Monday, February 13, 2023

२०७९ साल फागुन १ गतेको सम्पादकीय

प्रचार र ब्रान्डिङको आवश्यकता

कोभिड महामारीपछि विश्व पर्यटन लयमा फर्किन संघर्षरत छ । नेपालको पर्यटन क्षेत्र पनि तंग्रिन खोज्दै छ । बागमती प्रदेशमा ऊर्जा, पर्यटन र कृषिक्षेत्रको उच्च व्यावसायिक सम्भावना देखिएको छ । यस प्रदेशभित्र उच्च भौगोलिक विविधता रहेकाले कृषि, पर्यटन र ऊर्जाको तुलनात्मक रूपमा बढी सम्भावना देखिएको हो । राष्ट्र बैंकले गरेको अध्ययनको प्रतिवेदन अनुसार बगमती प्रदेशमा कृषि, पर्यटन र ऊर्जाको तुलनात्मक रूपमा बढी सम्भावना देखिएको छ । यस प्रदेशअन्तर्गतका जिल्लामध्ये हिमाली भेगमा धादिङ, काभ्रे र नुवाकोट, उपत्यकामा काठमाडौं, भक्तपुर र ललितपुर तथा भित्री मधेशमा मकवानपुर, चितवन जिल्ला रहेका छन् । यसरी प्रदेश भित्र उच्च भौगोलिक विविधता रहेको हुँदा यस्तो सम्भावना देखिएको हो । हुन त अन्य क्षेत्रमा पनि सम्भावना छन्, तर बढी मात्रामा कृषि, पर्यटन र ऊर्जामा व्यावसायिक सम्भावना देखिएको छ । त्यसो त, यो नै पूर्ण नहुन पनि सक्छ । तर, राष्ट्र बैंकले नै फिल्ड भिजिट गरेर यस्तो निष्कर्ष निकालेको छ । बागमती प्रदेशमा जलविद्युत् उत्पादनका लागि उपयुक्त भौगोलिक अवस्थिति र जलस्रोतको उपलब्धता रहेको छ । विशेषगरी रसुवा, नुवाकोट, दोलखा, सिन्धुपाल्चोकलगायत जिल्लामा जलविद्युत्को उच्च सम्भावना देखिएको छ । कृषितर्फ धादिङ, भक्तपुर, काभ्रे तथा नुवाकोटलाई तरकारी पकेट क्षेत्रका रूपमा विकास गर्न सकिने छ । यस प्रदेशमा संघीय राजधानीको अतिरिक्त बनेपा, धुलिखेल, नारायणघाट, हेटौंडाजस्ता उच्च जनसंख्या भएका शहरहरू पनि छन् । उक्त अवस्थामा प्रशोधित खाद्यान्न, तरकारी, फलपूmल, माछा, मासुलगायत वस्तुको बजारको पनि उच्च सम्भावना रहेको छ । 

बैदेशिक रोजगारबाट फर्कने युवालाई कृषिक्षेत्रमा आकर्षण गर्न सके कृषिक्षेत्रलाई व्यवसायीकरण गर्न सकिने छ । यसबाहेक अन्तरराष्ट्रिय उडानमार्फत उच्च मूल्यका कृषि उपजहरू पनि निर्यात गर्न सकिने छ । यस प्रदेशमा पर्यटन व्यवसायको पनि उच्च सम्भावना छ । विशेषगरी प्रदेशभित्र काठमाडौं उपत्यका, चितवनको सौराहा, रसुवाको स्याफ्रुबेंशी, लाङटाङ, रसुवागढी, नुवाकोटको दरवार क्षेत्र, कपिलेश्वर महादेव मन्दिर परिषर, दुप्चेश्वर, सिन्धुपाल्चोकको हेलम्बुलगायत पर्यटकीय क्षेत्र भएकाले पर्यटनको विकास गर्न सकिने अधिक सम्भावना छ । यसका लागि पर्यटन पूर्वाधारमा पनि लगानी बढाउन आवश्यक रहेको देखिएको छ । यस प्रदेशमा धार्मिक, सांस्कृतिक, जातीय, भाषिक विविधिता रहेको छ । काठमाडौं उपत्यकामा सात किलोमिटर क्षेत्रफल भित्र रहेका विभिन्न सातओटा पर्यटकीय स्थलहरू विश्व सम्पदा सूचीमा सूचीकृत छन् । त्यसैले यस प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटनको उच्च सम्भावना छ ।

बागमती प्रदेशमा रोजगारीका अवसर र जनसांख्यिक लाभको पनि उच्च सम्भावना देखिएको छ । आर्थिक गणना २०७५ अनुसार ३० प्रतिशत उद्योग प्रतिष्ठानहरू बागमती प्रदेशमा नै छन् । साथै, जनसंख्याको २०.९ प्रतिशत जनसंख्या पनि यही प्रदेशमा रहेको छ । यस प्रदेशमा रोजगारीका अवसर र जनसांख्यिक लाभको उच्च सम्भावना छ । पूर्वाधार विकासमा पनि वागमती प्रदेशको उच्च सम्भावना देखिएको छ । संघीय राजधानी काठमाडांैलगायत प्रमुख शहरहरू यही प्रदेशमा नै छन् । त्यस्ता शहरहरू रेल, मोनो रेल, ट्राम, ट्रली, केबलकारजस्ता आधुनिक पूर्वाधारहरूको व्यावसायिक सम्भावना अधिक छ । यहाँ खाद्य तथा दूध प्रशोधन उद्योगहरूको पनि सम्भावना छ । यस प्रदेशमा शहरीकरणको क्रम तीव्र रहेको र मुलुकको राजधानी समेत यसै प्रदेशभित्र अवस्थित भएकाले यस्तो सम्भावना रहेको विज्ञहरूले नै तर्क गर्दै आएका छन् । बागमती प्रदेशमा आन्तरिक र वैदेशिक लगानी भित्र्याएर उद्योग तथा व्यापार व्यवसाय विस्तार गर्न सकिने सम्भावना पनि देखिएको छ । यस प्रदेशमा हिमाल, पहाड, वन, नदी, खानी र खनिजलगायत प्राकृतिक स्रोत रहेका छन् । यस्तै, इन्टरनेट, यातायात, शिक्षालगायत आधारभूत सेवामा अग्रणी स्थानमा रहेको छ । बैंकिङ क्षेत्रको कुल निक्षेपमा ६९ प्रतिशत र कुल कर्जामा ५५ प्रतिशत यही प्रदेशको अंश रहेको छ । उक्त अवस्थामा आन्तरिक र वैदेशिक लगानी ल्याएर उद्योग तथा व्यापार व्यवसाय विस्तार गर्न सकिने छ । बागमती प्रदेशमा अधिकतम राजस्व परिचालन गरी विकास निर्माणका कार्यलाई तीव्रता दिने सम्भावना पनि देखिएको छ । शहरीकरण, जनघनत्व, उद्योग, व्यपार, व्यवसाय, यातायात तथा सञ्चार आदिका कारण यस प्रदेशभित्र राजस्वका आधार फराकिलो छ । अधिकतम राजस्व परिचालन गरी विकास निर्माणका कार्यलाई तीव्रता दिने छ । 

त्यसो त, बागमती प्रदेशमा चुनौती पनि उत्तिकै देखिएका छन् । विशेषगरी बढ्दो शहरीकरणका कारण मासिँदै गएको कृषि भू–क्षेत्रलाई संरक्षण गरी व्यावसायिक कृषि उत्पादनलाई प्रवद्र्धन गर्न चुनौती देखिएको छ । वातावरणीय प्रदूषण व्यवस्थापन, ट्राफिक व्यवस्थापन र व्यवस्थित शहरीकरणको विकास गर्न पनि चुनौती रहेको छ । पूर्वाधार विकासको गति बढाउन र विद्यमान पूर्वाधारहरूको समयमा नै मर्मत सम्भार गरी गुणस्तर कायम राख्न पनि चुनौती छ । भौगोलिक तथा धार्मिक सम्पदा, जैविक विविधता आदिको उचित संरक्षण र प्रवर्द्धन गरी पर्यटन क्षेत्रको विकास गर्न पनि चुनौती हुनेछ । वैदेशिक रोजगारी तथा शहरीक्षेत्रतर्फ पलायन श्रमशक्तिलाई कृषिक्षेत्रतर्फ आकर्षित गर्दै यस व्यवसायीकरण गर्न पनि चुनौती छ । साथै, बाँझो रहेका खेतीयोग्य जमीन उपयोगमा ल्याउन सामूहिक व्यावसायिक खेतीलाई प्रोत्साहित गर्न पनि चुनौछ । 

तसर्थ बागमती प्रदेशमा साहसिक र सांस्कृतिक पर्यटनमै केन्द्रित हुनुपर्छ । विश्व्यापी रूपमै साहसिक पर्यटनमा बढी आकर्षण देखिन्छ । यो क्षेत्रमा पर्यटकले पनि मोटो रकम खर्च गर्छन् । तर, हामी विपरीत दिशाबाट परिचालित भइरहेका छौँ । यो कमीकमजोरी सुधार गर्नुपर्छ । बागमती प्रदेश पर्यटक प्रडक्टमा अब्बल छ, प्रचार र ब्रान्डिङ नभएको मात्र हो । 

No comments:

Post a Comment