Monday, November 14, 2022

नुवाकोट पनि घण्टी बज्ने सूचीमा

विदुर । स्वतन्त्र पार्टीले नुवाकोटमा पनि आफूलाई बलियो मानिरहेको छ । नुवाकोट क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार सुमनविक्रम पाण्डे पार्टीको जित्ने उम्मेदवारहरू मध्येको सूचीमा छन् । साथै स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछानेले समानुपातिकतर्फ पार्टीले ‘नसोचेको’ परिणाम ल्याउने बताएका छन् । 

लामिछानेले आफ्नो पार्टी समानुपातिकतर्फ सबैभन्दा ठूलो दल बन्ने दाबी गरेका छन् । लामिछानेले भने, ‘हामी प्रत्यक्षतर्फ घटीमा १५ र समानुपातिकतर्फ २५ देखि ३० सीट ल्याएर तेस्रो शक्ति बन्ने लक्ष्यमा छौं ।’ पाण्डेले चुनावी अभियानका क्रममा मतदाताबाट पाएको प्रतिक्रृयाको आधारमा पार्टीले उनी बलियो उम्मेदवारको सूचीमा राखेको हो ।  

प्रत्यक्षतर्फ ५–६ वटा क्षेत्रमा स्वत्न्त्र पार्टीका उम्मेदवाहरूको स्थिति बलियो रहेको र समानुपातिकमा १० देखि १५ सीटको अपेक्षा पार्टीले नै गरेको बताइएको छ । समानुपातिकमा नुवाकोटबाट पहलिो मत जाने दावी लामिछानेको छ । त्यस्तै, जिल्लाको क्षेत्र नम्बर २ मा स्वतन्त्र पार्टीका उम्मेदवार सुमनविक्रम पाण्डे प्रभावशाली देखिएका छन् । गठबन्धनका अर्ज‘ननरसिंह केसी र एमालेका नारायणप्रसाद खतिवडा उम्मेदवार छन् । उनीहरूमाथि आफ्ना उम्मेदवार हावी हुने पार्टीको दाबी छ । पाण्डे पर्यटन व्यवसायी हुन् ।

संघीयताको विपक्षमा उभिएको स्वतन्त्र पार्टीले प्रदेशसभाको चुनावमा भागै नलिने निर्णय गरेको थियो । प्रतिनिधिसभातर्फ उसले देशका १३१ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ । तीमध्ये आधा दर्जन निर्वाचन क्षेत्रमा जीत हासिल गर्नसक्ने आन्तरिक मूल्याङ्कन गरिएको पार्टीका एक नेताले बताए । पार्टीले चितवन २ मा उठेका सभापति रवि लामिछानेको जीत सुनिश्चित भइसकेको ठानेको छ । उक्त क्षेत्रमा रवि भारी अन्तरले जित्ने देखिएको ती नेताले बताए । यस्तै चितवन १ मा पनि आफूहरू अगाडि रहेको उनको दाबी छ । काठमाडौंमा यस पार्टीले कम्तिमा दुई निर्वाचन क्षेत्र जित्ने लक्ष्य राखेको छ । काठमाडौं २ बाट स्वतन्त्र पार्टीकी सोविता गौतम चर्चामा छिन् । यही क्षेत्रबाट पूर्वसभामुख ओनसरी घर्ती सत्ता गठबन्धनकी उम्मेदवार हुन् भने एमालेले मणिराम फुँयाललाई उठाएको छ । काठमाडौंका मतदाताले पार्टीभन्दा पनि व्यक्ति हेरेर भोट दिने ट्रेन्ड भित्रिएकाले सोविताबाट स्वतन्त्र पार्टीले आशा राखेको हो । 

काठमाडौंमा स्वतन्त्र पार्टीका विराजभक्त महर्जन पनि चुनाव जित्ने दिशामा रहेको पार्टी स्रोतको दाबी छ । विवकेशील पार्टीका पूर्वनेता महर्जन काठमाडौं ८ का उम्मेदवार हुन् । यस क्षेत्रमा गठबन्धनका तर्फबाट जीवनराम श्रेष्ठ र एमालेका शिवसुन्दर राजवैद्य उम्मेदवार छन् । सुमन सायमी पनि अर्का एक चर्चित उम्मेदवार हुन् । 

यस्तै ललितपुर ३ मा स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले दिनप्रतिदिन आफ्नो प्रभाव बढाइरहेकी छन् । तोसिमाले सरकारी सुविधा लिइरहेको भन्दै निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरिदिएको थियो । तर, अदालतले उक्त निर्णय उल्टाइदियो । आयोगले तोसिमाप्रति देखाएको पूर्वाग्रह नै उनका निम्ति बरदान बन्ने देखिँदैछ । आयोगकै कारण उनी चर्चामा आउन सफल भएकी हुन् ।

स्वतन्त्र पार्टीले मकवानपुरमा पनि आफूलाई बलियो मानिरहेको छ । मकवानपुर १ बाट सुरेश थापा र २ बाट भरत पराजुली स्वतन्त्र पार्टीका उम्मेदवार छन् । थापाले राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपाका दीपक सिंहको साथमा गठबन्धन उम्मेदवार महालक्ष्मी उपाध्याय (डिना) छन् । क्षेत्र नम्बर २ मा स्वतन्त्र पार्टीका पराजुली प्रभावशाली देखिएका छन् । उनले गठबन्धनका उम्मेदवार नेकपा एसका विरोध खतिवडालाई अप्ठेरोमा पार्न सक्ने चर्चा भइरहेको छ ।

यसै बीच, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता डा. मुकुल ढकालले आफ्नो पार्टी समानुपातिकतर्फ सबैभन्दा ठूलो दल बन्ने दाबी गरे । समग्रमा देशकै तेस्रो शक्तिका रुपमा स्थापित हुने लक्ष्य रहेको बताउँछन् । ‘हामी प्रत्यक्षतर्फ घटीमा १५ र समानुपातिकतर्फ २५ देखि ३० सीट ल्याएर तेस्रो शक्ति बन्ने लक्ष्यमा छौं ।’ उनले भने । ढकालका अनुसार स्वतन्त्र पार्टी बलियो रहेका क्षेत्रहरूमा झापा १, सुनसरी १ र २, मोरङ ५, मकवानपुर २, नुवाकोट २, काठमाडौं १, २ र ८ ललितपुर ३ तथा चितवनको १ र २ छन् । 

यस्तै, काठमाडौंका ६ र ७, मोरङ ६ तथा सल्यान, पाल्पा, बाँके, कास्कीलगायतका विभिन्न क्षेत्रमा पार्टीको अवस्था सुधारोन्मुख रहेको ढकालले बताए ।

No comments:

Post a Comment