विदुर । नेकपा एकिकृत समाजवादी नुवाकोटले मंसिर ४ गते तोकेको संघिय र प्रदेश निर्वाचनको लागी उम्मेद्धवारहरू सिफारिस गरेको छ । एकिकृत समाजवादी जिल्ला कमिटिले आसन्न निर्बाचनको लागि संघतर्फ क्षेत्र नम्बर १ मा राजेन्द्रप्रकाश लोहनी र क्षेत्र नम्बर २ मा सुर्यबहादुर कडेँललाई सर्वसम्मत सिफरिस गरेको छ । प्रदेशतर्फ प्रदेश १ क मा राजेश थापा, राम थापा, कृष्णप्रसाद लामिछाने, अर्जुन श्रेष्ठ र बालकृष्ण आचायलाई सिफारिस गरेको छ । प्रदेश १ को ख मा अच्युत पाण्डे, रामशरण भण्डारी, जगदीश पाठक, हरि गिरी र राममणि अधिकारीलाई सिफारिस गरेको छ ।
नेकपा एकीकृत समाजवादीले संघीय निर्वाचन क्षेत्र नम्बर २ को क प्रदेशमा राजु सडौला, डाक्टर शंकर खतिवडा र सजन श्रेष्ठलाई सिफारिस गरेको छ भने क्षेत्र नम्बर २ को ख प्रदेशमा यमकुमार खाती र रामप्रसाद रिमाललाई सिफारिस गरेको छ ।
समानुपातिक तर्फ क्षेत्र नम्बर १ को संघमा गोबिन्द नेपाली, रामकुमार बस्नेत, शिवकुमार लामा, धनकुमारी रिजाल, सानुमाया लामालाई सिफारिस गरेको छ ।
प्रदेश सभातर्फ शान्ता थापा अधिकारी, जितबहादुर बलामी, अञ्जुमाया तमाङ, उपेन्द्र खनाल, सुब्बा लामा, राममणी अधिकारी, सुजना खतिवडा, नारायण गुरुङ, उत्तम श्रेष्ठ, हरिबहादुर लामा, सिताराम थापा र राजेन्द्र सुनारलाई सिफारिस गरेको नेकपा समाजवादी नुवाकोटले जनाएको छ ।
No comments:
Post a Comment