![]() |
अर्जुननरसिंह केसीलाई जितको बधाई दिँदै स्वतन्त्र पार्टीका उम्मेदवार सुमनविक्रम पाण्डे (दाँयाँ) । |
विदुर । मंसीर ३ गते साँझ अर्नुननरसिंह केसी निवासमा भएको छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट नुवाकोट क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्यमा उम्मेदवार रहेका सुमनविक्रम पाण्डेले मुस्किलले ६ हजार मत कटाउने समीक्षा भयो ।
सत्ता गठबन्धनकोबाट काँग्रेसका तर्फका केसी स्वंयम् उम्मेदवार । उनकै आफ्नै आँकलन पनि एमालेका नारायणप्रसाद खतिवडासंगै आफ्नो प्रतिस्पर्धा हुने थियो । पार्टीका असन्तुष्ट ‘केही कार्यकर्ता’ र हजार हाराहारीका मतदाताले पाण्डेको चुनाह चिन्ह ‘घण्टी बजाउने’ समीक्षा केसीको आन्तरिक छलफलमा भयो । तर चुनावको परिणाम आउदा पाण्डे केसीकै निकटम प्रतिद्धन्द्धी बने ।
निर्वाचनको अन्तिम परिणाम मंसीर ९ गते राती आयो । काँग्रेसका केसी अत्याधिक मतले निर्वाचित भए, आम रुपमा अनुमान गरिए अनुसार तेश्रो हुने रास्वपाका पाण्डे दोश्रो बने । अघिल्लो निर्वाचनमा यही क्षेत्रबाट प्रतिनिधित्व गरेको एमालेका नारायणप्रसाद खतिवडा तेश्रो बने । खतिवडाले नवनिर्वाचित केसीलाई टेलिफोन गरेर मंसीर १० गते बिहान बधाई र शुभकामना व्यक्त गरे । तर, रास्वपाका उम्मेदवार एवं निकटम् प्रतिद्धन्दी सुमनविक्रम पाण्डे भने विहान केसीको विदुरस्थित निकासमै पुगे । जितको खुसीयाली मनाउन केसी निकासमा जम्मा भएका काँग्रेसका कार्यकर्ता पन्छाउँदै पाण्डे स्वंयम् केसी समक्ष पुगेर बधाई सहित जिल्लाको विकास र परिवर्तनका पक्षमा अहोरात्र लागिपर्न आग्रह गरे । केसीको हातबट फुलमाला ग्रहण गरेर फर्किएका पाण्डेले गएको सोमवार समेत उनै केसीलाई आफ्नै घरमा हार्दिकता सहित स्वागत गरे । नुवाकोट साततले दरवार परिषरमा धन्यवाद ज्ञापन गर्न घरदैलो गर्न पुगेका केसीलाई पाण्डेले आफ्नै घरमा भित्र्याएर अंकलमान गरे ।
२८ हजार १०७ मत ल्याएर प्रतिनिधि सभामा काँग्रेसका केसी निर्वाचित हुँदा दोश्रो राष्ट्रिय स्वतन्त्र पार्टीका सुमनविक्रम पाण्डे नै भए । पाण्डेले १६ हजार ४७७ मत पाए ।
तेश्रो भएका नेकपा एमालेका नारायणप्रसाद खतिवडाले १५ हजार ५६१ मत पाए । केसी र पाण्डेबीच ११ हजार ६३० मतान्तर रह्यो भने पाण्डे र खतिवडा बीच ९१६ मतान्तर रह्यो ।
रास्वपाका पाण्डेले सहरी क्षेत्रबाट अधिक मत प्राप्त गरे । सहरी क्षेत्र र रोजगारीका क्रममा जिल्ला बाहरि रहेको युवाहरूको रोजाईमा पाण्डे थिए भने ति युवा पुस्ताको अभियान घण्टीमा मतदान गराउने थियो । पाण्डेले विदुर नगरपालिका भरीबाटै पहिलो मत पाएका छन् । क्षेत्र नं. २ मा रहेको ४३ वटा वडा मध्ये ९ वटा वडामा पहिलो मत लिए । पार्टी घोषणाको पाँच महिना बीचमै प्राप्त भएको यो सफलता नै जित भएको प्रतिक्रिया रास्वपा नुवाकोट अध्यक्ष रामेश्वर गजुरेलले दिएका छन् । ‘हाम्रो वडा तहसम्म पार्टीको फर्मेसन हुन भ्याएको मात्रै भए हामी पहिलो हुने रहेछौं’ गजुरेलले भने ।
पाण्डेले विदुर नगरपालिकाको ७ वटा वडा बाट पहिलो मत लिए । एउटा वडामा दोश्रो र अर्को एउटा वडामा दोश्रो भए । चार वटा वडामा तेश्रो भएका पाण्डेको मतान्तर भने झिनो नै थियो । बेलकोटगढी नगरपालिकाको दुई वटा वडामा पनि पहिलो मत लिए । उनले पहिलो मत लिएको वडाहरूमा विदुर नगरपालिकाको १, २, ३, ४, ७, ८ र ९ छ । त्यस्तै बेलकोटगढीको वडा नं. ७ र १३ मा पनि पहिलो मत लिएको दावी पार्टीको छ । मत परिणाम सार्वजनिक भएपछि ‘न्युट्रल मतदाता’ पनि झस्किएका छन् । १० हजार आराहारीमा मत आउने अनुमान गरेको पाण्डे विजेताको निकटम प्रतिद्धन्द्धी बनेको देख्दा ‘बल गर्दिन पाएको भए’ जित्ने रहेछन् भन्ने प्रतिक्रिया दिन थालेका छन् ।
No comments:
Post a Comment