रमेशकुमार महत
प्रदेश सभा सदस्य, नुवाकोट क्षेत्र नं. १ प्रदेश नं. २
५४ वर्षिया रमेशकुमार महतले दुई वटा महत्वपुर्ण जित हातपार्न दुई वटै निर्वाचनसम्म पुग्नु परेको छ । अहिले प्रदेश सांसद र काँग्रेसको जिल्ला सभापतिमा दुई÷दुई पटकको प्रयासमा उनले सफलता हात पारेका छन् ।
सत्ता गठबन्धनका तर्फबाट नुवाकोट क्षेत्र नं. १ को प्रदेश २ मा उम्मेदवारी दिएका ५४ वर्षिया रमेशकुमार महतको जन प्रतिनिधिका रुपमा चुनिने दोश्रो प्रयासमा सफल भएका छन् । उनले यही क्षेत्रमा २०७४ सालको चुनावमा पनि प्रतिस्पर्धा गरेका थिए । तत्कालिन चुनवामा उनी अहिलेका क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा हितबहादुरसंग पराजित भएका बद्री मैनालीसंग हारेका थिए ।
अहिले महतले विजयी हासिल गरेको प्रदेश निर्वाचन क्षेत्रमा यस अघि एमालेका मैनाली निर्वाचित भएका थिए । मैनाली अलिहे एमाले नुवाकोटका अध्यक्ष समेत छन् । महतले यस क्षेत्रमा एमालेका पुर्णलाल श्रेष्ठलाई एक हजार ८९६ मतले हराएका छन् ।
२०७४ सालको निर्वाचनमा एमाले र माओवादीको गठबन्धनसंग भिडेका महत पराजित भएका थिए । अघिल्लो निर्वाचनमा हराउने माओवादीनै साथ लिएर अहिले महत निर्वाचित भएका छन् । नेपाली काँग्रेस नुवाकोटका सभापति समेत रहेको महत नुवाकोट काँग्रेसको राजनीतिमा मध्यकालिन नाम हो । डा. रामशरण महतको उदयसंगै उनी काँग्रेसको राजनीतिमा सक्रिय छन् । जनमोर्चाबाट राजनीति थालेका रमेशकुमार महतले डा. रामशरण महत नुवाकोटको तत्कालिन क्षेत्र नं. २ मा (यस अघि नुवाकोटमा प्रतिनिधि सभा निर्वाचन क्षेत्र ३ वटा) उम्मेदवार बनेपछि उनी काँग्रेसमा उदाएका हुन् ।
सात पटक अर्थमन्त्री बनेका काका डा. रामशरण महतको निजी सचिवका रुपमा झण्डै दुई दशक काम गरेका उनले आफुलाई त्यहीबाट पार्टी भित्र स्थापित गरेका हुन् । काँग्रेसको १४ औं महाधिवेशनमा उनी १० मतले जिल्ला सभापतिमा निर्वाचित भए । महत र केसी गुटगत राजनीति झाँगिएको नुवाकोटको काँग्रेस राजनीतिलाई उनले दोश्रो पटकको प्रयासमा मात्रै आफ्नो हात पारेका हुन् । यो पटक डा. केदारनरसिंह केसीलाई उनले हराए भने पार्टी १३ औं महाधिवेशनमा डा. केदारनरसिंहका भाई जगदीश्वरनरसिंह केसीसंग १६ मतले जिल्ला सभापतिमा पराजित भएका थिए ।
No comments:
Post a Comment