पञ्चकन्या । नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नं. ५ भद्रुटारमा गठन भएको भद्रुटार स्वावलम्बन कृषि सहकारी संस्था लिमिटेडको पहिलो अधिवेशन सम्पन्न भएको छ । १७ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा समिति चयन भएको छ ।
वडा नं. ५ का अध्यक्ष माधब सिटौलाको प्रमुख आथित्यता भएको कार्यक्रममा उक्त वडाको १५ वटा स्वावलम्बन समुहका १२० जनाको उपस्थिति रहेको थियो । जसमा स्थानीय सहकारी संस्थाका प्रतिनिधिहरू, स्थानीय बिद्यालयका प्रधानाध्यापकहरूले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष सिटौलाले साच्चै गरिवी मुक्तिका लागि सहकारी अभियानका भन्ने मुल नाराका साथ सहकारी संस्था अगाडी बढाउन शुभकामना दिँदै भर्खर उम्रेको सहकारीको बिरुवा हुर्काउन सबै लाग्नुपर्ने र त्यसको लागि वडाको तर्फबाट हरेक कुरामा सहयोग रहने बताएका छन् । ग्रामीण स्वावलबन बिकास केन्द्रका तर्फबाट ‘फिल्ड कोअर्डिनेटर’ साधुराम सापकोटाले संस्थाबाट सहकारी निर्माणमा सहजीकरण गरिएको स्मरण गराउदै सहकारीलाई सहकारीको मर्म अनुसार सञ्चालन गर्नको लागि आग्रह गरे । कार्यक्रमका सभापति तथा उक्त सहकारी संस्थाका संस्थापक अध्यक्ष गोकर्ण गिरीले सहयोगी संस्थालाई धन्यवाद दिदै भद्रुटारमा समुह हुँदै बनेको सहकारीका कारण कृषकहरूमा नविन जागरण आएको बताए ।
यसै बीच, उक्त भद्रुटार स्वावलम्बन कृषि सहकारी संस्था लिमिटेडको पहिलो अधिवेशनले गोकर्ण पौडेलको अध्यक्षतामा सञ्चालक समिति गठन गरेको छ । जसको उपाध्यक्षमा समिर सुबेदी, सचिवमा हरि मगर, सह सचिवमा कल्पना खनाल, कोषाध्यक्षमा लक्ष्मी पाण्डे छन् ।
यस्तै सञ्चालक समिति सदस्यहरूमा शान्ति श्रेष्ठ, रुपा थपलिया, सिता गिरी, हरि थपलिया, विमला तामाङ, सुमित्रा गिरी, ईन्दिराकुमारी कँडेल, गणेश गिरी, अञ्जु मगर, रोशन भट्टराई, सन्तोष सिटौला र सन्तोष सुर्खेती छन् । लेखा तथा सुपरिवेक्षण समिति संयोजकमा यशोदा पाठक, सदस्यहरूमा पुष्कर लामिछाने र सुमित्रा गिरी छन् ।
No comments:
Post a Comment