रानीपौवा । ककनी गाँउपालिकाले आफ्नो पालिका स्तरबाटनै डक्टर, ईञ्जिनियर उत्पादनका लागि लगानी गर्ने भएको छ । गाँउपालिकाका अध्यक्ष सुमन तामाङले ककनी भित्रका बिद्यालयहरू अध्ययनरत बिद्यार्थीहरूलाई व्यबहारिक शिक्षामा जोड दिदै आएको बताएका छन् ।
अध्यक्ष तामाङले बिद्यार्थीहरूलाई गुणस्तरिय शिक्षा प्रदान गर्नको लागी आगामी दिनमा ककनी सम्पुर्ण बिद्यालयहरूको समस्या पहिचान गरी समाधानको लागी पहल जारी रहेको बताए । पालिकाभरी कुनै पनि विद्यार्थीलाई डाक्टर या इन्जिनियर पढ्न चाहेमा एक डाक्टर एक इन्जिनियरलाई निशुःल्क पढाउने व्यवस्था समेत गाँउपालिकाले गरेको उनले बताए ।
शिक्षा, युवा तथा खेलकुद शाखाले शिक्षक–विद्यार्थी सम्मान कार्यक्रम एवं पठन ऐप प्रतियोगिता २०७९ कार्यक्रमको अवसरमा अध्यक्ष तामाङले सो जानकारी दिए । बिहिबार ५६ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अबशरमा शिक्षा, युवा तथा खेलकुद शाखा ककनी गाउँपालिका कार्यपालिकाले शिक्षक–विद्यार्थी सम्मान कार्यक्रम एवं पठन ऐप प्रतियोगिता २०७९ सम्पन्न गरेको हो ।
कार्यक्रममा गाँउपालिकाका उपाध्यक्ष मिठुमाया लामाले हाल पालिकाले सुत्केरी सटही शिक्षकको कार्यबिधि बनाएर ब्यवस्था गरेको बताएका छन् । शिक्षक सुत्केरी बिदामा बस्दा विद्यार्थीहरूको पठनपाठनमा आएको समस्यालाई मध्यनजर गर्दै पालिकाबाटै बजेट निर्माणगरी सटही शिक्षकको ब्यवस्था गरिएको उपाध्यक्ष लामाले बताए ।
यसअघि विद्यार्थीहरूको लेखन शैलीमा मात्र नभई पठन सिपको समेत विकास गराउने उद्देश्यले ककनी गाँउपालिकाको प्रत्येक वडामा रहेका बिद्यालयहरूमा विभिन्न किसिमका प्रतियोगिताहरू गराइएको थियो । उक्त प्रतियोगिताबाट प्रथम हुने विद्यार्थीहरू छनौटगरी कक्षा ३ मा अध्यनरत विद्यार्थीहरूाई प्रतिस्पर्धा गराइएको थियो ।
ककनीको आठ वडाबाट सहभागी भएका विद्यार्थीहरूमध्ये प्रथम हुने ओखरपौवा माविका समिर आचार्य, द्धितिय हुने नवजीवन माविका सम्राट लामा र तृतीय हुने शिवालय माविका असिम घिमिरेलाई क्रमश २ हजार २५०, १ हजार ८७५, र १ हजार ५ सय रुपैयाँ पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको छ ।
कार्यक्रममा शैक्षिक सत्र २०७८ को एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरू मिलन लामा, सिम्रिका लामा नवजीवन मावि, किरण ढुंगाना कालिका मावि, प्रनिता घिमिरे शिवालय मावि, सौरव केसी र दिया लामा लाङटाङ स्नोभ्यु स्कुलका विद्यार्थीहरूलाई तीन हजार र प्रमाणपत्र प्रदान गरिएको छ ।
२०७८ को पालिका स्तरिय कक्षा ८ को परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल ज्योती हुमागाइँ, मन्जिल तामाङ भवानी मावि, शर्मिला तामाङ शिवालय मावि, कृष लामा र निशा लामा लाङटाङ स्नोभ्यु स्कुलका विद्यार्थीहरूलाई नगद २५०० र प्रमाणपत्र र प्रदान गरिएको छ ।
२०७८ को एसईई परीक्षामा विषयगत रुपमा सबै भन्दा उच्च शिक्षा दिई उत्कृष्ट नतिजा ल्याउन सफल शिक्षकहरू गंगाराम पाठक काउले देवि ककनी ब्राइटर मावि, प्रकाश घिमिरे, डिल्लीप्रसाद न्यौपाने शिवालय मावि, जयराम घिमिरे मुकुन्देश्वरी मावि, कालिका खतिवडा राष्ट्रिय मावि, दिवस श्रेष्ठ भवानी मावि, ललित विसी र प्रदिप लम्साल नवजिवन मावि लाई नगद पाँच हजार र प्रमाणपत्र प्रदान गरेको छ । जनप्रतिनिधि, शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख देवकुमार बराल, ब्यबस्थापन समिति, शिक्षकहरूको सहभागिता थियो ।
No comments:
Post a Comment