Monday, November 14, 2022

तारकेश्वरमा सोलार बत्ती


दाङसिङ । नुवाकोटको तारकेश्वर गाउँपालिकाको विभिन्न स्थानमा सोलार बत्ती जडान गरेको छ । गाउँपालिकाको वडा नम्बर २ को तारुकाघाटको मरनघाट, महादेब मन्दिर, वडा नं. २ को सातदोबाटोमा, वडा नं. ३ को ढकालगाउँ, जोरचौतारा र वडा नं. ६ को मझुवा र कुवापानीमा सोलार बत्ति जडान भएको हो । 

बिहीबार गाउँपालिका अध्यक्ष शिव अधिकारीको उपस्थितमा सोला बत्ती जडान भएको गाउँपालिकाको कार्यालउले जनाएको छ । रातको समयमा पनि नागरिकहरूको हिडडुल हने ति स्थानमहरूमा बक्षी क्षमताको बत्ती जडान भएको छ ।  गाउँपालिका अध्यक्ष शिव अधिकारीका अनुसार तारकेश्वरका अन्य स्थानहरूमा पनि सोलार बत्ती जडान गर्ने तयारी भएको छ । 

उज्यालो तारकेश्वर अभियान अन्र्तगत गाउँपालिकाले उक्त कार्यक्रमलाई अघि बढाएको बताइएको छ । 


No comments:

Post a Comment