विदुर । नेपाल सरकारको ‘जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गत सञ्चालित त्रिशुली जलविद्युत कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरूलाई चुक्ता हुन बाँकी रकम माग गरेको छ ।
कम्पनीले २०७५ चैत ७ गतेदेखि ११ गतेसम्म जारी पूँजी २ अर्ब ४७ करोड रुपैयाँको १५ प्रतिशत अर्थात ३७ करोड ५ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका ३७ लाख ५ हजार कित्ता साधारण शेयर निष्काशन गरेको थियो । सो शेयरमा अंकित मूल्यको दश प्रतिशतका दरले प्रतिकित्ता १० रुपैयाँका दरले अग्रिम माग गरिएको थियो । शेयर २०७५ साल चैत १४ गते बाँडफाँट गरिएको थियो ।
शेयरमा प्रतिकित्ता १० रुपैयाँका दरले रकम भुक्तानी गरेका शेयरधनीहरूलाई बाँकी प्रतिकित्ता ९० रुपैयाँको दरले माग गरिएको हो । शेयरधनीहरूले असोज ४ गतेदेखि कात्तिक १७ गतेसम्ममा रकम भुक्तानी गर्नुपर्ने कम्पनीले जनाएको छ ।
माग गरिएको ९० रुपैयाँमध्ये शेयरधनीहरूले प्रतिकित्ता ८७ रुपैयाँका दरले रकम भुक्तानी गर्न‘पर्नेछ । रकम बुझाउने अन्तिम मिति सम्ममा प्रतिकित्ता ३ रुपैयाँका दरले ब्याज भएकोले ८७ रुपैयाँ बुझाउन कम्पनीले आव्हान गरेको हो ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । कम्पनीबाट साविकका सर्वसाधारण शेयरधनीहरूलाई आव्हान गरेको चुक्ता हुन बाँकी रकम बुझाउनका लागि समयमा नै आफ्नो हितग्राही खाता र बैंक खाता अद्यावधिक गर्न र मेरोशेयर नविकरण गर्न कम्पनीले अनुरोध गरेको छ ।
शेयरधनीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयहरू तथा सिडिएक एण्ड क्लियरिङ्ग लिमिटेडबाट उपलब्ध गराइएको ‘मेरो शेयर’ सफ्टवेयरबाट समेत शेयरधनीहरूले रकम बुझाउन/आवेदन गर्न सक्नेछन् ।
No comments:
Post a Comment