![]() |
शनिवार काठमाडौंमा आयोजित काँग्रेस–माओवादीको संयुक्त कार्यक्रम । तस्बिर सौजन्यः प्रकाश रैला |
विदुर । मंसिर ४ गते तोकिएको संघ तथा प्रदेशको निर्बाचनका लागी नुवाकोटमा गठबन्धन दलहरूले उम्मेदवार परिचयात्मक कार्यक्रम तथा घरदैलो र भेटघाट कार्यक्रमलाई तिब्रता दिएका छन् । दुई वटै निर्बाचन क्षेत्रमा निर्बाचन परिचालन कमिटि निर्माण गरी पालिकास्तरिय उम्मेदवार परिचयात्मक कार्यक्रम सहित घरदैलो र भेटघाट कार्यक्रममा उम्मेदवारहरू व्यस्त छन् । दुई निर्बाचन क्षेत्र रहेको नुवाकोटको क्षेत्र नम्बर १ मा नेकपा माओबादी केन्द्रका जिल्ला संयोजक पुष्प लामिछाने अरुण र क्षेत्र नम्बर २ मा नेपाली काँग्रेस जिल्ला उपसभापति राजु थापाको संयोजकत्वमा निर्बाचन परिचालन कमिटि गठन गरेको छ ।
गठबन्धन, चुनावी एजेण्डा, हितबहादुर तामाङ, राधिका तामाङ, रमेश कुमार महत निर्बाचन परिचालन कमिटिले दुई वटै दलको नेता तथा कार्यकर्ताहरूलाई निर्बाचन अबधिभरमा बिभिन्न जिम्मेवारी तोकेर निर्बाचनलाई सम्पन्न गर्ने काममा जुटेको क्षेत्र नम्बर १ का निर्बाचन परिचालन कमिटिका संयोजक पुष्प लामिछानेले बताए । लोकतान्त्रिक बाम गठबन्धन तर्फबाट बनेका उम्मेदवारहरूलाई निर्बाचित गराउन हाल परिचयात्मक कार्यक्रमको सुरुवात भएको छ । सबै स्थानिय तहमा निर्बाचन आचार संहिताले तोके अनुसारको २५ जना भन्दा कम कार्यकर्ताहरूको उपस्थितिमा उम्मेदवारहरू गाँउगाँउ छिर्न थालेका छन् । जस अन्तरगत क्षेत्र नम्बर १ का गठबन्धनका उम्मेदवारहरू हितबहादुर तामाङ, राधिका तामाङ र रमेश कुमार महतले ककनी, लिखु, शिवपुरी, दुप्चेश्वर, तादी र सुर्यगढी गाँउपालिकामा आफ्नो चुनावी एजेण्डा सहित घरदैलो भेटघाट तथा परिचयात्मक कार्यक्रम कार्यक्रम गरेका छन् । शनिवार उनीहरूले संयुत्तः रुपमा काठमाडौंमा रहेको नुवाकोटका मतदातासंग अन्तरक्रिया गरे ।
यसैगरी क्षेत्र नम्बर २ का गठबन्धनका उम्मेदवारहरू अर्जुननरसिंह केसी, बहादुरसिंह लामा तामाङ र रामप्रसाद ढुङ्गानाले बेलकोटगढी नगरपालिका, किस्पाङ र म्यागङ पालिका स्तरिय भेटघाट कार्यक्रम गरे । उनीहरूपनि शनिवार काठमाडौंको कार्यक्रममा सहभागि थिए ।
यसै बीच, शनिवार काठमाडौंमा भएको कार्यक्रममा काँग्रेस–माओवादीको झन्डै तीन हजार कार्यकर्ताको उपस्थिति रहेको थियो । संयुक्त गठबन्धन दल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र नुवाकोट काठमाडौ सम्पर्क समितिद्वारा आयोजना गरिएको चाडपर्व विशेष सुभकामना आदानप्रदान, चियापान एवं उम्मेदवार परिचय कार्यक्रम काँग्रेस तादी काठमाडौं सम्पर्क समितिका सभापतिको सभापतित्वमा नुवाकोट काठमाडौ सम्पर्क समन्वय समितिका सचिव प्रकाश रैलाले सञ्चालन गरेका थिए । उक्त कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पुर्व मन्त्री डा. रामशरण महतको प्रमुख आतिथ्यता थियो भने विशिष्ठ अतिथिको रुपमा नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार अर्ज‘ननरसिंह केसी, नेकपा माओवादी केन्द्रका पोटिलब्युरो सदस्य एवं प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार हितबहादुर तामाङ,माओवादी केन्द्रका पोलिलब्युरो सदस्य तथा नुवाकोट इन्चार्ज एवं प्रतिनिधि सभा समानुपातिक उम्मेदवार बिमला सुबेदी थिए ।
सो कार्यक्रमको अतिथिहरूमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं निर्वाचन क्षेत्र नं. २ को २ प्रदेश सभा उम्मेदवार बहादुरसिंह लामा तामाङ, बागमती प्रदेशका निवर्तमान उपसभामुख एवं निर्वाचन क्षेत्र नं. १ को क प्रदेशका उम्मेदवार राधिका तामाङ , काँग्रेस जिल्ला सभापति एवं निर्वाचन क्षेत्र नं. १ को ख प्रदेश सभा उम्मेदवार रमेश महत, माओवादी केन्द्रका बागमती प्रदेश उपाध्यक्ष एवं निर्वाचन क्षेत्र नं. २ को क प्रदेश सभा सदस्य उम्मेदवार रामप्रसाद ढुंगाना, नेपाली काँग्रेस निवर्तमान जिल्ला सभापति जगदीश्वरनरसिंह केसी, माओवादी केन्द्र सम्पर्क
समन्वय प्रदेश अध्यक्ष एवं प्रतिनिधि सभा समानुपातिक उम्मेदवार श्रीकृष्ण अधिकारी, नेपाली काँग्रेस नुवाकोट जिल्ला पुर्व सभापति ध्रुव अधिकारी, माओवादी केन्द्र नुवाकोट जिल्ला सह–इन्चार्ज एवं बागमती प्रदेश सचिवालय सदस्य हिरानाथ खतिवडा, माओवादी केन्द्र नुवाकोट जिल्ला संयोजक पुष्प लामिछाने, नुवाकोट जिल्ला सम्पर्क समन्वय समिति इञ्चार्ज एवं प्रदेश सचिवालय सदस्य किरणकुमार रिजाल, माओवादी केन्द्र बागतमी प्रदेश समिति सदस्य एवं प्रदेश सभा समानुपातिक उम्मेदवार मिना वाइवा लगायत थिए ।
यसै बीच अर्को समाचार अनुसार हाल गठबन्धन दलका उम्मेदवारहरूले नयाँ चुनावी रणनीति समेत तय गरेको निर्बाचन परिचालन कमिटिले जनाएको छ । सम्बधित स्थानीय तह वा वडामा पुग्दा त्यस वडा बाहेकका अरु कार्यकर्ताहरू सहभागी नहुने जनाएको छ । आचार संहिताका कारण भिड कम गर्नको लागी सम्बन्धित स्थानिय तह वा वडाको मात्रै मतदाताहरूसँग भेटघाट गर्न उम्मेद्धवारहरू गाँउगाँउ पुग्न थालेका छन् । मतदाताहरू गठबन्धनका उम्मेद्धवारहरूसँग प्रत्यक्ष संबाद गर्न र गाँउको समस्या समाधानको लागी पहलकदमि लिईदिन आग्रह गर्न थालेका छन् । दुई वटै निर्बाचन क्षेत्र र ४ ओटै प्रदेश सभा निर्बाचन क्षेत्रका गठबन्धन तर्फका उम्मेद्धवारहरू पुरानै अनुहार र बिकासप्रमी भएको भन्दै मतदाताहरू समेत उत्साहित भएको काँग्रेस उपसभापति राजु थापाले बताएका छन् ।
गठबन्धन दलले नुवाकोटको क्षेत्र नम्बर १ मा नेकपा माओबादी केन्द्रका पोलिटब्युरो सदस्य एवं पुर्बमन्त्रि हितबहादुर तामाङ, क्षेत्र नम्बर २ मा नेपाली काँग्रेस केन्द्रिय सदस्य एवं पुर्ब मन्त्री अर्ज‘ननरसिंह केसीलाई उम्मेदवार बनाएको छ । क्षेत्र नम्बर १ को प्रदेश क मा नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य पुर्ब कृषि राज्यमन्त्री एवं बाग्मती प्रदेश निबर्तमान उपसभामुख राधिका तामाङ, प्रदेश ख मा नेपाली काँग्रेस जिल्ला सभापपति रमेशकुमार महतलाई उम्मेदवार बनाएको छ । क्षेत्र नम्बर २ को प्रदेश क प्रदेशमा नेकपा माओबादी केन्द्र बाग्मती प्रदेश कमिटि उपाध्यक्ष एवं तत्कालिन जिल्ला बिकास समितिका पुर्ब उपसभापति रामप्रसाद ढुङगाना, प्रदेश ख मा नेपाली काँग्रेस केन्द्रिय सदस्य एवं पुर्ब सांसद बहादुरसिंह लामा तामाङलाई उम्मेदवार बनाएको छ ।
यसै बीच, आगामी आमनिर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजयी गराउन सत्तारुढ दलमा आबद्ध तीन राजनीतिक दलले नुवाकोटमा निर्वाचन परिचालन समिति गठन गरेका छन् । नेपाली काँग्रेस, माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीको संयुक्त प्रतिनिधिको सहभागितामा ‘बाम–लोकतान्त्रिक गठबन्धन जिल्ला निर्वाचन परिचालन समिति–२०७९’ गठन गरिएको हो । समितिको संयोजकमा काँग्रेस जिल्ला उपसभापति राजु थापा र सहसंयोजकमा माओवादी केन्द्रका कल्पना रिमाल छन् ।
सदस्यमा काँग्रेसबाट श्रीराम श्रेष्ठ, यादवप्रसाद नेपाल, नारायण अधिकारी, गोरेबहादुर मिजार र उद्धव मुडबरी, माओवादी केन्द्रबाट नवीन पुडासैनी, राजकुमार रेग्मी, गोकर्णनाथ न्यौपाने, नारायणप्रसाद नेपाल र बद्री प्याकुरेल छन् । समितिको सदस्य–सचिवमा समाजवादी पार्टीका भगवान रानामगरलाई जिम्मेवारी दिइएको छ ।
उक्त समितिले गठबन्धन दलहरूको साझा उम्मेदवारलाई अत्याधिक मतले विजयी गराउन सहयोग गर्न आवश्यक सबै किसिमको स्रोत–साधन परिचालनको जिम्मेवारी तोकिएको सह संयोजक कल्पना रिमालले जानकारी दिए । उनका अनुसार आगामी निर्वाचनको अन्तिम मतपरिणाम नआएसम्म सक्रिय रहने समितिले निर्वाचन जनपरिचालनका लागि सम्बन्धित पार्टी कमिटी, जनवर्गीय सङ्गठन तथा भातृ एवं शुभेच्छुक संस्थाको परिचालन, निर्वाचन प्रचारको कार्यक्रम तालिका र कार्यक्रमको स्वरुप निर्धारण गर्ने जिम्मेवारी छ ।
यसै बीच, नुवाकोट निर्बाचन क्षेत्र नम्बर २ मा गठबन्धन दलका उम्मेद्दवारहरूले विदुर नगरपालिकामा अगुवा कार्यकर्ता भेटघाट गरेको छ । प्रतिनिधि सभा सदस्य पदका उम्मेद्दवार अर्ज‘ननरसिंह केसी, दुई वटै प्रदेश सभा सदस्य पदका उम्मेद्दवारहरू रामप्रसाद ढुङ्गाना र बहादुरसिंह लामा तामाङ र समानुपातिक सूचीमा रहेका उम्मेद्दवारहरूले विदुरका अगुवा कार्यकर्ता भेटघाट गर्दै गठबन्धन नेतृत्वले निर्बाचन केन्द्रित हुन कार्यकर्ताहरूलाई निर्देशन दिएको छ ।
मंसिर ४ गते हुने संघ तथा प्रदेश निर्बाचनमा गठबन्धन दलमा रहेका सबै कार्यकर्ताहरूलाई समुदाय वा टोल टोलमा निर्बाचन केन्द्रित हुनको लागी निर्देशन दिएको हो । निर्बाचन परिचालन कमिटि क्षेत्र नम्बर २ का संयोजक काँग्रेस नुवाकोटका उपसभापति राजु थापाले बिदुर नगरपालिका दुई वटै प्रदेशमा बिभाजित रहेकाले प्रदेश र संघ निर्बाचन रणनीती परिचालन कमिटिले दिए अनुसार समुदाय तहमा खटिनको लागी आग्रह गरे । अगुवा कार्यकर्ता भेटघाटमा नेपाली काँग्रेस केन्द्रिय सदस्य एवं प्रतिनिधि सभा सदस्य पदका उम्मेद्धवार अर्जुननरसिंह केसीले गठबन्धनको साझा उद्देश्य प्राप्तिको लागी सबै एकजुट हुनको लागी आग्रह गरेका छन् ।
मुलुकमा बढ्दो भ्रष्टाचार नियन्त्रण, सुसाशन कायम गर्न र महङगी नियन्त्रणको लागी गठबन्धन दलले अधिराज्यभर जित हासिल गर्न‘पर्ने भन्दै त्यसै अनुसार समुदाय तहमा खटिनको लागी उहाँले निर्देशन दिएका छन् ।
No comments:
Post a Comment