खरानीटार । नेकपा एमालेका तर्फबाट नुवाकोट क्षेत्र नम्बर १ को प्रदेश १ को उम्मेदवार बनेका शुसिल खड्काले आफ्नो चित सुनिश्चित भइसकेको बताएका छन् । उनले जनताको हरेक समस्या समाधान गर्न नेकपा एमालेले जित्नैपर्ने र त्यसको विकल्प नभएकोले मतदाताले आफुलाई रुचाएका बताएका हुन् ।
आइतवार आयोजित चुनाव प्रचार प्रसारका क्रममा घरदैलो कार्यक्रममा सहभागी हुँदै उनले यस्तो बताएका हुन् । आसन्न निर्वाचनबाट आफू निर्वाचित भएपछि निर्वाचन क्षेत्रका जनताको हरेक समस्या समाधान गर्ने काममा तल्लिन रहने खड्काले प्रतिवद्धता जनाए । उनले अहिलेका जनप्रतिनिधिहरू ५ वर्षसम्म के गर्दैछन्, कसका निम्ति हिँड्दैछन् भन्ने कुराको महसुस समेत जनताले गर्न नपाएको भन्दै आगामी दिनमा आफूले जितेपछि हरेक दिन निर्वाचन क्षेत्रका जनताको समस्या समाधान गर्ने र गुनासो सुन्ने बताए ।
‘१० वर्षदेखि यहाँका मतदाताहरूको मनमा चर्किरहेको घाउलाई निको पारेर अबको निर्वाचनपछि ५ वर्षसम्मको निम्ति जनताका चासो, सरोकारका विषयमा आफू प्रत्यक्ष जोडिएर समाधान गर्ने, शिक्षा स्वास्थ्यका समस्या समाधान गर्ने पक्षमा छौं’ उनले भने ।
खड्काले नुवाकोट क्षेत्र नम्बर १ को प्रदेश १ का मतदाताहरूले निर्वाचन क्षेत्रका अन्य प्रतिस्पर्धीहरूमध्ये सबैभन्दा उपयुक्त पात्रको रुपमा आफूलाई हेरिरहेको समेत उनले बताएका छन् । खड्काले यसअघि आफुले गरेको कामको मुल्याङ्कन जनताले गर्ने भएकोले आफुलाई मतदान गर्ने विश्वास व्यक्त गरे ।
No comments:
Post a Comment