Monday, February 13, 2023

लाखे नाच प्रतियोगिता हुने

पिपल्टार । सातौँ नुवाकोट महोत्सवमा बुधवार (फागुन ३ गते) जिल्लास्तरीय लाखे नाच प्रतियोगिता आयोजना गरिएको छ । पिपलटारमा हुने महोत्सवमा जिल्लाभर रहेका लाखे संस्कृतिको सम्बद्र्धनको लागि प्रतियोगिता आयोजना गर्न लागिएको लाखे नाच प्रतियोगिता उपसमितिका संयोजक तथा नुवाकोट उद्योग वाणिज्य संघका कोषाध्यक्ष दिनेशकुमार श्रेष्ठले बताए । 

लाखे नाच लगायतका अमूर्त सम्पदाहरूको सांस्कृतिक धरोहरको रुपमा रहेको चाडवर्पहरूलाई जिवन्त राख्नुपर्ने हाम्रो दायित्व भएका कारण पनि लाखे नाचको आयोजना गरिएको उनले बताएका छन् । नेवार समुदायमा विभिन्न प्रकारका लाखे नाचहरू नाचिन्छन् । त्यसको पहिचान र नुवाकोट महोत्सवको प्रबद्र्धनका लागि प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगिताले जिल्लाको आन्तरिक तथा बाह्य पर्यटन आगमनको लागि समेत टेवा पुग्नेछ बताइएको छ । एक दिने सञ्चालन हुने प्रतियोगितामा पहिलो हुनेले २५ हजार रुपैयाँ, दोस्रोले १५ हजार र तेस्रोले ११ हजार नगद पुरस्कार प्राप्त गर्ने उनले जानकारी दिएका छन् ।

लोप हुँदै गएको लाखे संस्कृति जोगाउन र नयाँ पुस्तालाई सभ्यताको जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गर्न लागिएको नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले बताएका छन् । लाखे नाच नेवार समुदायले कुनै विशेष जात्रा अथवा पर्वका अवसरमा लाखेको मुखुण्डो पहिरिएर गरिने परम्परागत नृत्य हो ।

No comments:

Post a Comment