Monday, August 08, 2022

चार वर्षमा आधा मात्रै प्रगती

विदुर । नुवाकोटको दुई स्थानमा निर्माण भइरहेको शित भण्डारणको आधा काम मात्रै सकिएको छ । विदुर नगरपालिका वडा नम्बर ५ पिपलटार र बेलकोटगढी नगरपालिका–१० मा ६५ प्रतिशत मात्र काम भएकाले शीतभण्डार छ महिना भित्रमा सञ्चालनमा ल्याउने योजना छ । 

प्रदेश सरकारले अधिकांश शीतभण्डारको निर्माणका लागि दुई वर्षको समय अवधि दिएर ठेक्का सम्झौता गरेको थियोर । सम्झौताअनुसार २०७८ मा नै हस्तान्तरण हुनुपर्ने थियो । मन्त्रालयले नुवाकोटको विदुर–५ र बेलकोटगढी–१० मा पाँच हजार मेट्रिक टन क्षमताका शीतभण्डार निर्माणका लागि ५० प्रतिशत र साझेदार संस्था तथा निजी कम्पनीको ५० प्रतिशत लगानी गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । 

विदुर नगरपालिका वडा नम्बर ५ पिपलटारमा १९ करोड ८५ लाख ८१ हजार र बेलकोटगढीमा २० करोड ३९ लाख ६८ हजार लागतमा शीतभण्डार निर्माण ठेक्का सम्झौता भएको थियोर । तर कोरोना महामारीका कारण काम रोक्किएर निर्माण सम्पन्न हुन दुई वर्ष ढिला भएको मन्त्रालयले जनाएको छ । 

दुई वर्षसम्म कोरोनाका कारण ठेकेदार कम्पनीले काम गर्न नपाएको विवरणमा उल्लेख भएको जनाउँदै अब भने केही दिनमा नै सञ्चालनमा ल्याइने योजना रहेको छ । 

यसै बीच, केही शीतभण्डारमा मेसिनसमेत जडान भएर बत्तीको मिटरमात्र जडान बाँकी भएको मन्त्रालयले जनाएको छ । तत्कालीन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले निर्माण सुरु गरेका १० वटै शीतभण्डारमध्ये अब नुवकोटका दुई वटाको मात्र करिब ३५ प्रतिशत काम बाँकी रहेको मन्त्रालयले जनाएको छ । 

कृषि तथा पशुपन्छी विकास मन्त्रालय बागमती प्रदेशले निर्माण गरिरहेका १० वटा शीतभण्डारमध्ये आठवटा भदौको पहिलो सातादेखि सञ्चालनमा आउने भएका छन् । उक्त शीतभण्डारमध्ये दुई महिनादेखि एउटा सञ्चालन भइसकेको र आठ वटाको भौतिक निर्माण कार्य सम्पन्न भई मेसिन जडान कार्य भइरहेका कारण अब भदौ पहिलो सातामा नै सञ्चालनमा ल्याइने बताइएको हो । 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. सरोज पाण्डेका अनुसार सरकारले रु ९७ करोड ८३ लाख ६३ हजार लागतमा प्रदेशका १० वटा शीतभण्डार निर्माण सुरु भएको र अब नुवाकोटका दुईबाहेक अन्य सबैमा मेसिन जडान भइरहेको छ । सहकारी संस्था तथा निजी क्षेत्रसँगको साझेदारीमा मन्त्रालयले शीतभण्डार निर्माणको काम अघि बढाएको उनले बताएका छन् ।

मन्त्रालयले १० वटै शीतभण्डार निर्माणबापत ६५ करोड ४८ लाख ६० हजार निर्माण कम्पनीलाई भुक्तानीसमेत दिइसकेकोे छ । रसुवाको कालिका गाँउपालिका २, कालिकास्थानमा शितभण्डार निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । रसुवाको कालिका गाउँपालिकामा साना किसान कृषि सहकारी संस्था लिमिटेडसँगको साझेदारीमा ३०० मेट्रिक टन क्षमताको शीतभण्डारमा अन्तिम कार्य भइरहेको बताइएको छ ।


नुवाकोटमा विषदीको प्रयोग बढ्यो

विदुर । पछिल्लो समय तरकारी तथा अन्नबालीमा रोगकीरा नियन्त्रणका लागि राखिने विषादीका कारण मानव तथा जीवजन्तुको स्वास्थ्यमा व्यापक असर पु¥याइरहेको छ । पहाडी संरचना भएको नुवाकोटका खेतबारीमा रासायनिक विषादी मिसाइँदा त्यसले मानव स्वास्थ्यमा नकारात्मक असर पु¥याएको हो । 

तरकारी तथा अन्नबालीमा लागेका रोगकीरा नियन्त्रण र व्यवस्थापन उचित ढंगबाट हुन नसक्दा यसले मानव तथा जीवजन्तुको स्वास्थ्यलाई व्यापक असर गरिरहेको चिकित्सकको ठहर छ । 

कृषि व्यावसायीकरण बढेसँगै विषादीको प्रयोग समेत बढ्दा मस्तिष्क तथा पक्षघात लगायत रोगले मानवीय जीवन नै बर्बाद बनाइरहेको ठहर छ । तरकारी तथा अन्नबालीमा राखिने विषादी औषधि होइन, विष हो भन्ने थाहा नहुँदा सर्वसाधारणले देखासिकी गरी विषादी प्रयोग गर्ने गरेको पाइएको छ ।  

उनले तरकारी तथा अन्नबालीमा राखिने विषादीले किसान, बिक्रीकर्ता, भरिया तथा उपभोक्ता क्यान्सर रोगबाट पीडित भएको र यसको उपचारमा कमाइभन्दा दश गुणा बढी खर्च हुने गरेको बताए । नुवाकोटका ७० प्रतिशत तरकारी तथा अन्नबालीमा विषादी राखिने गरेको पाइएको कृषि ज्ञान केन्द्र नुवाकोटले जनाएको छ । 

कार्यालयका प्रमुख केशब खनालले देखासिकीले रोग नियन्त्रणका नाममा तरकारी तथा अन्नबालीमा विषादीको प्रयोग बढिरहेको र यसको प्रत्यक्ष असर आम उपभोक्तामा परेको बताएका छन् । मानव तथा जीवको जीवन रक्षा र विषादीको न्यूनीकरणका लागि जैविक तथा प्रांगारिक खेती गरिनुपर्ने उपभोक्ता हित संरक्षण मञ्च नुवाकोटका अध्यक्ष ईन्द्रबहादुर पण्डितले बताए ।

सामाजिक सञ्जालबाट जोगिन आग्रह

विदुर । प्रहरीले पछिल्लो समयमा सामाजिक सञ्जाल तथा विभिन्न माध्यम प्रयोग गरी प्रलोभन दिएर ठगी गर्ने कार्य बढिरहेको भन्दै त्यसतर्फ सचेत हुन अनुरोध गरेको छ ।

जिल्ला प्रशासन कार्यालय नुवाकोटले सूचना निकालेर त्यस्ता गतिविधि भइरहेको जानकारी आएमा सूचना दिनसमेत अनुरोध गरेको छ । पछिल्लो समय नेपालमा अवैध ऋण लगानी गरी दिएको रकमको धेरै गुणा रकम तिरिसक्दासमेत तमसुक, चेक वा दृष्टीबन्धक जग्गा फिर्ता नदिई उठीवास गराउने, वैदेशिक रोजगारीको प्रलोभन, फोन, मेल र सामाजिक सञ्जालको दुरुपयोग गरी वा सामाजिक सञ्जालमा साथी बनाई चिठ्ठा, उपहारका नाममा ठगी, सस्तो मूल्यमा सामान पठाई दिने भनी ठगी गर्नेजस्ता घटना देखिएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले बताए । यस्तै विदेशी नागरिकको आवरणमा आकर्षक 

गन्तव्यमा पठाइ दिने, विवाह गर्ने, व्यापारिक साझेदार बनाउने वा सामाज सेवाका नाममा डलरले भरिएका बाक्साका फोटो देखाई एवं झुठा श्रव्य दृष्य सामग्रीसमेत पठाइ भ्रममा पारी ठगी गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । 

त्यसैगरी नजिकका व्यक्ति बनी आकस्मिकरुपमा फोनका माध्यमबाट पैसा मागी ठगी गर्ने, मोबाइल बैंकिङका पासवर्ड र बैंकका विवरण मागी रकम झिक्ने जस्ता रहेका छन् ।

त्यसै गरी नुवाकोट जिल्लामा सामाजिक सञ्जालमा भिडियो कल गरी अश्लिल फोटो तथा भिडियो लिई अपलोड गरिदिने धम्की दिई आपराधिक लाभ लिने, नेपालीको बैंक खातामा अवैध रकम जम्मा गर्न लगाई हुण्डीमार्फत विदेशमा पठाउन लगाउने वा नचिनेका व्यक्तिलाई पैसा दिन लगाई आपराधिक कार्यमा संलग्न गराउने कार्य भएको भनी प्रहरीमा उजुरीसमेत परेको छ ।

फेरिएको घ्याङ्फेदीको कथा

रामती । नुवाकोटको समुन्द्रटार, रामती, मिश्रभञ्ज्याङ लगायत स्थानीय बजारमा केहि वर्ष अघिसम्म घ्याङफेदीबाट झर्ने जो कोहीका हातमा भारतीय रुपैयाँ हुन्थ्यो ।

घरयासी सरसामान किनेर स्थानीयबासी उकालो लाग्थे, देख्नेहरू बम्बईका कोठीमा पुगेका र  पुर्याउनेहरूका कारण भारु भित्रिएको भन्दै कानेखुसी गर्थे । घ्याङफेदीमा किराना पसल सञ्चालन गर्ने एक ब्यबसायिका अनुसार ८÷१० बर्ष अगाढी सम्म सामान किन्न भारतिय रुपैयाँ बोकेर स्थानीयहरू आउने गरेका थिए । 

साँझबिहानको खानामा दाल, तरकारी, अचारलगायत परिकार बनाउने र चिया पिउने बानी परेका महिला, पुरुष देख्नेबित्तिकै स्थानीयहरू त्यस क्षेत्रका नागरिकहरूले  बम्बइबाट सिकेर आएको भन्ठान्थ्ये । चेलिबेटी बेचविखनको प्रमुख अखडा भनेर नेपालभरि पहिचान बनाएको घ्याङफेदी किस्सा यतिमै सीमित छैन ।

केहि समय कतै गएर गाँउ फर्किदा र राम्रो लाउँदा र खाँदा पनि त्यस क्षेत्रका किशोर किशोरीले एक पटक सोच्नुपर्ने अबस्था थियो । मुलुक संघियतामा गए पस्चात पुनसंरचित भई स्थानीय तह बनेसँगै राज्य र प्रहरी प्रशासनको आँखा त्यस क्षेत्रमा बाक्लिएको हो ।  प्रहरी आएको जानकारी पाएसँगै घ्याङफेदीबाट सिन्धुपाल्चोकको हेलम्बुबाट मानब ओसारपसारमा सम्लग्न हुनेहरू भाग्ने गरेका थिए । गाँउ, टोल र समाजनै मानब तस्करको अखडा बनेको घ्याङफेदी, शिखरबेशी, गाउँखर्क, बेतिनी लगायतका स्थानको परिचय फेर्न स्थानीय युवाहरू कसिएका छन् । गाँउपालिकाले कृषिको पकेट क्षेत्र निर्धारण गरि युवा स्वरोजगार तथा महिलाहरूको लागी आयआर्जनका कार्यक्रम सञ्चालन सुरु भएपछी गाँउबाट किसोरीहरू बेपत्ता हुने क्रम घटेको छ । 

अहिलेपनि दुप्चेश्वर गाँउपालिकाको माथिल्लो क्षेत्रबाट बैदेशिक रोजगारिको नाममा  मानब ओसारपसार तथा श्रम शोषण हुने गरेको प्रहरी/प्रशासनको तथ्याङकले देखाएको छ । बैदेशिक रोजगारिको नाममा दुबै कतार, बहराईन, मलेसिया जस्ता मुलुकहरूमा किशोरीहरू श्रमशोषणमा पर्ने गरेका छन् ।

नुवाकोटमा सञ्चालित आप्रबासन परियोजना सामिले जिल्ला प्रशासन कार्यालय नुवाकोटमा राहदानी बनाउन आउनेहरूको तथ्याङ्क राख्ने र परामर्श दिने काम गर्दै आएको छ । राहदानी बनाउन आउनेहरू कुन देश के का लागी जाने भन्ने सम्म निश्चित नगरि गाँउघरकै चिने जानेका ब्यक्तिको सम्पर्कबाट आउने गरेको सामिले जनाएको छ । त्यस्ता किशोर किशोरीहरूलाई उनिहरूको अभिभाबकसँगै राखेर सामिले परामर्श दिने गरेता पनी छिटो बैदेशिक रोजगारिमा गएर छिटै पैसा कमाओस भन्ने चाहना भएका कारण अभिभाबक सचेत नरहेको पाईएको छ । 

अहिले पनि बेला बेलामा दुप्चेश्वर गाँउपालिकाको बिभिन्न क्षेत्रका किशोरी तथा महिलाहरू सामूहिक र व्यक्तिगत रूपमा हराउनेक्रम रहदै आएको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख रामप्रकाश शाहका अनुसार प्रहरीमा जानकारी आएसँगै उनिहरूको खोजतलास गर्दा कोही भेटिने र कोही जोखिमयुक्त ठाउँमा पुगिसकेको पाइने गरेको छ । 

करिब ८ सय घरधुरी तामाङ समुदायको बसोबास रहेको गाउँमा करिब तीन सयको संख्यामा चेलिबेटी बेचिएको तथ्याङ्क बिभिन्न संघसंस्थासँग छ । सिर्जनशिल रेडपाण्डा आमा समूहका अध्यक्ष शान्तमाया तामाङलाई बितेको कुरा कसैले नकोट्याइदियोस् जस्तो लाग्छ ।  तर जो गाउँमा पुग्छन् उही परिचय फेरी दोहोरिन्छ चेलिबेटी बेच्ने गाँउ । 

पहिला पहिला खान नपाएर, लाउन नपाएर श्रीमती छोरी र बुहारिको बिक्रि हुने गरेको थियो । कुनै समय घ्याङफेदीमा बिबाह गर्ने उमेरका पुरुषहरूले केटी नपाएर त्यसै बुढ्यौली भएका थिए । 

घ्याङफेदीका तत्कालिन वडा अध्यक्ष सुनबहादुर तामाङ ३७ वर्षका लागि जेल गए । २०० महिलालाई बेचेको, वेश्यालय चलाएको अभियोगमा जिल्ला अदालत नुवाकोटले सुनबहादुरलाई कैद सजाय र साढे दुई लाख जरिवानाको फैसला सुनाएको थियो । पँहुच र पैसाको आढमा जिल्ला अदालतको फैसलालाई सर्बोच्चले उल्टाईदिएको थियो । 

२०७० सालभन्दा अघि चेलिबेटी बेचबिखन अलि बढी नै भएको र त्यसपछिका दिनमा बिस्तारै घट्दै गएको छ । अहिले भने बेचबिखनको स्वरुप परिबर्तन भई बैदेशि करोजगषरिको नाममा शोषण हुने गरेको छ । घ्याङफेदीमा मानव बेचबिखनमा संलग्न २५ जनाभन्दा धेरैलाई प्रहरीले सर्वाधिक खोजीको सूचीमा राखेको छ ।

बितेको १३ वर्षको अभिलेख केलाउँदा चेलिबेटी बेचबिखनका मुद्दा पर्नेक्रम पनि रोकिएको छ । अहिलेसम्म ८७ वटा मुद्दा दर्ता भएर १७६ जना पीडक पहिचान गरेको छ । चेलिबेटी बेचबिखन रोकिएता पनी श्रम शोषण तथा शारिरिक शोषणको क्रम नरोकिएकाले त्यसलाई रोक्न उचित कार्यक्रम बनाएर अगाढी बढेको दुप्चेश्वर गाँउपालिकाका अध्यक्ष शंकरबहादुर थापाले बताए । लामो समय सम्म अध्यापन र ब्यबसायमा समय ब्यतित गरेका पालिका 

अध्यक्ष थापाले भुगोल र समस्याबाट आफु परिचित त्यस तर्फ गाँउपालिका सचेत रहेको बताए । 

  गाउँघरबाट कुनै युवति वेपत्ता भए पनि खोजीका लागि प्रहरीमा उजुरी गर्ने परिपाटी अभिभावकको छैन, जसलाई नियाल्नेहरू गरिबीका कारण अर्थोपार्जन नभइरहेको बेला अभिभावकको बाध्यता ठान्छन् । 

घ्याङफेदी, गाउँखर्कको पाँगर, राउतबेसीको छेपार, करेजुङ, बेतिनीको ताप्सापुराङ, पाखा, नाम्सापुराङ लगायत गाउँ उच्च जोखिममा छन् । घ्याङ्फेदी लगायत आसपासका युवा पशुपालन, तरकारी खेती, शिक्षाको सुधारमा उदाहरणीय काम गरी गाउँको परिचय फेर्ने अभियानमा छन् । आज भन्दा १०/१२ वर्षअघि सम्म बेखबिखनको अनुपात धेरै थियो । बेचबिखनमा संलग्न गिरोह यति शक्तिशाली थिए कि जनचेतनामूलक कार्यक्रम लिएर जाँदासमेत त्यस क्षेत्रमा धम्की सहनुपथ्र्यो ।

९० प्रतिशत उम्मेदवारले अहिलेसम्म खर्च विवरण दिएनन्

विदुर । गत बैंशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नुवाकोट जिल्लाबाट उम्मेदवार बनेका ९० प्रतिशत भन्दा बढी उम्मेदवारले अझै खर्चको विवरण बुझाएका छैनन् ।

स्थानीय तह निर्वाचन ऐन र स्थानीय तह निर्वाचन नियमावलीमा उम्मेदवारले निर्वाचन खर्च विवरण निर्वाचनको परिणाम घोषणा भएको ३० दिनभित्र बुझाउनुपर्ने कानुनी ब्यवस्था रहेको छ । कानुनी ब्यवस्था भएपनि नुवाकोटका अधिकांश उम्मेदवारले खर्चको विवरण अझै पेश नगरेर कानुनको धज्जी उडाईरहेका छन् ।

निर्वाचनमा उम्मेदवार बनेकामध्ये आइतवारसम्म १५० जनाले मात्र निर्वाचन खर्चको विवरण पेश गरेको जिल्ला निर्वाचन कार्यालय नुवाकोटका प्रमुख जयप्रसाद गौतमले बताए । स्थानीय तहको निर्वाचनमा जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, पालिकाको प्रमुख, उप/प्रमुख, जिल्ला समन्वय समितिका सदस्य, वडाध्यक्ष, वडासदस्य, महिला सदस्य, दलित वा अल्पसंख्यक सदस्य र कार्यपालिकाका सदस्यका उम्मेदवारसहित २ हजार १ सय जना प्रतिस्पर्धामा थिए । 

२ हजार १ सय उम्मेदवारमध्ये बुधबारसम्म निर्वाचन कार्यालयमा खर्चको विवरण बुझाउनेको संख्या १५० जना पनि पुगेको छैन । जिल्लाका राजनीतिक दललाई निर्वाचन खर्च विवरण बुझाउन पटक–पटक जानकारी गराईसकेको निर्वाचन प्रमुख गौतमले बताए । 

राजनीतिक दलले र स्वतन्त्र उम्मेदवारले खर्च विवरण फर्म लगेको भएपनि आई नसकेको उनले बताए । जिल्ला निर्वाचन कार्यालयले निर्वाचन सम्पन्न भएको प्रतिवेदन पठाउने तयारी गरिरहेकोले विवरण आए समावेंश गरीदिने विवरण नआए जति आउँछ त्यहीँ पठाउने समेत उनले बताएका छन् । 

निर्वाचन खर्च विवरण नबुझाउनेमा गाउँपालिका, नगरपालिकाको प्रमुख, उपप्रमुख, जिल्ला समन्वय समितिका निर्वाचित प्रमुख, उपप्रमुख समेत रहेका छन् । निर्वाचनका उम्मेदवारले खर्च विवरण नबुझाउँदा मतदाताले नैतिकतामाथि प्रश्न गर्न थालेका छन् । निर्वाचन खर्च बुझाउनेमा विदुर नगरपालिकाका निर्वाचित मेयर राजन श्रेष्ठसहित केही वडाध्यक्ष र सदस्य छन् । 

विदुर नगरपालिकामा मेयरका प्रत्यासी सञ्जु पण्डित, उपमेयरका प्रत्यासी अम्बिका पौडेल नेपाल, बेलकोटगढी नगरपालिकाका मेयरका प्रत्यासी राजेन्द्ररमण खनाललगायत केही वडाध्यक्ष र वडासदस्यले निर्वाचन खर्चको विवरण समयमा नै बुझाईसकेको निर्वाचन कार्यालयले जानकारी दिएको छ । कानुनले निर्वाचनमा उम्मेदवार बनेका उम्मेदवारले गर्ने खर्चको सिमा तोकी दिएको छ ।

उम्मेद्धवारले निर्बाचन आयोगले तोकेको सिमा भन्दा बढी खर्च गरेको सप्रमाण उजुरी परेर प्रमाणित भए निर्वाचित पद समेत निलम्वन हुने कानुनी ब्यवस्था रहेको छ । निर्वाचनमा उम्मेदवार बनेकाले खर्चको विवरण निर्वाचनको परिणाम सार्वजनिक भएको ३० दिनभित्र नबुझाए २५ हजारसम्म जरिवाना हुने ब्यवस्था छ ।

अवरोध हटाउन जोडर तयारी अवस्थामा

कालिकास्थान । धुञ्चे–रसुवागढी खण्डमा वर्षायाममा हुने सम्भावित राजमार्गको अवरोध हटाउन डोजरको व्यवस्था गरिएको छ ।

यसबाट रसुवागढी नाकाबाट आयात भएका चिनियाँ सामग्री सहज रूपले गन्तव्य पठाउन सहयोग पुग्ने जनाइएको छ । सो खण्डका मार्गमा दिनहुँजसो पहिरो जान थालेपछि जिल्ला विपद् व्यवस्थापन समितिको निर्देशमा तीनवटा डोजर राखिएको हो ।

समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी नवराज जैसीका अनुसार भारी वर्षाका कारण दैनिक सडक अवरुद्व हुन थालेपश्चात् पूर्व सावधानी अपनाउँदै डिभिजन सडक कार्यालय नुवाकोट र गल्छी, त्रिशूली, मैलुङ, स्याफ्रुबेँसी सडक सुधार आयोजनाको डोजर तैनाथ गरिएको हो ।

आकस्मिक कार्यका लागि धुञ्चे, मूलखर्क र स्याफ्रुबेँसीमा एक÷एकवटा डोजर राखिएको र स–साना पहिराले सडक अवरुद्व भइहाले त्यस्ता अवरोध एक÷दुई घण्टामै हटाउने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।  वर्षायामको समयमा राजमार्ग सञ्चालन गराउन सरकारी निकायको अलावा जिल्लामा सञ्चालित जल विद्युत् आयोजनालाई समेत जिम्मेवार बनाइएको छ । बेत्रावती, कालिकास्थान, धुञ्चे तथा खोपाङ क्षेत्रमा डिभिजन सडक कार्यालयले, मैलुङ– बेत्रावती क्षेत्रमा गल्छी, स्याफ्रु सडक विस्तार आयोजानाले र स्याफ्रुबेँसीदेखि रसुवागढीसम्म १११ मेगावाट रसुवागढी हाइड्रोपावरले आकस्मिक पहिरो पन्छाउने कार्यक्षेत्र तोकिएको हो ।

रसुवागढी हाइड्रो पावरले भने राजमार्गमा आउने आकस्मिक पहिरो विगत आठ वर्षदेखि पन्छाई सहयोग गर्दै आएको र सो हाइड्रो पावरको सहयोगकै कारण मालवाहक कन्टेनर गुड्न सहज भई भन्सार राजश्व असुली कार्यमा समेत सहज भएको सीमा क्षेत्रका बासिन्दाले बताएका छन् ।

मैलुङदेखि स्याफ्रु याङयाङ खण्डको १९ किलोमिटर राजमार्गमा हुने अवरोध हटाउन अपर त्रिशूली वान २१६ मेगावाट जलविद्युत् आयोजनालाई जिम्मा दिइएको छ । त्यस्तै गरी बाह्रघुम्ती स्याफ्रुबेँसी खण्डको अवरोध हटाउन २० मेगावाट लाङ्टाङ खोला जलविद्युत् आयोजनालाई तोकिएको छ ।

साङ्जेन जलविद्युत् आयोजनालाई भने रोङ्गा आसपासदेखि स्याफ्रुबेँसीतर्फ कार्यक्षेत्र तोकिएको र कामको अनुगमन डिभिजन सडक कार्यालयले गर्ने व्यवस्था मिलाइएको प्रजिअ जैसीले बताए । वर्षायामको राजमार्ग सञ्चालन गरी चीनबाट आयात भएका सामग्री सहजरूपले काठमाडौँ पठाउन, विकास निर्माणका सामग्री ढुवानी गराउन, बिरामी बोक्ने एम्बुलेन्स एवं यात्रुवाहक बस नियमित गुडाउन सहजीकरण जस्ता जनहितकारी कार्यमा स्थानीय प्रशासन, सुरक्षा निकाय जनप्रतिनिधि, सडक प्राविधिक समेत योगदान निरन्तर अगाडि बढेको स्थानीयवासीले बताएका छन् ।

त्रिशूली–३ बी को काम ६४ प्रतिशत

विदुर । जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत निर्माणाधीन ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको काम ६४ प्रतिशत सकिएको छ । 

गत जेठसम्म भौतिक प्रगति ६४.२९ प्रतिशत र वित्तीय प्रगति ५०.४६ प्रतिशत भएको प्रवद्र्धक त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक मोहनप्रसाद गौतमले बताए । 

कोरोना संक्रमणपछि आयोजनामा कार्यरत चिनियाँहरू नयाँ वर्ष मनाउन २०७६ माघ दोस्रो साता घर गएका थिए । उनीहरू काममा फर्कन र चीनबाट उपकरण तथा सामग्री ल्याउन नसक्दा पूर्ण रूपमा काम हुन नसकेपछि करिब १५ महिना ठप्पप्रायः भएको थियो ।

आयोजनाको निर्माण २०७७ चैतबाट मात्र पुनः सुचारु भएकोमा कोरोनाका कारण तीन सातासम्म काम प्रभावित भएको थियो । त्यसका साथै मुख्य सुरुङमा अनुमानभन्दा ज्यादै कमजोर चट्टान फेला परेका कारण पनि निर्माण प्रभावित भएको थियो । 

माथिल्लो त्रिशूली–३ ‘बी’ इन्जिनियरिङ, खरिद तथा निर्माण (ईपीसी) मोडेलमा चिनियाँ कम्पनी सुइफा एएनएचइ ग्रुप कम्पनी लिमिटेडले हाइड्रोइलेक्ट्रिक इन्जिनियरिङसँग ठेक्का सम्झौता भएको थियो । अहिले इन्टेक, मुख्य सुरुङ, पेनस्टक, सर्जट्यांक, विद्युत्गृह र टेलरेसलगायत मुख्य संरचना निर्माण गरिरहेको छ । आयोजनाको ३ हजार ७९२ मिटर सुरुङमध्ये 

३ हजार २६८ मिटर सुरुङ निर्माण भइसकेको छ । आयोजनाको विद्युत्गृहसहित अधिकांश भाग किस्पाङ गाउँपालिका ५ मा निर्माणाधीन छ । ३७ मेगावाट क्षमताको उक्त आयोजना नेपाल विद्युत् प्राधिकरण र नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को मुख्य लगानीमा निर्माण भइरहेको छर । ठेक्का सम्झौताअनुसार ठेकेदार कम्पनीले आयोजनाको सिभिल, इलेक्ट्रोमेकानिकल र हाइड्रो मेकानिकलतर्फका सम्पूर्ण संरचना र उपकरणको डिजाइन, निर्माण तथा जडान गर्नेछ ।

यो आयोजना नुवाकोट र रसुवामा निर्माण भएको ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ‘ए’ को क्यास्केड आयोजना हो । क्यास्केड आयोजना भएकाले ३ ‘ए’ जलविद्युत्बाट झरेको पानी सिधै सुरुङभित्र हालेर बिद्युतगृहमा पुराईने छ । आियोजनाको प्रवद्र्धक त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडमा प्राधिकरण र नेपाल टेलिकमको ३०÷३० प्रतिशत सेयर छ । कम्पनीमा रसुवा र नुवाकोटका स्थानीय तहहरूको ५ प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीय वित्तीय संस्थाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटवासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको ५ प्रतिशत सेयर रहनेछ ।

किसानहरू बिर्ता समस्याबाट प्रताडित

विदुर । नुवाकोट र रसुवाका अधिकांश किसानहरू जग्गा बिर्ता समस्याबाट प्रताडित भएका छन् । नुवाकोटको तारकेश्वर–५ का चूडामणी गजुरेलको उत्पादन हुने जग्गा सबै बिर्ता छर । घरपरिवारको जीविकोपार्जन खेतीबाटै चलेको छ । उनी पुस्तौंदेखि पिरोलेको बिर्ता समस्या समाधान नहुँदा दुःखी छन् । 

नुवाकोट र रसुवा राजधानीनजिकै भए पनि बिर्ता समस्याले पिरोलिरहँदा पनि राज्यको ध्यान पुगेको छैन । यी जिल्लामा केन्द्रीय राजनीतिमा प्रभाव पार्न सक्ने नेताहरू धेरै छन् । तर यस्ता किसानहरूको समस्या समाधानमा कसैको पनि ध्यान जान सकेको छैन । सामुदायिक आत्मनिर्भर सेवा केन्द्रले २०७१ सालमा गरेको रसुवा र नुवाकोट केन्द्रित अध्ययन अनुसार २ हजार २७६ परिवार बिर्ता समस्यामा छन् । यो संख्या अझ बढी हुन सक्ने अनुमान छ । काठमाडौं उपत्यकामा आक्रमण गर्दा हारेपछि गायत्री पुरश्चरण महायज्ञ गर्न बनारस गएका पृथ्वीनारायण शाहलाई एक बाबाले रामचन्द्र र कालिकाको मन्दिर बनाए शक्ति बढ्ने सल्लाहपछी, बनारसबाट फर्किएलगत्तै बेत्रावतीमा रामचन्द्रको र धैबुङको कालिकास्थानमा कालिकाको मन्दिर बनाउन लगाएको भनाई छ ।

बिर्ता समस्याका कारण अहिले नुवाकोट, रसुवा लगायतका किसानहरू उपयोग गर्दै आएको 

जग्गाको समुचित प्रयोगगर्नबाट बञ्चित रहेका छन् । जग्गा धितो राखी छोरीछोरी पढाउन, व्यापार–व्यवसाय गर्न वा खरखाँचो टार्नका लागि किसानले लालपुर्जाको आवश्यकता महसुस गरेपछि जग्गा बिर्ता भएको थाहा भएको थियो । 

रसुवा र नुवाकोटमा एकै पटक किसानहरूले बिद्रोह सुरु गरेका थिए । किसान विद्रोहको सुरुआत २०४५ सालबाटै छिटफुट रूपमा भए पनि २०५२ सालमा बिर्ता जग्गा सङ्घर्ष समिति बनेपछि, यो आन्दोलन औपचारिक भएको थियो । भूमि अधिकार मञ्च रसुवाका अध्यक्ष हेमनाथ खतिवडाका अनुसार ‘पैसा र शक्तिको आडमा कतिपय स्थानीय नेताले बिर्तावालाहरूलाई प्रलोभनमा पारी जग्गा आफ्नै नाममा ल्याएका छन् । 

तर विकराल समस्याको रुपमा रहेको यी दुवै जिल्लामा यस विषयमा दीर्घकालिन रुपमा ठोस काम हुन नसकेको खतिवडाले बताएका छन् । 

भूमि–कृषिको बढ्दो व्यापारीकरण


काठमाडौं । किसान नेताहरू भीमदत्त पन्त, तुलसीलाल अमात्य र बलदेव रामको स्मृति दिवसको अवसरमा प्रज्ञा प्रतिष्ठानमा भूमि–कृषि अधिकार आन्दोलनको वर्तमान परिवेश र भावी कार्यदिशा विषयक सम्वाद भएको छ । फरक पृष्ठभूमिका तीनै जना नेताहरू भूमिहीन, किसान र गरिबको पक्षमा निरन्तर आवाज बुलन्द गरिरहने सङ्घर्षशील स्वभावका थिए ।  

कार्यक्रममा सामुदायिक आत्मनिर्भर सेवा केन्द्रका कार्यकारी निर्देशक जगत देउजाले तीनै जना नेताहरूले भूमि र कृषि आन्दोलनमा पु¥याएको योगदानको स्मरण गर्दै अहिलेको परिवेशमा भूमि र कृषि अधिकार अभियानमा सङ्लग्न अभियानकर्ता एवं अधिकारकर्मीहरूले सिक्नुपर्ने पाठहरूको विषय पनि स्मरण गराए । आन्दोलनमा लामो अनुभव सङ्गालेका डा. जगत बस्नेतले भूमि–कृषि आन्दोलनको वर्तमान परिवेश र भावी कार्यदिशा विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । भूमिको गैरकृषिकरण, कृषिको व्यापारीकरण, जमिनको सिमित व्यक्तिमा केन्द्रिकरण मुख्य समस्या भएको उनले औँल्याउँदै एकीकृत र सशक्त आन्दोलनको खाँचो औंल्याएका छन् । राजनीतिक विश्लेषक एवं सविधानसभा सदस्य श्याम श्रेष्ठले कार्यपत्रमाथि टिप्पणी गर्दै सिमान्त जमिन भएका किसानको समस्यालाई कसरी हेर्ने भन्नेमा प्रष्टता हुनुपर्ने बताए । हलिया, हरवा, चरवा, कमलरी र मुक्त कमैयालाई उचित जमिन उपलव्ध गराउने हो भने भूमि सुधारको आधा काम सम्पन्न हुने उनको धारणा थियो । 

भूमि–कृषि अभियानका अध्येता विमलकुमार फुयालले समाजवाद उन्मुख अर्थ व्यवस्थामा समाजवाद उन्मुख भूमि व्यवस्थाको प्रस्तावना तयार गरी सोका लागि सबै मिलेर देखिने खालको आन्दोलन गरिनु जरुरी भइसकेको उनले बताएका छन् । नेपाल महिला एकता समाजका अध्यक्ष बिमला तामाङले शहरी भूमिहीनको समस्या जटिल हुँदै गएकाले यस विषयमा सरकारले सुन्ने गरी आन्दोलन गर्नु जरुरी रहेको बताए । त्यस्तै, हलिया अगुवाले आन्दोलनलाई नयाँ गती दिन आवश्यक रहेको र चुनाव अघि नै दबाबमूलक आन्दोलन आवश्यक रहेको औंल्याए । 

कार्यक्रमको अन्त्यमा राष्ट्रिय भूमि अधिकार मञ्च, नेपालको अध्यक्ष सरस्वती सुब्बाले किसान नेताहरूले भूमि तथा कृषि अधिकारको आन्दोलनमा पु-याउनु भएको योगदानको स्मरण गर्दै नेपाल सरकारले नै किसान नेता र आन्दोलन तथा अभियानका अगुवाहरूलाई सम्झने गरी वर्षको एक दिन भूमि दिवस मनाउन माग गरेका छन् ।

रसुवागढीबाट हुने निर्यात ठप्प

धुञ्चे । कोरोना संक्रमणका कारण बन्द भएको रसुवागढी नाकाबाट पछिल्लो समय सामान्य आयात भइरहे पनि निर्यात भने २०७२ सालको भूकम्पपछि ठप्प बनेको छ । रसुवागढी भएर मैदा, बेसार, खुर्सानी, बाँसको मुडा, कुचो, हस्तकलाजस्ता १८३ प्रकारका सामग्री चीनको ल्हासा, सिगात्से, लगायतका ठाउँमा पुग्ने गरेका थिए । भुकम्पका कारण लामो समय बन्द रहेको रसुवागढी नाका खुलेको केहि महिनामै कोरोना संक्रमणका कारण बन्द थियो । 

नेपाल र चिन बिचमा पटक पटक बार्ता पछी चिनियाँ पक्षले एक तर्फि रुपमा मात्रै रसुवा गढी नाका सञ्चालन गरेको छ । अहिले रसुवागढी नाकामा चिनियाँ कन्टेनरले रसुवागढी नाकाको मितेरी पुल सम्म सामाग्री ल्याउने गरेको छ । नेपाली कामदार र सबारीहरू चिन प्रबेश गर्न पुर्ण रुपमा निषेध गरेको छ । 

कोरोनाका कारण २०७६ पुसदेखि ती सामानको निर्यात ठप्प छ । आर्थिक वर्ष २०७६/७७ मा रसुवागढी नाका हुँदै चीनतर्फ ७३ करोड ३० लाख ३४ हजार मूल्य बराबरको सामान निर्यात भएको रसुवा भन्सार कार्यालयले जनाएको छ । नाका सहज हुँदा महिनामै ४० टनसम्म बेसार र खुर्सानी रसुवागढी हुँदै चीन निर्यात भएको थियो । निर्यातका लागी पठाईएका सामाग्री पनी २९ महिनादेखि केरुङको गोदाममा थन्किएका छन् । करोडौ रुपैयाँका सामाग्री नेपाली ब्यबसायिले चिन तर्फ निकासी गरे पनी चिनियाँ गोदाममा गएर थन्किदा ब्यबसायीलाई ठुलो नोक्सान भएको छ । 

रसुवागढी नाका हुँदै करिब डेढ सय व्यापारीले सामान निर्यात गर्दै आएका थिए । ती व्यापारीले केरुङसम्म पु¥याए पनि पछि त्यहाँ जान नपाउँदा निकासी भएका सामान केरुङको गोदाममै थन्किएको हो । भूकम्प, बाढीपहिरो र कोभिडको बहानामा चीनले स्थल नाकाबाट हुँदै आएको आयात–निर्यात व्यापारलाई निरुत्साहित 

गर्दै आएको छ । २०७२ को भूकम्पयता रसुवागढी नाका धेरै पटक बन्द हुने र खुल्ने गरेका छन् । कोरोना संक्रमण पछी भने नाकाबाट पुर्ण रुपमा निर्यात बन्द गरेको छ ।

गोसाइँकुण्डमा खाद्यान्न ढुवानी गर्न थालियो

रसुवा । पवित्र तीर्थ गोसाइँकुण्डको विशेष मेला भर्न निलाद्री पर्वत पुग्ने भक्तजनलाई भोजनको व्यवस्था मिलाउन स्थानीय व्यवसायीले खाद्यान्न ढुवानी गर्न थालेका छन् ।

यही साउन २७ गते जनैपूर्णिमा लाग्ने गोसाइँकुण्डको विशेष धार्मिक मेलामा १५ हजार भक्तजन आउने गोसाइँकुण्ड क्षेत्र विकास समितिले आकलन गरेलगत्तै धार्मिक मार्गका होटल व्यवसायीले खाद्यान्न जोहो गर्न थालेको लौरी विनायकका व्यवसायी पासाङ ग्याल्पो तामाङले बताए । 

धुञ्चेमा ४३, तिवारी बगरमा दुई, खन्तिमा दुई, देउरालीमा एक, डिम्सामा दुई, चन्दनबारीमा सात, चोलाङपाटीमा दुई, लौरी विनायकमा तीन र गोसाइँकुण्डमा चार गरी यी नौ स्थानको धार्मिक मार्गमा ६७ स्थायीरूपले बनेका होटल तथा लज रहेको होटल व्यवसायी सङ्घले जनाएको छ ।

गोसाइँकुण्ड जाने धार्मिक यात्रुलाई खान तथा बस्न कुनै समस्या नपर्ने होटल सङ्घका जिल्ला अध्यक्ष रामशरण गजुरेलले जानकारी दिए। एकैसाथ स्थायी होटलले नथेग्ने समस्या आएमा अस्थायी छाप्रो थर्क‘को व्यवस्था हुने गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ । खाद्य सामग्री भरिया तथा खच्चर, घोडाद्वारा ढुवानी भइरहेको र करिब ५० बोरा चामल गोसाइँकुण्ड पुगिसकेको बताइएको छ । थप चामलसहित अन्य सामग्री ढुवानी भइरहेको जनाउँदै व्यवसायी तामाङले गोसाइँकुण्डमा मात्रै १५० बोरा चामल खपत हुने अनुमान गरे ।

गोसाइँकुण्ड मेलाका लागि चाउचाउ, बिस्कुट, दालमोठ, चिउरा, पानी, काजु, बदामजस्ता सामग्रीसमेत होटलबाट उपलब्ध गराउने व्यवस्था मिलाइएको व्यवसायीले बताएका छन् । कोभिड–१९ का कारण दुई वर्षसम्म यात्रुको भीड हेर्न नपाएका स्थानीय व्यवसायी यस वर्ष भक्तजनको स्वागत गर्न आतुर देखिएका छन् ।

यही साउन २३ गते पुत्रदा एकादशीबाट स्नान सुरू भई २७ गते समापन हुने जनैपूर्णिमा मान्न २२ गते नै भक्तजन गोसाइँकुण्ड पुग्ने गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले बताए। तीर्थ गर्न आएका भक्तजनले लौरीको नाममा वनस्पती नकाट्न र फोहर जथाभावी नफाल्न लाङटाङ राष्ट्रिय निकुञ्जले अनुरोध गरेको छ ।

लाङटाङ क्षेत्र घुम्न आउने पर्यटकको संख्या बढ्यो

धुञ्चे । कोरोना संक्रमण मत्थर हुँदै गएपछि लाङटाङ क्षेत्र घुम्न आउने विदेशी तथा स्वदेशी पर्यटक बढेका छन् ।

तामाङ सम्पदामार्ग, लाङटाङ र गोसाइँकुण्ड क्षेत्र घुम्न विदेशी तथा स्वदेशी पर्यटक आउने क्रम बढेको हो । कोरोनाका कारण शून्य भएको लाङटाङ क्षेत्रमा घुम्न आउने विदेशी तथा स्वदेशी पर्यटकको संख्यामा वृद्धि भएको लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जानकारी दिए । 

आर्थिक वर्ष ०७८/७९ मा १८ हजार ६ सय ५१ जना विदेशी तथा स्वदेशी पर्यटक लाङटाङ, गोसाइँकुण्ड तथा तामाङ सम्पदामार्ग घुम्न गएको तथ्याङ्क रहेको छ । यसमध्ये १५ हजार ६ सय ३९ जना स्वदेशी र ३ हजार १२ जना विदेशी पर्यटक छन् ।

आर्थिक वर्ष ०७७/७८ मा स्वदेशी र विदेशी गरी ४ हजार ५७२ पर्यटक लाङटाङ आएको निकुञ्जको तथ्याङ्क छ ।

यस्तै, आर्थिक वर्ष ०७७/७८ को तुलनामा आर्थिक वर्ष ०७८/७९ मा स्वदेशी पर्यटक चार गुणा र विदेशी पर्यटक दस गुणा बढेका छन् । कोरोना देखिनासाथ लाङटाङ क्षेत्र घुम्न आउने पर्यटकको संख्या ०७६ पुस महिनाबाट ह्वात्तै घटेको थियो । तर यति बेला पर्यटक आउन थालेपछि यहाँका होटल तथा पर्यटन व्यवसायी उत्साहित भएको होटल तथा पर्यटन व्यवसायी संघ रसुवाका अध्यक्ष निसान गजुरेलले बताए । पर्यटकहरू पदयात्राका लागि लाङटाङ, गोसाइँकुण्ड र तामाङ सम्पदामार्ग जाने गर्छन् । लकडाउन भएको आर्थिक वर्षमा लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा स्वदेशी र विदेशी गरी करिब १७ हजार पर्यटक घुम्न पुगेका थिए । 

निकुञ्जले ०७५ असोज २९ देखि लाङटाङ र गोसाइँकुण्ड जाने स्वदेशी पर्यटकको पनि तथ्यांक राख्न थालेको छर । लाङटाङ र गोसाइँकुण्ड जाने स्वदेशी पर्यटकसँग प्रवेश शुल्क लिन थालेपछि तथ्यांक राख्न थालिएको निकुञ्जले बताएको छ । निकुञ्जले स्वदेशी पर्यटकसँग प्रवेश शुल्कबापत एक सय रुपैयाँ लिँदै आएको छ । रसुवामा पर्यटकका लागि घुम्न तीन वटा पदमार्ग छन् । धुन्चे गोसाइँकुण्ड हुँदै सिन्धुपाल्चोकको हेलम्बुसम्म गोसाइँकुण्ड पदमार्ग, स्याफ्रुबेंसी हुँदै लाङटाङसम्म लाङटाङ पदमार्ग र स्याफ्रुबेंसीदेखि गोल्जुङ, गत्लाङ, चिलिमे, थुमन, टिमुरे, बृदिम हुँदै स्याफ्रुबेंसीसम्म तामाङ सम्पदा मार्ग छन् ।

यस क्षेत्रमा आउने पर्यटकले गणेश तथा लाङटाङ हिमालको मनोरम दृश्य, निकुञ्ज क्षेत्रभित्रका जैविक विविधता, रामसार साइटमा सूचीकृत धार्मिक तीर्थस्थल गोसाइँकुण्ड, तामाङ सम्पदामार्गभित्र रहेको तामाङ कला र संस्कृति अवलोकन गर्ने पाउने छन् ।

२०७९ साल साउन २३ गतेको सम्पादकीय

 विकास निर्माणलाई गतिदिन साझा प्रयत्नको आवश्यकता

नुवाकोटमा सञ्चालनमा रहेका थुप्रै विकास निर्माणका कामहरू अरोध र समयमा प्रगती हुन नसकेको अवस्थामा देख्न सकिन्छ । त्यसो त पूर्वाधार निर्माण आयोजनाहरूको कार्यान्वनमा भइरहेको ढिलाइले जिल्लामा विकासमा अपेक्षित गति लिन नसकेको गुनासो सबैतिरबाट सुनिने गरेको छ । हुन पनि थुप्रै विकास निर्माणका आयोजनाहरू पूर्व निर्धारित समयमा सम्पन्न हुन नसकेका उदाहरण नुवाकोटमा प्रशस्त छन् । राष्ट्रिय महत्वको योजना गल्छी–सुवागढी सडकदेखि पछिल्लो समय सवाल उठेको शित भण्डारणसम्मको कुरा गर्दा विकास निर्माणका यस्ता आयोजनाहरू पूर्व निर्धारित समयमा सम्पन्न हुन नसकेको थुप्रै पाटाहरू रहेका छन् । पहिलो कुरा गर्दा निर्माण कार्यको समयावधि निर्धारण कुन आधारमा गर्ने भन्ने कुरा आउँछ । कुनै पनि ठेक्का वा निर्माण कार्य सम्पन्न हुन त्यो कार्य भित्रका सम्पुर्ण क्रियाकलापहरू सम्पन्न भएको हुनुपर्छ । प्रत्येक क्रियाकलाप पूरा गर्न लाग्ने समय ती क्रियाकलापमा लाग्ने जनशक्ति, निर्माण सामग्री र मेशिन औजारको परिमाण र तिनको उपलब्धता, अनि उक्त कार्य गर्न अपनाइएको निर्माण प्रविधिले निर्धारण गरेको हुन्छ ।  

पूर्व तयारीको चरण पूरा नहुँदै कार्यान्वनमा जानु, निर्माण उद्योगको क्षमता कम वा कमजोर हुनु, आयोजना व्यवस्थापनको संस्थागत पक्ष सवल नहुनु, नीति नियम र प्रक्रियागत बिषयमा सधै त्रुटी रहनु मुख्य रुपमा देखिएको छ । त्यस्तै, दक्ष प्राविधिक र श्रमिकको उपलब्धता, आधुनिक निर्माण प्रविधि प्रयोगको सामथ्र्य, जिल्लाको भौगोलिक/भौगर्भिक अवस्था अनि सामाजिक–साँस्कृतिक पक्षले पनि बलियै घर गरेको छ । जलवायु र मौसमी कारण अर्को महत्वपूर्ण पाटोको रुपमा रहेको हामी पाउन सक्छौं । हाम्रो भूगोल विशिष्ट प्रकारको अवस्थिति र मौसमको कारणले समेत आयोजना कार्यन्वयनको समय बढ्नमा केही हद सम्म मद्दत गरेको पाइन्छ । करिब ३ महिनाको मनसुनको अवधिमा प्रायः सबै भागमा अत्यधिक वर्षा हुने कारणले निर्माण कार्य सञ्चालन गर्न कठिनाइ छ । 

तर, यी सबै पक्षको सुक्ष अध्यायनबाट हामी विकास निर्माणको प्रक्रियालाई सुधार तर्फ लैजान भने सक्छौं । त्यसका लागि सरोकारवाला सबैंको दृढ इञ्छा शक्तिको आवश्यकता देखिन्छ । त्यसका लागि पूर्व तयारी गरेर मात्रै कार्यान्वयनमा जाने, निर्माण उद्योगको क्षमता विकास र अनुगमन उत्तम विकल्प रहनसक्छ । अनि निर्माण सामग्रीको सहज उपलब्धता पनि आवश्यक छ हामी भन्न सक्छौं । आयोजना व्यवस्थापनको संस्थागत पक्षमा सुधारमा हामीले खास ध्यान दिएको पाउदैनौं । अनि नीति नियम र प्रक्रियामा सरलीकरणको सवालमा पनि शुन्य बरावरकै अवस्था छ । सुधार नियमित र क्रमिक प्रक्रिया हो । हाम्रो आयोजना व्यवस्थापन र सार्वजनिक खरिद प्रक्रियामा पनि क्रमिक सुधार भइरहेका छन् । तथापि विकास र समृद्धिको राष्ट्रिय अठोट पूरा गर्न यो सुधार प्रक्रियालाई अझै व्यापक स्तर र द्रुत गतिमा लैजानुपर्ने हुन्छ । विकास आयोजना सफलता पूर्वक सम्पन्न गर्न कुनै एउटा निकायको मात्र नभई सरकारका सबै निकाय, सबै सरोकारवालाहरू र आम नागरिकहरूको सकारात्मक र सामूहिक प्रयत्न आवश्यक पर्छ । साथै हाम्रा सुधारका प्रयत्नहरू आयोजना कार्यन्वयनमा सम्बद्ध सबैलाई उत्प्रेरित गर्न सक्ने दिशामा अगाडि बढ्न सके अझ राम्रो हुनेछ ।

२०७९ साल साउन २३ गते । वर्ष : १५, अंक : ४१






केन्द्रीय कारागार निर्माण सुस्त

विदुर । सरकारले राजधानी काठमाडौंमा रहेको जगन्नाथ देवल कारागार र ललितपरको नख्खु कारागार सार्ने उद्देश्यले निर्माण थालेको केन्द्रीय कारागार निर्माण सुस्त रुपमा रहेको छ । 

विदुर नगरपालिका वडा नम्बर ६ को खम्पाक्याम्पको ७०० रोपनी जग्गामा खुल्ला कारागारको अवधारणा अनुसार केन्द्रीय कारागार निर्माण सरु गरेको हो । 

तिब्बती शरणर्थीले छाडेर गएको खम्पाक्याम्पको जग्गामा तारबारको काम आठ वर्षअघि नै गरेर कारागार भवनसहितका अन्य पूर्वाधार निर्माण कार्यको थालनी भएको थियो । कारागार सुधार कार्यक्रमअन्तर्गत सहरी विकास तथा भवन निर्माण विभाग सघन सहरी तथा भवन निर्माण आयोजना धादिङले नुवाकोट केन्द्रीय कारागार भवन निर्माणको लागि फेज नं. २ का लागि ठेक्का लगाएको थियो । 

२०७३ असोज ३० गते निर्माण व्यवसायी लामा÷रमण जेभी जनकपुर धनषाले पाँच वर्षभित्र सम्पन्न गर्ने सम्झौता गरेको थियो । सुरुदेखि नै निर्माण व्यवसायीले विभिन्न बहाना बनाउँदै निर्माण कार्य ढिला गर्दै आइरहेको थियो । निर्माणका लागि मूल्य अभिवृद्धि करबाहेक ४१ करोड ५९ लाख ५४ हजार सात सय २१ रुपैयाँमा सम्झौता गरेको निर्माण व्यवसायीले हालसम्म मूल्य अभिवृद्धि करबाहेक २८ करोड २२ लाख ७४ हजार २९४ रुपैयाँ भुक्तानी लिइसकेको छ । 

आयोजना कार्यालय धादिङले दिएको जानकारीअनसार हालसम्म वित्तीय प्रगति ६८ प्रतिशत र भौतिक प्रगती ८८ प्रतिशत रहेको छ । जम्मा ३० वटा भवन निर्माण कारागारभित्र बन्नेछन् । १० वटा ब्लक कैदीबन्दीको आवास, पाँचवटामा वर्कसप, पाँचवटामा शौचालय, पाँचवटामा क्यान्टिन र भान्सा, १० वटा कारागारका सुरक्षाकर्मीका लागि र एउटा ब्लक महिलाका लागि छुट्याइएको छ ।

केन्द्रीय कारागारको भवन निर्माण सम्पन्न गरेर गत ०७८ माघ मसान्तभित्रै कैदीबन्दी राख्ने सरकारको योजना भए पनि कोरोना सङ्क्रमणको कारण ढिला भएको आयोजना प्रमुख सुनिलकुमार ठाकुरले जानकारी दिए । 

ठेकेदारलाई ०७९ असोजको पहिलो हप्ताभित्र भवन सम्पन्न गर्ने गरी म्याद थप गरिएको छ । निर्माण कार्यस्थलमा ठेकेदारले निर्वाचनमा डेढ महिना काम रोकेको थियो भने अहिले वर्षात्ले गर्दा पूर्ण रूपले काम गराउन सकेको छैन । सरकारले सात सय रोपनी जग्गा केन्दीय कारागारका लागि हस्तान्तरण गरेको भए पनि पाँच सय ४० रोपनी क्षेत्रफलमा कारागारका पूर्वाधार निर्माण गरी तारबार लगाइएको छ । 

सहरी विकास विभाग, कारागार विभाग र सरक्षा निकायबीच विगतमा समन्वय हुन नसक्दा निर्माण कार्य ढिला भएको थियो । गत वर्ष सहरी विकास विभाग, कारागार विभाग र सुरक्षा निकायबीच छलफल भई निर्माणाधीन कारागारका लागि 

आवश्यक सहयोग र समन्वय गर्ने सहमती भएपछी निर्माणकार्यले गति लिएको हो । 

खम्पाक्याम्प कारागारमा झन्डै सात हजार कैदीबन्दी राख्ने क्षमताको संरचना निर्माण भइरहेको छ । नवनिर्मित कारागार कालकोठरीजस्तो नभई सीप विकास केन्द्र, हस्तकला उत्पादन कारखाना र असल नागरिक बनेर समाजमा फर्किने वातावरण मैत्री ढङ्गले निर्माण गरिएको छ । 

अस्पताल, पुस्तकालय, व्यायाम, योगशाला, ध्यान केन्द, सीप, तालिम केन्द्र र हस्तकला बिक्री– वितरणलगायत विभिन्न कक्षसहितका सुविधा उक्त कारागारमा रहनेछ । निर्माणाधीन कारागारमा अपाङ्ग तथा ज्येष्ठ नागरिकमैत्री, अपराधको प्रकृतिअनुसार छुट्टाछुट्टै भवन र प्रजनन अधिकारलाई समेत सुनिश्चित गरी आवास कक्ष निर्माण गरिएको छ । 

गल्छी–रसुवागढी सडक निर्माणमा ढिलाई

विदुर । राष्ट्रिय गौरवको आयोजना गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक खण्डको स्तरोन्नतीमा ढिलाई भएको छ ।

सडकलाई तीन खण्डमा विभाजन गरी स्तरोन्नतिको काम भइरहेको छ । स्तरोन्नति सुरु भएको साढे पाँच वर्षमा समग्र आयोजनाको ५० प्रतिशत मात्र काम सम्पन्न भएको छ ।

पहिलो खण्डअन्तर्गतको गल्छी–त्रिशूली–मैलुङ सडकमा अहिले स्तरोन्नतिको काम भइरहेको छ । पहिलो खण्डमा स्तरोन्नति गर्ने काम २०७३ कात्तिक ७ गतेबाट सुरु भएको हो ।

गल्छीदेखि मैलुङसम्मको ४६ किलोमिटर लामो सडकमध्ये २९ किलोमिटर सडक कालोपत्रे भएको छ । बाँकी सडक फराकिलो बनाउने, तारजाली, टेवापर्खाल तथा नाली निर्माणको काम भइरहेको छ । स्तरोन्नती सुरु भएको दुई वर्षमा सम्पन्न हुनुपर्ने पहिलो सडकखण्डमा अहिलेसम्म ७५ प्रतिशत काम मात्र सम्पन्न भएको आयोजनाले जनाएको छ । यो सडकखण्डमा स्तरोन्नती गर्ने काम ढिला हुँदा ठेक्काको म्याद पटकपटक थप गरिएको छ ।

कोरोना महामारीका कारण काममा ढिलाइ भएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजना प्रमुख निरज शाक्यले बताए । ‘सर्वोच्च अदालतमा परेको मुद्दाका कारण पिपलटार देखि ढुंगे खण्डमा काम रोकिएको छ,’ उनले भने । पिपलटारदेखि ढुंगेसडक खण्डको काम नगर्न÷नगराउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । त्यस्तै मुआब्जाको कारण पनि कतिपय स्थानमा काम हुन नसकेको आयोजनाको भनाइ छ ।

पहिलो खण्डमा निर्माण भइरहेको सडकको लागत ३ अर्ब ६३ करोड ९१ लाख १६ हजार ९२४ रुपैयाँ छ । गल्छीदेखि स्याफ्रुसम्म १६ वटा पुल निर्माण गर्नुपर्छ । पुल निर्माणको जिम्मा कालिका–टुण्डी–हिदुङ एन्ड थोकर जेभी र सडक बनाउने जिम्मा एमएस–कन्भेट–टुंडी, रसुवा जेभीले पाएको छ । त्यस्तै आयोजनाको दोस्रो खण्डमा निर्माण कम्पनीले बीचमै काम छोडी सम्पर्कविहीन हुँदा मैलुङ–स्याफ्रुबेंसी सडकमा पाँच महिनादेखि स्तरोन्नतिको काम अलपत्र परेको छ ।

मैलुङदेखि स्याफ्रुबेंसीसम्म दोस्रो खण्डको लम्बाइ १९ किलोमिटर छ । यो नेपाली सेनाले ट्र्याक खोलेको सडक हो । यस खण्डमा सडक फराकिलो बनाउने, तारजाली, टेवापर्खाल तथा नाली निर्माणको समेत गरी २५ प्रतिशत मात्र काम सम्पन्न भएको छ । सडकखण्ड स्तरोन्नतिको जिम्मा श्री भारत कन्स्ट्रक्सन सिद्धिशाही जेभीले पाएको थियो । यस सडक खण्ड स्तरोन्नतिको लागत १ अर्ब ४५ करोड रुपैयाँ रहेको छ । २०७९ पुस ३० सम्ममा सडक स्तरोन्नतीको काम सम्पन्न गर्ने गरी आयोजनाले निर्माण कम्पनीसँग २०७७ साउन १ गते सम्झौता गरेको थियो ।

निर्माण कम्पनीलाई सूचना जारी गरी काममा फर्कन आग्रह गर्दासमेत सम्पर्कमा नआएपछि निर्माण कम्पनीलाई नियमानुसार कारबाही प्रक्रिया अगाडि बढाइएको शाक्यले बताउनु भयो । हाल ठेक्का रद्द गर्न माथिल्लो निकायमा पत्राचार गरिएको छर । कम्पनीले अग्रिम पेस्कीबापत् बुझेको साढे १२ करोड असुल गरिएको शाक्यले बताएका छन् । 

आयोजनाको तेस्रो खण्ड स्याफ्रुबेंसी–रसुवागढी सडक स्तरोन्नतीको काम भने अझै सुरु हुन सकेको छैन । चीन सरकारको अनुदानमा स्याफ्रुबेंसी–रसुवागढी सडकखण्ड स्तरोन्नति हुन लागेको हो । ०७६ असोज ११ गते गोसाइँकुण्ड गाउँपालिका–२ घट्टेखोलामा रिबन काटेर सडक स्तरोन्नतीको औपचारिक उद्घाटन गरिएको थियो । तर ३३ महिना बितिसक्दा पनि काम सुरु भएको छैन ।

सडक स्तरोन्नतीको जिम्मा चाइना तिब्बत टिनालु कम्पनी लिमिटेडले लिएको हो । निर्माण कम्पनीका कर्मचारी नआउँदा काम सुरु हुन नसकेको भनाइ छ ।

कोरोनाका कारण कम्पनीका कर्मचारी अहिलेसम्म नआउँदा स्याफ्रुबेंसी–रसुवागढी सडकखण्ड स्तरोन्नती गर्न ढिलाइ भएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक आयोजना प्रमुख शाक्यले बताए । सडक खण्डमा ८२ वटा घरटहरा र ३२३ वटा बिजुलीका पोल हटाउनुपर्ने देखिएको छ । सडक खण्डमा पर्ने बिजुलीका पोल सार्ने काम भइरहेकको नेपाल विद्युत् प्राधिकरण धुन्चे वितरण केन्द्रले जनाएको छ ।

मदिरा प्रयोग नगर्नेलाई प्रोत्साहन

रानीपौवा । ककनी गाउँपालिका ५ नम्बर वडाले मानिसको मृत्यु भएका घरमा बौद्ध परम्परा अनुसार मृत्युपछि घेवा गर्ने समयसम्म जाँड रक्सीको प्रयोग नगरेको पाइए प्रोत्साहन रकम दिने भएको छ ।

यही साउन १ यता घेवा गर्ने समयसम्म मदिरा प्रयोग नगर्ने मृतकको परिवार वा हकदारलाई १० हजार रूपैंया उपलब्ध गराउने निर्णय गरेको हो । यस्तो निर्णयले गाउँमा जाँड रक्सीको प्रयोग कम हुने वडा अध्यक्ष बुद्धराज लामाले बताएका छन् । 

चीनबाट ३९१ टन खाद्यान्न आयात

रसुवा । रसुवागढी नाकाबाट आर्थिक वर्ष २०७८/७९ मा ३९१ टन चिनियाँ खाद्य सामग्रीको आयात भएको छ ।

नाकाबाट सामग्रीको आयात अनियमित भएको भए पनि खाद्य सामग्रीको आयातमा भने केही वृद्धि भएको हो । अघिल्लो आर्थिक वर्षको तुलनामा गएको आर्थिक वर्षमा आयात बढेको खाद्य अनुसन्धान अधिकृत नवीन देउजाले बताए ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा २०७ टन चिनियाँ खाद्य सामग्री आयात भएको थियो । खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय रसुवाको अनुसार नेपालमा रहेका चिनियाँ नागरिकले चिनियाँ खाद्य सामग्रीको प्रयोग गर्ने गरेका छन् । आर्थिक वर्षको साउनदेखि असार मसान्तसम्म सबैभन्दा बढी फल तथा सागपातजन्य सामग्रीको आयात बढी भएको छ । जसमा सोया सस तथा अचार छन् । यो ११५ टन आयात भएको छ । 

चीनबाट सोया सस, भिनेगर, अचार, पीठो, सिन्के चाउचाउ, सिजनिङ पाउडर, छुर्पी, डोमा, भोटे चिया, चिकेन सुप, भेजिटेबल सुप, रेड विन पेष्ट, चामल आदि सामग्रीको आयात हुने गरेको छ ।  खाद्यान्न दलहन तथा अन्य प्रकारका सामग्रीको आयात बढी हुने गरेको कार्यालयले जनाएको छ । 

अहिले एकद्वार प्रणाली लागू भएपछि इम्पोर्ट पर्मिट नलिएकाहरूको सिष्टमले नै भन्सार गर्न नमिल्ने भएकोले परीक्षण गर्नेको संख्या पनि बढेको छ ।  

आर्थिक वर्ष २०७६/७७ मा २ सय ३ थान सामग्रीको मात्र परीक्षण भएको थियो ।

स्वर्ग जाने बाटोमा बितेको मेरो एक दिन


कपिलदेव खनाल

हुन त पानीको स्वाद हुदैन भनिन्छ, कहिले काहीँ सधै पिउने गरेको पानीको पनि फरक स्वाद त आएको पनि अनुभुती छ । तर यो झरनाको पानीको स्वाद भने अर्को लाग्यो । केही मिसिएको स्वाद पानीमा पाए । बद्रीनाथ धामबाट करिब ७ किलोमिटर दुरीमा रहेको अलकानन्द नदीको उद्गमस्थल ‘बशुधारा’मा मैले गरेको यो अनुभव हो । यस मुहानको पानी सिधै हिमालबाट बगेर यहाँसम्म आइपुग्दा धेरै जडीबुटी छोएको भएर यसको स्वाद फरक रहेको यहाँ भेटिएका भेडा गोठाला र ‘बाबा’हरूले बताए ।

यस झरनामा पानीको धारा करिब चार सय फिटको उचाइबाट झरिरहेको छ अनि पानी चट्टानमा ठोकिदाको आबाज यस्तो डरलाग्दो सुनिदो रहेछ कि, त्यो पानीको आबाज मात्रै हो भन्ने बानि पारेर मन ढुक्क हुन मलाई धेरै बेर लाग्यो । यो झरना यति अग्लो रहेछकि पहाडको फेददेखि पहाडको टुप्पोसम्मको पूरै झरनालाई एकै दृष्यमा देखिदो रहेनछ । राम्रो लेन्स भएको क्यामेरामा भने अट्दो रहेछ ।

बद्रीनाथ जाने सबै भक्तहरू वसुधारा झरना हेर्न रहर गर्दा रहेछन्, तर माना गाउँबाट झण्डै ६ किलोमिटर पैदल हिड्नु पर्ने, चिसो र तप्पिउतप्पिउ परेको उकालो बाटोका कारण धेरै यात्रीहरू बिचबाट फर्कदा रहेछन् । हामीलाई झण्डै ३ घण्टा लाग्यो माना गाउँबाट बशुधारा पुग्न । 

स्थानीयहरूको भनाई अनुसार यस झरनाको विशेषता यो हो कि यो झरना मुनी जाने हरेक व्यक्तिमा पर्दैन । भनिन्छ यो मुहानको पानी पापीलाई पर्दैन । त्यसो त शास्त्र अनुसार पञ्च पाण्डवकालमा सहदेवले यहाँ प्राण त्याग गरेका थिए । उनीहरू स्वर्ग जान यहि बाटो हिडेका थिए ।

बशुधाराको केही पर देखिने पहिरो गएको जस्तो स्थान छ, जहाबाट मन्दाकिनी नदी सुरु भएको जस्तो देखिन्छ । तर यो नदी धेरै माथिबाट बगेर आएको छ । यहि बशुधाराबाट १८ किलोमिटर माथि महापथ छ अरे, युधिष्ठिर चाहि यही बाटो भएर स्वर्ग तर्फ लागेका थिए । पाँच पाण्डवका अन्य सदस्य भने बशुधाराबाट माथि जान नसकेपछि सहदेवले यही प्राण त्यागेर स्वर्ग लागे भने अन्य बशुधाराको यो विशाल पहाड चढेर स्वर्गको यात्रा गरे ।

००००००


आज म हिन्दुस्तानको अन्तिम गाउँ वा उत्तराखण्डको अन्तिम गाउँ भनेर चिनिने ‘माणा’ गाउँ र यसको पनि अन्तिम वा भनु हिन्दुस्तानको अन्तिम पसलसम्म आइपुगेको छु । यो गाउँलाई ‘माना’ पनि भन्ने गरेको पाईयो । यो गाउँ चीनसँग सीमा जोडिएको रहेछ । यहाँबाट चिन २५ किलोमिटरको दुरीमा रहेछ । त्यस तर्फ जानका लागि भारत सरकारले सडक निर्माण गरिरहेको रहेछ । पवित्र बद्रीनाथबाट चार किलोमिटरको दूरीमा यो गाउँ अवस्थित छ । यस गाउँको नाता महाभारतकाल, भगवान श्री गणेश र महर्षि बेदब्याससँग पनि जोडिएको रहेछ । यस गाउँबाट पाण्डवहरू स्वर्ग गएको विश्वास गरिन्छ । यस्तै महाभारतको रचना पनि यहि भएको रहेछ । यस गाउँसँग सम्बन्धित धेरै रहस्यमय र रोचक कुराहरू रहेछन्, जसले मलाई छक्क पारेको छ ।

करिब १९ हजार फिटको उचाइमा रहेको यस गाउँको नाम मणिभद्र देवको नामबाट ‘मन’ राखिएको बताइएको छ । पौराणिक मान्यताका अनुसार यो भारतको एक मात्र गाउँ हो जसलाई पृथ्वीका चार धाममध्ये सबैभन्दा पवित्र मानिन्छ । यो गाउँलाई श्रापमुक्त र पापमुक्त पनि मानिन्छ ।

यहाँका स्थानीयहरू र यस गाउँको बारेमा जानेबुझेकाहरूको एउटा बलियो विश्वास यो रहेछ कि : यहाँ आउने हरेक मानिसको गरिबी हट्छ । यस गाउँलाई भगवान शिवको विशेष आशीर्वाद प्राप्त भएको बताइन्छ र यहाँ जो आउँछ, उसको गरिबी हट्छ भनिदो रहेछ ।

‘भीम पुल’ भनेर चिनिने यस गाउँमा महाभारत कालमा बनेको पुल अहिले पनि रहेछ । भनिन्छ कि जब पाण्डवहरू यस गाउँबाट स्वर्ग जाँदै थिए, उनीहरूले यहाँ रहेको सरस्वती नदीको पारी जाने बाटो मागेका थिए तर सरस्वती नदीले बाटो दिन अस्वीकार गरेपछि महाबली भीमले दुईवटा ठूला ढुङ्गा तोडेर उठाए र नदीमाथि राखेर आफ्नो लागि बाटो बनाए । यसपछि पाण्डवहरू यो पुल पार गरेर स्वर्गतिर लागेछन् । भीम पुल भारी ढुंगाले बनेको यस्तो सुरक्षित पुल हो, जहाबाट आज पनि हज्जारौं मानिसको आवतजावत हुन्छ । भीमपुलको ढुङ्गामा पाँच औँलाको छाप पनि देखिन्छ । जब भीमले आफ्नो हातले यो ढुङ्गा उठाए तब यी निशान ढुङ्गामा परेको विश्वास छ । डरलाग्दो गडगडाहट सहित गहिरिएर बगेको सरस्वती नदिमा मानिस नपरुन् भनेर यस पुलको माथि सुरक्षाका लागि प्याराफिट बाउन्ड्री बनाएको छ ।

यो गाउँमा रहस्यले भरिएको गुफा रहेछ, जसलाई ‘व्यास गुफा’ भनिन्छ । यो सानो गुफा भए पनि हजारौं वर्ष पहिले महर्षि वेदव्यासले यस गुफामा बसेर वेद र पुराणको संकलन गरेको बताइन्छ । यस गुफामा वेदव्यासले भगवान श्री गणेशको सहयोगमा महाभारतको रचना गरेको पनि विश्वास गरिन्छ । वेदव्यास गुफा पनि आफ्नो अद्वितीय छानाको लागि भारतभरि प्रसिद्ध रहेछ । यो छत हेर्दा धेरै पानाहरू एक अर्को  माथी थुप्रिएको जस्तो देखिन्छ । यो छतको बारेमा रहस्यमय विश्वास छ । भनिन्छ कि यो महाभारतको कथाको त्यो अंश हो, जसको बारेमा महर्षी वेदव्यास र भगवान श्री गणेशजी बाहेक कसैलाई थाहा छैन ।

महर्षी वेदव्यासले भगवान श्री गणेशलाई महाभारतका ती पानाहरू लेख्न लगाएका थिए तर उनले ती पानाहरूलाई त्यस महाकाव्यमा समावेश गरेनन् र आफ्नो शक्तिले ती पानाहरूलाई ढुङ्गा बनाएका थिए । 

ढुङ्गाका यी रहस्यमय पानालाई आज ‘व्यास पोथी’ भनेर पुकारिदो रहेछ । जुन यो गुफाको बाहिर  भागमा देखिन्छ । टाढाबाट हेर्दा एउटा सिङ्गै पहाड कितावको पाना चाङ्ग जस्तै देखिन्छ । 

त्यो रहस्य के थियो, जुन वेदव्यासले संसारलाई बताउन चाहेनन् । महाभारतको यो ‘हराएको अध्याय’ साँचो हो वा कथा, कसैलाई थाहा छैन, तर जत्ति हेरेपनि र जसरी हेरेपनि व्यास गुफाको छतमा ठूलो किताब राखिएको देखिन्छ । 

यो माना गाउँमा गणेश गुफा पनि रहेछ । जहा श्री गणेशजीले व्यासजीको आदेशमा पुराण लेखेका थिए ।

एमसिएको जीविकोपार्जन पुनःस्थापना कार्यक्रम

 रातमाटे । एमसिए–नेपालले नुवाकोटको बेलकोटगढी नगरपालिकास्थित रातमाटेमा निर्माण गर्न लागेको सब–स्टेशनबाट प्रभावित स्थानीय वासिन्दाका लागि जीविकोपार्जन पुनःस्थापन कार्यक्रमको थालनी गरेको छ । एमसिए–नेपालका परामर्शदातृ संस्था सप्रोस नेपालद्वारा कार्यक्रमको समग्र ढाँचा एवं कार्यान्वयन तथा व्यवस्थापन योजनामा केन्द्रित कार्यशालाको आयोजना गर्दै उक्त कार्यक्रमलाई कार्यान्वयनमा लगेको हो । 

एमसीसी अनुदान परिचालन गरी निर्माण गर्न लागिएको उक्त रातमाटे सब–स्टेशन एमसिए–नेपालको विद्युत् प्रसारण आयोजनाको एक महत्वपूर्ण अंश हो । हाल उक्त आयोजना पूर्वतयारीको चरणमा रहेको छ ।सब–स्टेशन निर्माण क्षेत्रबाट भौतिक रूपमा विस्थापित भएका स्थानीय वासिन्दाको जीविकोपार्जन स्तरमा सुधार गर्नका लागि एमसिए–नेपालले अन्तरराष्ट्रिय मापदण्ड अनुसरण गर्दै पुनर्वास कार्ययोजना तयार गरेको छ । हाल कार्यान्वयनमा लगिएको जीविकोपार्जन पुनःस्थापन कार्यक्रम सोही कार्ययोजनाको एक अभिन्न अङ्ग हो ।

त्रिशुली अस्पताल हब अस्पताल

त्रिशुली । निक साइमन्स इन्स्टिच्युट अर्थात् एनएसआई मार्फत नुवाकोटको त्रिशूली अस्पतालका लागि अब हरेक वर्ष दुई करोड ४० लाख रुपैयाँ हाराहारी लगानीको दक्ष जनशक्ति र उपकरण सहयोग हुने भएको छ । 

निक साइमन्स इन्स्टिच्युटले त्रिशूली अस्पताललाई आफ्नो हब अस्पतालको रूपमा सेवा उपलब्ध गराउन सङ्घीय सरकार अन्तर्गतको स्वास्थ्य मन्त्रालय बीच सम्झौता भएसँगै आधिकारिक रूपमा सहयोग साझेदारी सुरु भएको त्रिशूली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. दीपेन्द्र पाण्डेले जानकारी दिए । 

उनका अनुसार निरन्तर दुई वर्षको प्रयासको उपलब्धिको रूपमा ‘निक साइमन्स इन्स्टिच्युट’ले देशभरका दुईवटा अस्पताल छनोटको क्रममा गण्डकी प्रदेशको गोरखा अस्पताल र बागमती प्रदेशमा नुवाकोटको त्रिशूली अस्पताल हब अस्पतालको रूपमा छनोट भएको हो । ‘निक साइमन्स इन्स्टिच्युट’बाट हब अस्पतालको रूपमा छनोट भएपछि अब उनीहरूकै खर्चमा त्रिशूली अस्पताललाई आवश्यक पर्ने विशेषज्ञ चिकित्सकलाई प्राथमिकता दिएर आवश्यक पर्ने मेडिकल अधिकृत, नर्ससहितको प्राविधिक जनशक्तिसहित आधुनिक उपकरण समेत उपलब्ध गराई निरन्तर सञ्चालनका लागि सहयोग प्राप्त हुने भएको छ । 

नेपालको ग्रामीण क्षेत्रमा रहेका त्रिशूली अस्पताललाई वार्षिक दई करोड ४० लाख सहयोग स्वास्थ्य संस्थामा जनशक्ति उपलब्ध गराउने, भएका जनशक्तिलाई समयअनुकूल तालिम प्रदान गर्ने र सेवा प्रवाहका लागि चाहिने आवश्यक उपकरणका समेत प्रबन्ध मिलाउने छ । 

त्रिशूली अस्पतालका लागि विशेषज्ञ चिकित्सक पाउन मुस्किल भइरहेको समयमा अहिले आवश्यकता अनुसार उपलब्ध गराइएको छ ।

सूचीकृत भएपछि शेयर बेच्न पाइने

विदुर । रसुवागढी जलविद्युत कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दाको लागि जारी गरेको आईपीयो नेपाल स्टक एक्चेन्ज (नेप्से) मा सूचीकृत भएपछि बिक्री वितरण गर्न पाइने भएको छ ।

असार २१ गते जिल्ला समन्वय समिति, रसुवामा सर्वपक्षिय बैंठकबाट स्थानीयको शेयर ३ वर्षसम्म बेच्न नपाउने व्यवस्थालाई हटाउन आयोजना तथा सम्बन्धित निकायलाई अनुरोध गरेका थिए । त्यस निर्णयलाई स्वीकृत गर्दै कम्पनीका अनुसार नेप्सेमा सूचीकृत भएर शेयरधनीको डिम्याट खातामा आएपछि बिक्री गर्न पाउने निर्णय भएको छ । अब स्थानीयको शेयर ३ वर्षसम्म रोक्का नहुने भएको छ ।

सर्वसाधारणका लागि शेयर निष्कासन गरेर बाँडफाँड गरेको ३ वर्ष भएकाले स्थानीयका लागि जारी भएको शेयर ३ वर्ष रोक्का हुने प्रावधान हटाउन सकिने नेपाल धितो पत्र बोर्डले जनाएको छ । यसका लागि कम्पनीले आवश्यक प्रक्रिया पूरा गरेर नेप्सेमा सूचीकृत गरी शेयरधनीको डिम्याट खातामा प्रविष्ट गराएर बेचबिखन गर्न व्यवस्था मिलाउने कम्पनीका सचिव नरनाथ न्यौपानेले बताए । 

निष्कासन भएको शेयर बिक्री वितरण गर्ने अवधि समाप्त भएपछि बढीमा १ महिनाभित्रमा बाँडफाँड सम्पन्न गरी त्यसको ३५ दिन भित्रमा सूचिकृत गर्न सकिने कम्पनीका सचिव न्यौपानेले बताए । 

पछिल्लो समय आपराधिक घटना न्यूनीकरण

धुञ्चे । चालू आर्थिक वर्षमा रसुवा प्रहरीले गरेका कामबाट ३० प्रतिशतले आपराधिक घटना न्यूनीकरण भएको छ । 

रसुवाको सुरक्षा अवस्था सुदृढ भएका कारण भवितव्य बाहेक अन्य घटना न्यूनीकरण हुँदै गएको प्रहरी तथ्याङ्कले देखाएको हो । जिल्ला प्रहरी प्रवक्ता  विष्णु प्रदीप बत्स्यालका अनुसार  नेपाल प्रहरीले सुरक्षा गस्तीलाई तीव्रता दिएको, सुरक्षाका सवालमा समुदाय माझ थप जनचेतना, शङ्कास्पद व्यक्तिको समयमै पहिचान र अवैध गतिविधिको निगरानीमा तीव्रता दिइरहेका कारण गत विगतको तुलनामा यो वर्ष आपराधिक क्रियाकलाप ३० प्रतिशतले कमी आएको तथ्याङ्कले देखाएको हो ।

चालू वर्षमा कर्तव्य ज्यान अन्तरगत एक वटा मात्र मुद्दा दायर भएको छ । १६ जना भवितव्य एवं चार जना सवारी दुर्घटनाबाट निधन भएको प्रहरी तथ्याङ्कले देखाएको छ । गत वर्ष सवारी दुर्घटनाका कारण ७१ जनाको ज्यान गएको बताइएको छ ।

बहुविवाह गर्ने गत वर्ष पाँच जना थिए भने यो वर्ष शून्य रहेको छ । जबरजस्ती करणी मुद्दामा दुई, ठगी अभियोगका चार जनालाई मुद्दा दायर गरेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । गत आर्थिक वर्ष ०७७/७८ मा  विविध प्रकारका ५९ वटा मुद्दा दायर भएकोमा  चालू आवमा भने ४१ मात्र मुद्दा जिल्ला सरकारी वकिल मार्फत अदालत समक्ष दायर भएको प्रहरीले स्पष्ट पारेको छ ।

फैसला कार्यान्वयन अन्तरगत अदालतले तोकेको ७३ हजार जरिवाना असुली कार्यमा सहयोग पु¥याउनुको साथै अदालतले दुई वर्ष सम्म कैदको फैसला सुनाई फरार अभियुक्तलाई नियन्त्रणमा लिई प्रहरीले अदालत मार्फत कारागार बुझाएको छ । गत विगतको भन्दा नेपाल प्रहरीको जनशक्ति थप हुँदै गएको, कुनै पनि घटना घट्दा साथ  घटना स्थलमा प्रहरी छिटो परिचालित हुने गरेको छ ।

२०७९ साल साउन १६ गतेको सम्पादकीय

 बसपार्क प्रयोगमा ध्यान दिऔं 

नुवाकोट जिल्लामा सुबिधासम्पन्न दुइवटा बर्सपार्क रहेका छन् तर सवारीसाधन सडकमा नै रोक्ने गर्नाले नुवाकोटको विदुर नगरपालिकामा अहिलै दैनिक जाम हुने गरेको छ ।  व्यवस्थित पार्किङ हुन नसक्दा सबारी दुर्घटना दैनिक रुपमा बढ्न थालेका छन् । वि.सं. २०१० सालदेखि काठमाडौ–ककनी–त्रिशूली सडक सञ्चालन भएको नुवाकोटमा अहिले दैनिक एकसय भन्दा धेरै बस र पाँच सय थान मालवाहक गाडी र एक हजार बढी मोटरसाइकल र स्कुटर सञ्चालन हुँदै आएको छ । तर, नुवाकोटको अधिकांश स्थानमा सवारी साधन अब्यबस्थित रुपमा पार्किङ हुने गरेको छ । दैनिक रुपमा जिल्लामा रहेका बट्टार, बिदुर, ढुङ्गे, त्रिशूली, कोलोनीलगायतका स्थानमा सवारीसाधन अब्यबस्थित रुपमा सडकमा नै पार्किङ गरिएको भएपनि सम्बन्धीत निकायले व्यवस्थित पार्किङका लागि ध्यान नदिँदा बजारको सौन्र्दयता समेत कुरुप हुँदै गएको छ । नुवाकोटमा रहेको मालबाहक सवारीसाधन मालसामान ओसारपसारको क्रममा सडकमा नै राख्ने तथा सडकमा नै सवारीसाधन धुने गर्नाले नुवाकोटको मुख्य शहर वट्टार र त्रिशूलीमा दैनिक रुपमा जाम हुने गरेको हो । विदुर नगरपालिका वडा नं. ४ वट्टारमा निर्मित आधुनिक वसपार्क सञ्चालनमा ल्याइएपनि वस पार्क सञ्चालन व्यवस्थित नहुँदा बजार क्षेत्र कुरुप हुँदै गएको छ । 

बट्टारमा रहेको बर्सपार्क पटक पटक सञ्चालन हुने र रोकिने गर्नाले पनि यो समस्या निम्तिएको छ । अहिले पनि बसपार्क पुर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन । बसपार्क सञ्चालनको लागी निजी कम्पनीलाई ठेक्कामा दिएता पनि औपचारिकताको लागी मात्रै सबारी साधनहरू बसपार्क पुग्ने गरेका छन् । बसपार्क सञ्चालनको जिम्मा लिएको ठेकेदार कम्पनीले समेत मुख्य सडकमानै बसेर बसपार्क शुल्क उठाउने गरेको छ । यसरी नियमन गर्ने र बसपार्क सञ्चालनको जिम्मा लिएको निकायनै बसपार्क छाडेर सडकमै बसेर शल्क उठाउँदा बसपार्क प्रयोग गर्ने तर्फ कुनै भूमिका र प्रोत्साहन देखिएको छैन । 

    एशियालि विकास बैंकसंग ब्याज तिर्ने गरी लिएको ऋणबाट निर्माण भएको बसपार्क प्रयोगमा नआउने एकतर्फको समस्या छ भने अर्को तर्फ सकडमा हुने सवारी साधनको भिडभाडका कारण कुरुप र दुर्घटनाको कारक बनिरहेको छ । विशेष गरी बसपार्क सञ्चालन र व्यवस्थापनका लागि विदुर नगरपालिकाले नै कठोर कदम चाल्नु आवश्यक देखिएको छ । नीति मात्रै तयार गरेर पनि बसपार्क सञ्चालनमा नआउने घटनालाई विगतले प्रष्ट पारिसकेको छ । यस कारण पनि विदुर नगरपालिकाले बसपार्क सञ्चालनका लागि तत्कालै ठोस कदम चालोस् । 

२०७९ साल साउन १६ गते । वर्ष : १५, अंक : ४०






नुवाकोटमा ७२ करोड बेरुजु

विदुर । नुवाकोटको बेरुजु रकम ७२ करोड रुपैयाँ भन्दा बढी देखिएको छ । 

महालेखा परीक्षकको उनन्साठिऔँ वार्षिक प्रतिवेदन अनुसार २ नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय तह रहेको नुवाकोटमा आर्थिक वर्ष २०७८/७९ मा  ७२ करोड १६ लाख ८८ हजार रुपैयाँ बेरुजु रहेको छ । १२ वटा स्थानीय तह मध्ये तारकेश्वर गाउँपालिकाको सबैभन्दा वढी १३ करोड ९५ लाख ९३ हजार रुपैयाँ बेरुजु देखिएको छ ।

दुई नगरपालिका रहेको नुवाकोटको विदुर नगरपालिकामा २ करोड ५३ लाख ६४ हजार रुपैयाँ, बेल्कोटगढी नगरपालिकामा ८ करोड ५७ लाख ७६ हजार रुपैयाँ बेरुजु रहेको महालेखाले तयार पारेको प्रतिेदनमा उल्लेख छ । 

ककनी गाँउपालिकामा २ करोड ३ लाख २६ हजार रुपैयाँ, किस्पाङ गाँउपालिकामा ५ करोड १६ लाख ९० हजार रुपैयाँ, तादी गाँउपालिकामा २ करोड २४ लाख ४ हजार रुपैयाँ बेरुजु रहेको छ । 

दुप्चेश्वर गाँउपालिकामा २ करोड ५८ लाख १२ हजार रुपैयाँ, पञ्चकन्या गाँउपालिकामा १ करोड ८५ लाख २८ हजार रुपैयाँ, म्यगाङ गाँउपालिकामा १ करोड ९२ लाख ५२ हजार रुपैयाँ, लिखु गाँउपालिकामा ३ करोड ३६ लाख ७२ हजार रुपैयाँ, शिबपुरी गाँउपालिकामा १ करोड ५५ लाख ९८ हजार रुपैयाँ र सुर्यगढी गाँउपालिकामा ६ करोड २० लाख ३ हजार रुपैयाँ बेरुजु रकम छ । 

महालेखाले स्थानीय तहको आय ब्ययको परिक्षण गर्दा बेरुजु देखिएको हो । बेरुजु देखिएको रकममा आबाश्यक नपुगेका कागजातहरू पुरा गर्ने, कर कट्टि तोकिए अनुसार नभएको, खर्चको बिल भरपाई आबाश्यक अनुसार नभएको लगायत बिवरण तोकेको छ । बेरुजु देखिएको शिर्षक अनुसार स्थानीय तहले बेरुजु फछ्र्यौटको लागी पुनः भुक्तानी भएका बिलझपाईको परिक्षण गर्नुपर्ने छ ।

चार पालिकाले बजेट पेश गरेनन्

विदुर । नुवाकोटको ४ पालिकाले बजेट विवरण पेश गरेका छैनन् । २ नगरपालिका र १० गाँउपालिका रहेको नुवाकोटमा १ नगर पालिका र ३ गाँउपालिकाले विवरण पेश नगरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वेभ साइटमा उल्लेख छ । आइतवार बिहानसम्म नुवाकोटको ८ स्थानीय तहले मात्रै आर्थिक वर्ष २०७९/८० को लागि ल्याएको बजेट प्रविष्ट गरेका छन् । पालिकाले असार मसान्तभित्र बजेट पारित गरी प्रविष्ट गर्नुपर्नेमा केही पालिकाले अहिलेसम्म पनि विवरण नबुझाएको मन्त्रालयले जनायो । 

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७१ को उपदफा (६) मा नगर/गाउँसभाले असार मसान्तसम्म आउँदो आर्थिक वर्षको बजेट पारित गरिसक्नुपर्ने व्यवस्था छ । 

यो व्यवस्था अनुसार नै बजेट पारित भएको विवरण अनिवार्य रुपमा संघिय मामिला तथा सामान्य प्रसासन मन्त्रालयको पोर्टलमा अध्यावधिक गराउन मन्त्रालयले ताकेता समेत गरेको छ । 

बजेट बिवरण पेश नगर्नेमा नुवाकोटको बेल्कोटगढी नगरपालिका, दुप्चेश्वर गाँउपालिका, पञ्चकन्या गाँउपालिका र किस्पाङ गाँउपालिका छन् । 

संबिधान अनुसार स्थानीय तहले असार १० गते बजेट सभामा पेश गर्नुपर्ने र असार मसान्त भित्र सभाबाट पारित गरि संघिय मामिला तथा सामान्य प्रसासन मन्त्रालयमा पेश गरिसक्नु पर्ने छ । मन्त्रालयमा बजेट बिवरण पेश भैसकेपछी फेरबदल गर्न नपाउने भएकाले स्थानीय तहहरूले बजेट बिवरण पेश नगरेका हुन् । 

गाँउ तथा नगरसभाबाट बजेट पारित भैसकेता पनि नुवाकोटका ४ स्थानीय तहले मन्त्रालयमा बजेट बिवरण नबुझाएका हुन् । 

नुवाकोट जिल्लामा बाँकी रहेका अन्य स्थानीय तहहरूले भने आफ्नो गाँउ सभामा बजेत तथा कार्यक्रम पेश भएको मिति र सभाले पारित गरेको मिति सहित सबै बजेट बिवरण मन्त्रालयमा पेश गरिसकेका छन् ।

सडक बनेपछि विद्यार्थी पातलियो

बेलकोगढी । विकाससंगै आउने अन्य असरहरू पनि देखिन्छन् भन्ने उदाहरण यस नगरपालिमा भेटिएको छ । निञ्जना–बाघखोर सडक निर्माणपछि बेलकोटगढी नगरपालिका–८ जिलिङस्थित बागेश्वरी आधारभुत विद्यालयमा विद्यार्थी पातलिएको छ । 

निजी तथा अन्य विद्यालयमा विद्यार्थी भरिभराउ भईरहँदा उक्त विद्यालयमा विद्यार्थी संख्या पातलिएको छ । सडकको स्तरोन्नतीपछि अभिभावकहरू शहरिया जीवनशैलीले बसाईसराई गएका र घर आँगनमै निजी विद्यालयको साधन आउने भएपछि आफ्ना बालबालिकालाई विदुर नगरपालिकाका विभिन्न क्षेत्रका विद्यालयमा आफ्ना बालबालिका पठाउने गरेकोले विद्यार्थीको संख्या घटेको विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद पुडासैनीले बताएका छन् । 

विद्यालयमा करिब १५० को हाराहारीमा विद्यार्थी अध्ययन गर्ने गरेकोमा अहिले ३० भन्दा कम विद्यार्थी रहेका छन् । विद्यालयको कक्षा ३ र ४ मा अंग्रेजी माध्यमबाट अध्यापन हुने भएतापनि गाउँको शिक्षा भन्दा शहरमा रहेको विद्यालयको शिक्षा राम्रो हुने मनसायले विद्यार्थी लग्ने गरेको प्रअ पुडासैनीले बताए । 

अभिभावक र व्यवस्थापन भेलामा विद्यालयको शैक्षिक सुधारका प्रस्ताव बारम्बार राख्दा पनि कुनै कार्यन्वयन नभएको उनले बताएका छन् । विद्यालयमा ३० वर्ष स्थायी दरबन्दीको रुपमा अध्यापन गराउँदै आईरहेकोमा आगामी पुष महिनामा अनिवार्य अवकाश हुदैं गर्दा विद्यालयमा विद्यार्थीको संख्या कमी भएकोमा उनी दुःखी भएका छन् । बालशिक्षा र दिवा खाजा कार्यक्रम विद्यालयमा लागु भएतापनि विद्यार्थीहरू विद्यालय आउन छाडेका छन् । हाल विद्यालयमा दरबन्दी शिक्षक ३ जना, बाल शिक्षिका १ जना, नगरपालिकाबाट शिक्षक १ र कर्मचारी १ जना रहेका छन् ।

काँग्रेस सभापति कारबाहीमा

चाकेते । बैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्बाचनमा काँग्रेसको उम्मेद्धवारलाई हराउन लागी परेको भन्दै सुर्यगढी गाँउ समितिको बैठकले पालिका सभापति सहित १ दर्जन नेताहरूलाई कारबाही गरेको छ । 

सम्पन्न स्थानीय तह निर्बाचनमा काँग्रेसको तर्फबाट गाँउपालिका अध्यक्ष पदका उम्मेदवार सन्तबहादुर घलेलाई हराउन खुलेआम रुपमा पालिका सभापति शंकरबहादुर प्याकुरेल सहितको समुह लागिपरेको आरोप रहेको छ । निर्बाचनको बुथबुथमा पुगेर पैसा बाढ्ने काँग्रेसकै कार्यकर्ता तथा मतदाताहरूलाई प्रभाबमा राख्दै काँग्रेस उम्मेद्धवारलाई मत नदिन आग्रह गर्ने लगायतको आधार प्रमाणित भएसँगै उपसभापतिको अध्यक्षतामा बसेको बैठकले कारबाही गरेको हो । 

गाउँपालिकाका उप–सभापति कालु तामाङको नेतृत्वमा वसेको बैठकले निर्वाचनमा आफ्नो पार्टीको उम्मेदवारलाई हराउन लागेको भन्दै गाउँपालिकाका सभापति शंकर प्याकुरेल, उप–सभापति रामकुमार गिरी, सचिव शंकरशन अधिकारी र सह–सचिव प्रकाश भट्टराईलाई कारवाही गर्ने निर्णय गरेको नेपाली कांग्रेस सुर्यगढी गाउँपालिकाका सचिव बासु लम्सालले जानकारी दिए । 

यस्तै कारवाहीमा पर्ने अन्यमा तरुण दल नुवाकोटका सचिव सुवन गिरी, सुर्यगढी–काठमाडौं सम्पर्क समितिका सभापति दिपेन्द्र गिरी, नुवाकोट क्षेत्र नम्बर १ का क्षेत्रिय सदस्य ईन्द्रप्रसाद लामिछाने, नुवाकोट क्षेत्र नम्बर १ को प्रदेश (ख) सह–सचिव सचिन्द्र कुमार अधिकारी र चतुमन अधिकारी रहेका छन् ।

उनीहरूलाई कारवाहीको लागि वडाबाटै सिफारिस आएकोले कारवाहीको निर्णय गरी माथिल्लो निकायमा सिफारिस गरिएको हो । सुर्यगढी गाँउपालिकामा वडातहबाटनै काँग्रेस उम्मेदवार हराउने अभियानमा लागेका पालिका सभापती शंकरबहादुर प्याकुरेल सहितको समुहलाई कारबाहीको लागी वडा तहबाटनै सिफरिस भएर आएको थियो । वडातहकै सिफारिसको आधारमा पालिका काँग्रेस उपसभापतिको अध्यक्षतामा बसेको बैठकले कारबाही गरेको हो । 

सम्पन्न स्थानीय तहको निर्बाचनमा मनोनयन दर्ता क्रमदेखिनै काँग्रेस उम्मेदवार सन्तबहादुर घलेलाई पालिका सभापति प्याकुरेल सहितको समुहले असहयोग गर्दै आएको थियो । पालिका अध्यक्षमा काँग्रेसकै घले निर्बाचित भएता पनी अरु पार्टीसँग भोटको साँठगाँठ गरी घलेलाई हराउन उनीहरू लागेको आधार समेत प्रमाणित भएको छ । 

मतदाताहरूलाई घले बिरुद्ध मत जाहेर गर्न पैसा बाँढेको, पैसा र पहुचको आधारमा सन्तबहादुर घले हराउ अभियान सञ्चालन गरेको लगायतका आधारहरू प्रमाणित भएकाले पार्टिले कारबाही गरेको उपसभापति कालु तामाङले जानकारी दिएका छन् । 

आफ्नै पार्टिका उम्मेदवारलाई हराउन खोज्नेहरू गाँउमा अझै सक्रिय रहेको र अरु पार्टीबाट जितेमा जनप्रतिनिधिहरू परिचालन गरी पालिका अध्यक्ष घले बिरुद्ध लगाएको आरोप समेत लागेको छ । गाँउको बिकासमा अहोरात्र खटिदै आएका पालिका अध्यक्ष घलेको यो दोश्रो कार्यकाल हो ।

बद्री बिशाल : दुई पटक दर्शन गर्नुपर्ने देवालय


कपिलदेव खनाल

चार धाम मध्येको एक बद्रीनाथको बारेमा एउटा यहाँ प्रचलित रहेछ : ‘जो जाये बद्री, वो न आये उड्री’ । अर्थात् जसले बद्रीनाथ देखेको छ, उसले फेरि गर्भमा आउनु पर्दैन । अर्थात् दोस्रो पटक जन्मिनु पर्दैन । अनि शास्त्रका यसो पनि भनिएको रहेछ कि : मानिसले जीवनमा कम्तीमा दुईपटक बद्रीनाथको दर्शन गर्न‘पर्छ । मेरो चाहिँ यो पहिलो दर्शन हो । हामी हिजो भारतको उत्तराखण्ड राज्यको चमोली जिल्लामा अलकनंदा नदीको किनारमा बास बस्यौं । यहाँ हिन्दू देवता विष्णुलाई समर्पित मन्दिर छ । यो दुई हजार वर्ष भन्दा अघिदेखि प्रसिद्ध तीर्थस्थलको रुपमा रहेको छ ।

धर्ममा उल्लेख गरिएको सबैभन्दा पवित्र स्थानहरू मध्ये बद्रीनाथ, बद्रीनारायण वा बदरिनाथ (तीन नामले पुकारिदो रहेछ) एक हो । बालखकालदेखि मैले चाहिँ बद्रीनाथ भनेर नै सुनेकोले म चाहिँ बद्रिनाथ नै भन्छु । खासमा बद्रीनाथ यो मन्दिर परिषरको शहरको नाम रहेछ । भगवान श्री बिष्णु स्वयम् भने ‘बद्री विशाल’ नाम दिएका छन् । यस विषयमा म केही बेरमा सोधिखोजि गर्छ‘ । यहाँ प्रचुर मात्रामा पाइने जंगली बेरीलाई बद्री भनिने भएकाले यस धामको नाम बद्री राखिएको भन्ने पनि लोकोक्ति रहेछ ।

यो चार धाम अन्तर्गत पर्छ । यो एक प्राचीन मन्दिर हो जसको निर्माण ७ औं देखि ९ औं शताब्दीमा भएको पाइन्छ । मन्दिरको नामबाट यसको वरिपरि रहेको सहरलाई बद्रीनाथ भनिएको रहेछ । यो स्थान समुद्र सतहबाट ३ हजार १३३ मिटर (१० हजार २७९ फीट)को उचाइमा छ । हिमाली क्षेत्रको कठोर मौसमका कारण मन्दिर वर्षको छ महिना (बैशाखको १८/२० देखि कात्तिकको १६/१८ गतेसम्म) खुला हुदो रहेछ । बद्रीनाथ मन्दिर खोल्ने समय बसन्त पञ्चमीको दिन तय हुने रहेछ । यो भारतको सबैभन्दा व्यस्त तीर्थस्थल मध्ये एक यहाँ बार्षिक रुपमा आउने तीर्थयात्रीको संख्या नेपालको जनसंख्या भन्दा तीन गुणा बढि हुँदो रहेछ । सरकारले राखेको आगमन रेकर्डको आधारमा पनि बार्षिक १० करोड भन्दा माथि यहाँ भक्तजन आएका छन् । सरकारको सबै यात्रुहरूको रेकर्ड राख्न सकेको छैन ।

बद्रीनाथ मन्दिरमा हिन्दू देवता विष्णुको एक रूप ‘बद्री नारायण’को पूजा गरिन्छ । यहाँ शालिग्रामको बनेको उनको १ मिटर (३.३ फिट) अग्लो मूर्ति छ, जसलाई आदि शंकराचार्यले आठौं शताब्दीमा नजिकैको नारद कुण्डबाट ल्याएर स्थापना गरेको मानिन्छ । यो मूर्तिलाई हिन्दूहरूले विष्णुको आठ स्वयम् प्रकट क्षेत्रहरू मध्ये एक मान्छन् । 

केदारनाथलाई भगवान शंकरको विश्रामस्थल मानिन्छ भने बद्रीनाथलाई ब्रह्माण्डको आठौं वैकुण्ठ भनिन्छ, जहाँ भगवान विष्णु ६ महिना सुत्छन् र ६ महिना जाग्छन् । यहाँ शालग्रामशिलाबाट बनेको बद्रीनाथको मूर्ति चतुर्भ‘ज ध्यान मुद्रामा छ । यहाँ नर–नारायण देवताको पूजा गरिन्छ र अखंड दीप प्रज्वलन गरिन्छ, जुन अचल ज्ञानको प्रतीक हो ।

पौराणिक लोककथाका अनुसार बद्रीनाथ र यसको वरपरको सम्पूर्ण क्षेत्र कुनै समय शिवभूमि (केदारखण्ड) को रूपमा अवस्थित थियो । जब गंगा नदी पृथ्वीमा अवतरण भयो, यो बाह्र धाराहरूमा विभाजित भयो । यस ठाउँबाट बग्ने धारा अलकनंदाको नामले प्रसिद्ध भयो । मान्यता अनुसार जब भगवान विष्णु आफ्नो ध्यानको लागि उपयुक्त स्थान खोज्दै थिए, तब उनलाई अलकनंदा नजिकको यो स्थान निकै मन पर्यो । विष्णु पुराणमा यस क्षेत्रसँग सम्बन्धित अर्को कथा पनि छ, जसअनुसार धर्मका दुई छोरा नर र नारायण थिए, जसले धर्म विस्तारका लागि धेरै वर्षसम्म यस स्थानमा तपस्या गरेका थिए । आफ्नो आश्रम स्थापना गर्नको लागि उपयुक्त ठाउँको खोजीमा उनले वृद्धि बद्री, योग बद्री, ध्यान बद्री र भविष्य बद्री गरी चार ठाउँको भ्रमण गरे । अन्ततः उनले अलकनंदा नदीको पछाडि एउटा तातो र एउटा चिसो पानी भेट्टाए, जसको वरपरको क्षेत्रलाई उनले बद्री विशाल नाम दिए ।यसै ठाउँका बारेमा व्यासजीले महाभारत यसो लेखेका रहेछन् : नर–नारायणले अर्को जन्ममा क्रमशः अर्ज‘न र कृष्णको रूपमा जन्म लिएका थिए । यही ठाउँमा पाण्डवहरूले आफ्ना पुर्खाहरूको पिण्डदान गरेका थिए । यसै कारणले आज पनि बद्रीनाथको ब्रम्हकपाल क्षेत्रमा तीर्थयात्रीहरूले आत्माको शान्तिको लागि आफ्ना पुर्खाहरूलाई पिण्ड दान चढाउँछन् ।

महाभारतमा बद्रीनाथको उल्लेख गर्दै लेखिएको छ : ‘अन्यत्र मृत्युः स्वधर्म ।’ अर्थात् ‘अन्य तीर्थमा विधिपूर्वक स्वधर्मको पालना गर्दा मृत्युबाट मात्र मोक्ष प्राप्त हुन्छ तर बद्री विशालको दर्शनले मात्र मानिसले आफ्नो मोक्ष आफ्नो हातमा प्राप्त गर्छ ।’ ७ औं शताब्दीदेखि ९ औं शताब्दीसम्म अल्वर ऋषिहरूले रचित नालायर दिव्य प्रबन्धग्रन्थमा यस मन्दिरको महिमाको वर्णन गरिएको छ । सेन्ट पेरियाल्वरद्वारा लिखित सात स्तोत्रहरू र तिरुमांगाई अल्वरद्वारा लिखित १३ स्तोत्रहरू यस मन्दिरलाई समर्पित छन् । यो मन्दिर भगवान विष्णुको समर्पित १०८ दिव्यदेशम मध्ये एक हो ।

यहाँका स्थानीयहरूसित मैले कथा पनि सुने । यो लोककथा अनुसार भगवान विष्णुले नीलकण्ठ पर्वतको छेउमा बालकको रुपमा अवतार लिएको अर्को प्रसङ्ग पनि सुन्न पाईदो रहेछ । जस अनुसार भगवान विष्णु आफ्नो ध्यान र विश्रामको लागी एक उपयुक्त स्थान को खोजी गर्दै थिए र यो स्थान अलकनंदा नदी को धेरै नजिक थियो । त्यसबेला यो स्थानमा भगवान शंकर र पार्वतीको वास थियो । यस्तो अवस्थामा विष्णुले एउटा युक्ति सोचे । अनि कथा यसरी सुरु हुन्छ :

एक दिन शिव र पार्वती घुम्न बाहिर गएर फर्केपछि ढोकामा एउटा सानो बच्चा रोइरहेको देखे । पार्वतीलाई माया लाग्यो र बच्चा उठाउन लाग्दा शिवले रोकेर कसरी र कहाँबाट एकाएक यहाँ आयो बुझ्न भने । तर पार्वतीले मानिनन् र बच्चालाई घर भित्र लगे । उनले बच्चालाई त्यहीँ सुताएर नजिकैको तातो कुण्डमा शिवसँग नुहाउन गइन् । दुवै फर्किएपछि घरको ढोका भित्रबाट बन्द भएको पाए । पार्वतीले शिवलाई सोधिन् कि अब के गर्ने ? शिवले यो तिम्रो बच्चा हो म केहि गर्न सक्दिन । केही नयाँ ठाउँ भेट्टाए राम्रो हुन्छ, किनकि अब ढोका खुल्ने छैन र म यो ढोका जबरजस्ती खोल्ने छैन भने । भनिन्छ कि शिव र पार्वती त्यो ठाउँ छोडेर केदारनाथ गए र बच्चा जो भगवान विष्णु थिए त्यहीँ बसे । यसरी भगवान विष्णुले जबरजस्ती बद्रीनाथलाई आफ्नो विश्राम स्थल बनाए ।

भगवान विष्णु ध्यानमा लीन हुँदा धेरै हिउँ पर्न थाल्यो । विष्णु र उनको घर पूर्णतया हिउँमा डुब्न थाले । यो देखेर माता लक्ष्मी विचलित भइन् । त्यसपछि उनी स्वयं भगवान विष्णुको समीप उभिएको बेरी (बद्री) रूखको रूप धारण गरी सबै हिउँ आफैंमा बोक्न थालिन् । लक्ष्मीजी भगवान विष्णुलाई सूर्य, वर्षा र हिउँबाट बचाउनको लागि कठोर तपस्यामा संलग्न भइन् । धेरै वर्ष पछि, जब विष्णुले आफ्नो तपस्या पूरा गरे, उनले लक्ष्मीलाई हिउँले ढाकिएको देखे । अनि उनले भने : ‘हे देवी ! तिमीले पनि म जस्तै तपस्या गरेका छौ, त्यसैले आजदेखि तिम्रो साथमा यो धाममा मेरो पुजा हुनेछ र तिमीले बद्री रुखको रूपमा मेरो रक्षा गरेकोले आजदेखि म बद्रीको नाथ (बद्रीनाथ) भनेर चिनिनेछु । यसरी भगवान विष्णुको नाम बद्रीनाथ भयो ।

बद्रीनाथमा धेरै प्राचीन स्थलहरू रहेछन् । अलकनन्दको किनारमा अवस्थित अद्भूत तातोपानीको मुहान जस्तै जसलाई‘तप्त कुण्ड’ भनिन्छ । ब्रह्म कपलु नामक समतल मञ्च पौराणिक कथामा ‘नाग’ शिलाको उल्लेख छ । शेषनागको कथित छाप भएको ढुङ्गा ‘शेषनेत्र’ हो । भगवान विष्णुको पदचिह्न ‘चरणपादुका’ हो । गढवाल रानी भनेर चिनिने अग्लो हिउँले ढाकिएको शिखर नीलकण्ठ बद्रीनाथबाट देखिन्छ ।

मन्दिरमा बद्रीनाथको दाहिनेपट्टि कुबेरको मूर्ति पनि रहेछ । उद्धवजी उनको अगाडि र उत्सवमूर्ति उनको अगाडि छ । हिउँ जमेको बेला उत्सवमूर्तिलाई हिउँदमा जोशीमठ भन्ने ठाउँमा बोकेर लगिदो रहेछ । उद्धवजीको चरणपादुका छ । देब्रेपट्टि नरनारायणको मूर्ति छ । उनीहरूको नजिकै श्रीदेवी र भूदेवी छन् । 

पुराणका अनुसार भूकम्प, बाढी र खडेरीपछि गंगा लोप हुनेछ र यस गंगाको कथा बद्रीनाथ र केदारनाथ तीर्थस्थलको रोचक कथासँग जोडिएको छ । भविष्यमा बद्रीनाथ नदेखेको हुनाले नर र नारायण हिमाल मिल्ने दिन बद्रीनाथको बाटो पूर्ण रुपमा बन्द हुने जनविश्वास छ । भक्तहरू बद्रीनाथ जान पाउने छैनन् । पुराणका अनुसार वर्तमान बद्रीनाथ धाम र केदारेश्वर धाम आगामी केही वर्षमा लोप हुने र वर्षोपछि भविष्यमा भविष्य बद्री नामको नयाँ तीर्थको जन्म हुनेछ । जोशीमठमा अवस्थित नरसिंह भगवानको मूर्तिको एक हात वर्षेनी पातलो हुँदै गएको जनविश्वास पनि छ । जुन दिन यो हात लोप हुन्छ, ब्राद्री, केदारनाथ जस्ता तीर्थस्थलहरू पनि लोप हुन थाल्नेछन् । 

उत्तर भारतमा अवस्थित छ, यहाँ ‘रावल’ भनिने मुख्य पुजारीहरू दक्षिण भारतको केरला राज्यको नम्बुदिरी सम्प्रदायका ब्राह्मणहरू हुन् । श्री बद्रीनाथ र श्री केदारनाथ मन्दिर अधिनियमू अन्तरगत उत्तराखण्ड सरकारद्वारा मनोनीत १७ सदस्यीय समितिले बद्रीनाथ र केदारनाथ दुवै मन्दिरको व्यवस्थापन गर्दो रहेछ ।

यहाँ नेपाल, नेपाली र नेपालीपन बाक्लो फेला पर्दो रहेछ । हाम्रो भाषामा बोल्दापनि यहाँका आधासरोले बुझ्दा रहेछन् । गण्डकी अञ्चलको नाममा गेष्ट हाउसपनि यहाँ छ । हामीले बिर्सिसकेको यो नाम साईनबोर्डमा पढ्दा पनि अर्को एक आनन्द मिल्दो रहेछ ।

नेपाली धर्मशाला ८७ बर्ष अघि यहाँ बनेको रहेछ । १९९२ सालमा तत्कालीन श्री ३ महारानीको नाममा यहाँ बनेको धर्मशाला ‘बालचन्द्र भवन’ अहिले तीन वटा ब्लकमा छ । विभिन्न कालखण्डमा दानबिरहरूले यो धर्मशालाको अङ्श अङ्श निर्माण र मर्मत गराउने गरेका रहेछन् । हामी चाहिँ गएराति नेपालका पुर्वप्रधानमन्त्रि स्वर्गीय गिरिजाप्रसाद कोईरालाले प्रधानमन्त्री हुदाको समयमा १ लाख २५ हजार भारु खर्च गरेर आफ्ना पिताको नाममा निर्माण गराएका कक्षमा बिश्राम गर्यौ ।



केदारनाथमा बलराम दाईसंग भएको त्यो भेट

श्री केदारनाथ दर्शनका क्रममा बलराम बाजपेयी (बल्लु दाइ) सित भएको भेट यस्तो आत्मीय बन्यो छुट्टिने बेलामा हामीले धेरै बेरसम्म एक अर्काको हात सुम्सुम्याई रहेको थियौँ । बल्लु दाईले नोभेम्वरमा जन्मथलो नुवाकोट आउछु भनेका छन् ।

केदारनाथ मन्दिर परिषरमा पुजाका सामाग्रीको व्यापार गर्ने यिनी विदुर नगरपालिकाको आगापुटारमा जन्मिएका रहेछन् । कक्षा ५ सम्म उहीँ पढेका उनी तीन दाजुभाई र बिहिनि सहित करिव ४० वर्ष अघि (म जन्मेकै थिईन) यता आउदा १२/१३ बर्षका रहेछन् । यिनिका दाजुभाई र बहिनिले आगापुटार र गेर्ख‘टारको स्कुलमा पढेका रहेछन् । उनका पिताजि विद्युत प्राधिकरणमा काम गर्ने क्रममा उता पुगेका रहेछन् । बल्लु दाईको मामाघर थप्रेक रहेछ । यताको गुप्तकाशीमा परिवारको बसोवास रहेछ । केदारनाथमा भएको घर २०१३ को प्रकोपले ध्वस्त भएको रहेछ । सरकारले निर्माण गरिदिने भएकोले उनले केदारनाथमा घर चाहिँ बनाएका रहेनछन् । २०१३ को प्रलयमा केदारनाथमै हज्जारौं मानिस मरे, सय भन्दा कम संख्यामा उसबेलामा यहाँका मानिसहरू जिवित रहेकोमा यिनी बल्लु दाइ र उनका दाजु ध्रुब पनि रहेछन् । ‘हामी दाजुभाइ थियौँ उस रात, हामीलाई सिन्कोले समेत कोतरेन । मेरो आमा र बाको कर्मको फल हो यो’ उनले सुनाए ।

हाम्रो भाषा सबै बुझ्ने बल्लु दाईले नेपाली भाषा बोल्न चाहिँ बिर्सिएछन् । खाना नख्वाई हामीलाई पठाउन मरिगए नमागेका यिनले नुवाकोटमा बितेको बचपन र उसबेलाका साथिभाईको खुप याद गरे । नुवाकोटको जानकारी, हालखबर सञ्चार माध्यमतिर रुचिसित खोजी गर्ने यिनको बानी रहेछ । परिचयको क्रममै मेरो नाम बताए पछि उनले भने कि‘ कपिलदेव खनाल त न्युजतिर आउने नाम जस्तो लाग्यो त, तपाईंको नाम धेरै वार पढेको छु ।’ नुवाकोटमा अधिकाङ्श व्यक्तिहरूको नाम नै लिएर सोधिखोजी गरे । नुवाकोटमा जन्मिएका दुई दाजुभाई केदारनाथमा छन् सोधिखोजी गर्नु होला है भनेर खबर गर्ने ढुङ्गेका रमेश बस्नेतसित बल्लुदाईको भिडिओ कुराकानी गराएँ । ‘मेयर चाहिँ मैले नचिनेको नामका रहेछन्, को हुन् ?’ उनले सोधे । हामीले चिनाउने थुप्रै कोणका परिचय दियौं, उनी चिनिपो हाल्छु कि, सम्झिपो हाल्छु कि भनेर घोत्लिरहे ।

‘बलरामले जन्मस्थनका पाँच जनालाई मन्दिर भ्रमण गराईरहेका छन्’ भन्ने हल्ला भुषको आगो झै भईसकेको रहेछ मन्दिर परिषरमा । हामी फर्कन थाल्दा मन्दिरका पुजारीदेखि होटलवाला, पुजाका सामाग्रीको व्यापार गर्नेहरू धेरैको हामी प्रती आदरभाव थियो । धेरैले हामीलाई सोधे :‘आपलोग बलरामका रिस्तेदार हे ?’

दुईतर्फी ब्यापार सञ्चालन गर्न चीन सहमत

विदुर । नेपाल र चीन रसुवागढी–केरुङ नाकामा दुईतर्फी ब्यापार सञ्चालन गर्न सहमत भएका छन् ।

नेपाल–चीनबीच बिहिबार भएको सीमा परामर्श बैठकमा उक्त सहमति भएको हो । भर्च‘अल रुपमा बैठकमा चीनले स्वास्थ्य मापदण्ड पालना गर्दै रसुवागढी नाकाबाट दुवै मुलुकमा सामान आयात निर्यात सुचारु गर्न सहमति जनाएको हो । रसुवागढी नाका कोभिड–१९ महामारी सुरु भएदेखि आंशिक मात्रै सञ्चालनमा छ ।

परामर्श बैठकमा नेपाली टोलीको नेतृत्व परराष्ट्र मन्त्रालयका उत्तर पूर्वी एसिया महाशाखा प्रमुख लोकबहादुर थापा र चिनियाँ टोलीको नेतृत्व विदेश मन्त्रालयको सीमा तथा समुन्द्री मामिला विभागका महानिर्देशक होङ लियाङले गरेका थिए । 

यसै बीच, रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले रसुवागढी केरुङ नाका दोहोरो सञ्चालन हुने सहमतिबारे केहीदिन अघि सामाजिक सञ्जालबाट जानकारी पाएको बताए । 

परराष्ट्र मन्त्रालय र चिनियाँ केन्द्रीय प्रतिनिधिहरूबीच असार ३० गते भएको सीमा समन्वय बैठकमा कोभिड प्रोटोकल पालना गर्दै नाका दोहोरो सञ्चालन गर्ने सहमति गरेको थियो । रसुवाका प्रमुख जिल्ला अधिकारी जैसीका अनुसार नेपाल चीन बैठकलाई नेतृत्व गरेका परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर थापाले फेसबुकमा पोष्ट गरेको विज्ञप्तिमार्फत उनले नाका सञ्चालनको निर्णयबारे जानकारी पाएका हुन् । 

अहिले सम्म रसुवागढी नाका एकतर्फी मात्रै सञ्चालन भैरहेको छ । चिनबाट नेपाल तर्फ सिमित कोटामा तोकिएको कन्टेनर मार्फत सामाग्री आयात मात्रै भैरहेको छ । केन्द्रमा सहमति भएको ४ दिन बितिसक्दा पनी रसुवागढी भन्सार कार्यालय र जिल्ला प्रशासन कार्यालय रसुवामा औपचारिक जानकारी छैन ।

रसुवाका प्रमुख जिल्ला अधिकारी नबराज जैसीका अनुसार चीन र नेपाली अधिकारीबीच भएको विगतको सम्झौता अनुसार अहिले नाकाबाट कोभिड मापदण्ड पालना गरेर दैनिक १४ कन्टेनर मालवस्तु ढुवानी भैरहेको छ । यो पनि एकतर्फि रुपमा चिनको कन्टेनरले नेपाली सिमा सम्म ल्याउने गरेको छ । नेपाली वस्तु चीनमा निर्यात गर्न बन्देज भएको दुई वर्ष नाघिसकेको छ ।

नेपालले वस्तु आयात मात्रै गर्न पाउने नाकाबाट अहिले सुविधा पाए अनुसारको दैनिक कोटामा मालवस्तु समेत आउन सकेको छैन । चिनियाँ प्रशासनले रसुवागढी केरुङ नाकाबाट अहिले दैनिक १४ कन्टेनर सामाग्री निर्यात गर्ने जनाए पनि सिजन नभएका कारण अहिले दैनिक ६/७ वटा मात्रै कन्टेनरमा सामाग्री आयात भइरहेको भन्सार कार्यालयले जनाएको छ । 

रसुवा भन्सारका प्रमुख भन्सार अधिकृत रामप्रसाद मैनालीले पनि नाका दोहोरो सञ्चालनबारे थप प्रगति नभएको बताए । नेपाल–चीनको तिब्वतबीच द्विपक्षीय व्यापार सहजीकरण गर्ने उद्देश्यले बनेको नेपाल–तिब्वत व्यापार सहजीकरण समितिको बैठक आइतबार बसेको थियो ।  छलफलमा दुई पक्षीय व्यापारमा सहजीकरण, वैदेशिक लगानी, व्यापार पूर्वाधारको विकास, पारवहन सुविधाका साथै भन्सार प्रकृयामा सरलीकरण लगायतका विषयमा छलफल भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । 

छलफलमा स्थलगत मार्गबाट नेपालबाट निकासी हुने मालवस्तुको ढुवानी प्रकृयालाई छिटो सहज गर्ने विषयका साथै नेपाली वस्तुहरूको चिनियाँ बजारमा सहज प्रवेशकाबारेमा छलफल भएको मन्त्रालयल जानकारी दिएको छ । ‘निर्बाध रूपमा दुईतर्फी व्यापार गर्न उपयुक्त विधि अवलम्वन गर्ने विषयमा समेत छलफल भएको थियो ।

२०७७ भदौ १६ मा नेपाली श्रमिकमा कोरोना देखिएपछि रसुवागढी नाका चिनियाँ पक्षले बन्द गराएको थियो । तर, नेपालको ताकेतापछि कडा कोभिड शर्तका साथ २०७७ माघ २९ गते बाट चीनले एकतर्फी रुपमा नाका खुला गरेको थियो ।

विद्युतीय मतदान यन्त्रको माग

विदुर । निर्वाचन आयोगले आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई विद्युतीय मतदान यन्त्र (ईभीएम) उपब्लध गराउन सरकारसँग आग्रह गरेको छ ।

निर्वाचन आयोगले नेपालमै बनेको ईभीएम तत्काल उपलब्ध नभए अन्य मुलुकबाट आयात गरेर भए पनि २०७९ साउन मसान्तसम्ममा प्रबन्ध गरिदिन सरकारसँग अनुरोध गरेको हो ।

निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार निर्वाचन प्रक्रियालाई छरितो, सुरक्षित तथा स्वच्छ बनाउन सरकारसँग ईभीएम माग गरिएको हो । अर्यालले ईभीएमको प्रयोग तथा व्यवस्थापन सम्बन्धमा अध्ययन गर्न आयोगले गठन गरेको समितिबाट प्राप्त प्रतिवेदन आवश्यक निर्णयार्थ तथा कार्यार्थ गृह मन्त्रालय मार्फत नेपाल सरकार, मन्त्रिपरिषद्मा पठाइएको जानकारी गराए । 

विद्युतीय मतदान यन्त्रको प्रयोग तथा व्यवस्थापन सम्बन्धमा अध्ययन गर्न सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिवको संयोजकत्वमा समिति गठन गरेको थियो । उक्त समितिले आफ्नो अध्ययनको प्रतिवेनदन पेस गरिसकेको छ । उक्त प्रतिवेदनमा ईभीएमको गुणस्तर, विश्वसनीयता परीक्षण गर्ने, मेसिनउपर सार्वजनिक रुपमा उठान हुन सक्ने जिज्ञासाहरूको समाधान, भविष्यमा बृहत्तर रुपमा मुलुकभर यसको प्रयोग गर्दा मेसिनमा गर्न‘पर्ने सुधार र विद्युतीय मतदान मेसिनको सफलतापूर्वक कार्यान्वयन भएका मुलुकहरूको अनुभवलगायत विषय समेटिएका छन् ।

निर्वाचन आयोगले संविधान तथा संघीय कानुनबमोजिम हुने राष्ट्रपति, उपराष्ट्रपति, संघीय संसद्का सदस्य, प्रदेश सभाका सदस्य तथा स्थानीय तहका सदस्यको निर्वाचनहरूमा विद्युतीय मतदान यन्त्र प्रयोग गर्न सक्ने कानुनी व्यवस्था रहेको छ ।

नेपालमा २०६४, २०६५ र २०७१ मा केही निर्वाचन र उपनिर्वाचनमा विद्युतीय मेसिन प्रयोग भएको थियो ।

प्रशासनले जम्मा गर्यो तीन करोड

विदुर । आर्थिक बर्ष २०७८/७९ मा जिल्ला प्रशासन कार्यालय नुवाकोटले करिब तीन करोड राजस्व संकलन गरेको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालका अनुसार कार्यालयले जेठ मसान्तसम्ममा कुल दुई करोड ८४ लाख ९८ हजार २३५ रुपैयाँ राजस्व आर्जन गरेको छ ।

पत्रकार सम्मेलनमा जानकारी दिदैँ उनले राहदानीतर्फ चालुआर्थिक वर्षको मङ्सिर महिनामा सबैभन्दा कम र भदौ महिनामा सबैभन्दा बढी राजस्व संकलन गरिएको जानकारी दिएका छन् । कार्यालयले मङ्सिरमा २० हजार र महिनामा ३८ लाख ९३ हजार ६२५ रुपैंयाँ राजस्व संकलन गरिएकको छ ।

तथ्याङ्क अनुसार परीक्षा दस्तुरबाट २२ हजार, राहदानीबाट दुई करोड ७५ लाख आठहजार, एजेन्सी दर्ताबाट ३४ हजार ७६५, हातहतियार इजाजतबाट नौ हजार ७६० र प्रसाशनिक दण्ड जरिवानाबाट ६ लाख १७ हजार ७१० रुपैंयाँ राजस्व संकलन गरेको छ । चालुआर्थिक वर्षमा नुवाकोटबाट झण्डै पाँच जनाले राहदानी बनाएका छन् । चार हजार ६४० जनाको राहदानी आवेदन फाराम संकलन गरिएकोमा ३ हजार ११७ राहदानी वितरण गरिएको छ । जसमा एकहजार ५२३ राहदानी वितरण गर्न बाँकी रहेको छ ।

कार्यालयले वंशजको आधारमा ११ हजार ५९१ नयाँ नागरिकता वितरण गरेको छ । वैवाहिक अङ्गीकृत नागरिकता दुई ओटा वितरण भएको छ । आठ हजार १८२ प्रतिलिपि नागरिकता र ७८३ नागरिकता पुरानो अभिलेखन गरेको छ ।

यस्तै, राष्ट्रिय परिचयपत्रतर्फ १३ हजार ८४३ जनाको व्यक्तिगत विवरण संकलन गरिएको छ । अहिलेसम्म नुवाकोटमा राष्ट्रिय परिचयपत्र वितरण गर्ने सकेको छैन ।

यसैबीच चालु आव बाढी पहिरोबाट १६ घरमा क्षति पुगेको कार्यालयले जानकारी दिएको छ । आगलागी, बाढी, पहिरो, करेन्ट र पानीमा डुबीलगायतका दुर्घटनाबाट १/१ जनाको मृत्यु भएको छ । विपदबाट ३ करोड ५९ लाख ९६ हजार क्षति भएको छ । पहिरो र आगोले क्षति भएका घरधनीलाई रू. ४ लाख ५० हजार राहत प्रदान गरिएको थियो ।

२०७९ साल साउन ९ गतेको सम्पादकीय

करारको विकल्प करार ?

स्थानीय सरकारले करारका कर्मचारीको समय नथप्ने निणय गरेसँगै नुवाकोटको तिन स्थानीय तहमा कर्मचारी अभाब भएको छ । साउन १ गतेदेखि करारका कर्मचारीलाई हाजिर नहुन परिपत्र गरेसँगै कर्मचारी हाजिर भएका छैनन् । कर्मचारी अभाबमा पालिकाले दिने सेवा समेत प्रभाबित भएको छ । वैशाख ३० मा सम्पन्न स्थानीय तहका निर्बाचनमा विदुर र बेल्कोटगढी नगरपालिका र तारकेश्वर गाँउपालिकाा एमालेलाई पराजित गर्न सक्ता घटक दलहरू बिचमा गठबन्धन भएको थियो । सम्पन्न स्थानीय तहको निर्बाचनमा गठबन्धनका प्रमुख÷उपप्रमुख निर्वाचित भएपछि पूर्ववर्ती जनप्रतिनिधिले करारमा राखेका कर्मचारी र जिल्ला समन्वय समितिबाट आएका कर्मचारीलाई हटाएर पुनः करारमा कर्मचारी नियक्ति गर्ने मनासायले करारका कर्मचारीहरूको समयाबधि नथपे पछी पालिकाले प्रभाब गर्ने सेवा प्रभाबित भएसँगै करारका कर्मचारीहरू समेत आन्दोलित भएका छन् । विदुर नगरपालिकाले एक सय ४३, बेलकोटगढी नगरपालिकाले ४०, तारकेश्वर गाउपालिकाले ४२ जना करारका कर्मचारीको समयाबधि नथप्ने सूचना निकालेको हो । 

यस्तै, दुप्चेश्वर गाँउपालिकाले सूचना जारी गरेर करारका कर्मचारीको समय नथप्ने जनाएपनि कर्मचारीको बिरोधका कारण तिन महिना समय थप गरि काममा खटाएको छ । उता बेलकोटगढी नगरपालिका र तारकेश्वर गाँउपालिकाले कार्यपालिका बैठकबाटै निर्णय गराएर करारका कर्मचारीको समय थप नगर्ने सूचना प्रकाशन गरे पनि विदुर नगरपालिकाले भने कार्यपालिकामा करारका कर्मचारीको सम्बन्धनमा कुनै निर्णयनै नगराई वडा कार्यालय, सामाजिक सुरक्षा तथा पञ्जिकरण कार्यक्रम, प्रधानमन्त्रि रोजगार, स्वास्थ्य संस्था एवं सामी परियोजनामा कार्यरत कर्मचारी मध्ये हाललाई वडा कार्यालयमा करारमा कार्यरत वडासचिव, स्वास्थ्य सस्थामा कार्यरर्त स्वास्थ्यकर्मी, सामाजिक सुरक्षा तथा पञ्जीकरणमा कार्यरत करार कमचारी, सवारी चालकमा (हलुका तथा हेभिमा कार्यरत कर्मचारी बाहेक अन्य सबै करारमा नियुक्ति लिएका कर्मचारीलाई अर्को सूचना नभएसम्म हाजिर नगराउन सूचना जारी गरेको हो । साउन १ गतेदेखि करारका कमचारीलाइ हाजिर नगराउदा विदुर नगरपालिकाको कृषि, भेटेनरी, उद्ययोग र बिपद् शाखा, विदुर ५ देबिघाट र विदुर ७ तुप्चेमा रहेका कृषि र भेटेरेनरी सेवा केन्द्र बन्द भएका छन् । नगरपालिकामा रहेका स्थायी २५–२६ जना कर्मचारीलाई दैनिक कार्य सञ्चालन गर्न भ्याई –नभ्याई र सकस भइरहेको छ । विदुरले नगर प्रहरी १७, सवारीचालक १२, सामाजिक परिचालक १२, लघुउद्यम सहजकता दुई, सामी परियोजनाको ९, कार्यालय सहयोगी २५, स्वास्थ्य क्षेत्रका ३२ जनाको करार अवधि नथप्ने सूचना जारी गरेको छ । 

विदुरको वडा नम्बर १, २, ४, ६ र ११ का वडाध्यक्ष र कार्यपालिकाका बहुमत सदस्यले विज्ञप्ती प्रकाशित गरेर प्रमुख प्रशासकीय अधिकृतलाई करार कर्मचारीको म्याद थप गर्न र उक्त प्रस्ताब नगरकार्यपालिकाको बोर्डमा ल्याउन हस्ताक्षर सहित दबाब दिइएका छन् । कर्मचारी हटाएको विरोधमा नेपाल निजामती कमचारी सङ्गठन, जिल्ला कार्यसमिति नुवाकोटले विज्ञप्ती प्रकाशित गरेर अविलम्ब पेशागत मर्यादा कायम राखी सेवा प्रवाहमा निरन्तरता दिन माग गरेको छ । अनि विदुर नगरपालिकाका निवर्तमान मेयर सञ्जु पण्डितले पत्रकार सम्मेलन गरेर राजनीतिक प्रतिशोध राखी कर्मचारी हटाउने कार्य न्यायसम्मत नभएको बताएका छन् । 

कर्मचारीहरूनै नेपाल सरकार सङ्घीय मामिला मन्त्रालय र विदुर नगरपालिकाको संयुक्त प्रयासमा विदुर नगरपालिका कर्मचारी व्यवस्थापनसम्बन्धी सङगठन तथा व्यवस्थापन स्विकृत गरि गरी करारमा कर्मचारी राखिएकाले कर्मचारी हटाउँदा नगरपालिका र राज्यको ठुलो श्रोतको दुरुपयोग हुने बताउँछन् । त्यसो त अहिले करारमा रहेका कर्मचारी सबैलाई हटाएर स्थायी प्रकृयाबाट कर्मचारीको ब्यबस्थापन गरेमा कसैको पनी बिरोध नहुने तर पुनः करारमानै कर्मचारी नियुक्त गर्नु गठबन्धनको कार्यकर्ता भर्ती गर्ने उद्देश्य रहेकाले नगरपालिकालाई राजनीतिक अखडा बनाउन लागेको प्रष्ट छ । त्यो त, करारका कर्मचारी हटाएर पुनः करारमै कर्मचारी भर्ना गर्ने तयारी गर्नुले के सन्देश देला त ! यसरी कुनै दल विशेष अनुसार हरेक पाँच वर्षमा कर्मचारी मात्रै भर्ना गर्ने थलोको रुपमा स्थानीय तह विकास भयो भने अन्य विकास निर्माणका कामले कसरी गती लिन सक्ला र समृद्ध स्थानीय तहको कल्पना गर्न सकिएला ?

२०७९ साल साउन ९ गते । वर्ष : १५, अंक : ३९