![]() |
सहकारीको वार्षिक साधारण सभा उद्घाटन गर्दै विदुर नगरपालिकाको मेयर राजन श्रेष्ठ । तस्बिर : इमेज |
विदुर । विदुर नगरपालिका वडा नं. ९ कोलोनीमा रहेको काफलगेडी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं बार्षिक साधारण सभा तथा पाँचौं निर्वाचन शुक्रवार सम्पन्न भएको छ ।
निर्वाचनले हरिकृष्ण श्रेष्ठको अध्यक्षतामा पुनः सर्वसम्मत सञ्चालक समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा शिवराम श्रेष्ठ, सचिवमा सुमन अधिकारी, कोषाध्यक्षमा प्रदिप शाक्य चयन भएका छन् । सञ्चालक समितिका सदस्यहरूमा सिताराम अधिकारी, हिराकृष्ण श्रेष्ठ, सजनी श्रेष्ठ, राम महर्जन, काशीनाथ अधिकारी, उत्तमबहादुर केसी, बुद्धिमाया तामाङ चयन भएका छन् । लेखा सुपरीवेक्षण समिति संयोजकमा अनुज जोशी र सदस्यहरूमा बिजया शाह र सुजित श्रेष्ठ छन् । ऋण उपसमितिको संयोजकमा शिवराम श्रेष्ठ, सदस्यहरूमा कमलबहादुर तामाङ र राजकुमार श्रेष्ठ चयन भएको सहकारीका सचिव सुमन अधिकारीले जानकारी दिएका छन् । काफलगेडी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सल्लाहकार समितिमा रामकृष्ण श्रेष्ठ, महेन्द्रबहादुर नेपाल, केदारप्रसाद सेढाँई, कृष्णबहादुर प्याकुरेल, उषा रिमाल अधिकारी, नानीकाजी खड्का, मुकुन्द नेपाल, केशबबहादुर भण्डारी, बेदप्रसाद पौडेल छन् ।
सहकारीको १५ औं बार्षिक साधारण सभाको अबसरमा असल कारोवार गर्ने शेयर सदस्यहरूलाई समेत सहकारीले सम्मान तथा पुरस्कृत गरेको छ । जसमा दैनिक बचत तर्फ विदुर नगरपालिका वडा नं १ का कान्छी अधिकारी र विदुर–४ का दिपक श्रेष्ठ छन् । असल ऋणी तर्फ विदुर–१ का तुलबहादुर तामाङ, संस्थापक शेयर सदस्य तर्फ उत्कृष्ठ कारोवार गर्नेमा विदुर–८ का उषा रिमाल अधिकारी सम्मानित भएका छन् । त्यस्तै, सहकारीका बजार प्रतिनिधि मिना बोगटी, २०७८ सालको एसईई परीक्षामा उत्कृष्ठ हुने शेयर सदस्यका छोराछोरीमा सहकारीका व्यवस्थापक यमनाथ भट्टका छोरा लयस भट्ट, शेयर सदस्यहरू विदुर–९ कोलोनीका बुद्धिमाया तामाङका छोरा लाक्पा तामाङ र विदुर–९ का बशन्तराज केसीका छोरी मनिशा केसी सम्मानित भएका छन् ।
सहकारीको बार्षिक साधारण सभामा अध्यक्ष हरिकृष्ण श्रेष्ठले बार्षिक प्रतिवेदन, कोषाध्यक्ष प्रदिप शाक्यले आर्थिक प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिका संयोजक अनुज जोशीले लेखा प्रतिवेदन र व्यवस्थापक यमनाथ भट्टले चालु आर्थिक वर्षको साउनदेखि मंसीर महिनासम्मका कारोवारको अवस्थाको बारेमा प्रतिवेदन पेश गरेका थिए ।
सहकारीले गएको आर्थिक वर्ष २०७८/७९ मा ९५ लाख १६ हजार रुपैयाँ आम्दानी गरेको छ । शहकारीको शेयर पुँजी एक करोड ७८ हजार रुपैयाँ रहेको छ । गएको आर्थिक बर्षमा १० करोड १० लाख रुपैयाँ बचत संकलन र तीन करोड ८५ लाख रुपैयाँ ऋण लागनी भएको बताइएको छ ।
No comments:
Post a Comment