Monday, September 19, 2022

तयार भयो ठूलो सोलार प्लान्ट


विदुर । नुवाकोटमा निर्माण भएको नेपाल विद्युत् प्राधिकरणको सबै भन्दा ठूलो सोलार प्लान्टबाट (२५ मेगावाट) विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । एक वर्षभित्र काम सम्पन्न गर्ने भनेर १४ वैशाख २०७५ मा शिलान्यास गरिएको प्लान्टबाट साढे तीन वर्षपछि लक्ष्यअनुसार २५ मेगावाट विद्युत्को परीक्षण उत्पादन भइरहेको आयोजना प्रमुख विकास रघुवंशीले जानकारी दिएका छन् । 

विभिन्न सात ब्लकमा स्थापना गरिएका सौर्य फार्मबाट सुरु भएको परीक्षण उत्पादन सफल ठहरिएको छ । फार्मबाट पछिल्लो दुई सातादेखि २५ मेगावाट विद्युत् उत्पादनको परीक्षण निरन्तर भइरहेकाले आयोजना सफल भएको र मौसम अनुकूल भएको समयमा लक्ष्यअनुसार २५ मेगावाटभन्दा केही बढी विद्युत् उत्पादन भइरहेको आयोजना प्रमुख रघुवंशीले जानकारी दिए ।

फार्मबाट उत्पादित विद्युत् विदुर नगरपालिकाको वडा नम्बर ६ स्थित देवीघाट जलविद्युत् केन्द्रमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । सौर्य फार्म विदुरको वडा नम्बर ६ र वडा नम्बर १२ मा पर्दछ । ३ जेठ २०७४ मा सम्झौता गरिएको आयोजनाको शिलान्यास १४ वैशाख २०७५ मा गरिएको थियो । एक वर्षभित्र काम पूरा गर्ने लक्ष्य लिइएको भए पनि निर्माण व्यवसायीबाट ढिलो गरेर तयार भएको डिजाइन परामर्शदाता कम्पनीले पुनरावलोकन आवश्यक रहेको भन्दै स्वीकृत गर्न थप ढिला गरेसँगै फार्म निर्माण डेढ वर्ष पर धकेलिएको हो ।

निर्माण व्यवसायी चिनियाँ कम्पनी राइजन इनर्जीले २०७६ कात्तिकदेखि काम सुरु गरेर पहिलो चरणमा २०७७ माघमा एक दशमलव पाँच मेगावाट विद्युत् उत्पादन गरेको थियो । आयोजनाको पूर्ण क्षमता २५ मेगावाट गत १० भदौमा थालिएको परीक्षण उत्पादन दुई सातासम्म नियमित भएसँगै सफल ठानिएको छ । 

सोलार आयोजनाबाट उत्पादित विद्युत् फार्मले आफैंले निर्माण गरेको ३३/६६ केभी २५ एमभिए क्षमताको सब–स्टेशनबाट अपग्रेड गरेर एक सय मिटर दूरीमा अवस्थित देवीघाट विद्युत् गृहको सबस्टेशनसम्म भूमिगत प्रसारण लाइनमार्फत पु¥याएर त्यहाँबाट राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । आयोजना प्रमुख रघुवंशीका अनुसार सौर्य प्लान्टले बिहान ६ देखि साँझ ६ बजेसम्म विद्युत् उत्पादन गर्दछ ।    

उनका अनुसार विभिन्न सात ब्लकमा स्थापना गरिएका सौर्य फार्मबाट सुरु भएको परीक्षण उत्पादन सफल ठहरिएको छ । ‘फार्मबाट पछिल्लो दुई सातादेखि २५ मेगावाट विद्युत् उत्पादनको परीक्षण निरन्तर भइरहेकाले आयोजना सफल भएको छ,’ रघुवंशीले भने, ‘मौसम अनुकूल भएको समयमा लक्ष्यअनुसार २५ मेगावाटभन्दा केही बढी विद्युत् उत्पादन भइरहेको छ ।’ फार्मबाट उत्पादित विद्युत् विदुर नगरपालिका–६ स्थित देवीघाट जलविद्युत् केन्द्रमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ ।     

३ जेठ २०७४ मा सम्झौता गरिएको आयोजनाको शिलान्यास १४ वैशाख २०७५ मा गरिएको थियो । एक वर्षभित्र काम पूरा गर्ने लक्ष्य लिइएको भए पनि निर्माण व्यवसायीबाट ढिलो गरेर तयार भएको डिजाइन परामर्शदाता कम्पनीले पुनरावलोकन आवश्यक रहेको भन्दै स्वीकृत गर्न ढिला गरेसँगै फार्म निर्माणको काम डेढ वर्ष पर धकेलिएको हो । निर्माण व्यवसायी चिनियाँ कम्पनी राइजन इनर्जीले २०७६ कात्तिकदेखि काम सुरु गरेर पहिलो चरणमा २०७७ माघमा 

१.५ मेगावाट विद्युत् उत्पादन गरेको थियो । आयोजनाको पूर्ण क्षमता (२५ मेगावाट) गत १० भदौमा थालिएको परीक्षण उत्पादन दुई सातासम्म नियमित भएसँगै सफल ठानिएको छ । 

सोलार आयोजनाबाट उत्पादित विद्युत् फार्मले आफैंले निर्माण गरेको ३३/६६ केभी २५ एमभिए क्षमताको सब–स्टेशनबाट अपग्रेड गरेर एक सय मिटर दूरीमा अवस्थित देवीघाट विद्युत् गृहको सबस्टेशनसम्म भूमिगत प्रसारण लाइनमार्फत पु¥याएर त्यहाँबाट राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ ।

आयोजना प्रमुख रघुवंशीका अनुसार सौर्य प्लान्टले बिहान ६ देखि साँझ ६ बजेसम्म विद्युत् उत्पादन गर्दछ । ‘सिधै प्रसारण प्रणालीमा पठाएकाले ब्याट्री राखेर विद्युत् सञ्चय गरिएको छैन,’ उनले भने, ‘मौसम सफा भएको मध्याह्नको समयमा २५ दशमलव दुई मेगावाटसम्म विद्युत् उत्पादन भइरहेको छ, परीक्षण अवधिमा दैनिक एकलाख युनिट विद्युत् उत्पादन भएकाले आयोजनाको निर्माण सफल मानिएको हो ।’

सौर्य प्यानलबाट उत्पादन हुने विद्युत् डीसी (डाइरेक्ट करेन्ट)बाट एसी (अल्टरनेट करेन्ट)मा रूपान्तरण गर्दा सोही परिणामको प्रयोगयुक्त विद्युत् उत्पादन भइरहेको छ । अब नियमित उत्पादन सुरु गरिने आयोजना पक्षले जनाएको छ । यद्यपि फार्ममा जडान गरिएका सौर्य प्यानल सफा गर्न चाहिने पानीपोखरी, संरक्षणका लागि लगाउनुपर्ने घेराबार र पर्खाललगायतका केही भौतिक संरचना निर्माणको काम जारी रहेकाले आयोजना सम्पन्न भएको जानकारी दिन अझै एक महिना लाग्ने निर्माण व्यावसायीले नेपाल विद्युत् प्राधिकरणलाई जनाएको छ ।

एउटा प्यानलबाट दुई सय ७५ वाट विद्युत् उत्पादन हुनेछ । एक मेगावाट विद्युत् उत्पादनका लागि प्यानल राख्न २० रोपनी जग्गा आवश्यक पर्दछ । हाल प्राधिकरणको नाममा रहेको ३८ हेक्टर बाँझो जग्गाको उपभोग गरेर २५ मेगावाट विद्युत् उत्पादन थालिएको हो ।

विदुर नपा वडा नं ६ र १२ स्थित प्राधिकरणको आफ्नै नाममा रहेको खाली जग्गाको विभिन्न सात ब्लकमा सौर्य प्यानल जडान गरेर प्राधिकरणले सौर्य फार्म निर्माण गरेको हो । 

सुरुमा स्टाफ क्वार्टर (विद्युत् प्राधिकरणमार्फत सञ्चालित बोर्डिङ स्कुल रहेको स्थान) र फोर–वे (नेपाली सेनाको ब्यारेक पछाडिको चौर)बाट विद्युत् उत्पादन सुरु भएको थियो भने क्रमशः रातमाटे, केराघारी, हेलिप्याड, कफीघारी–१ र कफीघारी–२ बाट विद्युत् भइरहेको छ । यसअघि उक्त जग्गा अधिकांश अतिक्रमणमा परेको प्राधिकरणको भनाइ रहेको छ । नेपाल सरकारले आन्तरिक उत्पादनबाटै विद्युतमा आत्मनिर्भर हुने योजनाअनुरुप १० वर्षमा १५ हजार मेगावाटको लक्ष्यमा विद्युत् आयोजनाको उत्पादन समिश्रण अनुपात निर्धारणअनुसार सरकारीस्तरबाट देवीघाटमा सौर्य फार्म निर्माण गरिएको हो । यो देशको पहिलो र हालसम्मकै ठूलो फार्म मानिन्छ ।

आयोजना निर्माणमा ‘ग्रिड सोलार तथा ऊर्जा दक्षता परियोजना’मार्फत विश्व बैंकको सहुलियतपूर्ण ऋण अनुदानमा प्राप्त ३८ मिलियन डलर लगानी छ । परियोजनाको प्लान्टका लागि चिनियाँ कम्पनी राइजन इनर्जीसँग तीन करोड ८० लाख अमेरिकी डलरमा ठेक्का सम्झौता गरिएको थियो । 

उक्त कम्पनीसँग ३ जेठ २०७४ मा भएको सम्झौताअनुसार सोलार प्लान्टको डिजाइन, आपूर्ति, निर्माण, सञ्चालन र मर्मतसम्भार समेत गरेर चालु अबस्थामा पाँच वर्षपछि मात्र सरकारलाई हस्तान्तरण गर्ने भनिएको छ । प्राधिकरणलाई फार्म औपचारिकरूपमा हस्तान्तरण गर्न बाँकी रहेकाले उक्त पाँच वर्ष अवधिको गणना सुरु भएको छैन ।

प्लान्टबाट वार्षिक तीन करोड ४६ लाख ५० हजार युनिट सुनिश्चित (ग्यारेण्टी) विद्युत् आपूर्ति हुनुपर्ने सम्झौतामा भनिएको छ । सो परिणाममा विद्युत् उत्पादन नभए निर्माण व्यवसायीले प्रतियुनिट ३० सेन्ट क्षतिपूर्ति तिर्न‘पर्दछ । फार्म निर्माणका लागि सम्झौता समयमा रु तीन अर्ब ८० करोड लाग्ने प्रक्षेपण गरिए पनि लक्ष्यभन्दा साढे तीन वर्ष ढिलो हुदाँ लगानी थप बढेको विद्युत् प्राधिरकणले जनाएको छ ।

आयोजनामार्फत विद्युत् उत्पादनमा लगानी महँगो भए पनि ऊर्जाको वैकल्पिक स्रोतको व्यवस्थापन र नमूना योजनाका रुपमा निर्माण गरिएकाले लगानीसँग तुलना गर्न नहुने आयोजना प्रमुख रघुवंशीको भनाइ छ । उनका अनुसार प्लान्ट निर्माण गर्दा प्रतिमेगावाट १६ करोड रुपैयाँ लगानी छ ।

खेर गएको सौर्य ऊर्जा सङ्कलन गरेर प्राधिकरणको खुला (प्रयोगविहीन) जग्गामा सञ्चालनमा ल्याएको आयोजनामा गरिएको लगानी र विद्युत् उत्पादनलाई वैकल्पिक ऊर्जाका लागि देशकै ‘नमूना’ योजना रहेको प्राधिरकणको दाबी छ । 

फार्म सञ्चालनमा आएपछि हिउँदको समयमा राष्ट्रिय प्रसारण प्रणालीमा हुने ऊर्जा अभाव कम गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।

काठमाडौंको नजिक दूरीमा पर्ने र यसका लागि छुट्टै प्रसारण प्रणाली बनाउन नपर्ने भएकाले पनि यस आयोजना निर्माण सम्पन्नले ऊर्जाको राष्ट्रिय योगदानमा महत्वपूर्ण मानिन्छ ।

भूकम्पलगायतका विपद्का कारण जलविद्युत् आयोजनामा क्षति पुग्नसक्ने भएकाले उक्त समयमा चाहिने ऊर्जाको वैकल्पिक स्रोतको उपभोग गर्न सौर्य फार्मको निर्माणलाई थप महत्वका रुपमा हेरिएको छ । हिउँदको समयमा फार्मबाट उत्पादन हुने विद्युत् उपयोग गरेर उक्त समयमा कुलेखानी जलाशययुक्तसहित कालीगण्डकी ‘ए’, मध्यमस्र्याङदी, मस्र्याङदी, चिलिमेलगायतका अर्ध–जलाशययुक्त उत्पादनगृहको पानी दिउँसो सञ्चित गरेर विद्युत्को माग बढी हुने बिहान र बेलुका (पिकआवर)को समयमा सञ्चालन गर्न सहयोग पुग्नेछ ।

हराएका १६ बालक परिवारलाई फिर्ता

विदुर । किस्पाङ गुम्बाबाट अवैधरुपमा भारत पु¥याइएका १६ बालकलाई नेपाल फर्काएर अभिभावकको जिम्मा लगाइएको छ । भदौ ७ गते नेपालबाट अवैधरुपमा भारतको कर्नाटकस्थित स्यार गादेन बुद्धिष्ट कल्चरल एशोसिएशन नामक गुम्बामा लामा अध्ययन गराउन भनेर लैजाने क्रममा उत्तर प्रदेशको बस्ती भन्ने स्थानबाट गत भदौ ८ गते उद्धार गरिएका ती बालकलाई नुवाकोट ल्याइएको थियो । उनीहरूलाई शुक्रवार परिवारको जिम्मा लगाइएको छ ।

नुवाकोट घर भएका दश र रसुवा घर भएका पाँच बालकलाई नुवाकोट जिल्ला प्रहरी कार्यालयको रोहवरमा उद्धार गरेर ल्याउने संस्था शान्ति पुनः स्थापनागृहले अभिभावकलाई बुझाएको छ । कैलाली घर भएका एक बालकको अभिभावक ललितपुर बस्ने भएकाले सोही स्थानमा नै लगेर जिम्मा लगाइएको शान्ति पुनः स्थापना गृहको नेपालगञ्जस्थित क्षेत्रीय संयोजक भूमिराज भट्टराईले जानकारी दिए । उनका अनुसार तीनसाता अघि भारतमा उद्धार गरिएका ती बालकलाई नेपाल प्रहरी र भारतीय राजदूतावासको सहयोगमा कर्नाटकबाट नेपाल फर्काइएको थियो ।

सामाजिक संस्थासँगको सहकार्यमा उद्धार गरिएका बालकको अभिभावकलाई बोलाएर घर पठाइएको प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिए । उनका अनुसार गुम्बामा लामा अध्ययन गराउने भनेर लैजान लागेका बालक अलपत्र परेको खबर प्राप्त भएपछि उनीहरूलाई लैजाने किस्पाङ गुम्बाका प्रतिनिधि र अभिभावकबाट विवरण लिएर बालकलाई सामाजिक संस्थामार्फत उद्धार गरी घर फर्काइको हो ।

गुम्बामा प्राथमिकतह देखि पिएचडी सम्मको लामा अध्ययनका लागि भनेर अवैधरुपमा लैजान लागेको जानकारी पाएलगत्तै प्रहरीले उद्धार गरेको हो । उनीहरूलाई लैजान कानुनी प्रक्रिया पूरा नगरेको तथा लैजाने उद्देश्य खुल्न नसकेकाले मानव बेचबिखन तथा ओसारपसार लगायत अपराधसमेत आकर्षित हुनेसक्ने भएकाले त्यसै अनुसारको  अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । 

मानव बेचबिखन तथा ओसारपसार अभियोगको हदम्याद नहुने भएकाले बालकलाई पठाउने अभिभावक, विभिन्न स्थानबाट सङ्कलन गरेर लैजाने किस्पाङ गुम्बा र सम्लग्न व्यक्तिको सम्बन्धमा प्रहरीले अनुसन्धान अघि बढाएको छ । 

उनीहरूलाई लैजान नुवाकोट र रसुवाका वडा कार्यालयले क्षेत्राधिकारभन्दा बाहिर हुने गरेर सिफारिस गरेको पत्रसमेत पाइएको छ भने यसअघि पनि भारतको गुम्बामा किस्पाङ गुम्बाबाट ठूलो सङ्ख्यामा बालक लामा अध्ययनको लागि भनेर लगेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

बन्दरगाहको काम ३५ प्रतिशत


विदुर । २०७९को वैशाखमा निर्माण सकिनुपर्ने रसुवाको सुक्खा बन्दरगाहको भौतिक प्रगति अहिलेसम्म ३५ प्रतिशत मात्र छ ।

सुक्खा बन्दरगाह गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा ३० महिनामा सक्ने लक्ष्यसहित २०७६ मंसिर ४ मा शिलान्यास भएको थियो । हालसम्म भोटेकोसी नदी किनारमा रिटेनिङ वाल लगाउने र माटो ताछ्ने काम मात्र भएको छ । बन्दरगाहको बाँकी काम ठप्प छ । निर्माणस्थलमा कामदार र ठेकेदार कोही पनि देखिँदैनन् । कुनै जानकारी नै नदिई काम छाडेर चिनियाँ कम्पनीका प्रतिनिधि र कामदार चीन फर्किएको इन्टरमोडल यातायात विकास समितिले बताएको छ ।

२०७६ मंसिर ४ मा वाणिज्य तथा आपूर्ति मन्त्रालयकी उपसचिव पार्वती अर्याल र इन्टरनेसनल इकोनमिक एक्सचेन्ज सर्भिस सेन्टर अफ तिब्बतको कर्मस डिर्पामेन्ट अफ चाइनाका निर्देशक बियन चेनले शिलान्यास गरेका थिए । 

तर, ६ महिनाअघि नै इन्टरमोडल यातायात विकास समिति र तिब्बत फूली कन्स्ट्रक्सन ग्रुप कम्पनी लिमिटेडबीच निर्माण सम्झौता भएको थियो । बन्दरगाह रसुवागढी नाकाबाट २.५ किमि वर टिमुरेमा निर्माण भइरहेको छ । बन्दरगाह निर्माणमा चीन सरकारको आर्थिक र प्राविधिक सहयोग रहेको छ । नेपाल– चीन सम्झौताअनुसार चिनियाँ पक्षले बन्दरगाह निर्माण गरी नेपाललाई हस्तान्तरण गर्नुपर्नेछ । बन्दरगाह निर्माणको लागत करिब १२ करोड ४० लाख चिनियाँ युआन छ । बन्दरगाह आधुनिक, सुविधासम्पन्न र अन्तर्राष्ट्रियस्तरको हुनेछ । चीन सरकारले सन् २०१४ मा बन्दरगाह बनाउन प्रारम्भिक सहमति जनाएको थियो ।

द आर्किटेक्चरल रिकोनाइसेन्स एन्ड डिजाइन इन्स्टिच्युट अफ तिब्बत अटोनोमस रिजन कम्पनीले बन्दरगाहको लागत अनुमानसहितको डिजाइन तयार पारेको थियो । उक्त डिजाइनलाई दुवै मुलुकका प्रतिनिधिले सन् २०१८ जनवरी १५ मा छेन्दुमा आयोजित कार्यक्रममा स्वीकृत गरेका थिए ।

तर, अहिले न निर्माणस्थलमा काम भइरहेको छ, न म्याद थपको कुनै प्रक्रिया नै अघि बढेको छ । निर्माण कम्पनीका प्रतिनिधि र कामदार चीन गएको सम्बन्धमा समितिले निर्माण कम्पनी र त्यसका प्रतिनिधिलाई सम्पर्क गरेको जनाएको छ । कोरोना महामारीका कारण ३ वर्षसम्म घर जान नपाएको भन्दै निर्माण कम्पनीका कर्मचारी र कामदार चीन फर्केको बताइएको छ । नेपाल र चीनबीच हुने द्विपक्षीय तथा अन्तर्राष्ट्रिय व्यापार सहजीकरण गर्नु बन्दरगाहको मुख्य उद्देश्य छ । बन्दरगाहको क्षेत्रफल ८.५ हेक्टर छ । जहाँ ५ हजार वर्गमिटरको सुविधासम्पन्न ५ तले जाँचपास भवन निर्माण हुने छ । 

भवनमा प्रशासनिक कार्यकक्ष, क्वारेनटाइन, बैंक, ल्याब, सुरक्षालगायत कार्यालयहरू रहनेछन । बन्दरगाहमा ३ सय ५० वटाभन्दा बढी ट्रक तथा कन्टेनरहरू राख्न सकिने गरी पार्किङस्थल निर्माण हुने छ । दुई वटा जाँचपास कक्ष, कार्गो गोदाम, लिटिगेसन गोदाम सहितको आधुनिक सुविधा सम्पन्न सुक्खा बन्दरगाह निर्माण हुनेछ,’ उनले भने । रसुवागढी नाका हुँदै आयातनिर्यात हुने वस्तुको जाँचपास यसै बन्दरगाहमार्फत हुनेछ ।

भोलीबाट बाल साहित्य महोत्सव


विदुर । भोली मंगलवार रबुधवार दुई दिन नुवाकोटमा बाल साहित्य महोत्सव हुने भएको छ । बट्टारस्थित नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा बाल साहित्य महोत्सव हुन लागेको हो। महोत्सवलाई रुम टु रिड, नेपाल बाल साहित्य संस्था र रुडेक नेपालले आयोजना गरेको छ । 

बुधबार विदुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै आयोजक संस्था नेपाल बालसाहित्य समाजका उपाध्यक्ष प्रमोद प्रधानले अध्ययनलाई विकासको लागि बालबालिका लक्षित बाल साहित्य महोत्सव आयोजना गर्न लागिएको बताए । बालबालिकामा पठन संस्कृति बढाउने, आलोचनात्मक चिन्तन विकास गर्ने र उनीहरूको सिर्जनशीलता बढाउने उद्देश्यले महोत्सव आयोजना गरिएको प्रधानले बताएका छन् । 

महोत्सवमा बालसाहित्य, शिक्षा बालविकासलगायतका विषयमा दुई प्यानल बहस, पुस्तक चर्चा र बालबालिकाहरूका लागि कथा, कविता वाचन, निबन्ध, चित्रकला, अभिनय, भित्तेपात्रो लगायतका सात विधामा विज्ञहरूबाट सिर्जनात्मक कार्यशालाहरू सञ्चालन गरिनेछ । 

बालबालिकाले तयार पारेका विभिन्न सामाग्रीहरूको प्रदर्शनी चर्चित साहित्यकारहरूसँग विद्यार्थीको प्रत्यक्ष भलाकुसारी लगायतका विविध कार्यक्रम रहन आयाजक समुहका संयोजक एवं रुडेक नेपाल नुवाकोटका अध्यष मिनकुमार केसीले बताएका छन् । महोत्सवमा एक दर्जनभन्दा बढी पुस्तक विमोचन, पुस्तक प्रदर्शनी, हिडाईपढाई लगायतका विविध कार्यक्रमहरू हुनेछन् ।

तस्बिर समाचार

आत्महत्या नियन्त्रणका लागि आइतवार विदुरमा आयोजित -यालीमा सहभागी जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरी, महिला मानव अधिकार रक्षकहरुको सञ्जाल नुवाकोटका अध्यक्ष अञ्जली पाण्डे लगायतका । तस्बिर : इमेज


समाजवादीको १ मा लोहनी २ मा कँडेल

विदुर । नेकपा एकिकृत समाजवादी नुवाकोटले मंसिर ४ गते तोकेको संघिय र प्रदेश निर्वाचनको लागी उम्मेद्धवारहरू सिफारिस गरेको छ । एकिकृत समाजवादी जिल्ला कमिटिले आसन्न निर्बाचनको लागि संघतर्फ क्षेत्र नम्बर १ मा राजेन्द्रप्रकाश लोहनी र  क्षेत्र नम्बर २ मा सुर्यबहादुर कडेँललाई सर्वसम्मत सिफरिस गरेको छ । प्रदेशतर्फ प्रदेश १ क मा राजेश थापा, राम थापा, कृष्णप्रसाद लामिछाने, अर्जुन श्रेष्ठ र बालकृष्ण आचायलाई सिफारिस गरेको छ । प्रदेश १ को ख मा अच्युत पाण्डे, रामशरण भण्डारी, जगदीश पाठक, हरि गिरी र राममणि अधिकारीलाई सिफारिस गरेको छ  । 

नेकपा एकीकृत समाजवादीले संघीय निर्वाचन क्षेत्र नम्बर २ को क प्रदेशमा राजु सडौला, डाक्टर शंकर खतिवडा र सजन श्रेष्ठलाई सिफारिस गरेको छ भने क्षेत्र नम्बर २ को ख प्रदेशमा यमकुमार खाती र रामप्रसाद रिमाललाई सिफारिस गरेको  छ ।

समानुपातिक तर्फ क्षेत्र नम्बर १ को संघमा गोबिन्द नेपाली, रामकुमार बस्नेत, शिवकुमार लामा, धनकुमारी रिजाल, सानुमाया लामालाई सिफारिस गरेको छ ।

प्रदेश सभातर्फ शान्ता थापा अधिकारी, जितबहादुर बलामी, अञ्जुमाया तमाङ, उपेन्द्र खनाल, सुब्बा लामा, राममणी अधिकारी, सुजना खतिवडा, नारायण गुरुङ, उत्तम श्रेष्ठ, हरिबहादुर लामा, सिताराम थापा र राजेन्द्र सुनारलाई सिफारिस गरेको नेकपा समाजवादी नुवाकोटले जनाएको छ ।

महासचिवमा बाहेक प्याकुरेल टिम बिजयी


विदुर । नुवाकोट निर्माण व्यवसायी संघको नवौं अधिवेशनले शैलेन्द्र प्याकुरेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।  महासचिवबाहेक सबै पदमा प्यानलै विजयी भएको हो । 

उनका निकटतम प्रतिद्वन्द्वी कृष्णप्रसाद थपलियाको प्यानललाई पराजित गर्दै प्याकुरेल २२ मतले जितेका थिए । अध्यक्ष पदमा प्याकुरेलले १४१ मत पाए भने उनका प्रतिद्वन्द्व थपलियाले ११९ मत प्राप्त गरे ।

त्यसैगरी, वरिष्ठ उपाध्यक्षमा गणेशबहादुर तामाङ, उपाध्यक्ष क्षेत्र नम्बर १ मा प्रज्वल कार्की, उपाध्यक्ष क्षेत्र नम्बर २ बाट रामचन्द्र श्रेष्ठ छन् । 

महासचिवमा सुशील फुयालले १३१ मत पाए भने उनका प्रतिद्वन्द्वी रमेश बस्नेतले १३० मत ल्याई एक मतले पराजित भएका छन् । सचिवमा शिवलाल श्रेष्ठ र कोषाध्यक्षमा श्यामबहादुर तामाङ, सहकोषाध्यक्षमा योविन्द्रसिंह थापा निर्वाचित भएका छन् । नुवाकोट निर्माण व्यवसायी संघमा २९३ जा मतदातामध्ये २६८ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

यसै बीच, शुक्रवार निर्माण व्यवसायी संघ नुवाकोटका नव निर्वाचित पदाधिकारीहरूले सपथ ग्रहण गरेका छन् । 

संघको कार्यालय विदुरमा एक कार्यक्रमको आयोजना गरि नव निर्वाचित पदाधिकारीहरूले सपथग्रहण गरेका हुन् । 

संघको ९ औ जिल्ला अधिवेशनबाट निर्वाचित भएका अध्यक्ष शैलेन्द्रराज प्याकुरेललाई मुख्य निवौचन अधिकृत पवनराज खड्काले सपथ खुवाएका थिए भने अन्य पदाधिकारीलाई नवनिर्वाचित अध्यक्ष प्याकुरेलले सपथ खुवाएका थिए ।

अध्यक्षमा निर्वाचित प्याकुरेलले सबै निर्माण व्यवसायीहरूलाई एकताबद्ध गरेर लैजाने बताए । उनले साना निर्माण व्यवसायीको हकहितको लागि सदैव निर्माण व्यवसायी संघ लागीपर्ने बताए । 

संघको शुक्रवार भएको अधिवेशनमा महासचिव वाहेक सबै पदमा प्याकुरेल समुहका उम्मेद्धवार विजयी भएका थिए । महासचिवमा कृष्णप्रसाद थपलिया सुमहका सुशिल फुयाँल मात्रै विजयी भएका थिए । 

बजार अनुगमन

विदुर । चाडवाड नजिकिए संगै नुवाकोटमा संयुक्त बजार अनुगमन समितिले बजार अनुगमनलाई तिव्रता दिने भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी संयोजक रहेको समितिले गएको सोमबार विदुर नगरपालिकाको विभिन्न स्थानमा बजार अनुगमन गरेको छ । 

सहायक प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालका अनुसार अनुगमनको क्रममा भेटिएका अखाद्य बस्तुहरु नियन्त्रणमा लिएर सिधै नष्ट गरिने र दोश्रो पटकको अनुगमनमा पनि अखाद्य बस्तु भेटिएमा नियन्त्रणका साथै जरिवाना समेत गरिने छ । 

सोमबार अनुगमनको क्रममा भेटिएका अखाद्य बस्तुहरु नियन्त्रण लिएर नष्ट गरिएको उनले बताए । चाडपर्व नजिकिएकाले अनुगमनलाई तिब्रता दिने उनले बताएका छन् । साथै उपभोक्तालाई सचेत भएर सामग्री खरिदको 

लागी आग्रह समेत गरेका छन् । बजार अनुगमनका क्रममा सहायक प्रमुख जिल्ला अधिकारी संयोजकमा घरेलु तथा साना उद्योग कार्यालय, खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय, जिल्ला प्रहरी कार्यालय, उपभोक्ता अधिकार मञ्च, नेपाल पत्रकार महासंघका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । 

मापदण्डको पालना गर्न आग्रह

विदुर । कोभिड–१९ र डेंगु संक्रमणबाट जोगिन जनस्वास्थ्यका आधारभूत मापदण्डको पालना गर्न स्वास्थ्य कार्यालय नुवाकोटले आग्रह गरेको छ । 

कोभिड–१९ को नियन्त्रणसँगै हाल डेंगु लगायत सरुवा रोग, विभिन्न संक्रामक रोग र नसर्ने रोगले मानव स्वास्थ्यमाथि गम्भीर समस्या उत्पन्न गरिरहेको भन्दै नियन्त्रणमा संवेदनशील भएर गहन अध्ययन गर्नुपर्नेमा जोड दिएको छ । 

त्रिशुली अस्पताल नुवाकोटका मेसु डा. दिपेन्द्र पाण्डेले कोभिड–१९ को महामारीपछि जनस्वास्थ्यका विषयमा जनप्रतिनिधि तथा सरोकारवाला निकाय गम्भिर भएर लागेको स्मरण गर्दै हाल डेंगु तथा बिभिन्न सरुवा रोगको नियन्त्रणमा समेत सबैलाई सक्रिय हुन उनले आग्रह गरेका छन् । 

जिल्लामा हुन सक्ने सम्भाबित स्वास्थ्य जोखिमको आकलन गरि अस्पताल तयारी अबस्था रहेको बताउदै सबै निकायले हदैसम्म स्वास्थ्य मापदण्डको पालना गर्नका लागि समेत आग्रह गरेका छन् । 

अहिले त्रिशुली अस्पताल नुवाकोटमा दैनिक रुपमा डेङगुका संक्रमितहरू पुष्टि हुन थालेका छन् । डेङगुबाट हुन सक्ने संभाबित जोखिम नियन्त्रणको लागी अस्पतालले निःशुल्क डेङगु परिक्षण समेत गर्न थालेको छ ।

एकको मृत्यु, ट्रकमा आगजनी

विदुर । बेलकोटगढी नगरपालिकाको वडा नम्बर ७ महादेवफाँटमा मंगलबार साँझ आईचरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । 

गम्भीर घाइते भएका अर्का एक जनालाई उपचारका लागि काठमाडौं लागिएको छ । महादेवफाँटस्थित बा २० च ९४४२ नम्बरको कार सडक छेउमा रोकेर त्यसबाट ओर्लन लागेका दुई जनालाई आईचरले ठक्कर दिएको प्रहरीले जनाएको छ । ठक्करबाट बेलकोटगढी नगरपालिका वडा नम्बर ७ का ५५ वर्षीय वीरेन्द्र कुँवरको घटनास्थलमै निधन भएको र सोही स्थानका ४८ वर्षीय राजेन्द्र राई  गम्भीर घाइते भएको नुवाकोट प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिएका छन् । 

ठक्कर दिने बा ३ ख १६४ नम्बरको आईचर घटनापछि भाग्ने क्रममा स्थानीयवासीले बेलकोटगढी–५ केउरिनी भन्ने स्थानबाट नियन्त्रणमा लिएर आगो लगाइदिएका थिए । चालकलाई नियन्त्रणमा लिइएको प्रहरी प्रमुख पण्डितले जानकारी दिए । 

दुर्घटनापछि फरार भएको मिनीट्रकलाई रोक्न बेवास्ता गरेको जनाउँदै स्थानीयवासीले प्रहरी चौकी तारुकाको देवीघाट–गल्छी सडकखण्डमा रहेको प्रहरी युनिटमा समेत क्षति पु¥याउने प्रयास गरेका थिएका थिए । 

डेंगु नियन्त्रणका लागि बजार सरसफाई

रसुवा । गोसाईकुण्ड गाउँपालिका कार्यालयको आयोजनामा खम्बटार, स्याफ्रुबेशी बजार सर–सफाई गरी डेंगु नियन्त्रण तथा रोकथामका लागि जनचेतना कार्यक्रम सम्पन्न भएको छ । 

विभिन्न सरोकारवालाहरूको उपस्थितीमा जनतालाई डेंगु रोगको बारेमा जानकारी दिने, डेंगु रोग नियन्त्रण तथा रोकथामका लागि जनचेतना जगाउने उद्देश्यले आज शुक्रवार स्याफ्रुबेशी बजार सरसफाई गरि कार्यक्रम सम्पन्न गरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विमल घिमिरेले जानकारी दिएका छन् । 

गोसाईकुण्ड गाउँपालिकाका कार्यवाहक प्रशासनिक अधिकृत कैसाङ डिएमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल प्रहरी, नेपाली सेना, राजनीतिक दल, जनप्रतिनिध र स्थानीयहरू उपस्थितीमा डेंगु नियन्त्रण तथा रोकथामका लागि जनचेतनाका लागि सरसफाई कार्यक्रम सम्पन्न भएको गोसाईकुण्ड गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख घिमिरेले बताए । 

उच्च ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, जीउ अत्यधिक दुख्ने डेंगुका लक्षण हुनर । गम्भीर प्रकृतिको डेंगु भए बिरामीमा थकान महसुस हुने, गिजाबाट रगत बग्ने, पेट असाध्यै दुख्ने, बारम्बार बान्ता हुने, सास फेर्न गाह्रो हुने, पेट र खुट्टा सुनिने जस्ता लक्षण देखा पर्छनर । यस्ता लक्षण देखिएका बिरामीलाई तत्काल अस्पताल भर्ना गर्न‘पर्ने चिकित्सकहरू सुझाउँछन्र ।

लक्षण देखिए सिटामोल र झोलिलो खानेकुरा लिएर आराम गर्न‘पर्छर ।’ घर वरिपरि पानी जम्न नदिन, झुल टाँगेर सुत्न, साँझ–बिहान सकेसम्म बाहिर ननिस्कन र निस्कनै परे लामा बाहुला भएका लुगा लगाउन बिज्ञले सुझाब दिएका छन् । 

निःशुल्क स्वास्थ्य शिविर


रानीपौवा । ककनी गाँउपालिकाको वडा नम्बर ७ चतुरालेमा निःशुल्क स्वास्थ्य शिविर र वृक्षारोपण कार्यक्रम भएको छ । निःशुल्क स्वास्थ्य शिविरबाट ७ सय ५० जनाभन्दा बडि बिरामीहरूले सेवा लिए । 

ककनी गाउँपालिका वडा नं. ७ को कार्यालय र चतुराले स्वास्थ्य चौकीको आयोजना तथा मद्दत नेपाल र नेप अंश एसोसिएसन एण्ड नेप अस डेन्टल क्लिनिक काठमाडौको प्राबिधिक सहयोगमा चतुराले स्वास्थ्य चौकिमा भएको दुई दिने निःशुल्क स्वास्थ्य शिविर सँगै वृक्षरोपण कार्यक्रम गरिएको हो । 

कार्यक्रममा गाँउपालिकाका अध्यक्ष सुमन तामाङले गाँउपालिकाले स्वाथ्य क्षेत्रलाई प्राथमिकमा राखेर काम गरिरहेको बताउदै नागरिकहरूको स्वास्थ्य प्रति चिन्तनशील रहेको र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नको लागि आफु सदैव प्रयासरत रहेको बताएका छन् ।

गएको सोमबार र मंगलबार दुई दिन राखिएको स्वास्थ्य शिविरम दाँत तर्फ ३३३ ले सेवा लिएको र जनरल तर्फ ४२० जना गरि जम्मा ७५३ जनाले सेवा लिएको वडा नम्बर ७ का वडाध्यक्ष रामकृष्ण तामाङले जानकारी दिएका छन् । उनका अनुसार शिविरबाट रोग पहिचान भएका बिरामीहरूलाई फलोअप गर्ने व्यवस्था मिलाईएको छ ।

गाउँपालिका र ७ नम्बर वडा कार्यालयको पहलमा स्वास्थ्य चौकी स्वच्छ र हरियाली बनाउने उद्देश्यले त्यहाँ भएका भिरपाखा र खाली जग्गामा समेत धुपी, कल्की, कपुर, तेजपत्ता लगायतका बोटबिरुवाहरू बृक्षारोपण गरिएको वडा अध्यक्ष तामाङले बताए । 

५ करोडको अत्याधुनिक पक्की भवन


ढिकुरे । २०७२ को भुकम्पले क्षति पु¥याएकै भवनमा कक्षकोठा चलाइरहेको यहाँको नारायणदेवी माध्यामिक बिद्यालयले नयाँ भवन पाएको छ । लिखु गाँउपालिकाको वडा नम्बर १ बर्राफेदीमा रहेको यस विद्यालयलाई २० कोठे नयाँ पक्की भवन शनिबार एक कार्यक्रमका बीच हस्तान्तरण भएको हो । 

त्यस अवसरमा लिखु गाँउपालिकाका अध्यक्ष ध्रुब श्रेष्ठले शिक्षा क्षेत्रको विकासको लागी गाउँपालिकाले अग्रस्थानमा रहेर कार्य गर्दै आईरहेको बताएका छन् । शिक्षित समाज निर्माणको लागी शिक्षा अपरिहार्य रहेको बताउँदै उनले व्यक्ति, समाज हुँदै देश निर्माणको मुख्य मेरुदण्डनै शिक्षा रहेकोले लिखु गाँउपालिकालाई शिक्षित र सुसज्जित गाँउपालिका निर्माण अभियानमा लागेको बताएका छन् । 

कार्यक्रममा गाँउपालिकाका उपाध्यक्ष सुभद्रा अधिकारीले सामुदायिक बिद्यालयमा अध्यापन गराउने शिक्षक, शिक्षिका र गाँउपालिकाका कर्मचारीको छोराछोरीलाई अनिबार्य रुपमा सामुदायिक बिद्यायलयमास्तरीय अध्ययन गराउनको लागी पहल जारी रहेको बताए  । 

यस विद्यालयमा भारत सरकारको ५ करोड रुपैयाँ आर्थिक सहयोगमा डाँफे कन्ट्रक्सन प्रालिले निर्माण गरेको पक्की भवनमा आधुनिक डेक्सबेन्चका साथै स्तरीय कक्षाकोठाहरू छन् । ५ सय भन्दा धेरै बिद्यार्थी अध्ययन गर्दै आईरहेको नारायणदेवी माविमा अघिल्लो भवन पनि भारत सरकारकै सहयोगमा निर्माण गरिएको प्रधानाध्यापक हरिप्रसाद लामिछानेले जानकारी दिए । 

शेयरधनीसंग चुक्ता हुन बाँकी रकम माग

विदुर । नेपाल सरकारको ‘जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गत सञ्चालित त्रिशुली जलविद्युत कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरूलाई चुक्ता हुन बाँकी रकम माग गरेको छ ।

कम्पनीले २०७५ चैत ७ गतेदेखि ११ गतेसम्म जारी पूँजी २ अर्ब ४७ करोड रुपैयाँको १५ प्रतिशत अर्थात ३७ करोड ५ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका ३७ लाख ५ हजार कित्ता साधारण शेयर निष्काशन गरेको थियो । सो शेयरमा अंकित मूल्यको दश प्रतिशतका दरले प्रतिकित्ता १० रुपैयाँका दरले अग्रिम माग गरिएको थियो । शेयर २०७५ साल चैत १४ गते बाँडफाँट गरिएको थियो ।

शेयरमा प्रतिकित्ता १० रुपैयाँका दरले रकम भुक्तानी गरेका शेयरधनीहरूलाई बाँकी प्रतिकित्ता ९० रुपैयाँको दरले माग गरिएको हो । शेयरधनीहरूले असोज ४ गतेदेखि कात्तिक १७ गतेसम्ममा रकम भुक्तानी गर्नुपर्ने कम्पनीले जनाएको छ ।

माग गरिएको ९० रुपैयाँमध्ये शेयरधनीहरूले प्रतिकित्ता ८७ रुपैयाँका दरले रकम भुक्तानी गर्न‘पर्नेछ । रकम बुझाउने अन्तिम मिति सम्ममा प्रतिकित्ता ३ रुपैयाँका दरले ब्याज भएकोले ८७ रुपैयाँ बुझाउन कम्पनीले आव्हान गरेको हो ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । कम्पनीबाट साविकका सर्वसाधारण शेयरधनीहरूलाई आव्हान गरेको चुक्ता हुन बाँकी रकम बुझाउनका लागि समयमा नै आफ्नो हितग्राही खाता र बैंक खाता अद्यावधिक गर्न र मेरोशेयर नविकरण गर्न कम्पनीले अनुरोध गरेको छ ।

शेयरधनीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयहरू तथा सिडिएक एण्ड क्लियरिङ्ग लिमिटेडबाट उपलब्ध गराइएको ‘मेरो शेयर’ सफ्टवेयरबाट समेत शेयरधनीहरूले रकम बुझाउन/आवेदन गर्न सक्नेछन् ।

सापकोटाको बंशाबलीका बारेमा प्रशिक्षण

विदुर । नुवाकोट जिल्लाका सापकोटा थर भएकाहरूलाई बंशाबलीबारे प्रशिक्षण दिईएको छ । बिदुरमा भेलागरी सापकोटा बंशावली सम्बन्धि जिल्लाको १० पालिकाका सापकोटाहरू जम्मा परेर बृहत प्रशिक्षण दिएको थियो । 

सापकोटा कल्याण केन्द्र नेपालको कौडिण्य ऋषि आश्रम देबघाटधामको बिधानको अधिनमा रहि बाग्मती प्रदेश समिती अन्तर्गत नुवाकोटमा रहेको सापकोटा कल्याण केन्द्रको आयोजनामा भेला र प्रशिक्षण भएको हो । 

सापकोटा कल्याण केन्द्र नुवाकोट जिल्ला अध्यक्ष मुरली सापकोटाको अध्यक्षतामा भएको कार्याक्रममा केन्द्रिय निर्देशक कबिन्द्रप्रसाद सापकोटा, बाग्मती प्रदेश समितिका उपाध्यक्ष थम्मलाल सापकोटाले प्रशिक्षण दिएका थिए । 

जिल्लामा रहेका सापकोटा बन्धुको बिबरण संकलन गरी सदस्यता बितरण गर्न लागेको जिल्ला समितिका कोषाध्यक्ष गोपालबहादुर सापकोटाले जानकारी दिएका छन् । सापकोटा बन्धु बीच एकता, सदभाब, सामिप्यताको लागि जिल्ला समितीमा आबद्ध हुन सचिब टिकाराम सापकोटाले जिल्ला भरीका बन्धुलाई अनुरोध गरेका छन् । 

नुवाकोट जिल्लामा रहेका सापकोटाको बंशहाल ३६ पुस्तामा रहेको छ । २०६८ को जनगणना अनुसार १३ लाख नेपालमा र १ लाख सापकोटा  बिदेशमा रहेको अनुमान सापकोटा कल्याण केन्द्र नेपालले गरको छ । 

नुवाकोटमा सापकोटाको प्रबेश पृथ्बीनारायण शाहले नेपाल एकिकरण गर्ने क्रममा मुल ज्योतीषी सल्लाहाकारको रुपमा ल्याएको इतिहासमा उल्लेख छ । गोरखाबाट नुवाकोटको सामरीमा आएका सापकोटा सामरीबाट जिल्लाको बिभिन्न भागमा छरिएको बताइन्छ । नुवाकोट जिल्लामा सापकोटा को सख्या ३० हजार को हाराहारीमा  रहेको जिल्ला उपाध्यक्ष शरण उत्सुक सापकोटाले बताएका छन् । 

२०७९ साल असोज ३ गतेको सम्पादकीय

ब्युँझ सम्बन्धित निकायहरु 

स्थानीय बजारहरूमा दशैँको किनमेल सुरु भएको छ । तर बजारभाउ महँगो हुँदा उपभोक्ता दशैँको सरसामान कसरी जुटाउने भन्ने अन्योलमा छन् । दैनिक उपभोग्य सबै सामाग्रीको बजारभाउ आकाशिएपछि नागरिकहरू चाडपर्ब आएसँगै निराश हुन थालेका छन् । अहिले बिगतको तुलनामा चामलमा मात्र नभएर दशैँमा धेरै उपयोग हुने चिउरा, तेल, दाल, जिरा तथा धनियाँमा पनि भाउ बढेको छ । कोभिड पछाडिदेखि बढ्न थालेको बजार भाउ अहिले पनि रोकिएको छैन् । बजारमा हेर्दा कुन चिजमा भाउ बढ्यो भन्नुभन्दा पनि कुन चिजमा बढेको छैन भन्दा सजिलो हुने देखिन्छ । रुस र युक्रेनको लडाइँपछि खाने तेल र इन्धनको भाउ अत्यधिक बढेको छ । ईन्धनको मुल्य बढेसँगै सबै सामाग्रीको मुल्य बढेको हो । अहिले खाद्य वस्तुको मूल्य बढ्नुमा दशैँको कारण नभएर अन्य विविध कारणहरू समेत रहेको छ । चामल तथा अन्य खाद्य पदार्थको भाउ बढ्नुमा पटक पटक बढेको इन्धनको भाउ पनि कारक रहेको छ । महँगी अकासिनुमा अन्तर्राष्ट्रिय बजारबाहेक अर्को अन्तर्सम्बन्धित कारण पनि छ— बजार माग अनुसार नेपालको आफ्नै उत्पादन अति कम हुनुरु। तर, कृषि वस्तुहरूमा समेत बढ्दै गैरहेको परनिर्भरता घटाउँदै जाने दीर्घकालीन सोच त सरकारसित छैन नै, अचाक्ली बढिरहेको मूल्यवृद्धि नियन्त्रणतर्फ पनि उसलाई मतलब भएको देखिँदैनरु। दूध महँगिँदा फिक्का चियाको समेत भाउ बढ्ने देशमा बजार मूल्य निरन्तर उकालो लाग्नुलाई अन्तर्राष्ट्रिय प्रभावका रूपमा हेरी स्वाभाविक रूपमा लिएर चुपचाप बसिरहने छुट सरकारलाई छैनरु। अनियन्त्रित महँगी नियन्त्रण गर्न उसले प्रभावकारी कदम चाल्नैपर्छ ।

उच्चदरको मूल्यवृद्धि नियन्त्रण गर्न सरकार (वित्तीय औजार) र राष्ट्र बैंक (मौद्रिक औजार) सबल हुनुपर्छ । मौकामा चौका हान्ने दाउ कुरेर कालोबजारी गर्ने, कृत्रिम अभाव सृजना गर्ने व्यापारीमाथि अनुगमन तथा कारबाही गर्नुपर्छ । अन्तर्राष्ट्रिय बजार र इन्धनमा भइरहेको मूल्यवृद्धि अनुरूप कुन वस्तुमा कति भाउ बढ्नु स्वाभाविक हो ? आयातित सामग्रीमा परल मूल्य कति बढ्यो ? नेपालमा ढुवानी भाडा बढेका कारण खुद्रा पसलसम्म पुग्दा त्यसको मूल्य कति पुग्यो ? यसबारे मिहिन अध्ययन गरी सरकारले खुट्याउनुपर्छ— कति महँगी अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिका कारण बढेको हो, कति व्यापारीहरूले मनपरी बढाएका हुन् ? त्यसपछि मनपरी बढाइएको हदसम्म मूल्यवृद्धि नियन्त्रण गर्न सरकारले आफ्नो उपस्थिति देखाउनुपर्छ ।

रुस–युक्रेन युद्ध सुरु भएलगत्तै नेपाली बजारमा पहिल्यै आयात गरिएका सामग्रीहरूको समेत अनावश्यक मौज्दात गर्ने, मूल्य बढाउने काम व्यापारीहरूले गरेका थिए । उपभोक्तामाथि मनपरीको शृंखला त्यसयता अझ निरन्तर छ । भन्नैपर्ने हुन्छ, सरकार रमिते भएकैले यो समस्या निम्तिएको हो । यदाकदा गरिने नियमन र अनुगमन यसका निम्ति पर्याप्त नहुने थाहा भैसकेको छ । चुनावी वर्ष भएकाले मूल्यवृद्धि थप अकासिन सक्ने भएकाले कालोबजारी, कृत्रिम अभाव तथा कृत्रिम मूल्यवृद्धि नियन्त्रण गर्ने विषयमा उद्योग तथा वाणिज्य मन्त्रालय लगायतका सम्बन्धित निकायहरू ब्युँझिन र सजग रहन अपरिहार्य छ ।

२०७९ साल असोज ३ गते । वर्ष : १५, अंक : ४६