मतदातामा नदेखिएको उत्साह
आइतवार सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा ६१ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । केही स्थानको पूर्ण विवरण आउन बाँकी रहेकाले केही प्रतिशत बढ्ने आशा गरिएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दावी गरे । त्यसो त, प्रारम्भिक विवरण अनुसार, ६१ प्रतिशत मत खसेको छ । अपेक्षाभन्दा कम मतदान भयो । दलीय गठबन्धन, नेताहरूप्रतिको वितृष्णा, स्थानीय चुनावको तुलनामा कम उम्मेदवार हुनु जस्ता कारणले मत कम खसेको विश्लेषकहरू बताउँछन् ।
यस पटक सोचेभन्दा कम मत खस्यो । स्थानीय चुनावमा भन्दा मतदाता नै देशमा कम उपस्थित भएका हुन सक्छन् । स्थानीय चुनावमा उम्मेदवारले मतदाता आकर्षित गरेका थिए । प्रतिनिधि सभा र प्रदेश सभामा उम्मेदवारले मतदाता आकर्षित गरेको देखिएन । जे गरे पनि पहिलाकै पार्टी हो भन्ने सोचाइले गर्दा पनि मतदान केन्द्रसम्म धेरै जना नगएको हुन सक्छ । निर्वाचनमा उत्साहको कमी हुनु चाहिं ठूला पार्टीलाई विरोध गर्ने प्रवृत्ति पनि कमजोर हुनु हो । किनभने, प्रतिबद्ध मतदाता त जसरी पनि जान्छन् । यसका खास कारण के हुन् भन्ने मत परिणामले पनि देखाउँछ । दलहरूले अपेक्षा पूरा गरेनन् भनेर कम भोट खसेको अनुमन अहिले गनर्ए थालिएको छ । पार्टीले भित्रैबाट विकल्प खोज्नेछ भन्ने मतदाताको अपेक्षा थियो । मतदातामा नैराश्य देखियो । स्वतन्त्रबाट समाधान हुन्छ भन्ने विश्वास छैन । तर, पार्टीले नयाँ अनुहार नदिंदा कम मत खसेको हुन सक्छ । मतदान केन्द्र पनि टाढा भएको अर्को अनुमान गरिएको छ । घरमा प्रायः महिला र ज्येष्ठ नागरिक छन् । उनीहरूलाई राजनीतिमा धेरै चासो नहुन सक्छ । महिला मतदाता घरको कामधन्दा सकेर मात्रै जान पाउँछन् । त्यसो त, शहरबाट भोट हाल्न धेरै मान्छे गाउँ फर्किएनन् । फर्किएका पनि मतदान केन्द्रसम्म गएको देखिएन । गठबन्धनले गर्दा पनि अलमल परेको देखियो । माओवादीले छोराछोरी, आफन्त मारेका मतदातामा किन भोट दिने भनेको पनि सुनियो । समग्रतामा निर्वाचनले साधारण मान्छेलाई आकर्षित गरेको देखिएन ।
त्यसो त यस पटकको चुनाव महँगो हुने देखिएको छ । बेथितिका दृश्य पनि देखिएका छन् । शहरबाट गाउँ फर्केर भोट दिने उत्साह देखिएन । नेताहरूका विगतका क्रियाकलापबाट जनता सन्तुष्ट देखिएनन् । नुवाकोटकै निर्वाचन क्षेत्रहरूमा समेत स्वतन्त्र र नयाँ उम्मेदवारको उत्साह देखिएन । मधेशी दलको यहाँ खास उपस्थिति नै छैन । भोट घट्नुको एउटा कारण गठबन्धन पनि हो । स्थानीय चुनावमा दलहरूले गठबन्धन गर्दा एक पटकलाई भैगो त भनेर पनि मत दिए । तर, जहिल्यै नेताले भनेकै मान्छेलाई भोट दिनुपर्ने ? आफ्नो पार्टीलाई भोट दिन नपाउने ? भन्ने सोच आम नागरिकहरूमा देखिएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले बीसौं वर्ष गठबन्धन जान्छ भन्दै हिंडे । यसले पनि वितृष्णा जगाएको हुनुपर्छ । २०७४ मा नेकपाले बहुमत पायो । तर, तीन वर्षभन्दा बढी चल्न सकेन । स्थिरताका लागि बहुमत दिँदा पनि पार्टी फुटाउँछन् भन्ने सोच देखिएको छ ।
नेत्रविक्रम चन्द (विप्लव सी) नेतृत्वको नेकपा, मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा र विश्वभक्त दुलाल (आहुती), नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले यो चुनाव बहिष्कार गरेका थिए । वैद्य बाहेकका पार्टीले त चुनावको केही दिनअघि कमलादीस्थित प्रज्ञा भवनमा संयुक्त पत्रकार सम्मेलन गरेर चुनाव बहिष्कार गर्ने बताएका थिए । एकातिर राजनीतिको मूलधारमा आएको भनेर सरकारसँग तीन बुँदे सहमति गरेको विप्लवसमेत अहिले चुनाव बहिष्कार अभियानमा देखिए ।
कम मत खस्नुमा विभिन्न कारणमध्ये सुरक्षा थ्रेट पनि एक रहेको हुनसक्ने अनुमान छ । सुरक्षा थ्रेटका कारण मात्रै कम मत खसेको भन्न मिल्दैन । विभिन्न कारणमध्ये यो पनि एक हुनसक्छ । केही जिल्लामा होक्स राखेर तर्साउन खोजिए पनि अन्य जिल्लामा भने शान्त रुपमा निर्वाचन सम्पन्न भएको थियो । त्यति हुँदा पनि सोचेअनुसार भने मत खसेको पाइएन । यसको मुख्य कारण दलहरुप्रति देखिएको वितृष्णा, आक्रोशका कारण पनि कम मत खसेको विश्लेषण गरिएको छ । पटकपटक मत हालेर परिवर्तनको आश गरे पनि सोचेअनुसार नभएकाले उत्साहजनक मतदान नभएको विश्लेषण पनि गरिन्छ ।
नयाँ संरचनामा गएपछि भएको दोस्रो स्थानीय तहको चुनावमा अघिल्लो २०७४ सालको निर्वाचनमाभन्दा झण्डै दश प्रतिशत कम मतदाता सहभागी भएको पाइनुलाई मतदाताहरूमा सन्तोषजनक महशुस नभएको नै भन्न सकिन्छ । त्यसको कारण गठबन्धन हुँदा त्यसलाई नरुचाउने कतिपय प्रतिबद्ध मतदाता’भोट नहालेको एवं पछिल्ला पाँच वर्षमा राजनीतिक उत्साहमा समेत कम आएको हुनसक्ने पनि अनुमान लगाउन सकिन्छ । एक चरणमा निर्वाचन गर्नुपर्दा आयोगले अलिकति चाहेजस्तो सुरक्षा व्यवस्था बन्दोबस्त हुन नसकेको हो कि भन्ने पनि अड्कलबाजी सुरु भएको छ । अघिल्लो चुनाव वैशाख, असार र असोजमा गरेर तिन चरणमा भएको थियो ।
अघिल्लो चुनावमा १ करोड ४० लाख ७४ हजार ४२४ जना योग्य मतदाता रहेकामा अहिले एक करोड ७७ लाख ३३ हजार ७२३ मतदान थिए । वैदेशिक रोजगारी, सरकारी काम वा व्यवसायका कारण आफ्नो मतदान केन्द्रभन्दा बाहिर रहनुलाई कम मत खस्नुको एउटा स्वभाविक कारण मानिएको छ । लोकतान्त्रिक पद्धतिमा मतदाताहरू सुरुसुरुका वर्षमा एकदमै उत्साहित हुने र त्यसपछिका वर्षमा कम हुँदै जाने प्रवृत्ति पनि देखिन्छ । २०७४ सालमा नयाँ संविधान बनेपछि पहिलो स्थानीय निर्वाचन थियो, त्यसै वर्ष सबै खाले निर्वाचन पनि भएका थिए । त्यतिखेर मानिसलाई जति उत्साह थियो यस पाँच वर्षका कामले गर्दा त्यो उत्साह केही घटेको पनि हुनसक्छ । तर खासगरी धेरै मतदाता भएका ठाउँमा आधाजसो मतदाता भोट हाल्न नजानु चिन्ताको विषय छ ।
No comments:
Post a Comment