विदुर । विदुर नगरपालिकाले हटाएर करारका कर्मचारीहरू मध्ये कसकसलाई फिर्ता लिने भनेर गोप्य रुपमा अध्ययन थालेको छ । साउन १ गतेदेखि हाजिर गर्न नदिइएका कर्मचारीहरूलाई फिर्ताए ल्याउनुपर्ने वाध्यतात्मक अवस्थामा मेयर राजन श्रेष्ठ पुगेपछि उनले अफुले हटाएका कर्मचारीहरूको इतिहास खोजी गर्न एक कर्मचारीलाई अह्राएका छन् ।
भन्नका लागि चुनवाको मुखमा नियुक्त गरिएका कर्मचारीहरू को को रहेछन् खोज्नु भनिएपनि उनले उक्त अध्ययनलाई राजनीतिक कोणमा केन्द्रीत गराएका छन् । निर्वतनमा मेयर सञ्जु पण्डितको असाध्यै नजिक र एमाले भनेर ठ्याक्कै चिनिएका कर्मचारीहरू को को रहेछन् भन्ने उनको अध्ययनको उद्देश्य रहेको विदुर नगरपालिकाका एक कर्मचारीले बताए ।
अघिल्लो मेयर सञ्जु पण्डितले करारमा राखेका कर्मचारीहरू सबैलाई विदावारी गरेर आफ्ना कार्यकर्ता राख्न ठिक परेका उनले उक्त बैठकमा केही लचिलो बनेर सहमती जनाएका छन् । करारका कर्मचारी हटाएको विषय लिएर उनको ध्यानाकर्षण गर्न दुई महिना अघि कार्यकक्षमा पुगेका जनप्रतिनिधिहरूलाई ‘पाँच वर्षका लागि मेरा मान्छे राख्छु–राख्छु’ भनेर जिद्धी गरेका उनले अब पुराना कर्मचारी नचलाउने मुत तयार गरिसहेका छन् । तर कर्मचारीलाई कहिलेबाट बोलाउने र सबै बोलाउने कि नबोलाउने भन्ने भन्ने चाँही टुङ्गिएको छैन ।
करारका कर्मचारीको सन्र्दभमा धारणा फेरेका कारण एमालेका कार्यपालिका सस्य र वडा अध्यक्षहरूले मेयर श्रेष्ठलाई कामका आधारमा समीक्षा गर्ने बताएका छन् । उक्त बैठकमै भएको मैखिक सहमती अनुसार १२ औं सम्म पनि कार्यान्वयन नभएकोमा भने एमालेबाट निर्वाचित जनप्रतिनिधिहरू फेरि उनीसति झोक्किन थालेका छन् ।
वडा कार्यालयहरूमा नियमित खर्च समेत नछाडिदिएका कारण दैनिक कार्यमा हुने सामानइ खर्च रर कर्मचारीहरूलाई तलव खुवाउन समेत समस्या हुन थालेका छन् । दसैं अगाडी नै कर्मचारीको खातामा तलव पठाउनुपर्नेमा अहिलेसम्म नगरपालिकाले वडामा कार्यरत कर्मचारीहरूका लागि रकम नै नपठाएको एक वडा अध्यक्षले बताए । कत्तिपय वडा कार्यालयमा कागज किन्ने रकमको समेत अभाव हुन थालेको छ ।
प्रत्येक महिना कम्तिमा एक पटक अनिवार्य बस्नुपर्ने कार्यपालिकाको बैठक विदुर नगरपालिकाले भने दुई महिना पछि गएको बुधवार (भदौ १५ गते) ७० औं बैठक राखेको थियो । चालु आर्थिक वर्षका लागि बजेट ल्याउने क्रममा असारमा भएको विवादपछि विदुर नगरपालिकाले कार्यपालिकाको बैठक समेत राख्न सकेको थिए । कार्यपालिका बैठक असार ६ गते पछि एक्कैपटक भदौ १५ गते बैठक भएको हो ।
उक्त बैठकमा अघिल्लो आर्थिक वर्षमा कार्य सम्पन्न भएर पनि रकम भुक्तानी नपाएका उपभोक्ताहरूलाई क्रमशः रकम दिँदै जाने निर्णय भएको र हटाइएका करारका कर्मचारीहरूलाई फिर्ता बोलाएर काम गराउने मौखिम सहमती भएको थियो । सोही सहमती अनुसार उनले करारका कर्मचारी फिर्ता ल्याउनका लागि गृहकार्य थालेका हुन् । तर त्यस मध्येपनि काँग्रेससंग अलिकति भएपनि नजिक हुनसक्ने कर्मचारीहरूको खोजी भइरहेको बताइएको छ ।
बैठकहरूको निर्णयका प्रतिलिपि दुई÷तीन दिनमा आफ्नो वेभसाइटमा राख्दै आएको विदुर नगरपालिकाले पछिल्लो बैठक सम्पन्न भएको १२ दिनसम्म पनि माइन्युट राखेको छैन । विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ एकांकी रुपमा कार्यसम्पादनमा लागेको र उनको कार्य दक्षता अभावका कारण नगरपालिकामा न्यायोचित विकास वितरण हुन नसकेको भन्दै एमालेबाट निर्वाचितहरूले विरोध गर्दै आएका थिए ।
आफु निर्वाचित हुनु पुर्व (आ.व.२०७८÷७९) को योजनाहरूको भुक्तान हुन बाँकी रकम प्रवाह हुने भएपनि कार्यपालिकामा बहुमुत सदस्य रहेको एमालेका जनप्रतिनिधिहरू बैठकका लागि राजी भएका थिए ।
चुनावी योजना बाढेको भन्दै दर्जनौं योजनाहरूको भुक्तानी नगरपालिकाले रोक्दै आएका छ । त्यसमा बढी एमालेका मतदाता र कार्यकर्ताहरू उपभोक्ता रहेको समिति परेको छ । मेयर राजन श्रेष्ठले बजेट नभएको भन्दै सम्पन्न भइसकेका योजनाहरूको भुक्तानी गराएका थिएनन् । भदौ १५ गतेको बैठकमा सबै योजनाहरूलाई तत्कालनै २५ प्रतिशतका दरले रकम भुक्तान गर्ने निर्णय भएको छ । लिखित रुपमै भएको उक्त निर्णयलाई धेरै हल्ला नगर्न भने मेयरले आग्रह गरेको एक कार्यपालिका सदस्यले बताए । ‘खै के कारण हो त हामीले जानेनौं, तर यस विषयमा अहिले हल्ला नगरौं है भन्नुभयो मेयरसा’पले’ ति सदस्यले भने । साथै ति उपभोक्ता समितिहरूलाई ओसोज मसान्तमा बाँकी रकम भुक्तान गर्ने पनि सहमती भएको छ ।
नगरकार्यपालिकाका एक सदस्यका अनुसार पछिल्लो बैठकमा (भदौ १५ गतेको) उनी नरम रुपमा प्रस्तुत भएका थिए । अघिल्ला बैठकहरूमा सदस्यहरूले भनाई नै राख्न नसक्ने असहज परिस्थिति हुने गरेकोमा बैठकमा सदस्यहरूले सहज रुपमा बोल्न पाए । सो बैठकले विदुर नगरपालिकामा कार्यरत पुराना करारका कर्मचारीहरूलाई नै प्राथमिकता दिने मौखिक निर्णय गरेको छ । अब उनीहरूलाई कार्यालयमा बोलाएर हाजिरी गर्न लगाउने र क्षमता र दक्षता अनुसारको शाखा र काममा खटाउने निर्णय भएको एक कार्यपालिका सदस्यले जानकारी दिए । उनका अनुसार पुराना कर्मचारीबाट सम्पादन हुन नसक्ने कार्यका लागि र थप जनशक्ति आवश्यक परेमा मात्रै नयाँ कर्मचारीको विकल्प सोचिने गरी बैठकमा छलफल भएको छ । ‘मेयरले लिखित नगरु, म कार्यान्वय गराउछु भनेपछि भएन भन्न थाल्नु भयो त्यो भएपछि कर्मचारीको विषयमा भने मौखिक निर्णय गरियो’ उनले भने ।
विदुर नगरपालिकाले असार मसान्तपछि करारका कर्मचारीहरूको म्याद थप नगर्ने निर्णय गरेसंगै १७३ जनाले कामबाट हात धुनु परेको थियो । त्यस मध्येका मेयरका र मेयरका मान्छेका नजिका कर्मचारीहरूलाई भने दैनिक ज्यालादारीमा नगरपालिकामा बोलाएर काममा लगाइएको थियो । नगरपालिकामा कर्मचारीको भिड देखाउदा थप समस्या हुने भन्दै मेयर श्रेष्ठले वडा कार्यालयहरूमा आफ्ना मान्छेहरूलाई पठाएर समेत हाजिर गराउँदै म्याद थपका लागि ठिक पारे राखेका थिए ।
मेयर श्रेष्ठले ‘हटाएका’ कर्मचारी साउन १ गतेदेखिनै विदुर नगरपालिकाको कार्यालय र वडा कार्यालयहरूमा देखिरहेका छन् । १८ जना कर्मचारी नियमिति कार्यालय आइरहेका छन् । त्यसमध्ये ८ जनाले साउन महिनाभरी हाजिर गरेकोमा भदौ १ गतेबाट भने हाजिर गरेका छैनन् । तर उनीहरू कार्यालयमा आइरहेका छन् । ‘के गर्ने तयारी भइरहेको हो, ठ्याक्कै बुझ्न सकिएको छैन,’ एक हटाइएका कर्मचारीले भने– ‘निकालिएको भनेर सुनेको हामी जस्तै कर्मचारी साउन महिनाभरी हाजिर गरेर अफिसमा बसे, तर भदौ लागेपछि भने हाजिर नगरी अफिसमा बसिरहेका छन् ।’
पाँच करोड खातामै राखियो
विदुर । विदुर नगरपालिकामा अघिल्लो नेतृत्व र हालको नेतृत्वको बीचमा आरोप÷प्रत्यारोप चल्दै आएको छ । अघिल्लो आर्थिक वर्षमा नगरपालिकाबाट सम्झौता भई सम्पन्न भएका योजनाहरूको भुक्तान अहिलेसम्म हुन सकेको छैन । करारका कर्मचारीहरूको म्याद थप नहुँदा कर्मचारी अभावले नगरपालिका कार्यालयमा सन्नाटा छाएको छ ।
निर्वतनमा मेयर सञ्जु पण्डितले औपचारिक कार्यक्रमहरूमै राजनैतिक पुर्वाग्राहका कारण हालका मेयर राजन श्रेष्ठले योजनाको रकम भुक्तानी नदिने र छानीछानी राजनीतिक आस्थाका आधारका करारका कर्मचारीहरू हटाएको आरोप लगाउँदै आएका छन् । त्यसको प्रतिवाद गर्दै मेयर राजन श्रेष्ठले भने अघिल्ला मेयर सञ्जु पण्डितले श्रोत सुनिश्चितता नगरी अघिल्लो आर्थिक वर्षको बजेट बनाएको कारण आफु समस्यामा फसेको तर्क गर्दै स्पष्टिकरण दिइरहेका छन् ।
छुट्टाछुट्टै मञ्च र कार्यक्रममा आफ्ना भनाई र तर्क राख्दै आएका निर्वतनमा मेयर पण्डित र हालका मेयर श्रेष्ठको गएको सोमवार पहिलो पटक एउटै मञ्चमा भेट भयो । विदुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नवौं बार्षिक साधारण सभा तथा आठौं अविबेशनको उद्घाटन समारोहमा एउटै मञ्च प्रयोग गरेर आफ्ना भनाई उनीहरूले राखे । निर्वतनमा मेयर पण्डितले राजन श्रेष्ठलाई सम्बोधन गर्दै राजनीतिक दृष्टिकोणबाट मेयरको कुर्चीमा नबस्न र साझा व्यक्तित्वको चरित्र निर्वाह गर्न आग्रह गरे । उनले मेयर श्रेष्ठसंग अघिल्लो वर्ष काम सम्पन्न भएको योजनाको भुक्तान अहिलेसम्म नगर्न‘को जवाफ मागे । ‘राजश्व र अन्य श्रोतबाट हाम्रो पालामा आएको रकम ५ करोड भन्दा बढी किन गुपचुप राखियो ? बाहिर पैसा छैन भन्दै प्रचार गरेर त्यो पाँच करोड किन खातामा राखेको ?’ पण्डितले जवाफ मागे ।
विदुर नगरपालिकाले विभिन्न राजश्व र रोयल्टीबाट प्राप्त गरेको पाँच करोड रुपैयाँ असार २५ गते नै खातामा जम्मा भएको थियो ।
नगरपालिकाले त्यो रकम अहिलेसम्म चलाएको छैन । निर्वतनमा मेयर पण्डितका अनुसार उनका पालामा सम्झौता भएका खास खास योजनाहरूको रकम भुक्तान नगरी रोकिराखेएको छ ।
विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले सोही कार्यक्रममा बोल्ने क्रममा उही श्रोत सुनिश्चितता नभएको बजेट तयार भएकै कारण भुक्तान गर्न नसकेको कुरा दोहो-याएका थिए । उनले एक अर्ब १२ करोड रुपैयाँको बजेटलाई रातारात बढाएर एक अर्ब ४२ करोड बनाएको कारण समस्या भएको जिकिर गरेका छन् । ‘आफ्नो कारणले सृजित भएको समस्या मलाई थपेर होचो देखाउने ?’ मेयर श्रेष्ठले भने । राजश्वबाट जम्मा भएको पैसा असार २४ गते राती १२ बजेसम्म आफु कार्यालयमा बसी सबैलाई समान रुपले वितरण गरेको र त्यसमा दल, रंग, जात नहेरेको बताए । पाँच करोड रुपैयाँ खातामा राखेर उपभोक्ता समितिलाई रकम भुक्तान किन नगरेको भन्ने पण्डितको जिज्ञासामा भने खास प्रवेश गरेनन् । ‘सबै जनता मेरा सन्तान हुन्, म अभिभावक हुँ, कसैलाई आग्रहपुर्वाग्रह नराखी काम गरेको छु’, श्रेष्ठले भने– ‘श्रीमतीको फुली, तिलहरी राखेर ३६ प्रतिशत ब्याजमा रकम लिएर योजनाको पैसा तिर्न‘पर्ने उपभोक्ता समितिको बाध्यताको कारण म हुँ त ?’ उनले भने ।
निर्वतनमा मेयर पण्डितले विदुर नगरपालिकाले देशै भरी कै नमूनाको रुपमा स्थानीय तहमै गोवर परिक्षणको थालनी गरेको स्मरण गर्दै कर्मचारी निकालिदा सेवा रोकिएको बताए । तर मेयर श्रेष्ठले भने विदुर नगरपालिकाको सबै सेवा सुचारु रहेको र कुनै पनि सेवा नरोकिएको दावी गरेका छन् ।
No comments:
Post a Comment