![]() |
प्रमाण पत्र ग्रहण गर्दै सभापति हरि श्रेष्ठ |
विदुर । नेपाल रेडक्रस सोसाइटी नुवाकोट जिल्ला शाखाको नयाँ नेतृत्व गएको सोमवार निर्वाचनबाट चयन भएको छ ।
जिल्ला सभामार्फत मन्त्रीसहित पाँच पदमा सर्वसम्मत र सभापतिसहित १२ पदमा निर्वाचनबाट नयाँ नेतृत्व चयन भएको हो । ३४ औँ जिल्लासभामार्फत भएको अधिवेशनले सभापतिमा हरि श्रेष्ठलाई निर्वाचित गरेको छ । उनले १११ मत ल्याएर विजयी हुँदा प्रतिस्पर्धी शिव गुणीले १६ मत पाएका थिए ।
उपसभापतिमा निरञ्जन आचार्य र सुशीला चित्रकार, मन्त्रीमा उद्धव शर्मा रिजाल, उपमन्त्रीमा प्रेमप्रसाद रिमाल र उपकोषाध्यक्ष पदमा क्षेत्रबहादुर तामाङ सर्वसम्मत निर्वाचित भएका छन् । कोषाध्यक्षमा नवराज सुवेदी निर्वाचित भएका छन् । उनले ९० मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी बद्रीप्रसाद त्रिपाठीले ३३ मत मात्रै पाए । यस्तै, तीनजना महिलासहित १० सदस्य पद सबै निर्वाचन प्रक्रियामार्फत चयन भएको छ । रेडक्रसको जिल्ला सदस्यहरूमा विनोदराज पाठक, रमेश गिरी, ज्ञानेन्द्र गिरी, रूपबहादुर तामाङ, केशव सुवेदी, राजकुमार भट्टराई, शंकर अमात्य, सुशीला श्रेष्ठ, निर्मला प्याकुरेल र पार्वती भट्ट हुमागाईं विजयी भएका छन् ।
नेपाल रेडक्रस सोसाइटी नुवाकोट जिल्ला शाखाको गएको सोमबार भएको ३४औँ जिल्लासभा शाखाको पूर्वअध्यक्ष रामप्रसाद जोशीको प्रमुख आतिथ्यता र कार्यवाहक सभापति निरञ्जनप्रसाद आचार्यको सभापतित्वमा विदुरमा सम्पन्न भएको थियो । जिल्लासभाको अवसरमा नुवाकोट जिल्लाभरबाट चयन भएका विदुर नगरपालिका– १० का बद्रीराम प्याकुरेललाई ‘उत्कृष्ट स्वयम्सेवक’ र बेलकोटगढी नगरपालिका– ८ मा रहेको कल्याणी माध्यमिक विद्यालयलाई ‘उत्कृष्ट जुनियर रेडक्रस सर्कल’ विद्यालयको रूपमा नगदसहित सम्मान गरिएको थियो । खानीगाउँ उपशाखालाई उत्कृष्ट उपशाखाको रूपमा सम्मान गरिएको छ ।
रक्तसञ्चार सेवा केन्द्र सञ्चालनमा सहयोग पु-याएको भन्दै रेडक्रस नुवाकोटको पूर्वसभापति स्वर्गीय सुरतबहादुर चित्रकारको नाममा स्थापना गरिएको ‘सुरतबहादुर चित्रकार स्मृति पुरस्कार’ लिखु गाउँपालिकालाई प्रदान गरिएको छ ।
रेडक्रस नुवाकोटले जिल्लामा विपत्को समयमा परिचालन, प्राथमिक उपचार तालिम, जुरेस÷युरेस गठन र क्रियाशील गराउने, रक्तसञ्चार केन्द्र सञ्चालन, एम्बुलेन्स सेवा सञ्चालनसहित गृह मन्त्रालयले दिएको जिम्मेवारी पूरा गर्दै अन्तर्राष्ट्रिय मानवीय संस्थाको रूपमा प्रतिष्ठित संस्थाको छवि कायम राखेर सेवा पु-याउँदै आइरहेको छ । नुवाकोटमा रेडक्रसको २३ उपशाखा र १३७ सदस्य रहेको छ ।
रसुवामा ४० वर्ष देखि बाबुलाल नै सभापति
![]() |
प्रमाण पत्र ग्रहण गर्दै सभापति बाबुलाल तामा |
धुञ्चे । नेपाल रेडक्रस सोसाइटी रसुवाको सभापतिमा पुनः बाबुलाल तामाङ निर्विरोध निर्वाचित भएका छन् । उनी रसुवा रेडक्रसको अध्यक्षमा ४० वर्ष देखि निरन्तर जिल्ला सभापतिमा सर्वसम्मत निर्वाचित हुँदै आएका छन् । तामाङ २०४० सालदेखि हालसम्म रसुवा रेडक्रसको सभापतिमा चुनिदै आएका हुन् । गएको हप्ता धुञ्चेमा भएको रेडक्रसको २८ औँ जिल्ला अधिवेशनले तामाङको नेतृत्वमा निर्विरोध रुपमा कार्यसमिति चयन गरेको हो ।
उप–सभापतिमा निलनाथ आचार्य निर्वाचित हुँदा महिला उप–सभापतिमा देकी छोपो तामाङ निर्वाचित भएका छन् । यस्तै मन्त्रिमा चुडामणी अधिकारी, कोषाध्यक्षमा दिनेशकुमार तामाङ र उपमन्त्रिमा राजकुमार घले निर्विरोध भएका छन् । त्यस्तै सदस्यहरूमा पासाङ तामाङी, शुशिला तामाङ, सार्की तामाङ, सुर्नष तामाङ, र दशरथ देवकोटा निर्वाचित भएका छन् ।
अधिवेशने उद्घाटन समारोहमा रसुवा रेडक्रसको स्थापनाकालदेखि आजिवन सदस्य रही जीवनको अन्त्यसम्म समाजसेवामा लागेका धुञ्चेका सोनाम साङबो तामाङ र छिरिङ ग्याम्जो तामाङलाई मरणेपरान्त सम्मान गरिएको थियो ।
No comments:
Post a Comment