प्रकाशक : कपिलदेव खनाल, सम्पादक : शर्मिला उप्रेती, सह–सम्पादक : सुजित भण्डारी, प्रमुख समाचारदाता : प्रितिका थापा, कार्यालय : विदुर नपा– ४ विदुर नुवाकोट, फोन नं. ०१०५६१६७८,९८५१०९३२९० email : imageweekly@gmail.com
Wednesday, November 23, 2022
सौहार्द मतदान
![]() |
नुवाकोट क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्य पदका नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद खतिवडा मतदान गर्दै । |
विदुर । आइतवार भएको संघ तथा प्रदेश निर्वाचनमा नुवाकोटको सबै मतदान केन्द्रमा सौहार्दपूर्ण तरिकाले मतदान सम्पन्न भएको छ । जिल्ला निर्वाचन कार्यालय नुवाकोटका अनुसार जिल्लामा झण्डै ५५ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन अधिकारी जयप्रसाद गौतमका अनुसार आइतवार रातीसम्म बुथबाट मतपेटिका ल्याउने काम भइरहेको छ । क्षेत्र नं. १ को खरानीटार स्थित तादी गाउँपालिकाको कार्यालयमा र क्षेत्र नं. २ को जिल्ला अदालतको भवनमा मतपेटिका जम्मा भइरहेको छ ।
नुवाकोटको सबै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भएको उनको भनाई रहेको छ । मतगणना भोली सोमवार दिउँसोबाट हुनसक्ने बताइएको छ । १ को खरानीटारमा र २ को विदुरमा मतगणना हुने छ ।
नुवाकोटमा कुल मतदाताको संख्या २ लाख ४१ हजार ९ सय ७१ जना छ । नुवाकोटमा प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र २ वटा र प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र ४ वटा रहेको छ । त्यस मध्ये प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा (क) मा ३१ हजार ६ सय १ पुरुष, २८ हजार ३ सय १८ महिला र अन्य २ जना गरी ५९ हजार ९ सय २१ जना मतदाता रहेका छन् । प्रदेश सभा (ख) मा ३२ हजार १ सय ४२ पुरुष, २९ हजार ६ सय २० महिला र १ जना अन्य गरी ६१ हजार ७ सय ६३ जना मतदाता रहेका छन् ।
त्यस्तै प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा (क) मा ३० हजार ९ सय ६२ पुरुष र २९ हजार ७४ महिला गरी ६० हजार ३६ जना मतदाता रहेका छन् । प्रदेश सभा (ख) मा ३० हजार २ सय १७ पुरुष र ३० हजार ३४ महिला गरी ६० हजार २ सय ५१ मतदाता रहेका छन् । आगामी मंसिर ३ गते १८ वर्ष पूरा भएका र फोटो सहितको मतदाता नामावलीमा नाम भएका नागरिकहरूले मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा सहभागी भए ।
निराशाजनक मतदान
संविधान जारी भएपछिको दोस्रो आमनिर्वाचनमा निराशाजनक मतदान भएको छर । निर्वाचन आयोगले दिएको प्रारम्भिक विवरणअनुसार करिब ६१ प्रतिशत मात्र मतदान भएको छ । यो ५ वर्षअघिको आमनिर्वाचनको तुलनामा करिब ७ प्रतिशतले कमी हो ।
आयोगका अनुसार १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदातामध्ये १ करोड ९ लाख ७३ हजार २७ जनाले मात्र मतदान गरेका छन् । ०४८ सालपछि भएका संसदीय निर्वाचन (संविधानसभासमेत) मध्ये पनि सबैभन्दा कम हो । ०५१ को मध्यावधि निर्वाचनमा ६१.८६ प्रतिशत र ०६४ को संविधानसभा निर्वाचनमा ६१.७ प्रतिशत मतदान भएको थियो ।
अहिले भएको मतदान ७ महिनाअघि भएको स्थानीय निर्वाचनभन्दा पनि झन्डै ९ प्रतिशत कम हो । स्थानीय निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता रहेकामा ७०.९६ प्रतिशत अर्थात् एक करोड २५ लाख ८३ हजार ८ सय ५० मत खसेको थियो । यसपटक प्रदेश १ मा सबैभन्दा कम ५७ प्रतिशत र मधेसमा सबैभन्दा बढी ६५ प्रतिशत मतदान भएको छ । आयोगले दिएको जानकारीअनुसार वाग्मतीमा ६१.५, गण्डकीमा ६०, लुम्बिनीमा ६०, कर्णालीमा ६३, सुदूरपश्चिममा ५९.७७ प्रतिशत मतदान भएको छ । हिमाली जिल्लाको विवरण अद्यावधिक हुन बाँकी रहेको आयोगले जनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आइतबार साँझ ८ बजेको पत्रकार सम्मेलनमा ६१ प्रतिशत मतदान भएको जानकारी दिए पनि आयोगको प्रणालीमा ५९.७५ प्रतिशत मात्रै मतदान भएको विवरण थियो । ‘मतदानको विवरण आयोगको सूचना प्रणालीमा प्रविष्टी हुने क्रम जारी छ । हालसम्मको प्रारम्भिक विवरणअनुसार करिब ६१ प्रतिशत मतदान भएको देखिएको हो,’ थपलियाले भने, ‘यो आयोगले गरेको अपेक्षाभन्दा न्यून हो ।’
![]() |
क्षेत्र नं. १ को १ प्रदेशबाट प्रदेश सभा सदस्य पदका उम्मेदवार माओवादी केन्द्रका राधिका तामाङ मतदान गर्दै । |
अघिल्ला चुनवामा कत्ति खस्यो
जनआन्दोलनपछि २०४८ वैशाख २९ गते आम निर्वाचन भएको थियो । एक करोड ११ लाख ९१ हजार ७७७ मतदाता रहेकोमा ६५.१५ प्रतिशत मतदान भएको निर्वाचन आयोगको तथ्याङ्क छ । त्यसपछि २०५१ कात्तिक २९ गते मध्यावधि निर्वाचन भएको थियो । त्यसमा एक करोड २३ लाख २७ हजार ३२९ मतदाता रहेकामा ६१.८६ प्रतिशत मतदान भएको थियो । पाँच वर्षपछि २०५६ मा दुई चरणमा मतदान भएको थियो । आयोगका अनुसार, वैशाख २० र जेठ ३ मा भएको मतदानमा १ करोड ३५ लाख १८ हजार ८३९ मतदाता थिए भने ६५.७९ प्रतिशत मतदान भएको थियो ।
राजा ज्ञानेन्द्र शाहले सत्ता हातमा लिएपछिको समयमा आम निर्वाचन हुन सकेन । २०६२–६३ को जनआन्दोलनपछि २०६४ चैत २८ गते संविधानसभाको निर्वाचन भएको थियो ।
त्यति वेला एक करोड ७६ लाख ११ हजार ८३२ मतदाता रहेकोमा ६१.७० प्रतिशत मतदान भएको थियो । त्यसको ६ वर्षपछि २०७० मंसीर ४ गते दोस्रो पटक संविधानसभाको निर्वाचन भएको थियो ।
एक करोड २१ लाख ४७ हजार ८६५ मतदातामध्ये ७८.७४ प्रतिशतले मतदान गरेका थिए । संविधानसभाबाट नयाँ संविधान बनेपछि २०७४ सालमा दुई चरणमा आम निर्वाचन भएको थियो । मंसीर १० र २१ गते भएको निर्वाचनमा एक करोड ५४ लाख २७ हजार ९३८ मतदातामध्ये ६८.६७ प्रतिशतले मतदान गरेका थिए ।
यसअघि गत वैशाख ३० गते स्थानीय तहको निर्वाचन भएको थियो । यसमा एक करोड ७७ लाख ३३ हजार ७२३ मतदातामध्ये ६५.०७ प्रतिशतले मतदान गरेको आयोगको तथ्याङ्क छ ।
नेपालमा भएको पहिलो निर्वाचनमा मात्रै अहिलेभन्दा कम मतदान भएको थियो । आयोगको तथ्याङ्क अनुसार, २०१५ फागुन ७ गतेदेखि चैत २८ गतेसम्म विभिन्न चरणमा मतदान भएको थियो ।
त्यति वेला ४३ लाख ४६ हजार ४६८ मतदाता थिए भने ४२.१९ प्रतिशत मतदान भएको थियो ।
‘कानूनी कारबाहीमा जान्छु’
विदुर । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रधुम्न महतले आफु विरुद्ध भ्रामक कुरा फिजाइएको बताएका छन् ।
आम निर्वाचनको संघारमा आफुविरुद्द केही तत्वले भ्रामक कुरा फिजाएको बताएका हुन् । सामाजिक सञ्जाल फेसबुकमा महतले नेकपा एमालेका उम्मेदवारलाई सघाउनेबारे सार्वजनिक पत्र फेक भएको महतले फेसबुक लाइभ मार्फत उल्लेख गरेका छन् । नेता महतद्वारा सामाजिक सञ्जाल फेसबुकमा उल्लेख स्टाटस जस्ताको तस्तै ः ‘मेरो बारेमा भ्रमात्मक कुरा सम्प्रेषण गर्दै विन्दा ढुङ्गानको फेसबुक आइडीबाट मेरो चरित्र हत्या गर्ने उद्देश्यले झुटो र मैले नगरेको विज्ञप्ती मेरो हस्ताक्षर भनेर पोष्ट गरेको कुरामा कुनै सत्यता नभएको जानकारी गराउन चाहन्छु । साथै सम्पूर्ण मतदाताहरूमा यस किसिमको भ्रममा नपर्न अनुरोध गर्दछु । देश र जनताको हितमा केही गर्छ‘ भन्दै राजनीतिमा आउँदै गर्दा मेरो विचार उद्देश्य र माहोल देखी आत्तिएर यस किसिमको निकृष्ठ कामको घोर भर्सन गर्दछु ।
मेरो कहीं कतै कोहीसँग यस किसिमको गतिविधि नभएको जानकारी गराउँदै मतदाताहरूमा उच्च मनोबलका साथ घण्टीमा मतदान गर्न‘ हुन अनुरोध गर्दछु र कुनै पनि हालतमा विचलित नहुन सबै आग्रह गर्दै भ्रमको पछी नलाग्न अनुरोध गर्दछु । साथै कानुनी उपचारको लागि निर्वाचन आयोग समक्ष उजुरी गरेको जानकारी पनि गर्दछु ।’
सान्जेन जलविद्युत कम्पनीको आईपीओ बाँडफाँट
विदुर । सान्जेन जलविद्युत कम्पनी लिमिटेडको आयोजना प्रभावित रसुवा जिल्लाका बासिन्दाहरूको खुला गरिएको आईपीओ बाँडफाँट भएको छ ।
सान्जेन जलविद्युत कम्पनीको प्रति शेयर १०० रूपैयाँ अङ्कित दरको ३६ लाख ५० हजार कित्ता शेयर आयोजना प्रभावित रसुवाका बासिन्दाहरूको निम्ति २०७९ भदौ ५ देखि असोज ३० गतेसम्म सर्वसाधारणहरूकोलागि निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो । जसमध्ये २८ हजार ६०८ जना आवेदकहरूबाट जम्मा ५६ करोड ७९ लाख ८७० कित्ताको लागि आवेदन परेको हो । नागरिक लगानी कोषको निष्काशन तथा बिक्री प्रबन्धकत्व र सन्राइज क्यापिटल÷एनएमबि क्यापिटलको सह निष्काशन तथा बिक्री प्रबन्धकत्वमा सो कम्पनीको शेयर निष्काशन गरिएको थियो । सो शेयर मंगलबार बाँडफाँट भएको हो ।
कसले कति पाए शेयर?
क) अति प्रभावित आमाछोदीङ्मो गाउँपालिका वडा नं.५ (साविक चिलिमे गा.वि.स) वर्गमा कूल २,१६५ जना रितपूर्वक आवेदन दिने आवेदकहरू मध्ये १० कित्ता देखि ५१० कित्ता माग गर्ने १,३४२ जना आवेदकहरूलाई माग बमोजिम र ५२० कित्ता देखि ७०० कित्ता माग गर्ने ८२३ जना आवेदकहरूलाई ५१० कित्ताका दरले जम्मा ९,४९,२८० कित्ता शेयर बाँडफाँट गरियो ।
ख) प्रभावित आमाछोदीङ्गमो गाउँपालिका वडा नं. ४ गोल्जुङ्ग (साविक गोल्जुङ्ग गा.वि.स) वर्गमा कूल १,२६६ जना रितपूर्वक आवेदन दिने आवेदकहरू मध्ये १० कित्ता देखि ३०० कित्ता माग गर्ने ५१८ जना आवेदकहरूलाई माग बमोजिम र ३१० कित्ता देखि ४५० कित्ता सम्म माग गर्ने २३३ जना मध्ये ३२० कित्तासम्म माग गर्ने १ जना आवेदकलाई माग बमोजिम र सो भन्दा बढी ४५० कित्तासम्म माग गर्ने २३२ जना आवेदकहरूलाई ३४८ कित्ताका दरले र ४६० कित्ता देखि ७०० कित्तासम्म माग गर्ने ५१५ जना आवेदकहरूलाई ३६० कित्ताका दरले जम्मा ३,७४,९२६ कित्ता शेयर बाँडफाँट गरियो ।
ग) सामान्य प्रभावित आमाछोदीङ्गमो गाउँपालिकाका अन्य वडाहरू १,२,३ (साविक गल्ताङ्ग गा.वि.स र हाकु गा.वि.स) वर्गमा कुल ३,५८८ जना रितपूर्वक आवेदन दिने आवेदकहरू मध्ये १० कित्ता देखि १५० कित्ता माग गर्ने २,४८३ जना आवेदकहरूलाई माग बमोजिम र १६० कित्ता देखि २०० कित्ता सम्म माग गर्ने ४१३ जना आवेदकहरूलाई १५० कित्ता, १६० कित्ता देखी ३०० कित्ता सम्म माग गर्ने ४१९ जना आवेदकहरूलाई १६५ कित्ता, ३१० कित्तादेखि ४५० कित्ता सम्म आवेदन गर्ने १०० जना आवेदकहरूलाई १७४ कित्ता र सो भन्दा बढी ७०० कित्ता सम्म आवेदन गर्ने १७३ जना आवेदकहरूलाई १८० कित्ताका दरले जम्मा ४,०६,९५५ कित्ता शेयर बाँडफाँट गरियो ।
घ) न्युन प्रभावित बाँकी सम्पूर्ण जिल्लाबासी वर्गमा कुल २१,३३१ जना रितपूर्वक आवेदन दिने आवेदकहरू मध्ये १० कित्तादेखि १०० कित्ता माग गर्ने ११,४८९ जना आवेदकहरूलाई माग बमोजिम र ११० कित्ता देखि २०० कित्ता सम्म माग गर्ने ५,६६६ जना आवेदकहरूलाई १०० कित्ता र २१० कित्ता देखी ३०० कित्ता सम्म माग गर्ने २,२०७ जना आवेदकहरूलाई ११६ कित्ता र सो भन्दा बढी ७०० कित्ता सम्म आवेदन गर्ने १,२३६ जना आवेदकहरूलाई १२० कित्ताका दरले जम्मा १९,१८,७०८ कित्ता शेयर बाँडफाँट गरियो ।
कम्पनीको अति प्रभावित, प्रभावित, सामान्य प्रभावित र न्युन प्रभावितलाई वितरण गरी बाँकी रहेको १३१ कित्ता शेयरका लागि अति प्रभावित वर्गमा ७०० कित्ता आवेदन गरी बाँडफाँटमा परेका ५१३ जना आवेदकहरूलाई गोला प्रथाबाट थप १÷१ का दरले १३१ कित्ता शेयर बाँडफाँट गरिएको थियो । कुल ३६ लाख ५० हजार कित्ता शेयर २०७९ कात्तिक २९ गते सान्जेन जलविद्युत कम्पनीका आयोजना प्रभावित स्थानिय बासिन्दाहरूलाई क्रमश ४.२५ ः ३ ः १.५ ः १ को अनुपातमा बाँडफाँट गरिएको हो ।
नुवाकोटमा चिसो बढ्यो
विदुर । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको हल्का प्रभाव रहेको छ ।
हाल सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।
मंगलबार दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
महाशाखाका अनुसार प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै, कर्णाली प्रदेशको हिमाली भू–भागका थोरै स्थानहरूमा र बाँकी हिमाली भू–भागको एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । मंगलबार राती पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ का हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
सुरु भयो विश्वकप फुटबल
विदुर । विश्व फुटबलको महाकुम्भ मानिने विश्वकप फुटबल आइतबारदेखि कतारमा सुरु भएको छ ।
करिब एक महिना चल्ने विश्वकपमा साविक विजेता फ्रान्ससहित ३२ राष्ट्रको सहभागिता रहेको छ । सहभागी ३२ टोलीलाई आठ समूहमा विभाजन गरिएको छ ।
विश्वकप फुटबल २०२२ को औपचारिक उद्घाटन समारोह कतारको राजधानी दोहाबाट ४० किलोमिटरको दूरीमा रहेको अल बायत रंगशालामा आयोजना भएको छ ।
६० हजार क्षमताको रंगशालामा विभिन्न देशका चर्चित कलाकारहरूले आफ्नो प्रस्तुति दिए । जसमा दक्षिण कोरियाको रक ब्यान्ड बीटीएसका सात सदस्यमध्येका जंग कुकले उद्घाटन समारोहमा आफ्नो प्रस्तुति दिए । यस्तै कोलम्बियाकी रक स्टार साकिरा, जे बल्विन, साँगीतिक समूह ब्ल्याक आइड पिज, रोवि विलियम्स, लिल बेबी र भारतीय अभिनेत्री नोरा फतेहीले पनि उद्घाटन समारोहमा आफ्नो प्रस्तुति दिए । कोलम्बियन रक स्टार साकिराले सन् २०१० को विश्वकपको आधिकारिक गीत ‘वाक वाक’ गाएकी थिइन् ।
फिफा विश्वकप फुटबल आयोजक कतारले विश्वकप अवधिभर रंगशाला वरपर मदिरा बिक्रीमा प्रतिबन्ध लगाएको छ । तर, अल्कोहलमुक्त बियर भने विश्वकपको ६४ वटै खेलमा रंगशालामा बिक्री गरिने जनाएको छ । विश्वकप हेर्न टिकट काटेकाहरूले अल्कोहल नभएको बियर किन्न पाउने छन् ।
स्याम्पेन, वाइन, ह्विस्कीलगायतका मदिरा भने रंगशालाको ‘लक्जरी आतिथ्य क्षेत्र’मा पिउन पाइने छ । उद्घाटन खेलमा आयोजक कतार र इक्वेडरले प्रतिस्पर्धा गर्दै छन् । कतार आयोजकका नाताले पहिलो पटक विश्वकप फुटबल खेल्दैछ भने इक्वेडरको भने चौथो सहभागिता हो ।
सन् २०१९ मा एएफसी एसियन कपको विजेता बन्नु नै कतारको अहिलेसम्मकै ठूलो सफलता हो । एसियाको पावर हाउस जापानलाई हराउँदै एसियन कपको उपाधि जितेको थियो ।
विश्व प्रसिद्ध अस्पाएर एकेडेमीबाट खेलाडी उत्पादन थालेको कतारले स्पेनिस प्रशिक्षक फेलिक्स सान्चेजको नेतृत्वमा उच्च प्रदर्शन गरिरहेको छ । समूह ‘ए’मा इक्वेडर, नेदरल्यान्ड्स र सेनेगलविरुद्ध टोलीको आक्रमणभन्दा डिफेन्सको परीक्षा धेरै हुनेछ । अल बायत कतारका लागि भाग्यशाली रंगशाला पनि हो । यस रंगशालामा कतारले पछिल्लो तीन खेलमै जित निकालेको छ । त्यो पनि ९–० को औसतमा ।
इक्वेडरको भने विश्वकपमा चौथो सहभागिता हो । सन् २००६ मा दोस्रो चरण पुग्नु नै इक्वेडरको अहिलेसम्मकै ठूलो सफलता हो । यस्तै सन् १९५९ र १९९३ मा कोपा अमेरिकामा चौथो स्थान हासिल गरेको थियो । अर्जेन्टिनी प्रशिक्षक गुस्ताभो अल्फारोको प्रशिक्षणमा इक्वेडरले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास गरिएको छ ।
सन् २०२० को अगस्टमा योर्डी क्राएफलाई स्थानान्तरण गर्दै अल्फारो इक्वेडरको प्रशिक्षक बनेका थिए । उनको प्रशिक्षणमा इक्वेडरले अर्जेन्टिना र ब्राजिललाई घरेलु भूमिमा रोक्दै कतार विश्वकपका लागि छानिएको थियो । इक्वेडर २०२१ को कोपा अमेरिकामा एउटै खेल नजिते पनि क्वार्टरफाइनल पुगेको थियो ।
पछिल्लो फिफा वरीयता अनुसार इक्वेडर ४४औं स्थानमा छ । कतार भने इन्वेडरभन्दा ६ स्थानमाथि ५०औं स्थानमा छ । चौथोपल्ट विश्वकपमा छनोट भएको इक्वेडरलाई समूहमा ‘अन्डर डग’ मानिएको छ । कतार र इक्वेडरले अहिलेसम्म जम्मा तीन खेल खेलेका छन् । जसमा दुवै टोलीले एक÷एक खेल जितेका छन् भने एउटा खेल बराबरीमा टुंगिएको छ ।
जसको पहलमा विश्वकप
विश्व फुटबल महासंघ (फिफा)का तेस्रो अध्यक्ष हुन्, जुल्स रिमेट । उनी सबैभन्दा लामो समयसम्म फिफाका अध्यक्ष बनेका व्यक्ति पनि हुन् । उनले सन् १९२१ देखि सन् १९५४ सम्म फिफामा बिताएका थिए । सन् १८७३ को अक्टोबर १४ मा जन्मिएका फ्रान्सेली नागरिक रिमेट सन् १९१९ देखि सन् १९४२ सम्म फ्रान्सेली फुटबल संघको अध्यक्षको जिम्मेवारीमा पनि रहेका थिए ।
विश्वकप फुटबल सुरु गर्नुमा रिमेटको महत्त्वपूर्ण भूमिका छ । सन् १९३० मा आफू अध्यक्ष हुँदा रिमेटले नै विश्वकप फुटबल सुरु गरेका थिए । त्यसैले पनि विश्वकप विजेतालाई दिइने ट्रफीको नाम नै ‘जुल्स रिमेट ट्रफी’ राखिएको थियो । उनले सन् १९२८ मा विश्वकप फुटबलको अवधारणा अगाडि सारेका थिए । सन् १९३० मा पहिलो विश्वकप आयोजनाको अधिकार उरुग्वेलाई दिइएपछि युरोपेली राष्ट्रहरूले असन्तुष्टिसमेत जनाए ।
त्यसैले विश्वकप सुरु हुनुभन्दा दुई महिना अघिसम्म पनि युरोपेली राष्ट्रहरूले विश्वकपमा सहभागिता पक्का गरेका थिएनन् । तर, रिमेटकै अग्रसरतमा पछि फ्रान्स, बेल्जियम, रोमानिया र युगोस्लाभियाले प्रतियोगितामा भाग लिने निर्णय गरेका थिए । फुटबलको माध्यमबाट विश्व भाइचारा र आपसी सद्भाव बढाउन महत्वपूर्ण योगदान पु¥याएका कारण रिमेटको नाम सन् १९५६ को नोबल शान्ति पुरस्कारका लागि मनोयनमा समेत परेको थियो ।
सन् १९५६ को अक्टोबर १६ मा आफ्नो ८३ औं जन्मदिन मनाएको दुई दिनपछि उनको निधन भएको थियो। उनलाई मरणोपरान्त सन् २००४ मा फिफाले ‘फिफा अर्डर अफ मेरिट’समेत प्रदान गरेको थियो ।
साततले दरबारको पुनर्निर्माण माघदेखि
विदुर । नुवाकोटमा भुकम्पपछिको पुनर्निर्माणमा छिमेकी देशले गर्ने भनेको सहयोगले तीन महिनापछि निरन्तरता पाउने भएको छ ।
२०७२ वैशाखको भूकम्पले क्षतिग्रस्त नुवाकोटका साततले दरबारलगायत पुरातात्विक सम्पदाको पुनर्निर्माण आगामी माघदेखि सुरु हुने भएको छ ।
चीन सरकारको सहयोगमा पुनर्निर्माण हुने भनिए पनि भूकम्प गएको झण्डै साढे ७ वर्ष भइसक्दा यहाँ काम सुरु हुन सकेको छैन । चीनले कोरोना महामारीका कारण ढिलाइ हुँदै आएको बताउँदै आएको छ । एक महिनायता चिनियाँ प्राविधिक टोलीले दरबारको विस्तृत अध्ययन गरिरहेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय नुवाकोटले जनाएको छ ।
‘३–१० जनासम्मको प्राविधिक टोलीले दरबारका इँटालगायतको अध्ययन गरिरहेको छ,’ कार्यालय प्रमुख अर्जुनप्रसाद फुँयालले भने, ‘चिनियाँ नयाँ वर्ष आउन लागेकाले उक्त पर्व मनाएर फर्किएपछि आउँदो माघबाट काम गर्ने चिनियाँ पक्षले बताएको छ ।’ उनका अनुसार काठमाडौंस्थित हनुमानढोका, वसन्तपुर दरबार पुनर्निर्माण गर्ने कालीगडले नै साततलेलगायत यहाँका सम्पदा पुनर्निर्माण गर्नेछन् ।
बाह्य तथा आन्तरिक पर्यटक आउने मुख्य सिजन भए पनि खण्डहरजस्तै बनेका सम्पदास्थल बेलैमा पुनर्निर्माण नहुँदा सुनसानजस्तै छन् । ‘भूकम्पले ढलेका घरहरू नयाँ बनिसके । बल्ल दरबार र मठमन्दिर पनि ठडिने आस जागेको छ,’ स्थानीय शिव मल्लले भने, ‘यत्रो समयसम्म नबन्दा यहाँको व्यापार–व्यवसाय त चौपटै भएको छ ।’
विदुर नगरपालिका–२ मा रहेका साततले दरबारलगायत लामपाटी, सेतो पाटी, विष्णु मन्दिर, नारायण मन्दिर, गारद घर, रंगमहल, तलेजु भवानी मन्दिरलगायतको पुनर्निर्माण हुने कार्यालयले जनाएको छ । अहिले यी सम्पदालाई फलामे टेको लगाई जस्तापाताले छोपेर राखिएको छ ।
तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले वसन्तपुर दरबार पुनर्निर्माण सकिएपछि मात्रै नुवाकोटका सम्पदा पुनर्निर्माण थाल्ने भनेको थियो । उक्त साततले दरबार १९९० सालको भूकम्पअघि ९ तला रहेको इतिहासमा उल्लेख गरिएको छ । त्यसबेला २ तला भत्किएको थियो । यो दरबार पृथ्वीनारायण शाहले १८०१ सालमा नुवाकोट एकीकरणपछि १८१७–१९ सालसम्ममा बनाउन लगाएका थिए । जसका लागि ललितपुरबाट कालीगड झिकाइएको इतिहास छ ।
विज्ञापनले प्रवेश गरायो नुवाकोटका दुर्गालाई शेयर बजारमा
– ज्योति शाह
नुवाकोटका चल्तापुर्जा व्यापारीक परिवारमा जन्मेकी दुर्गा तिवारीले सानै उमेरदेखि व्यापार देखिन् र बुझिन् । नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्षसमेत भएका उनका बुबा बलराम रिजाल त्यस क्षेत्रमा कहलिएका व्यक्ति थिए । बुबालाई कतै न कतै आफ्नो सन्ततीले आफ्नो बिडो थामोस् भन्ने थियो । तर दुर्गाको लगाव सरकारी सेवामा थियो । लोक सेवा पास गरेर अधिकृत बन्न उनले प्रयास पनि गरिन् । यसैबीचमा उनी घरजममा बाधिईन् । श्रीमान जागिरे थिए,घरको आर्थिक बोझ श्रीमानमा मात्रै निर्भर थियो । सरकारी जागिरमा छिरेर त्यसलाई सहयोग गर्न र आर्थिक रुपमा आफू पनि बलियो बन्ने उनको धोको थियो तर पटक पटकको प्रयास असफल हुँदा उनलाई निराश बनाउँथ्यो ।
लोकसेवा उत्तिर्ण नभए पछि बिरक्तिएकी तिवारीले एक दिन कान्तिपुर दैनिकको अन्तिम पृष्ठमा शेयर तालिम सम्बिन्धी विज्ञापन देखिन् । उनलाई शेयरबारे किताबी बाहेकको अन्य ज्ञान थिएन, तालिम गर्न पाए केही हुन्थ्यो की भन्ने उनको मनमा आयो । विज्ञापन पछ्याउँदै उनले एक इन्स्ट्च्यिुटबाट शेयरबारे तालिम लिइन् । शेयर तालिमले बजारबारे थप उत्सुक भएकी तिवारीले पहिलो पटक ग्लोबल आइएमई बैंकको आइपीओ भरिन् । १६ वर्ष अघिको साँघुरो नेपाली शेयर बजारमा प्रवेश गरेकी तिवारी अहिले नेपाली शेयर बजारकी ठूलो लगानीकर्ता हुन् । शेयर लगानीकर्ताहरूको संगठन नेपाल इन्भेष्टर फोरमकी महासचिव समेत रहेकी तिवारीलाई बजारबारेका जानकारहरू नेपाली शेयर बजारका महिला हस्ती समेत भन्छन् । उनै तिवारीको जीवन भोगाई, शेयर बजारको यात्रा, बजार चरित्र र अनुभव, अनि शेयर बजारको भविष्यबारे आजको यो लेख केन्द्रित छ ।
तीन वर्षसम्म डुब्यो लगानी÷पहिलो पटक दुर्गा तिवारी दोश्रो बजारमा पाँच लाख रुपैयाँ लिएर भित्रिएकी हुन् । सनराइज बैंक लगायतका केहि शेयर उनले ५०÷५० कित्ता खरिद गरेकी थिइन् । पहिलो पटक परिवारका चार सदस्यका नाममा भरेकै ग्लोबल आईएमई बैंकको आईपीओ छोरीको नाममा ६० कित्ता पर्यो । प्राइम बैंकको पनि तीन जनाको नाममा १२०० कित्ता आईपीओ परेपछि दुर्गा थप हौसिइन् । साना बच्चाहरूलाई घरमा छोडेर पनि आईपीओ भर्न घण्टौं लाइन बस्नुपर्ने उनको बाध्यता थियो ।सुरुवातमा ब्रोकर कम्पनी जाँदा त्यहाँको माहोल उनलाई मनपर्दैनथ्यो । भिडभाड देख्दा र लगानी गर्न नजान्दा उनलाई दिक्क लाग्थ्यो । जहिले शेयर किनेर घट्ने भएपछि दैनिकजसो उनले सिटामोल खाएर बस्नुपर्दथ्यो । तर गरेको लगानी गुमाउनु पर्दा पनि दुर्गाले हिम्मत हारिनन् । ब्रोकर कार्यालयमा भेटिने अन्य लगानीकर्ताहरूको सफलताको कथाले र बजारको ज्ञानले उनमा हौसला जाग्यो । ‘म शेयर बजारमा पसेको समय पो गलत रहेछ ,पैसा कमाउन पनि सकिँदो रहेछ भनेर डटिरहेँ । जसरी भएपनि यसैमा सफल हुनुपर्छ लाग्यो,’ दुर्गा सुनाउँछिन् ।
तीन वर्षसम्म दुर्गाले शेयर कारोबारबाट नाफा कमाउन सकिनन्, गुमाइन् मात्र । ‘तीन वर्षसम्म एक रुपैयाँ कमाइन । मेरो पोर्टफोलियो ३० प्रतिशत मात्र बाँकी थियो । त्यो समय बजार अहिले जसरी नै घटेको थियो । घरमा प्रश्न सोध्दा मसँग दिन जवाफ हुन्थेन,’ उनी भावुक हुन्छिन् । चौथो वर्षमा भने कारोबार गर्दागर्दै डुबेको लगानी उकासेर दुर्गाले पहिलो पटक ५७ हजार रुपैयाँ नाफा निकालिन् । उनले थोरै पैसामा धेरै कम्पनीका थोरै कित्ता किन्ने गर्थिन् र थोरै नाफामा पनि बिक्री गर्थिन् । उनको दैनिकी ब्रोकर नं १७ एबीसी कम्पनीमा नै बित्ने गर्दथ्यो । दुर्गालाई कारोबार गर्न अब रमाइलो लाग्न थाल्यो । यसरी उनले आफू इन्भेष्टर नभएर ट्रेडर हुने निधो गरिन् । अन्ततः आफूलाई एक सफल ट्रेडरका रुपमा स्थापित गरिन् ।
‘निरन्तर शेयर बजारमा पैसा कमाउन थालेपछि मात्र त आकर्षण बढ्छ । सफलताका कथा सुनाउन खुशी लाग्छ, गर्व महसुस हुन्छ तर असफलताको कथा भन्न कति पिडा हुन्छ,’ उनी थप्छिन् । दुर्गा भन्छिन्, ‘अहिले कति भाइबहिनीहरूले हतोत्साहित भएर मलाई मेसेज गर्न‘हुन्छ । लगानी चुर्ल‘म्म डुब्यो, मर्न मन लाग्छ भन्दै दुख पोख्नुहुन्छ । तर मैले आफ्नो अनुभव भनेर हिम्मत दिने कोशिष गर्छ‘ ।’ ट्रेडर दुर्गाले कमाएको र गुमाएका ती शेयर÷‘यस्तो पुरानो भएर पनि ट्रेडर ?’ भन्ने प्रश्न आउने गर्छ दुर्गालाई । तर उनी आफूलाई ट्रेडर नै भन्न रुचाउँछिन् । ‘मलाई ट्रेडर भन्दा कुनै नराम्रो लाग्दैन । शेयर लगानी गर्न‘मा र कारोबार गर्न‘मा के फरक छ र ? सर्ट टर्म र लंग टर्मकै त हो भिन्नता । तर ट्रेड गर्न तनावपूर्ण भने हुने गर्छ । जोखिम पनि बढि हुन्छ । किनकी कारोबार गर्ने कम्पनीहरू फण्डामेन्टली कमजोर पनि हुन सक्छन् वा बलियो पनि हुन सक्छन् ।ती कम्पनीहरूमा जोखिम बढि हुन्छ र रिवार्ड पनि बढि हुन्छ । त्यस्ता कम्पनीमा समयमा नै स्टप लस र प्रोफिट बुक गर्न सक्नुपर्छ नत्र फसिन्छ ।’
शेयर बजार बुल भएको समयमा दुर्गाले मनग्गे आम्दानी गरिन् । आफूलो कारोबार गरेका सबै कम्पनीबाट नै राम्रो नाफा भएको उनको भनाई छ । यद्यपी हालसालै भने उनलाई हाइड्रोपावर कम्पनीले मालमाल बनाइदियो । अन्य सबै क्षेत्रबाट पनि रिटर्न भने आएको थियो । ‘म कुनै कु्नै कम्पनी त छुँदै छुँदिन के !,’ दुर्गा बेस्सरी हाँस्छिन् । केहि कम्पनी खरिद गर्न उनी अहिले पनि तर्सिन्छिन् । सानिमा हाइड्रोपावरको शेयर खरिद गर्दा १० लाख रुपैयाँ भन्दा धेरै घाटा खाएको क्षण भने उनको मानस्पटलमा अझै पनि ताजा छ । तर आफू बिक्रेता भएकाले स्टप लस गर्ने भएकाले एउटै कम्पनीमा ठुलो घाटा खाने गरेको अनुभव उनीसँग छैन । दुर्गा आफैले भने खासै आईपीओ भर्दिनिन् । ‘कुनै कुनै बेला मुड चलेमा भर्छ‘, नत्र १० कित्ता पनि पर्दैन,’ उनी हाँस्छिन् । उनलाई अन्तिम पटक सानिमा लाईफ इन्स्योरेन्सको आईपीओ परेको थियो । दुर्गाले आफू मात्र नभएर आफ्ना सन्तानलाई पनि शेयर ज्ञान बाँडेकी छिन् । ‘अमेरिका बस्ने छोरी नेपाल आएको समयमा सँगै राखेर दोश्रो बजारमा लगानी गर्न सिकाउँछु । उसकोलागि वैकल्पिक आय श्रोतका रुपमा हुन सक्छ,’ उनी खुलाउँछिन् ।
प्रविधि मैत्री र फराकिलो भयो बजार÷पहिलेको शेयर बजारमा व्यापारिक घरानाका प्रौढ व्यक्तिहरूले लामो समयकालागि लगानी गर्न आउने गरेको दुर्गा सम्झिन्छिन् । तर, कोभिड १९ महामारी पछि भने शेयर बजारमा युवाहरूको आगमन भएकोमा दुर्गा खुशी हुन्छिन् । पूँजी थोरै भएपनि संख्यात्मक हिसाबले युवा लगानीकर्ताको समवेशिता धेरै हुँदा बजार केही भिन्न भएको उनको भनाई छ । आईपीओ भर्न र किनेको शेयर नामसारी हुनदेखि सूचीकृत हुन समय लाग्ने सो समयमा कारोबार गरेकी दुर्गालाई हालको समय धेरै सहज भएको छ ।
टिप्न जाने पैसा फल्ने ठाउँ हो शेयर बजार÷सुरुवातको समयमा सरकारी सेवामा आवद्ध हुन नपाउँदा दुःख लाग्ने गरेको भएपनि हाल भने दुर्गालाई आफूमाथि गर्व लाग्छ । शेयर बजारले नै आफूलाई पहिचान र पैसा दुबै दिएको उनले बताइन् । ‘शेयर बजार पैसाको खानी हो,साधारण भाषामा भन्दा, टिप्न जाने शेयर बजार पैसा फल्ने ठाउँ हो, सहज रुपमा पैसा कमाउन सकिन्छ तर नजानेमा सजिलै डुब्न सकिन्छ,’ एनी थप्छन्, ‘मेरोलागि शेयर बजार सबथोक हो । आजको यो स्थानसम्म पुग्न र महिलाहरूलाई शेयर जनचेतना दिन योग्य पनि यही बजारले गर्दा भएकी छु ।’ १६ वर्षअघि दुर्गाले देखेको नेपालको शेयर बजारमा महिला लगानीकर्ता एकाध मात्र थिए रे । तर हाल नयाँ लगानीकर्ताहरूमा महिलाको संख्या भने राम्रो रहेको दुर्गा बताउँछिन् । महिलाहरू शेयर बजारमा पिछडिएको कुरामा भने दुर्गा विश्वास गर्दिनन् । ‘संख्यात्मक रुपमा महिला पिछडिएका छैनन् । करिब ४५ प्रतिशत महिलाहरूको डिम्याट संख्या भएको देशमा गुणात्मक रुपमा अलि कम छौं । समाज नै पितृसतात्मक भएकाले स्वतः आर्थिक क्षेत्रमा आकर्षण कम भएको हो । तर सधैँ यस्तो हुँदैन । आफ्ना गहना बेचेर पनि शेयर किनेका महिलाहरू पनि त हुनुहुन्छ,’ उनी अथ्र्याउँछिन् ।
महिलाहरूले व्यवस्थापन गर्न जानेमा शेयर लगानी गर्न सकिने दुर्गाले आफ्नो अनुभवका आधारमा बताइन् । ‘बच्चाहरूलाई विद्यालय पठाएर रहेको समयमा शेयर कारोबार गर्न सकिने भएको हुँदा घर र आम्दानी दुबै व्यवस्थापन गर्न सकिन्छ ।’ दुर्गाका लागि शेयर बजारको कमाई नै मूख्य आय श्रोत हो । तर, थोरै लगानी गरेर केहि समय दिने लगानीकर्ताहरूलाई भने वैकल्पिक लगानीको थलो बन्न सक्नेमा उनी जोड दिन्छिन् । ‘आफै उपस्थित नभए पनि भएको थोरै बचत लगानी गरेर पनि दीर्घकालिन रुपमा धेरै प्रतिफल आउन सक्छ ।अन्य व्यवसाय वा पेसामा आवद्ध रहेकालाई ठुलो वैकल्पिक श्रोत हो ।’ अन्य क्षेत्रमा हुने भन्दा धेरै गुणा शेयर बजारमा लगानी गरेर दुर्गाले कमाएकी छिन् । ‘शेयरमा लगानी गरेर अन्य कुनै क्षेत्रमा कमाउने भन्दा धेरै गुणा कमाएर सफलता पाएकी छु । शेयर बजारमा गरेको लगानी र प्रतिफलप्रति म धेरै सन्तुष्ट छु ।’ दुर्गाको शेयरमा लगानी गर्ने रकम ट्रेण्डमा निर्भर हुन्छ । ‘पुराना दिनमा बैंक तथा वित्तिय संस्थाहरूले घरमा नै बोलाएर ऋण लिदिनुस् भन्दा धेरै लगानी थियो भने पछिल्लो समयमा बजार झर्दै गर्दा एक अनुभवी लगानीकर्ताका हिसाबले नियामक निकायले नितिगत रुपमा शेयर ऋणदेखि अन्य कडाई गर्दा लगानीमा उतारचढाव भएको छ,’ उनी भन्छिन् । ‘म दीर्घकालिन लगानीकर्ता होइन । म निश्चित समयसम्म मात्र लगानी गर्छ‘ र सिमित मात्रामा गर्छ‘ । यति नै लगानी गरे भन्दा पनि समय सापेक्ष हुन्छ । सबै आंकलन गरेर मात्र लगानी गर्छ‘ ।’
बजारको चक्र पहिले जस्तो छैन÷शेयर बजारमा ‘आए आँप गए झटारो’ भन्ने किसिमका लगानीकर्ताहरू भएकाले लगानी कसरी गर्ने भन्ने लगानीकर्तामा निर्भर हुने दुर्गा बताउँछिन् । यद्धपि शेयर बजार जुवा नभएको उनको तर्क छ । ‘जुवामा गुमाउँदा सर्वश्व जान सक्छ तर शेयर बजारमा राम्रै कम्पनीमा लगानी गरेमा त्यो खातामा शेयर भइरहन्छ । हाम्रो राजनैतिक नेतृत्वमा भएका मानिसहरूले यहाँ भइरहेका कति विकृती विसंगीतलाई रोक्न र नियमन गर्न सक्नुहुन्न तर जुवा भन्नुहुन्छ । उहाँहरूले त्यति बोल्दा बजारमा कति असर पर्छ भन्ने ज्ञान हुँदैन ।’ ‘विश्व परिपेक्ष्यलाई हेर्दा नेपालमा शेयर ज्ञान नै नभएको त होइन तर शेयर बजार जोखिमको क्षेत्र हो नि । शेयर बजारको सर्कल हेर्दा नेपालको शेयर बजार ८ वर्षको साइकलमा चल्थ्यो अहिले त्यो हुँदैन । यसअघिको २० महिनादेखि २४ महिनासम्मको अवधिलाई हामीले बुल मार्केट भन्न सक्थ्यौं भने अहिलेको १३ महिना बियर मार्केट भन्न सक्छौं ।’ उनी थप्छिन्, ‘हामीले पुरानो ८ वर्षको चक्र छोडेर नयाँ चक्र रचना गर्दैर्छौ । यसको कारण हाम्रो आईटिको विकाश हो । जुन टिएसएस छ, त्यसले गर्दा धेरै लगानीकर्ताहरूको हातमा जाँदा त्यसको रियाक्सन देखिएको हो । हिजो ५० वटा ब्रोकरले गरेको कामको तुलनामा अहिले लाखौँ मानिसहरूको हातमा टिएमएस आएपछि बजार एकदम द्रुत गतिमा बढेको देखिन्छ र घट्दा पनि त्यहि रियाक्सन देखियो । लगानीको भोल्युम पनि बढेको अवस्था थियो ।’
अहिले कस्तो छ शेयर बजार ?÷बुल र बियर कहाँबाट सुरु हुन्छ थाहा हुँदैन । धेरैलाई एउटा निश्चित विन्दुमा पुगेपछि मात्र थाहा हुन्छ तर अनुभवी लगानीकर्ताहरूले अनुमानसम्म गर्न सकिने दुर्गा सुनाउँछिन् । ‘विगतमा हाम्रो देशमा बियर र बुल नितीगत परिवर्तनसँग जोडिएर आएको छ । पुराना लगानीकर्ताहरूले अनुभवका आधारमा निर्णय लिन सक्छन् तर नयाँ लगानीकर्ताहरूलाई यस बारेमा थाहा हुँदैन ।’ ‘बजारको सुन्दरता भनेकै उतारचढाव अर्थात् झर्ने र बढ्ने नै हो । तर त्यसलाई कैयौं नयाँ लगानीकर्ताहरूले आंकलन गर्न सक्नुहुन्न । शेयर बजार बियर हुँदा पनि झर्दै बढ्दै गर्छ, त्यो उहाँहरूले आंकलन गर्न सक्नुहुन्न । धेरै घट्दा र थोरै बढ्दा पनि बियर मार्केट । धेरै बढ्दा र थोरै घट्दा त्यो बुल मार्केट हो । दुबैमा घटबढ हुन्छ तर थोरै भिन्नता हुन्छ,’ उनी भन्छिन् ।
दुर्गाले थपिन्, ‘अहिले बजार ४० प्रतिशतको करेक्सनमा रहेको छ । यो समयमा स्टप्लस गर्ने होइन, फण्डामेन्टली विक कम्पनीहरूमा रुटप्लस गर्ने हो । तर यो विन्दु स्टप लस गर्ने विन्दु होइन । अहिलेको यो विन्दुु होल्ड नै गर्ने विन्दु हो । सकिन्छ भने अझै झर्दै गर्दा किन्ने हो ।
शेयरमा सबैभन्दा ठुलो कुरा धैर्यता हो । लाखौंलाई पछाडि पारेर अगाडि जानुछ, अध्ययनशील हुनैपर्छ ।’ बजार धेरै झर्दा धेरै कारोबार गर्न नहुने दुर्गा सुझाउँछिन् । ‘त्यसो गर्दा हामीले कमाएको पैसा गुमाउँछौं । बजार बढिरहेको समयमा जसरी होल्ड गर्दा जितिन्छ, त्यसरी नै बजार झरिरहेको अवस्थामा त्यतिकै वाच गरिरहनुपर्छ । शेयर बजारमा सधैं पैसा कमाईंदैन । कुनै समय नकमाएर पैसा बचाएमा मात्र पनि ठूलो जित हुन्छ ।’
लगानीकर्ताले के कुरामा ध्यान दिने÷अहिलेको अवस्थामा लगानीकर्ताहरूले होल्ड गर्न‘पर्ने दुर्गाको सल्लाह छ । ‘यो क्षेत्रमा आइसकेपछि टिक्नु नै सबैभन्दा ठुलो कुरा हो । घाटा ५० प्रतिशतभन्दा धेरै छ । जो टिक्दैन,उ सिध्यो । टिक्नकालागि के गनुपर्छ भन्ने मात्र हो ।’ उनी थप्छिन्, ‘हिजो के गर्नुपथ्र्यो भन्ने कुराले अब अर्थ राख्दैन, अब के गर्ने भन्नेतर्फ ध्यान दिनुपर्छ । अब आफूसँग भएका कम्पनीहरूलाई होल्ड गर्ने र समयलाई कुर्ने । समय भन्दा बलवान केहि पनि हुँदैन । राम्रो समय आउँछ, फेरि बजार बढ्छ ।’ शेयर बजारकै बारेमा थाह नभएका नयाँँ लगानीकर्ताहरूले सुरुवातमा नै ऋण लिन नहुने दुर्गाको भनाइ छ । ‘शेयर बजार अत्यन्त जोखिमको क्षेत्र हो । सुरुमा थोरै लगानी बढाउँदै लगरे, सिकेर, होल्ड गर्ने क्षमता विकास गर्न‘पर्छ ।’ ‘कतिपयलाई लगानी एडिक्सन बनिसकेको हुन्छ । सुरुवातमा रमाइलो मान्दा मान्दै बानी परिसक्छ तर लगानीलाई एडिक्सनको रुपमा विकाश गर्न भने हुँदैन । लगानीलाई अध्ययन गरेर लगानीकै रुपमा विकाश गर्न सकेमा दीर्घकालिन रुपमा तनावमा बस्न पर्दैन’ उनले बताइन् ।
नयाँ लगानीकर्ताहरूलाई सुझाव÷नयाँ लगानीकर्ताहरू शेयर बजारमा प्रवेश गर्न‘अघि जोखिम बुझेर प्रवेश गर्न‘पर्ने दुर्गाको सुझाव छ । ‘नयाँ लगानीकर्ताहरू धेरै आत्तिनुपर्दैन । सुरुमा सानो लगानीबाट सिक्नुस् । टेक्निकल र फण्डामेण्टल एनालाईसिस सिकेर आएमा राम्रो हुन्छ । पुराना लगानीकर्ताहरूसँग ज्ञानहरू लिनुहोस् । कतिपटक किताबी ज्ञानभन्दा शेयर बजारको यर्थाथ फरक हुन्छ । कतिपय सैद्धान्तिक कुराहरू भन्दा शेयर बजराको भोगाइ फरक हुन्छ । ती सबै अध्ययन गरे भने राम्रो हुन्छ,’ उनी सुझाव दिन्छिन् । ‘मैले आफूले कुनै कम्पनीबाट कमाएको शेयरको नाफा अर्को क्षेत्रमा लगानी गर्ने गरेकी छु ।’ बजारको जोखिमलाई मध्यनजर गर्दै अन्त कतै लगानी गर्दा उचित हुने उनको भनाई छ ।
‘सबै अण्डा एउटै टोकरीमा राख्न हुन्न भनिन्छ, त्यसरी नै सबै लगानी गर्नहुन्न, ठाउँठाउँमा लगानी गर्न‘पर्छ । ऋण गरेर सुरुमा शेयर नकिन्नुस् ।’
नेपालमा शेयर बजारको भविष्यका सन्दर्भमा दुर्गा मुस्काउँदै भन्छिन्,’ नेपालमा शेयर बजारको वर्तमान नै राम्रो छ । बजारमा उतारचढाव हुनु सामान्य हो । यसलाई स्वीकार्न‘ पर्छ र त्यहिँ अनुरुप काम गर्न‘सक्नुपर्यो । भविष्य राम्रो छ । सरकारको नीति अनुसार रणनीति बनाउनुपर्छ । अर्काको टिप्समा कारोबार गर्न‘ हुँदैन ।’ दुर्गा भन्छिन्, ‘शेयर बजार बढ्दा सबलाई आकर्षण गर्छ भने घट्दा विकर्षण गर्छ । प्राय आउनुपर्ने समयमा लगानीकर्ताहरू निस्कदा र निक्लनुपर्ने समयमा प्रवेश गर्दा डुबिन्छ । एक दुई महिनामा कमाउँछु भन्ने नआउँदा राम्रो । दीर्घकालिन रुपमा बजारमा रहिरहन्छु भन्नेकालागि राम्रो हो ।’ ‘पैसा र समय भएर मात्र पुग्दैन ।
शेयर बजारमा सफल हुनकालागि ज्ञान, ट्रेण्ड, उतारचढाव,नीतिगत कुराहरू, विश्व अर्थतन्त्रदेखि हरेक फण्डामेण्टल तथा टेक्निकल एनालाईसिस जान्न आवश्यक छ । सबैभन्दा धेरै टिकिराख्न जरुरी छ’, उनी जोड दिन्छिन् । – मेरोलगानी डटकमबाट
रामप्रसाद ढुङ्गाना र कामरेडहरूको समाजवाद
– नारायण नेपाल
यतिबेला उमेरले ठ्याक्कै ७२ काटेर ७३ वर्षमा कुँदिरहेका रामप्रसादको जोस उस्तै छ । केही समयअघि एमाले–माओवादी मिसिएपछि राजनीतिको यात्रातिर अलि सुस्ताएकाझैँ देखिएका उनी केपी ओलीले संसद विघटन गरेसँगै फेरि जोसिए । ‘यो ओलीको प्रतिगमन नै हो’ उही ठाँटबाँटमा दौडन र कराउन थालेका छन् । आन्दोलन र परिचालनको क्रममा राजनीतिको खेलले एकाएक एमाले र माओवादी ‘दुधको दुध, पानीको पानी’ छुट्ठिएझैँ अलग–अलग भएपछि उनको व्यस्तताको गति बढेको छ ।
‘भूमिगत नहुनुहोस्, तपाई मन्त्री हुनुस्’ भनेर आएको दरबारको प्रस्ताव सुन्दै नसुनी उनी जनयुद्धतिर झ्याम्मै हाम फालेका थिए । नुवाकोटको बेलकोटगढी नगरपालिका १ आरुखर्कमा २००६ साल फागुन २ गते जन्मिएका रामप्रसाद ढुंगाना पञ्चायतदेखि बहुदल हुँदै जनयुद्ध र संघीय लोकतान्त्रिक गणतन्त्रको यो व्यवस्थासम्म अविराम राजनीतिको यात्रामा क्रियाशील छन् ।
बा गुरुप्रसाद ढुंगाना र आमा टिकादेवी ढुंगानाको सन्तानको रूपमा सामान्य किसान परिवारमा जन्मिएका उनले २०२७ सालमा मेट्रिक्स पास गरेका थिए । २०३३ सालदेखि सुरु भएको उनको राजनीतिक यात्रा अहिलेसम्म पनि उस्तै मैदानमै छ । जागिर भए पेन्सन हुन्थ्यो होला, त्यतिबेला खरदार सुब्बा भएको भए उप–सचिव, सह–सचिव, मुख्य–सचिव हुन्थे होला । शाही मन्त्रीको टिकोटालो गरेका भए सूर्यप्रकाश, सेन ओलीजस्तो प्रचण्डले टिका लगाएर भित्र्याउने जमर्काे गर्थे होला ! तर उनी यस्तो राजनीतिक यात्रामा निरन्तर लागे जोकोही राजनीतिकर्मीको लागि थप चुनौतीको सवाल पनि हो ।
पञ्चायतको राजनीतिमा इमान्दारिताको पहिचान बनाएका उनी माओवादी आन्दोलनमा होमिएपछि सबैको ‘बा’ उपनाम पाएका थिए । उनको उपनाम थियो कमरेड कपिल । धेरैले उनलाई कपिल बा भन्थे । यी बुढादेखि अलि जंग चलेका केटाहरू उनलाई ‘पञ्च बा’ भन्दै कुरा काट्थे ।
माओले कार्यकर्ता तजचभभ ष्ल यलभ युवा, वृद्ध र वस्यकको समुह भनेझैँ युवाहरूको अत्याधिक बाहुल्य रहेको माओवादी पार्टीको राजनीतिमा जहाँ पाको राजनीतिक पात्र साक्षी चाहिन्थ्यो त्यहाँ बालाई लगेर साक्षी राख्दै सबैले आ–आफनो अवसर र अस्तित्वको पासा पल्टाएको र सत्ता उल्ट्याएको दृष्टान्त नुवाकोटको माओवादी राजनीतिभित्र धेरै छन् ।
मेरो बाका खुद दौँतरी थिए उनी । हामीले केही भन्न खोजे ‘तेरो बाउको साथी म, त्यो पनि सँगै राजनीति गरेको बुझिस्’ भन्ने जवाफ पाइन्थ्यो । यति सुनेपछि हाम्रो मन सन्तुष्ट नभएपनि श्रद्धाले मुखको वचनका जवाफी हमलाहरू मौन हुन्थे । तर हामीले नै देखे–भोगेको सत्य के हो भने जो–जसले बुढाको दिमाग भुटेर उनलाई सत्तामा उक्लने लिस्नो बनाउन सकेनन् ति सबैका नजरमा उनी कहिल्यै पनि गतिलो भएनन् । तिनिहरूले कहिल्यै पनि उनलाई राम्रो भनेनन् । हर व्यक्तिमा सकारात्मक र नकारात्मक दुवै गुण हुन्छ भन्ने द्धन्द्ववादी दृष्टिकोणले लैस भएका भनिएका मालेमावादी कार्यकर्ताको चिन्तनको दरिद्रताको रसातल नाप्ने यो भन्दा अरु कुनै तथ्य होला र दर्शनशास्त्रमा ?
जनयुद्धको भूमरीका बेला चितवन, मकवानपुर, धादिङ, नुवाकोटका वस्तीहरूमा बिताएका थिए उनले । नुवाकोट जिल्ला पञ्चायतका उपसभापतिसम्म भएका उनलाई जनयुद्धमा माओवादीको जनसत्ता संयुक्त क्रान्तिकारी जनपरिषद्ले सञ्चालन गरेको जनअदालतमा जिल्ला न्यायाधिशको जिम्मेवारी दिइएको थियो ।
उबेलाको पञ्चायतमा दुई खेमा थियो । काँग्रेस खेमाले अलि बढी कम्युनिष्टहरूलाई खेद्थ्यो । कतिपय पञ्चहरू अलि उदारजस्ता देखिन्थे । त्यतिखेर अनेक कारणले धेरै पञ्चहरूको संरक्षणमा, वामपन्थी शिक्षकहरूले जिल्लामा कम्युनिष्ट चेतनाको बिउ रोपेका थिए । बुझेर–नबुझेर ‘वामपन्थी गयो भने गाउँमा राम्रो गर्छ’ भन्ने प्रभाव थियो पञ्चहरूमा । राजनीति र विचारभन्दा विकासको कुरा गर्ने थियो– पञ्चहरूको राजनीति । त्यसरी पञ्चहरू राजनीतिमा भन्दा सामाजिक काममा बढी अग्रसर हुन्थे । वामपन्थी शिक्षकहरू खोजेर पठाउने काम गर्ने गरेका थिए उनले, उनी सम्झन्छन्, ‘यो राम्रो पढाउँछ भन्ने कोही हिसाबको भन्यो, कोही विज्ञानको भन्यो, कोही के भन्यो, राम्रो चरित्रको मान्छे भन्ने अनि लैजाने । जान चाहिँ कम्युनिस्टहरू जाने, मालेका गए पनि, मसालका गए पनि । पछि गएर एमालेहरू पनि ।’ जनयुद्धको थालनी पछि पोष्टबहादुर बोगटी पश्चिमको नेतृत्व सम्हाल्न गए । त्योबेला पनि उनलाई जान निक्कै जोड गरेका रहेछन् बोगटीले । त्यो बेलाको परिवेश सम्झँदै उनले भने, ‘त्यतिखेर छोरो भर्खर जन्मेको, नानी पनि सानै, त्यस्तै भयो । अनि ठाकठुक व्यवहारले गर्दा म अल्झेको हो । त्यहाँ ५५÷६० लाखको व्यवसाय थियो त्यसले अल्झियो ।’ २०५८ सालको मंसिर ११ गते संकटकाल घोषणासँगै उनको त्यो अल्झाउने त्यान्द्रो चुँडियो र उनी भूमिगत राजनीतिको यात्रामा सामेल भए । उनको माओवादी जनयुद्धको यात्राले परिवारमा भने थप चुनौतीको पहाड नै थोपरिएको थियो । साना केटाकेटी, आर्थिक अभाव र श्रीमानको भूमिगत राजनीतिको यात्रा सत्ताको दबाब र अनेकौँ निगरानी यस्तै–उस्तै कथामा जेलिएका थिए, आमाका दैनिकीहरू । त्यो दुःखका आँसु पोखेर कतै साहनुभूतिको न्यानोपन थाप्न रोदनको बटुको लिएर कहिल्यै हिँडेनन् उनी । उनका परिवार मिठो–पिठो जे छ उसैमा चित्त बुझाए र त्यो दुःखका दिनहरू कटाए ।
राजनीतिको उकाली–ओराली अनी दुःखको पहाड सम्झेर रामप्रसाद कहिल्यै पनि अल्मलिएका थिएनन् । एक नयाँ अठोट थियो उनको तर उनले आजको यो भद्रगोल राजनीतिको चित्रलाई भने आँकलन नै गरेका थिएनन् । त्योबेला सम्झँदै उनी भन्छन्, ‘यो संंसार, घर, परिवार, बच्चा केटाकेटी, सबैलाई बिर्सेर धनसम्पत्ति, ऋणधन सब त्यागेर जाँदाखेरि पहिलो त आम नेपाल र नेपालीको हित हुन्छ, जनयुद्धमार्फत् भनेर लागेको दिन नै मलाई खुसीको दिन भयो । किनभने यतिविधी भद्रगोलमा पुग्छ भन्ने मलाई लागेकै थिएन ।’ साँच्चै आज आम राजनीतिकर्मी जनयुद्ध र जन आन्दोलनका योद्धाहरूले कल्पना गरेभन्दा भिन्न राजनीतिक वातावरण देशमा सिर्जना भएको छ । जनयुद्ध र जनआन्दोलनपछि माओवादी कमरेडहरू यो बेला समाजवादको यात्रामा छन् । अर्थात् हाम्रो आजको माओवादी आन्दोलन समाजवाद र सम्वृद्धीको यात्रामा छ । तर अधिकांश कमरेडको चरित्र भने ‘काँशी जाने कुतिको बाटो’ भनेजस्तो छ । दलाल पुँजिवादको आहालमा तैरेर भ्रष्ट, दलाली र कमिसन खोरीहरू बोकेर समाजवाद लिन हिँड्नेहरूको चिन्तन, चरित्र र व्यवहार ‘काम कुरा एकातिर, कुम्लो बोकी ठिमीतिर’ भनेजस्तो छ भने समाजवाद आउला कसरी?
तर रामप्रसादको कार्यशैली आज पनि उस्तै छ । उनको यो शैलीमा इमान्दारिताको पहिचान छ । उनी कसैसँग बेइमानी र छलकपट गरेर पैसा माग्दैनन् । माओवादीका केही द्रव्य पिचास कामरेडहरूले जनयुद्धको ब्याज असुलेर खाएजस्तो पार्टीको नाउँ बेचेर परिवारको दुःख पोखेर सान र सौकदको लागि पजेरो र प्राडोको सुविधा बटुल्दैन् उनी । अहिले पनि पैदल मार्चमै भेटिन्छन् उनी कि कसैले बाटोमा देखे उनलाई लिफ्ट दिन्छन् । नत्र सार्वजनिक सवारीमा हिँड्छन । पञ्चायतले रोपेको आदर्श राजनीतिको चेतले यो निष्ठाको राजनीतिमा आजसम्म ठिङ्ग उभिएका छन् रामप्रसाद । सतिसालझैँ अडिएका छन् यो दलाल पुँजिवादको हावाहुण्डरीमा । आजका विकासे राजनीतिक कार्यकर्ताबारे उनको सच्चाई छ ‘पञ्चायतकालको कार्यकर्ताहरू राजनीतिक लेसन नभएको तर, इमान्दार बढी थिए । जनयुद्धकालको वैचारिक कुरा र इमान्दारिता रह्यो । केही केही त खेर गएको जहाँ पनि हुने भयो । तर वैचारिक सहित राजनीतिक प्रशिक्षण सहितको इमान्दारिता थियो । अहिले त ९८ प्रतिशत बेइमानी छन् ।’
त्यो बेइमानहरूको हुलमा उनको इमानजमान त पक्कै बिक्दैन तर जसरी पञ्चायतको विरुद्ध बहुदल विकल्प भयो नि, त्यसैगरी पञ्चहरूको राजनीतिक चरित्रको विकल्प भएन परिर्वतनकारीहरूसँग । र, क्रमशः भ्रष्ट, पतित, विकृत हुन थाले हिजो आज कमरेडहरू । तिभन्दा त धेरै गुणा उँचो छ उनको निष्ठाको स्वाभीमान ।
उनी भन्छन्, ‘म अवसरकै निमित्त त पार्टी र आन्दोलनमा कहिल्यै लागिनँ । पार्टीको निर्णयले जे आउँछ त्यसमा मलाई यो चाहिन्छ भनेर जिन्दगीमा मैले दाबी गरिनँ । आज भोली त आन्दोलनले पार्टी भित्र पनि
अवसर खोज्नेहरूको हुल बढ्ने रहेछ । न्याय भएन त्यहाँ भित्र पनि धेरै सवालमा । तर उनको धारण छ, कतिपय कुराहरूमा न्याय हुनुपथ्र्यो । नहुँदा नहुँदै पनि अन्यत्र फेर्न दौडनुपर्ने स्थिति मेरो आफ्नो मन, चिन्तनले दिँदैन । पार्टी सदस्य भए पनि अब यस्तै हो बाँकी जीवन भन्नेतिर म गएँ ।’ कमरेडहरूले रटान लगाईरहेका छन्, गाउँ, नगर, जिल्ला र किल्ला किल्लामा ‘जनसमुदाय, हामी समाजवाद ल्याउँछौँ !’ म भने त्यही रामप्रसादको सेताम्मे कपाल ,चाहुरी परेको अनुहार र कलेटी परेको ओठमा फुलेको फिक्का हाँसोमा देखिएको यो दर्दनाका कथाको अर्तनाद भित्र फुलेको क्रान्तिको रातो गुलाबी फुलको प्रतिबिम्ब हेरेर चकित छु ।
मेरा प्रिय–अप्रिय सबै कमरेडहरू आज जोडतोडले मच्चिरहेका छन्, उफ्रिरहेका छन्, कुदिरहेको छन् । त्यही रामप्रसादको बुढो हाडलाई मज्जाले सकुन्जेल घोटेर, यही रामप्रसादको स्वाभिमानलाई चुनावी राजनीतिको जुवाका खालमा डिक राखेर सपनाको महान समाजवादी सत्ताको कुर्सीमा इन्द्रकमल फुलाउने राजनीतिकको कुटिल लक्ष्यहरूमा अभ्यस्त छन् ।
आज आँखै सामुका यी तमासाहरू बिडम्वना पूर्वक हेर्न बिबस छु म र उस्तै विवसतामा छन् मेरो पुस्ताको होनाहार युवा नेताहरू ।
सर्वहारावर्गबाट टाढिँदै सत्ता
– विश्वास नेपाली
लोकतन्त्रको सुन्दर र सुखद् पक्ष भनेकै आवधिक निर्वाचन हो । लोकतान्त्रिक शासन व्यवस्था यस्तो व्यवस्था हो, जहाँ जनता आफैँ शासित हुन र प्रतिनिधि चयन गर्न भोट गर्छन्; यसरी चुनिएका प्रतिनिधिबाट आफैँ शासित हुन्छन् ।
अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिंकनले भनेका थिए, ‘जनताको जनताका लागि जनताद्वारा गरिने शासन पद्धति’ नै लोकतन्त्र हो । अहिले हामीकहाँ लोकतान्त्रिक शासन व्यवस्था छ । हाम्रो संविधानले यही भन्छ । संविधानको मूलभूत मर्म पनि यही हो । तर, नेपाली राजनीति अलिक फरक बाटोबाट हिँडिरहेको छ ।
नेपालमा औपचारिक निर्वाचन प्रणालीमार्फत प्रतिनिधि चुन्ने अभ्यासको लामो इतिहास छैन । यद्यपि कुनै न कुनै रुपमा आफ्नो नेतृत्व छनोट गर्ने अभ्यास मानव सभ्यता विकासक्रमसँगै हुँदै आएको हो । निश्चित भूगोल, क्षेत्र, वर्ग र समुदायको प्रतिनिधित्व गर्न नेतृत्व चुन्ने परम्परा भने छ । समाज र मानवजीवनलाई लोकतान्त्रिक सामाजिक मूल्य, मान्यता तथा चलनलाई निरन्तरता दिन र विकासको गतिलाई अघि बढाउन नेतृत्व चाहिन्छ । प्रतिनिधि चुन्ने र चुनिएका प्रतिनिधिले देखाएको बाटोमा हिँड्ने अभ्यास मानव इतिहासको असल पक्ष हो । प्रतिनिधि अगुवा हुन् र उनीहरूले देखाएको बाटोमा सिङ्गो समाज हिँड्ने अभ्यास संसारभर छ ।
प्रतिनिधि चयनका लागि हुने निर्वाचनमा मत जाहेर गर्न‘ भनेको मेरो लागि यो प्रतिनिधि ठिक छ भन्नु हो । ऊ सार्वजनिक पद धारण गर्न उपयुक्त छ भनी अनुमोदन गर्न‘ हो । स्कुले शिक्षामा परीक्षामा शिक्षकले नम्बर दिएर विद्यार्थी उत्तीर्ण गराएजस्तै निर्वाचनमा जनताले मत दिएर योग्यलाई जनप्रतिनिधिका रुपमा उत्तीर्ण गराउँछन् । जुन निश्चित समयअवधिको लागि हुने गर्छ ।
संसारका हरेक ठाउँ जहाँ मानव बसोबास छ, त्यहाँ आफ्नो लागि नेतृत्व छनोट गर्ने चलन धेरै पुरानो हो । जनप्रतिनिधि भनेका समाजका चालक हुन् । चालक राम्रो परे गन्तव्यमा पुगिन्छ, नराम्रो परे दुर्घटना परिन्छ । नेपाली समाजमा पनि यो अभ्यास छ ।
अहिले प्रदेश र संघीय तहको चुनावले माहोल तातेको छ । पछिल्लो समय चुनावी मुद्दा सर्वहाराको, नेतृत्वचाहिँ पुँजीपति अर्थात् जो जसँग पैसा छ‚ उसैले आफ्नो कब्जामा लिने गरेको देखिन्छ । यसो गर्न‘को कारण भोट सर्वहारासँग छ, पैसा पुँजीपतिसँग । भोट र पैसाको सम्बन्ध बलियो हुँदै गएको देखिन्छ । पछिल्लो समय यो चुनावी मनोविज्ञानकै रुपमा विकास हुँदै गएको छ ।
नेताहरू सत्ता र शक्तिमा पुग्न जति पनि खर्च गर्ने परिपाटीको विकास हुँदै गएको छ । चुनाव महँगिदै गएको छ । महँगिएको यो व्यवस्थामा सर्वहारा वर्ग पछाडि छाडिन थालिएको छ । यसरी महँगिँदै गएको निर्वाचन अनि त्यसरी खर्च गरी नेतृत्व गर्ने नेता÷जनप्रतिनिधिले साँच्चै सुशासन कायम गर्नेछन्, भ्रष्टाचार अन्त्य गर्नेछन्, समृद्धि र जनअपेक्षाअनुसार काम गर्नेछन् भनेर अपेक्षा राख्न सकिन्छ? प्रश्न गम्भीर भन्दै गएको छ ।
निर्वाचन एउटा महत्वपूर्ण चाडजस्तै हो । जनप्रतिनिधि चयन गर्ने सुनौलो अवसर हो । तर, पछिल्लो समय चुनावी अभ्यासहरू स्वच्छ र प्रतिस्पर्धापूर्ण हुन छाडेका छन् । प्रतिनिधि छनोट प्रक्रिया महँगिँदै छ । भड्किलो प्रचार, टिकट पाउनकै लागि खर्च । आफ्नालाई रिझाउनुपर्ने, नेतृत्वको चाकरी गर्न‘पर्ने । उम्मेदवार हुनेसँग पैसा कति छ भन्नेबाट मूल्याङ्कन हुन थालेको छ ।
राजनीतिक आस्था, विचार, सङ्गठन, सदस्यताको कुरा अब फगत गफै हुन थालेछन्, भोट जो जससँग पैसा छ उसैलाई हो । जब नेतृत्वले नै गलत संस्कृति अँगाल्न थाल्छ र आफूखुसी गर्छ भने जनता पनि के कम भन्ने भएछन् । यस्ता गफ चोक, चौतारी, चियापसल, प्रतिक्षालयहरूमा प्रशस्तै सुन्न पाइन्छ ।
चुनावमा पार्टी र सङ्गठनको उमेदवारलाई होइन जसले बढी पैसा दिन्छ उसैलाई भोट । जनताको मत अब वस्तुसरह किनबेचमा रुपान्तरण हुन थालेछ । मतदानको अर्थ र मर्म अब गुमिसके छ । यस्तो किन भयो ? गरिब मतदाता भन्छन्, ‘चुनाव जितेपछि हामीलाई प्रतिनिधिले चिन्दैनन् । उनीहरूकै दुनो सोझ्याउने हुन् । गाडी चढेर हिँड्छन्, बाटोमा देखे पनि बोल्दैनन् । योजना र जागिरमा आफ्नैलाई अवसर दिन्छन् । हामी गरिब, भूमिहीन, सुकुम्बासी र अभावको जीवन बाँच्दै आएको पुस्तौँ भयो । चुनावमा कम्तीमा पैसा त पाइन्छ । नलिएर के गर्न‘ ?’
अब चुनाव सर्वहारा वर्गबाट माथि पुगिसकेको छ । सर्वहाराले सत्ता र शक्तिको नेतृत्वमा पुग्ने र वर्गीय मुक्तिका लागि सपना देख्न गाह्रो हुँदै छ । टिकट हात पार्न खर्च; मनोनयन दर्ता गर्दा खर्च; सभा, जुसुस र घरदैलो अभियानमा खर्च; प्रचारप्रसार र व्यवस्थापन खर्च; चुनावी अभियानमा खर्च; महिना पहिलादेखि ठाउँठाउँमा मेस (आफ्नै कार्यकर्तालाई खाना खुवाउन बनाइएको भान्सा र सेल्टर, जसलाई मेस भनिने रहेछ) राखेर खुवाउनुपर्ने रहेछ । त्यसमा पनि खर्च । मत किन्नै खर्च ।
कम्युनिस्ट पार्टीका नेता÷कार्यकर्ताहरू पनि अब सङ्गठन र अभियानमा होइन, पैसा भएकै उमेदार खोज्न थालेपछि परिवर्तन र विकास फगत गफमात्र बन्दै छ । त्यही भएर प्रचण्डको भनाइ नै सही चुनावमा खर्च गर्न पैसा नभएर माओवादी सुक्दै गएको हो । अहिले सर्वहाराका नायक भनिएका प्रचण्ड हिजो पुँजीपतिको पार्टी कांग्रेस भनेर गाली गर्न घोक्रा सुकाउने गरी कराउँथे, आज नायक उतै टाँसिन पुगेका छन् । सायद् संसदीय राजनीतिक व्यवस्थामा हुने यही होला ।
दलीय व्यवस्थामा स्वतन्त्र उठ्न र जित्न गाह्रो छ । काठमाडौँका बालेन शाह र धरानका हर्क साम्पाङ एउटा प्रतिनिधि पात्र मात्र हुन् । सबैतिर यस्तो माहोल छैन । हुन गाह्रो पनि छ । यद्यपि राजनीतिप्रति बढ्दै गएको बेथितिले आक्रान्त भएका जनताले परिवर्तन भने चाहेका छन् ।
यो विडम्बना हो । अर्कोतिर राजनीतिक कार्यकर्ता जो जीवन नै त्यही राजनीतिमा लगाएर समाजसेवा गर्छ‘ भनेर होमिए, उनीहरू परिवर्तित व्यवस्थाबाट थिचिँदै जान थालेका छन् । उनीहरू पार्टीका नेताहरूको गुलामी गर्न नसक्दा चुनावमा टिकट पाउनबाट वञ्चित हुन थालेका छन् । जीवनभर अर्थ उपार्जनमा भन्दा पनि नेताको पछि लाग्दै हिँडेका कार्यकर्ताहरू सर्वहार हुँदै छन् । अब उनीहरूबाट पनि सत्ता र शक्ति टाढिँदै छ ।
हामी विकासको कुरा गर्छौं । परिवर्तनको कुरा गर्छौं । समृद्धिको कुरा गर्छौं । सर्वहारावर्गको मुक्तिको कुरा गर्छौं । यस्ता कुरा गर्दा थाक्दैनौँ पनि । अब यस्ता भाषणहरू गफै भए । रोचक पक्ष के भने चुनावमा धेरै उम्मेदवार उठ्छन् किनभने यो दलीय व्यवस्था हो । चुनावमा उठेपछि हार–जीत स्वाभाविक हो, जसलाई चुनावी मैदानमा जानुअघि नै स्वीकार गर्नुपर्ने हुन्छ ।
राजनीति परिवर्तनका लागि होइन रहेछ, यो त हुनेहरूबीचको शक्तिको खेल मात्रै रहेछ भनेजस्तो भएको छ, जसले नहुनेलाई मोहरा मात्रै बनाउँदैछ, सर्वहारालाई उपयोग गरिँदै छ र आफू निकटहरूलाई सत्ताको वरिपरि राख्ने प्रथा चलेको छ । पर्याप्त फाइदा आफ्नै वरिपरी घुमाइरहन्छन् । के यो लोकतन्त्रको मर्मविपरीत कार्य भएन र ?
यसरी विकास हुँदै गएको राजनीति अनि चुनावले धेरै कुरा सोच्न बाध्य बनाएको छ । हामी गरिब देशका नागरिक भन्छौँ, समृद्धिको सपना बाँड्छौँ । साँच्चै चुनावमा खर्च गर्न करोडौँ पैसा कहाँबाट ल्याउने ? अनि चुनावमा वितरण गरेको पैसा प्रतिनिधिले कसरी कमाउने ? सबै व्यवसायी छैनन् । सबै धनी छैनन् । महँगी बढ्दो छ । दैनिक खर्चको सूची लामो हुँदै छ । अनि जो सत्ता र शक्तिमा हुन्छन्, उनीहरूले मात्रै कमाइरहने प्रवृत्तिको विकास हुँदै छ ।
हामी लोकतान्त्रिक व्यवस्थाको अभ्यासमा छौँ । हाम्रो संविधानले समाजवादउन्मुख अर्थतन्त्रको बाटोमा मुलुक जाने परिकल्पना गरेको छ । यस्ता चुनावी अभ्यास देखेपछि मनमा अनगिन्ती प्रश्नहरू उब्जिएका छन् । के अहिले हाम्रा दल तथा नेतृत्वले गरिरहेको अभ्यासले हामी समाजवाद हुँदै साम्यवादी व्यवस्थामा जान सकौँला त ?
२०७९ साल मंसीर ५ गतेको सम्पादकीय
मतदातामा नदेखिएको उत्साह
आइतवार सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा ६१ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । केही स्थानको पूर्ण विवरण आउन बाँकी रहेकाले केही प्रतिशत बढ्ने आशा गरिएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दावी गरे । त्यसो त, प्रारम्भिक विवरण अनुसार, ६१ प्रतिशत मत खसेको छ । अपेक्षाभन्दा कम मतदान भयो । दलीय गठबन्धन, नेताहरूप्रतिको वितृष्णा, स्थानीय चुनावको तुलनामा कम उम्मेदवार हुनु जस्ता कारणले मत कम खसेको विश्लेषकहरू बताउँछन् ।
यस पटक सोचेभन्दा कम मत खस्यो । स्थानीय चुनावमा भन्दा मतदाता नै देशमा कम उपस्थित भएका हुन सक्छन् । स्थानीय चुनावमा उम्मेदवारले मतदाता आकर्षित गरेका थिए । प्रतिनिधि सभा र प्रदेश सभामा उम्मेदवारले मतदाता आकर्षित गरेको देखिएन । जे गरे पनि पहिलाकै पार्टी हो भन्ने सोचाइले गर्दा पनि मतदान केन्द्रसम्म धेरै जना नगएको हुन सक्छ । निर्वाचनमा उत्साहको कमी हुनु चाहिं ठूला पार्टीलाई विरोध गर्ने प्रवृत्ति पनि कमजोर हुनु हो । किनभने, प्रतिबद्ध मतदाता त जसरी पनि जान्छन् । यसका खास कारण के हुन् भन्ने मत परिणामले पनि देखाउँछ । दलहरूले अपेक्षा पूरा गरेनन् भनेर कम भोट खसेको अनुमन अहिले गनर्ए थालिएको छ । पार्टीले भित्रैबाट विकल्प खोज्नेछ भन्ने मतदाताको अपेक्षा थियो । मतदातामा नैराश्य देखियो । स्वतन्त्रबाट समाधान हुन्छ भन्ने विश्वास छैन । तर, पार्टीले नयाँ अनुहार नदिंदा कम मत खसेको हुन सक्छ । मतदान केन्द्र पनि टाढा भएको अर्को अनुमान गरिएको छ । घरमा प्रायः महिला र ज्येष्ठ नागरिक छन् । उनीहरूलाई राजनीतिमा धेरै चासो नहुन सक्छ । महिला मतदाता घरको कामधन्दा सकेर मात्रै जान पाउँछन् । त्यसो त, शहरबाट भोट हाल्न धेरै मान्छे गाउँ फर्किएनन् । फर्किएका पनि मतदान केन्द्रसम्म गएको देखिएन । गठबन्धनले गर्दा पनि अलमल परेको देखियो । माओवादीले छोराछोरी, आफन्त मारेका मतदातामा किन भोट दिने भनेको पनि सुनियो । समग्रतामा निर्वाचनले साधारण मान्छेलाई आकर्षित गरेको देखिएन ।
त्यसो त यस पटकको चुनाव महँगो हुने देखिएको छ । बेथितिका दृश्य पनि देखिएका छन् । शहरबाट गाउँ फर्केर भोट दिने उत्साह देखिएन । नेताहरूका विगतका क्रियाकलापबाट जनता सन्तुष्ट देखिएनन् । नुवाकोटकै निर्वाचन क्षेत्रहरूमा समेत स्वतन्त्र र नयाँ उम्मेदवारको उत्साह देखिएन । मधेशी दलको यहाँ खास उपस्थिति नै छैन । भोट घट्नुको एउटा कारण गठबन्धन पनि हो । स्थानीय चुनावमा दलहरूले गठबन्धन गर्दा एक पटकलाई भैगो त भनेर पनि मत दिए । तर, जहिल्यै नेताले भनेकै मान्छेलाई भोट दिनुपर्ने ? आफ्नो पार्टीलाई भोट दिन नपाउने ? भन्ने सोच आम नागरिकहरूमा देखिएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले बीसौं वर्ष गठबन्धन जान्छ भन्दै हिंडे । यसले पनि वितृष्णा जगाएको हुनुपर्छ । २०७४ मा नेकपाले बहुमत पायो । तर, तीन वर्षभन्दा बढी चल्न सकेन । स्थिरताका लागि बहुमत दिँदा पनि पार्टी फुटाउँछन् भन्ने सोच देखिएको छ ।
नेत्रविक्रम चन्द (विप्लव सी) नेतृत्वको नेकपा, मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा र विश्वभक्त दुलाल (आहुती), नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले यो चुनाव बहिष्कार गरेका थिए । वैद्य बाहेकका पार्टीले त चुनावको केही दिनअघि कमलादीस्थित प्रज्ञा भवनमा संयुक्त पत्रकार सम्मेलन गरेर चुनाव बहिष्कार गर्ने बताएका थिए । एकातिर राजनीतिको मूलधारमा आएको भनेर सरकारसँग तीन बुँदे सहमति गरेको विप्लवसमेत अहिले चुनाव बहिष्कार अभियानमा देखिए ।
कम मत खस्नुमा विभिन्न कारणमध्ये सुरक्षा थ्रेट पनि एक रहेको हुनसक्ने अनुमान छ । सुरक्षा थ्रेटका कारण मात्रै कम मत खसेको भन्न मिल्दैन । विभिन्न कारणमध्ये यो पनि एक हुनसक्छ । केही जिल्लामा होक्स राखेर तर्साउन खोजिए पनि अन्य जिल्लामा भने शान्त रुपमा निर्वाचन सम्पन्न भएको थियो । त्यति हुँदा पनि सोचेअनुसार भने मत खसेको पाइएन । यसको मुख्य कारण दलहरुप्रति देखिएको वितृष्णा, आक्रोशका कारण पनि कम मत खसेको विश्लेषण गरिएको छ । पटकपटक मत हालेर परिवर्तनको आश गरे पनि सोचेअनुसार नभएकाले उत्साहजनक मतदान नभएको विश्लेषण पनि गरिन्छ ।
नयाँ संरचनामा गएपछि भएको दोस्रो स्थानीय तहको चुनावमा अघिल्लो २०७४ सालको निर्वाचनमाभन्दा झण्डै दश प्रतिशत कम मतदाता सहभागी भएको पाइनुलाई मतदाताहरूमा सन्तोषजनक महशुस नभएको नै भन्न सकिन्छ । त्यसको कारण गठबन्धन हुँदा त्यसलाई नरुचाउने कतिपय प्रतिबद्ध मतदाता’भोट नहालेको एवं पछिल्ला पाँच वर्षमा राजनीतिक उत्साहमा समेत कम आएको हुनसक्ने पनि अनुमान लगाउन सकिन्छ । एक चरणमा निर्वाचन गर्नुपर्दा आयोगले अलिकति चाहेजस्तो सुरक्षा व्यवस्था बन्दोबस्त हुन नसकेको हो कि भन्ने पनि अड्कलबाजी सुरु भएको छ । अघिल्लो चुनाव वैशाख, असार र असोजमा गरेर तिन चरणमा भएको थियो ।
अघिल्लो चुनावमा १ करोड ४० लाख ७४ हजार ४२४ जना योग्य मतदाता रहेकामा अहिले एक करोड ७७ लाख ३३ हजार ७२३ मतदान थिए । वैदेशिक रोजगारी, सरकारी काम वा व्यवसायका कारण आफ्नो मतदान केन्द्रभन्दा बाहिर रहनुलाई कम मत खस्नुको एउटा स्वभाविक कारण मानिएको छ । लोकतान्त्रिक पद्धतिमा मतदाताहरू सुरुसुरुका वर्षमा एकदमै उत्साहित हुने र त्यसपछिका वर्षमा कम हुँदै जाने प्रवृत्ति पनि देखिन्छ । २०७४ सालमा नयाँ संविधान बनेपछि पहिलो स्थानीय निर्वाचन थियो, त्यसै वर्ष सबै खाले निर्वाचन पनि भएका थिए । त्यतिखेर मानिसलाई जति उत्साह थियो यस पाँच वर्षका कामले गर्दा त्यो उत्साह केही घटेको पनि हुनसक्छ । तर खासगरी धेरै मतदाता भएका ठाउँमा आधाजसो मतदाता भोट हाल्न नजानु चिन्ताको विषय छ ।