विदुर । आगामी मङ्सिर ४ मा हुने संघ र प्रदेश निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) नुवाकोटले सर्वसम्मतरुपमा चार जनाको नाम सिफारिस गरेको छ । प्रत्यक्षतर्फबाट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ बाट हितबहादुर तामाङ, प्रदेशसभा ‘क’ बाट राधिका तामाङ, ‘ख’ बाट पुष्प लामिछाने र प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा ‘क’ बाट रामप्रसाद ढुङ्गाना सर्वसम्मतरुपमा सिफारिस भएको हो ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ मा प्रत्यक्ष तर्फबाट केशवप्रसाद पुडासैनी, सुभद्रा नेपाल र माधवप्रसाद पाण्डेको नाम सिफारिस भएको छ । माओवादी केन्द्र जिल्ला समन्वय समितिको बैठकबाट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ बाट समानुपातिक तर्फबाट छ जनाको नाम सिफारिस गरिएको हो । सिफारिस हुनेमा विमला सुवेदी, श्रीकृष्णप्रसाद अधिकारी, शिब खाती, गमला श्रेष्ठ, जानुका धमला र रेखा भण्डारी छन् ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ को ‘क’ बाट छ जना र ‘ख’ बाट आठ जनाको नाम सिफारिस भएको हो । समानुपातिकतर्फबाट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ बाट समानुपातिकतर्फ बिमला सुवेदी, राममाया बोगटी र कृष्णआनन्द विकको नाम सिफारिस भएको छ । प्रदेशसभा ‘क’ बाट सात जनाको र ‘ख’ बाट पनि सात जनाकै नाम सिफारिस भएको छ ।
No comments:
Post a Comment