खरानीटार । नुवाकोट निर्वाचन क्षेत्र १ (१) का वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार राधिका तामाङले तादी गाउँपालिकाका मतदाताहरूसंग भेटघाट गर्दै विकास र परिवर्तनका लागि आफ्ने गरेको योगदान र भावी योजनाहरूको समीक्षा गरेर आफुलाई मतदान गर्न आग्रह गरेका छन् ।
उनले एमालेबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बद्री मैनालीले छोटो समय राज्यमन्त्री बन्दा पदको दुरुपयोग गरेको उल्लेख गर्दै फेरि जिताएमा के गर्लान् भन्ने प्रश्न गरे । नुवाकोट १ मा एमालेबाट प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवार मैनाली र १ (१) का सुशील खड्का ज्वाइँ–जेठान रहेकोले जातिवादसँगै परिवारवादमा फसेको आरोप उनले लगाएका छन् । ‘भन्ने नै हो भने वास्तविक जातिवाद त उहाँहरू हो । वास्तविक परिवारवाद उहाँहरू हो । उहाँहरू ज्वाइँ–जेठान कम्पनी,’ नेता तामाङले भने, ‘राधिका तामाङ र हितबहादुर तामाङबीच कहीं साइनो देख्नुहुन्छ । खोज्नुहोस् । थोरै समय पद पाउँदा त बद्री मैनालीले कोल्डस्टोर दुरुपयोग गर्नुभयो । सुशीलजीले गर्न पाउनुभएको छैन । उहाँको बारेमा म धेरै भन्दिनँ । ज्वाइँ–जेठानलाई जिताउने हो भने भोलि के गर्लान् । उहाँसँग केही भिजन छ ?’ उनले मतदातालाई सोधेः ‘ज्वाइँ–जेठानलाई भोट हालेर कस्तो परिवर्तनको अपेक्षा गर्नुभएको छ ?’
२०७४ को निर्वाचनमा एमाले–माओवादी गठबन्धनबाट जितेको स्मरण गर्दै निवर्तमान प्रदेश उपसभामुख तामाङले सहकार्य गर्दा मैनाली अराजनीतिक व्यक्ति भएको चाल पाएको बताए । तामाङले आफू कलिलो उमेरमै राजनीतिमा लागेको र लामो समयकालसम्म राजनीति नै गर्नु पर्ने भएकोले इमान्दार ढंगले अघि बढ्ने मतदाताहरूसंग प्रतिवद्धता जनाएका छन् । ‘कपीकलम एकातिर थन्काएर राजनीति सुरु गरेको हुँ । एसएलसी शान्ति प्रक्रियापछि दिएँ । आइए पास गरेको पनि पछि हो । यसरी संघर्ष गरेको मान्छे हुँ । म चोर दूलोबाट छिरेर राजनीतिमा आएको होइन । मलाई लामो समय राजनीति गर्नुछ । इमान्दाररुपमा राजनीति गर्नुछ,’ उनले भने ।
एमालेका उम्मेदवारले गठबन्धनका नेता, कार्यकर्तालाई काठमाडौंका होटल रेस्टुरेन्टमा बोलाएर आन्तरिक रुपमा खेल्न खोजेकोसमेत उनको आरोप थियो । ‘उहाँहरूले पैसाको धाक देखाएर केही माओवादी कार्यकर्तालाई काठमाडौं बोलाउने रेस्टुरेन्टतिर राख्ने । केही काँग्रेसका कार्यकर्तालाई बोलाउने, काँग्रेसका कुन–कुन खेमालाई कसरी कुस्ती खेलाउने, जुधाउन तिम्रा उम्मेदवार छैनन् भनेर भ्रमण फिजाइरहेको रिपोर्ट मलाई आएको छ,’ राधिका तामाङले भने ।
उनले आफू माओवादी, काँग्रेस, एकीकृत समाजवादीको मात्रै नभई एमालेका इमान्दार कार्यकर्ताको पनि उम्मेदवार भएको बताए । निर्वाचन जितिसकेपछि समृद्ध नेपालको सपना पूरा गर्ने र नुवाकोटको मुहार फेर्नमा लाग्ने प्रतिबद्धता जनाए ।
यसै बीच, नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा १ मा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार एवं नेकपा माओवादी केन्द्रकी नेता राधिका तामाङले आगामी पाँच वर्षको योजना सार्वजनिक गरेका छन् । अबको विकास अभियान ः मानव विकासमा जोड, भौतिक पूर्वाधारमा ध्यान’ नारासहित उम्मेदवार तामाङले आफ्नो लक्ष्य सार्वजनिक गरेका हुन् । वागमती प्रदेशसभाका निर्वतनमा उपसभामुख समेत रहेका तामाङले गत कालमा भएका प्रगति र त्यसलाई पूर्णता दिने तथा नयाँ योजनालाई समेत लक्ष्यमा समेटेका छन् ।
आगामी योजना
– प्रादेशिक रणनीतिक सडक गुर्जेभञ्ज्याङ, मानेभञ्ज्याङ, समुन्द्रटार सडकको बाँकी खण्ड मानेभञ्ज्याङदेखि राउतबेशी, समुन्द्रटारसम्म निर्माण गर्ने ।
– प्रादेशिक रणनीतिक सडक ढलानघर, कुण्डला, घलेभञ्ज्याङ, भ्याङले सडकको सुरुको खण्ड ढलानघर, स्याल्पिङ खोला, शिवालय सडकको स्तरोन्नती र कालोपत्रे गर्ने ।
– प्रादेशिक रणनीतिक सडक सुन्दरीजल, चिसापानी, गोल्फुभञ्ज्याङ, कुटुमसाङ, गोसाईंकुण्ड मार्ग निर्माण गर्ने ।
– दुप्चेश्वरको समुन्द्रटार देखि घ्याङफेदी सडक, समुन्द्रटार, राउतबेशी, झगरे, गोल्फुभञ्ज्याङ सडक शिवपुरीको आइतरामपाटी, छाप, तलाखु सडक, रोल्चे, मानेडाडा, बोर्लाङभूमी स्कूल हुँदै शिवालय, गोल्फुभञ्ज्याङ सडक, पाटीभञ्ज्याङ, खोलेखर्क, कालोभञ्ज्याङ, बेतीनी सडक, तादी गाउँपालिकाको खरानीटार, टुटुङगा, उर्लेनी सडक, फेदीबेशी, गणेशथान पौवाथोक, लच्याङ सडक, जिरोकिलोबाट डाडापाटो हुँदै लच्याङ, उर्लेनी सडक, सातबिसे बागमारा सडक स्तरोन्नती तथा कालोपत्रे गर्ने ।
– सुइरेचौर, घ्याङस्वारा, बागमारा, रान्चेभूमेमा पर्यटन पार्क निर्माण गर्ने ।
– दुर्लभ बन्यजन्तु रेडपाण्ड संरक्षण गरी पाण्डा पार्क र लालिगुरास पार्क निर्माण गरी पर्यटन प्रवद्र्धन गर्ने ।
– दुप्चेश्वर महादेव मन्दिर परिसरको बृहत्तर विकासमार्फत धार्मिक पर्यटन प्रवर्द्धन गर्ने ।
– सामुदायिक र सांस्कृतिक घारवास कार्यक्रम सञ्चालनमा जोड गर्ने ।
– समुन्द्राफिनी धान र असला माछाको व्यावसायिक प्रवद्र्धनका लागि पहल गर्ने ।
– कृषिको व्यावसायिक उत्पादन्, बजारीकरण र प्रशोधनमा योजनाबद्ध पहल गर्ने ।
– रैथाने बाली प्रवद्र्धन तथा स्थानीय उत्पादनको बजारीकरणको व्यवस्था गरी ग्रमीण अर्थतन्त्रलाई प्रभावकारी बनाउने साथै युवा स्वरोजगारको लागि व्यवस्था गर्न पहल गर्ने ।
– कृषि तथा प्राविधिक शिक्षाका लागि आंगिक कलेजको व्यवस्था गर्ने, आंगिक नभएको अवस्थामा सम्बन्धन लिई प्राविधिक कार्यक्रम सञ्चालन गरी दक्ष जनशक्ति उत्पादनमा जोड ।
– क्षेत्रीय अस्पताल र सबै पालिकास्तरीय अस्पताललाई दक्ष जनशक्तिसहित सुविधासम्पन्न बनाउने ।
– स्वास्थ्य र शिक्षालाई नागरिकको पहूँचमा पु¥याई गुणस्तरीय सेवा प्रवाहमा जोड गर्ने ।
– मातृभाषामा शिक्षाको व्यवस्था र वाग्मती प्रदेशकमा नेपाली भाषासंगै तामाङ र नेवारी भाषालाई सरकारी कामकाजको भाषा कार्यन्वयन गर्न पहल गर्ने ।
– महिलालाई सीप विकासमार्फत आर्थिक आत्मनिर्भर बनाउने साथै हरेक निकायमा समानुपातिक सहभागिताको व्यवस्था गर्ने । छोरी–बुहारी शिक्षा कार्यक्रमका लागि छात्राबृत्तिको व्यवस्था गर्ने ।
– न्याय र सुशासन कायम गर्न दृढतापूर्वक लागि पर्ने ।
पाँच वर्षे रणनीतिक लक्ष्य :
मूल नारा : अबको विकास अभियान : मानव विकासमा जोड, भौतिक पूर्वाधारमा ध्यान !
आर्थिका समृद्धि र मानव विकासतर्फ :
–महिला सीप विकास र आर्थिक आत्मनिर्भरता
– युवा उद्यमशीलता र स्वरोजगार
– कृषि पर्यटनको हब क्षेत्र विकास, प्राङगारिक कृषि र पर्यटन प्रवद्र्धन
–सामुदायिक र सांस्कृतिक घारवास कार्यक्रम सञ्चालन ।
– रैथानेबालीको प्रर्वद्धन, कोदोको रक्सी ब्राण्डिङ
– प्रदेश स्तरीय सुविधासम्पन्न अस्पताल र पालिका अस्पतालको सेवा क्षमता बृद्धि
– गुणस्तरीय र सर्बसुलभ स्वास्थ्य शिक्षाको व्यवस्था
– कृषि तथा प्राविधिक शिक्षा सञ्चालन
– मातृभाषामा शिक्षा र स्थानीय संस्कृतिको प्रवद्र्धन
– छोरी–बुहारी शिक्षा कार्यक्रमका लागि छात्राबृत्तिको व्यवस्था
– नेपाली भाषासंगै तामाङ र
नेवारी भाषालाई सरकारी कामकाजको भाषाको व्यवस्था
भौतिक पूर्वाधार विकासतर्फ :
– प्रादेशिक रणनीतिक सडक गुर्जेभञ्ज्याङ, मानेभञ्ज्याङ, समुन्द्रटार सडक कालोपत्रे तथा घ्याङफेदीसम्म विस्तार गर्ने ।
– प्रादेशिक रणनीतिक सडक ढलानघर, स्याल्पिङ खोला, घलेभञ्ज्याङ, भ्याङले सडक कालोपत्रे गर्ने ।
– प्रादेशिक रणनीतिक सडक सुन्दरीजल, चिसापानी, गोल्फुभञ्ज्याङ, कुटुमसाङ, गोसाइँकुण्ड मार्ग निर्माण गर्ने ।
– शिवपुरी २ को लप्कालुङ खोला पक्की पुल, दुप्चेश्वर ५ र ६ जोडने चन्द्रवती खोला पक्की पुल, तादी १ र ३ जोडने दोर्ख‘ खोला पुल, शिवपुरी ६ र पञ्चकन्या जोडने शिवालय पुल, शिवपुरी ३ को कात्तिके खोला पुल, शिवपुरी १ को मिश्री खोला पुल, बिनडाँडा खोला पुल निर्माण सम्पन्न गर्ने ।
– रेड पाण्डा पार्क र लालिगुराँस पार्क निर्माण
– सुइरेचौर, घ्याङस्वारा, बागमारा, रान्चेभूमेमा पर्यटन पार्क निर्माण गर्ने
– दुुप्चेश्वर महादेव मन्दिर परिसरको बृहत्तर विकासमार्फत धार्मिक पर्यटन प्रर्वद्धन गर्ने ।
– प्रदेश स्तरीय सुविधासम्पन्न अस्पताल निर्माण गर्ने
– कृषि तथा प्राविधिक कलेज स्थापना गर्ने
पाँच वर्षमा भएका मुख्य कार्यहरू :
– प्रादेशिक रणनीतिक सडक गुर्जेभञ्ज्याङदेखि समुन्द्रदेवी, मानेभञ्ज्याङ, समुन्द्रटार सडकको गुर्जेभञ्ज्याङदेखि समुन्द्रदेवीसम्म ८ किमी सडक स्तरोन्नती र कालोपत्रे सम्पन्न । बाँकी खण्ड समुन्द्रदेवी देखि मानेभञ्ज्याङसम्मको लागि रु.७२ करोडको बहुवर्षीय योजना स्वीकृत भई निर्माण प्रक्रियामा रहेको ।
– प्रादेशिक रणनीतिक सडक शिवपुरी ढलानघर, पञ्चकन्याको कुण्डला, घलेभञ्ज्याङ, कुलकुले भ्याङले हुँदै दुप्चेश्वरको समुन्द्रटार सडक रु. ४० करोडको बहुवर्षीय योजना स्वीकृत भई निर्माणाधीन अवस्थामा रहेको ।
– रणनीतिक सडक टोखा, गुर्जेभञ्ज्याङ, छहरेसम्मको अधिकांश खण्ड कालोपत्रे र ढलान सम्पन्न भएको, केही खण्ड निर्माण प्रक्रियामा रहेको ।
– शिवपुरी कृषि चक्रपथ निर्माण प्रक्रियामा ।
– शिवपुरी १ र ३ जोडने शिवालय पुल, शिवपुरी १ मा ज्यामिरे खोला पुल, तादी खोला भ्याङले पुल गरी तीनवटा पक्की पुलहरू निर्माण ।
– शिवपुरी २ को लप्कालुङ खोला पक्की पुल, दुप्चेश्वर ५ र ६ जोडने चन्द्रवती खोला पक्की पुल, तादी १ र ३ जोडने दोर्ख‘ खोला पुल, शिवपुरी ६ र पञ्चकन्या जोडने शिवालय पुलहरू निर्माणको प्रक्रियामा रहेका छन् । त्यसै गरी शिवपुरी ३ को कात्तिके खोला पुल, शिवपुरी १ को मिश्री खोला पुल, बिनडाँडा खोला पुल लगायत केही पक्की पुलहरूलाई डिपिआरको लागि बजेट व्यवस्था भई कार्यन्वयनको प्रक्रियामा रहेका छन् ।
– सहरे बेशीकसेरी जोडने झोलुङेपुल, बैसाङ खोला झोलुङेपुल दुप्चेश्वर ४, पञ्चकन्या १ र लिखु ६ जोडने आपचौर झोलुङेपुल, तादी ४ र पञ्चकन्या ४ जोडने झोलुङेपुल र दुप्चेश्वरको मुसाङ खोला झोलुङ्गे पुल निर्माण सम्पन्न ।
– करिब ५ करोड लागतमा शिवपुरी ६ स्थित घ्याम्पेश्वरीमा सहिद स्मृति रंगशाला निर्माण ।
– शिवपुरी र तादीमा मिनी कोल्ड स्टोर निर्माण ।
– शिवपुरी ६, चापाबोटमा करीब पाँच करोड लगानीमा तामाङ साँस्कृतिक संग्राहलय बहुवर्षिय योजना स्वीकृत भई निर्माणधीन अवस्थामा रहेको ।
– रु. ५ करोडको लागतमा ककनी, सुइरेचौर, चिसापानी, कुटुमसाङ र रु.४ करोड लागतमा कुटुमसाङदेखि ठाडेपाटी, गोसाइँकुण्ड पदमार्गको ठाडेपाटीसम्म पदमार्ग निर्माण ।
– राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत दुप्चेश्वर गाउँपालिकामा जटील सुत्केरीका लागि हवाई उद्धार सेवा सञ्चालन ।
– विदुरमा पोष्टबहादुर बहुप्राविधक शिक्षालयको स्थापना र शिवपुरीको सिक्रेमा कृषि प्राविधिक शिक्षा सञ्चालन ।
No comments:
Post a Comment