![]() |
महोत्सवको बारेमा जानकारी संघले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष कार्की (बीचमा), दिद्धिय उपाध्यक्ष उप्रेती (बाँयाँ) र प्रवक्ता राजभण्डारी (दाँयाँ) । तस्बिर : इमेज |
विदुर । नुवाकोट उद्योग वाणिज्य संघको आयोजनामा आउँदो माघ २७ देखि फागुन १० गतेसम्म हुने सातौँ नुवाकोट महोत्सवको तयारी तीव्र रूपले भइरहेको छ । महोत्सवको तयारीको विषयमा जानकारी दिनका लागि संघले बिहीवार विदुरमा पत्रकार सम्मेलनको आयोजना गरेको थियो ।
यस पटकको महोत्सवलाई फरक बनाउने दावी आयोजकले गरेको छ । संघका अध्यक्ष ताराबहादुर कार्कीले महोत्सवलाई जिल्लावासीको साझा बनाउने गरी अध्ययन थालिएको बताएका छन् । संघका द्धितिय उपाध्यक्ष सन्तोष उप्रेतीले सातौं महोत्सवले जिल्लाको आर्थिक विकासमा खास टेवा पुग्ने गरी योगदान हुने प्रतिक्रिया दिएका छन् ।
पत्रकार सम्मेलनमा संघका प्रवक्ता सविन राजभण्डारीले महोत्सवको तयारीका क्रममा हालसम्म भएको गतिविधिहरूको जानकारी दिएका छन् । संघका कोषाध्यक्ष दिनेशकुमार श्रेष्ठले अघिल्लो महोत्सव घाटामा गएको भएपनि यसपटक आयोजक नुवाकोट उद्योग बाणिज्य संघलाई नाफा हुने गरी गृहकार्य भइरहेको बताए ।
यसै बीच, महोत्सवलाई भव्य र सभ्य बनाउने नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष एवम् महोत्सवका संयोजक ताराबहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकले जिम्मेवारी बाँडफाँट गरेको छ । महोत्सवलाई भव्य रूपमा सम्पन्न गर्न नुवाकोटको रीतिरिवाज, धार्मिक, सांस्कृतिक, भाषा, वेशभूषा, कला र स्थानीय कृषि उत्पादन, धार्मिक एवम् ऐतिहासिक स्थलको प्रचार–प्रसार गर्नेलगायतका जिल्लाको पहिचान झल्कने महोत्सव बनाउने उद्देश्यले ३० वटा उपसमिति बनाएर संयोजकको जिम्मेवारी तोकेको छ । संयोजकले बाँकी सदस्य चयन गर्ने अधिकारसमेत दिएको संघका महासचिव कृष्णप्रसाद अधिकारीले बताएका छन् ।
महोत्सवको मूल समारोह समितिको संयोजक ताराबहादुर कार्कीका अनुसार अतिथि सत्कार उप समिति संयोजकमा वरिष्ठ उपाध्यक्ष गीता अमात्य, मेला अनुगमन निरीक्षण उप समिति संयोजकमा पूर्वअध्यक्ष शरण उत्सुक सापकोटा, स्थानीय पालिकासँग समन्वय उप समिति संयोजकमा संघका पूर्वअध्यक्ष धननारायण चित्रकार, प्रचार–प्रसार र मञ्च व्यवस्थापन उप समिति संयोजकमा महासचिव कृष्णप्रसाद अधिकारी, उपहार व्यवस्थापन उप समिति संयोजकमा प्रथम उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, ब्रोसर तथा कलाकार व्यवस्थापन उप समिति संयोजकमा द्वितीय उपाध्यक्ष सन्तोष उप्रेती, बाल उद्यान तथा हेलिकोप्टर व्यवस्थापन उप समिति संयोजकमा सचिव उपेन्द्र बुढाथोकी रहेका छन् ।
त्यसैगरी, सूचना त था सञ्चार उप समिति संयोजकमा प्रवक्ता सविन राजभण्डारी र आर्थिक व्यवस्थापन उप समिति संयोजकमा कोषाध्यक्ष दिनेशकुमार श्रेष्ठ, गेट व्यवस्थापन उप समिति संयोजकमा निरोज खड्गी, खानेपानी तथा सरसफाइ व्यवस्थापन उप समिति संयोजकमा उद्धव पन्त, स्वयंसेवक परिचालन उप समिति संयोजकमा सुमन भण्डारी, आदिवासी तथा जनजातिको कला, संस्कृति, वेशभूषा, परिकार प्रदर्शनी तथा व्यवस्थापन उप समिति संयोजकमा नवीनकुमार जोशी, पार्किङको व्यवस्थापन उप समिति संयोजकमा गगन लामा, कृषि स्थानीय उत्पादन तथा संघ–संस्था समन्वय उप समिति संयोजकमा विष्णु प्याकुरेल, कृषि पर्यटन समन्वय उप समिति संयोजकमा सरोज श्रेष्ठ, पास व्यवस्थापन उप समिति संयोजकमा ध्रुवकुमार रावल छन् ।
महोत्सवको बाद्यबाधन व्यवस्थापन उप समिति संयोजकमा सविन जोशी, महिला उद्यमीको उत्पादन प्रदर्शनी उप समिति संयोजकमा लिस्ना प्रधान, स्थानीय उत्पादन तथा स्टल मूल्याङ्कन उप समिति संयोजकमा गीता थापा ढकाल, स्थानीय कलाकारको संयोजन उप समिति संयोजकमा राजकुमार आचार्य, टिकट व्यवस्थापन उप समिति संयोजकमा मधुसुदन थपलिया, खाना तथा वास व्यवस्थापन उप समिति संयोजकमा हरिशरण रिमाल, ब्याच वितरण उप समिति संयोजकमा ज्ञानुमाया गिरी, काठमाडौं तथा अन्य जिल्लासँग समन्वयका लागि पुरुषोत्तम कार्की, प्रदेशस्तरीय समन्वयका लागि अञ्जली राजभण्डारी, सल्लाहकार समन्वयका लागि शिव देवकोटा, जग्गा व्यवस्थापनका लागि उत्तम ढकाल र स्टल व्यवस्थापनको जिम्मा मेघनाथ घिमिरेलाई दिइएको छ ।
महोत्सव पिपलटारमा गर्ने निर्णय गरेपछि वडाध्यक्ष लीलानाथ न्यौपानेले स्थानीयसँग समन्वय गरेर जग्गा व्यवस्थापनलगायत अन्य सहयोग जुटाइरहेका छन् । महोत्सवमा प्रवेश टिकट प्रतिव्यक्ति एक सय, विद्यार्थीलाई परिचयपत्रको आधारमा ६० र कलेज तथा विद्यालयको समूह आउँदा प्रतिविद्यार्थी ५० रुपैयाँ र ज्येष्ठ नागरिक, अपाङ्गता भएका, अशक्तलाई परिचयपत्रको आधारमा निःशुल्क गरिएको संघका प्रवक्ता सविन राजभण्डारीले जानकारी दिए ।
यसअघि उद्योग वाणिज्य संघे २०६३, २०६६, २०७०, २०७३, २०७४ र २०७६ मा महोत्सव सम्पन्न गरिसकेको छ । महोत्सवको सह आयोजकमा नुवाकोट जिल्लाका १२ वटै पालिका, जिल्ला समन्वय समिति रहेका छन् ।
जिल्लाको सांस्कृतिक विविधताको संरक्षण गरी समग्र आर्थिक, सामाजिक विकासका लागि पर्यटन, कृषि, घरेलु उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, क्षेत्रको विकास तथा सांस्कृतिक जागरण र पर्यटन क्षेत्रको प्रवद्र्धनमा टेवा पु¥याउँदै विगतदेखि महोत्सव गर्दै आएको संयोजक कार्कीले बताए । विभिन्न जातजाति, वर्ग र समुदायबीच सद्भाव एवम् भ्रातृत्व अभिवृद्धि गरी आर्थिक उत्पादनको दृष्टिले जिल्लाको समुन्नतिमा सङ्गठित रूपले प्रयत्नशील रहने लक्ष्य संघले लिएको छ । जिल्लालाई औद्योगिक, व्यापारिक, कृषि तथा पर्यटकीय क्षेत्रको रूपमा विकसित गर्ने, स्थानीयस्तरबाट उत्पादित वस्तुको बजारीकरण र गुणात्मक प्रतिस्पर्धाको विकास गर्ने, घरेलु उद्योगको प्रवद्र्धनमा टेवा पु¥याउने, घरेलु उत्पादन र कृषिलाई व्यावसायिक र आधुनिकीकरणतर्फ उन्मुख गराउने, निकासीयोग्य वस्तुको पहिचान एवम् बजार प्रवद्र्धनमा महोत्सवले सहयोग पुग्ने संघका द्धितिय उपाध्यक्ष सन्तोष उप्रेतीले बताएका छन् ।
जिल्लाको पर्यटकीय स्थलको विकास र विस्तारमा समेत महोत्सवले टेवा पु-याउने, स्थानीय बजारको विकास विस्तार एवम् विशिष्टकरणतर्फ उन्मुख गराउने, उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष अन्तरक्रिया गराई सकारात्मक सम्बन्ध विस्तार गराउने, आधुनिक एवम् नयाँ प्रविधि, उपकरण एवम् मेसिनबारे जानकारी गराउने, स्थानीय कला, साहित्य तथा लोकसंस्कृतिको जगेर्ना गर्ने, विभिन्न जातजातिबीच सांस्कृतिक, सामाजिक तथा धार्मिक सद्भाव अभिवृद्धि गर्ने, लगानीको अवसरको सिर्जना गर्ने, बहुप्रतीक्षित केरुङ–काठमाडौं रेलमार्ग र टोखा–छहरे सुरुङमार्ग, बालाजु–ककनी–पीपलटार सडक स्तरोन्नतिलगायतका आयोजनाको निर्माण काम अगाडि बढाउन सकारात्मक दबाब सिर्जना गर्ने उद्देश्य राखिएको संघका बरिष्ठ उपाध्यक्ष गीता अमात्यले बताए । तीन सयभन्दा बढी स्टल रहने महोत्सव आयोजक समितिका सदस्य तथा संघका कोषाध्यक्ष दिनेशकुमार श्रेष्ठले बताए ।
उद्योग वाणिज्य संघले कोभिडको कारण संघको गत वर्ष स्थगित ११ औँ अधिवेशन तथा साधारणसभा आगामी वैशाख ७ गते गर्ने निर्णय गरेको छ । संघका महासचिव कृष्णप्रसाद अधिकारीले दिएको जानकारीअनुसार गत वर्षको चैतमै सम्पन्न गर्नुपर्ने साधारणसभा र अधिवेशन कोभिड र स्थानीय, संघ र प्रदेशको निर्वाचनले गर्दा निर्धारित मितिमा भएन । यसपटकको अधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्ने भएकाले जिल्लाका उद्योगी–व्यवसायीले विशेष महत्वका साथ हेरिरहेका छन् ।
No comments:
Post a Comment