Monday, November 14, 2022

विपक्षी उम्मेदवारको पक्षमा बोले मात्रै पनि कारबाही हुने


विदुर । नेपाली काँग्रेस नुवाकोटका कार्यबाहक सभापति राजु थापाले कार्यकर्ताहरूलाई एक अपिल जारी गर्दै पार्टीको निर्देशन भन्दा बाहिर गएर कुनै चुनावी गतिविधि र क्रियाकलाप नगर्न चेतावनी दिएका छन् । 

पार्टी कार्यालय विदुरमा पत्रकारसंग भेटघाट गर्दै कार्यबाहक सभापति थापाले पार्टी तथा उम्मेदवारहरूले आब्हान गरे बमोजिमका मोर्चाहरूमा क्रियाशिल हुन आग्रह गरेको छ । बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारको कुनै प्रतिस्पर्धी उम्मेदवार वा राजनीतिक दलको पक्षमा अभिव्यक्ति दिएका आफ्ना कार्यकर्ताहरूलाई कारबाही हुने थापाले बताएका छन् । उनले विज्ञप्ती जारी गर्दै बाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारका प्रतिस्पर्धी उम्मेदवारको पक्षमा सामाजिक सञ्जालदेखि अन्य औपचारिक मञ्चमा बोल्ने लेख्ने गरेमा केन्द्रीय निर्देशन बमोजिम कारबाही हुने जनाएका छन् । 

  नेपाली काँग्रेस नुवाकोटका कार्यबाहक सभापति राजु थापाले आफ्नो जिम्मेवारीबाट निष्क्रिय रहने काँग्रेस नेता तथा कार्यकर्तालाई कारबाही गर्न समेत केन्द्रबाट निर्देशन आएको बताएका छन् ।

उनले काँग्रेसका सबै क्षेत्रिय कार्य समिति, प्रदेश तथा गाउँ पालिका, नगरपालिका र त्यस अन्र्तगतका  वडा समिति लाई पार्टी क्रियाशिल सदस्यहरूको सक्रियताको विवरण निर्वाचन सकिए लगत्तै प्रतिवेदनका रुपमा लेखिपठाउन समेत निर्देशन दिएका छन् । उनका अनुसार निष्क्रिय रहने र विपषी उममेदवारको पक्षमा लाग्नेको सुक्ष्म अध्ययन गरेर प्रतिवेदन तयार हुने छ । 

No comments:

Post a Comment