विदुर । बैदेशिक भ्रमणको सिलसिलामा युएईमा रहेकी कीर्तिमानी पुर्व खेलाडी संगीना बैद्यलाई नुवाकोट सेवा समाज युएईले एक कार्यक्रमका बीच सम्मान गरेको छ ।
समाजका अध्यक्ष बासुदेब ढुङ्गानाले नुवाकोटकी चेली तथा राष्ट्रको लागि योगदान गर्दै देशलाई विश्व सामु चिनाउन सफल बैद्यलाई सम्मान गर्न पाउँदा खुशी ब्यक्त गरेका छन् । एक औपचारिक कार्यक्रम राखेर उनलाई सम्मान पत्र प्रदान गरिएको उनले बताए । त्यस अवसरमा बैदेशीक रोजगारीको क्रममा युएई रहेका नुवाकोटका नागरिकहरूको सहभागिता रहेको थियो ।
बैद्यले राष्ट्रिय टिमका साथै बिभागीय टोली नेपाली सेनाको प्रशिक्षण सम्हाल्दै बिभिन्न सफलता हासिल गरेकी थिईन् । नेपालले १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)मा तेक्वान्दो तर्फ उत्कृष्ट प्रदर्शन गर्दै १२ स्वर्ण पदक जित्नुमा उनको प्रशिक्षण समेतले ठुलो योगदान रहेको थियो ।
No comments:
Post a Comment