यमकुमार खाती क्षेत्री
यमकुमार खाती क्षेत्री
जनताको हित हुने समाजलाई प्रत्यक्ष लाभ हुने किसिमको नयाँ काम गरेर देखाउने नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीलाई अवसर प्राप्त भएको छ । सिद्वान्त जिवनकालागी हो सिद्वान्त परिवर्तनका लागी हो भन्ने कुरा प्रमाणीत गर्ने विधि, पद्घती र कार्यशैली भएकाहरूले खुसी नेपाली समृद्व नेपाल निर्माण गर्न सपनाले मात्र हुदैन काम गर्ने ईच्छाशक्ती चाहिने रहेछ भन्ने हामीले प्रमाणित गर्नुपर्दछ ।
विधि पद्घती र कार्यशैली एमाले पार्टी नेतृत्वले लत्याए पालना गरेनन् त्यसैले विद्रोह गरी नेकपा एस जन्माउनु परेको भन्नेहरूले केही नेताहरूको दृष्टीकोण र बोली उच्छ्रिङ्खल देखिएको छ । बामपन्थीहरूको एकता हुनुपर्ने, विगतमा जे भयो समिक्षा गर्ने तवमात्र उपलव्धी हुन्छ अन्यथा समाप्त हुन्छौ भन्ने भनाई आउनु कस्तो सोचाई हो ?
बैचारिक रुपले सहमती नभैकन अन्य कम्युनिस्ट पार्टीहरूसँग एकता गर्नु भनेको एकतापछी फेरी फुटको विउ रोपिनु हो भन्ने कुरा अतितमा फर्केर हेर्न उपयुक्त हुन्छ । सरकारमा जान हतार गर्ने, अवसर खोजी गर्ने, शक्ती सञ्चयको काम नगर्ने पार्टी सँगठन गर्ने काम गर्दै नगर्ने सोचाई नै पलायनवादी र विसर्जनवादी चिन्तन हो ।
ईच्छापुर्ती नहुदा स्थिर रहन नसक्ने, ढुलमुले चरित्र देखाई हाल्ने र सुखमा रमाईहाल्ने यि अवसरवादी आत्मा केन्द्रीत समर्पणवादीहरूको चरित्रले आफैलाई घाटा पु-याउछ । बैचारिक सैद्धान्तिक रुपले जनतासँग सुमधुर सम्बन्ध वनाउने काम थालनी पो गर्नुपर्छ ।
शक्ति आर्जन र प्रतिष्ठाको लागी अवसर बिना काम गर्न सकिन्न भन्ने नेताहरू लाई मेरो सुझाव के छ भने हिजो एमालेमा रहदा विधि, पद्दती र पार्टी भनेको मै हुँ भन्ने केपी प्रवृत्तीको विरुद्व विद्रोह गर्दै गर्दा सबैभन्दा अघिल्लो मोर्चामा रहेर आन्दोलनका निम्ति कार्यकर्ता उक्साउने अहिले आएर गलत भ्रममा परेर एमाले भन्दा अलग रहेर पार्टी चल्दैन भन्नु, अर्थ के हो ? आफु सहरमा वस्ने पार्टी गतिविधिलाई निरन्तरता नदिने अनि कि एमालेमा फर्कनुपर्छ कि माओवादीमा विलय हुनुपर्छ भन्नु गलत हैन र ? यस्ताखाले विचार द्वैध चरित्र हुन्छ ।
सरकारमा जान लिखित प्रस्ताव नआउदा सम्म सरकारमा जान हतार गर्नु हुदैन । विद्रोहको औचित्य पनि समाप्त हुन्छ । जनता र पार्टीको हितमा प्रस्ताव आएछ भने यदी आएको छ भने पार्टीमा व्यापक छलफल गरेर जनभावना बुझेरमात्र सरकारमा जान उपयुक्त हुन्छ ।
सरकारमा गयको अवस्थामा जति सक्दो नागरिक हित अनुकुल नयाँ काम गर्न‘पर्दछ । विद्रोहबाट जन्मिएको नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले सरकारमा रहदा शक्तिको सदुपयोग गर्दै वैचारिक सैद्धान्तिक रुपले धेरै भन्दा धेरै कामका आधारमा जनतासंग सुमधुर सम्वन्ध बनाउनु पर्दछ । यसै बेलामा पार्टीले संगठन निर्माण गर्ने, जनसंगठनहरू बनाउने, बनिसकेका संगठन परिचालन गरी चलाएमान गराउने त्यस अवसरको सदुपयोग गरी एमालेबाट विद्रोह गर्नुपरेको कारण स्पस्ट पार्ने कामलाई तिव्रता दिनुपर्दछ ।
विचार मिल्ने पार्टीहरूसंग सहमती भएका दलहरू बीच वडा स्तर बाटै एकताको प्रकृयालाई निरन्तरता दिनु पर्दछ । हिजो पार्टी निर्माण हुँदाको अवस्थामा कार्यकर्ता नेताहरूलाई योग्यता क्षमता पार्टीमा काम गरेको निरन्तरता नहेरी हिजोका पुराना कार्यकर्ता र नेता भन्दै जिम्मेवारी तोकिदिँदा पार्टी काम अवरोध भै संगठन अगाडी बढेको छैन । योग्यता क्षमता पार्टीमा काम गरेको निरन्तरता नहेरी जिम्मेवारी दिन हुदैन, पुन पार्टीले जिम्मेवारी दिदा धेरै कुरामा ध्यान जानु जरुरी छ ।
छिन् छिनमा आफ्नुअनुकुल अनुसार वक्तव्य दिने, सही समयको सदुपयोग नगर्ने र अनुशासनको पालना नगर्नेहरूलाई दण्डित गर्ने परीपाटीको कडाईका साथ पालना गर्नु पर्दछ । पार्टी बैठकमा आलोचना आत्मालोचना गरिने परिपाटीको थालनी गर्न ढिला भैसकेको छ । आलोचना आत्मालोचनालाई व्यवस्थित गर्नु पर्दछ । तल्ला कमिटीहरूमा जिम्मेवारी दिएका कामको रिपोटिङ नगरहेको अवस्थालाई परिवर्तन गरी रिपोटिङ लिने दिने व्यवस्था कडाईका साथ गर्नुपर्दछ ।
निर्वाचनमा जान डराउने, पार्टी भित्र वसेर छलफल नगर्ने, पार्टीका नेताहरूको आलोचना गर्ने, आप्mनो कर्तव्यको पालना नगर्ने तर जताततै कुन्ठा पोख्ने, असन्तोष व्यक्त गर्नेे परिपाटीको अन्त्य गर्नुपर्दछ । पार्टीले नेताहरूलाई पूर्ण जिम्मेवार वनाई जिम्मेवारी दिएर योजना सहित अगाडी जानुपर्ने आवश्यकता देखिएको छ ।
देशमा वेथिति किन भयो ? नेता गलत किन भए ? पार्टीहरू गलत किन भए भने जस्ता जनगुनासो बढिरहेको अवस्थामा सार्वभौम सत्ता जनतामा निहित भएको सम्वैधानिक व्यवस्थामा पार्टीगत र बैचारिक रुपमा नै २०७७ फागुन २३ को नेकपा विघठन भए देखिनै यो प्रश्न उठिरहेको छ ।
विनासकाले विपरित बुद्धी भनिने उखानलाई सत्य साबित गर्दै २०७७ फागुन २८ गते एमालेका बाले आप्mनो समूहको मात्र बैठक राखेर कम्युनिस्ट पार्टीको धज्जी उडाएका थिए । नीति हैन नेता प्रधान हुने प्रावधान साबित गरिदिनुभयो । ति परिपाटी स्थापना गर्नु एमालेका निम्ति दुर्भाग्य थियो । विद्रोह गर्न केपीले हामीलाई बाध्य बनाए ।
चैत महिनाको ४ र ५ गते केपीका उद्दण्ड शैलीलाई विधि र पद्धती भित्र ल्याउन र कम्युनिस्ट पार्टीमा नेता हैन नीति प्रधान हुने कुरा सम्झाउन राष्ट्रिय कार्यकर्ता भेला भयो । भेलाले नेतृत्वलाई सच्चिन आग्रह ग¥यो । आग्रह गरिएका सुझावलाई पूर्वाग्रही भएर सबैलाई कार्वाहीको डण्डा चलाईसकेपछी घर न घाटको हुनु भन्दा केपी प्रवृती सच्याउन २०७८ भदौ २ गते पार्टी पूनर्गठन गरिएको हामीले भुलेका छैनौ ।
२०७५ जेठ २ गते नेपाल कम्युनिस्ट पार्टी–नेकपा जन्मदा नेता कार्यकर्तामा जुन उत्साह र खुसी थियो जनताले जित्ने पार्टी वनेकोमा सवैमा अतिनै हर्षले पार्टी काममा लाग्ने उमँग भरिएको थियो । यो उत्साह र खुसीलाई नेतृत्वका कारण व्यक्तीवादी चरित्र हावी हुनाले हाम्रो मार्गदर्शन सिदान्त माक्र्शवाद लेनिनवादलाई एउटा कुनामा थन्क्याउने काम भयो अन्तमा गएर पार्टी नै विघठन भयो ।
एमाले दक्षिणपन्थी विसर्जनवादमा भासिनपुग्यो । जति कोशिष गरे पनि पार्टी वैचारीक रुपमा फर्कने अवस्था भएन भन्ने कुरा प्रमाणीत गर्न अव हामीले पुन गल्ती दोहो-याउन हुदैन, गल्ती सच्याई कुन कुरा गर्दा कहाँ के कति असर पर्छ हेक्का राखेर मात्र वोल्नु पर्दछ । पार्टीहरूमा वैचारिक रुपले सहमती नभैकन अन्य पार्टीहरूसँग एकता गर्न हानिकारक हुन्छ । सबै कुरामा मसिनुसंग छलफल गरि तल देखी माथीसम्म सहमती गरेर एकता प्रकृया अगाडी वढाउनु पर्दछ । (लेखक नेकपा एकीकृत समाजवादीका केन्द्रीय परिषद् सदस्य हुन् । –सम्पादक)
No comments:
Post a Comment