Monday, February 13, 2023

‘बुस्टर डोज’ आज आउने

विदुर । कोरोना भाइरस संक्रमणविरुद्धको अतिरिक्त मात्रा खोप (बुस्टर डोज) आज (फागुन १ गते) नेपाल ल्याइने भएको छ । सरकारलाई  ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी)ले फागुन १ र ४ गते खोप आउने निश्चित गरेको जानकारी दिएको छ  । यसअघि गाभीले खोप पठाउने भने तापनि कुन मितिमा भन्ने यकिन भएको थिएन । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालले तीनपटक गरी खोप आउने बताए । उनका अनुसार पहिलो पटक फागुन १ गते र दोस्रो पटक फागुन ४ खोप आउनेछ भने तेस्रो पटकको मिति अझै तोकिएको छैन । उनले तीन पटकमा १५ लाख मात्रा खोप आउने बताए ।

छिमेकी देश भारत र चीनमा कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि सरकारले ‘गाभी’ ३० लाख मात्रा खोप माग गरेको हो । पहिलो चरणमा १५ लाख मात्रा खोप आउने उनले बताए । गाभीले कोभ्याक्स सुविधामार्फत नेपाललाई बुस्टर डोजका लागि फाइजरको बाइभ्यालेन्ट खोप उपलब्ध गराउन थालेको हो । छिमेकी मुलुक भारत र चीनमा बीएफ ७ नामक प्रजातिको नयाँ भेरिअन्ट फैलिन थालेपछि मन्त्रालयले बुस्टर खोप लगाउन छुटेका सबैलाई खोप लगाउन आग्रह गरे पनि अहिले संक्रमण घटेको छ । अहिले संक्रमण पनि कम हुँदै गएको छ । 

No comments:

Post a Comment