकै दिनेशचन्द्र आर अग्रवाल र नागार्ज‘न–कोसी एन्ड न्यौपाने जेभीले दुई खण्डको छुट्टाछुट्टै ठेक्का लिए पनि आधामात्रै काम गरेर अलपत्र छाडिदिएपछि ठेक्का तोडिएको हो । यो सडकको ५१.१९ किमि दूरी निर्माणका लागि भारतीय एक्जिम बैंकको ऋण सहायता रहने जनाइएको छ ।
No comments:
Post a Comment