![]() |
७ हजार २०५ मिटर अग्लो रसुवाको लाङटाङ । यो बागमती प्रदेशको सबै भन्दा अग्लो हिमाल हो । |
नेपालको कुल क्षेत्रफल १,४७,१८१ वर्ग कि.मी. मध्ये २०,३०० वर्ग कि.मी. यस प्रदेशमा पर्दछ । पूर्वमा प्रदेश १, पश्चिममा गण्डकी प्रदेश, उत्तरमा चीन र दक्षिणमा प्रदेश २ तथा भारतसँग यस प्रदेशको सीमाना जोडिएको छ । समुद्र सतहदेखि १४१ मिटरमा रहेको चितवनको गोलाघाटदेखि रसुवा जिल्लाको ७,२०५ मिटरको उचाईमा रहेको लाङटाङ हिमालसम्म फैलिएको यो प्रदेशमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा उल्लेख भए अनुसार हिमाली क्षेत्रमा पाँच जिल्ला (धादिङ, रसुवा, रामेछाप, सिन्धुपाल्चोक र दोलखा), पहाडी दुई जिल्ला (नुवाकोट र काभ्रेपलाञ्चोक), उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) र भित्री मधेशका तीन जिल्ला (सिन्धुली, मकवानपुर र चितवन) छन् । नापी विभागका अनुसार यो प्रदेश २६० ५५’ उत्तरी अक्षांशदेखि २८० २३’ उत्तरी अक्षांशसम्म र ८३० ५५’ पूर्वी देशान्तरदेखि ८६० ३४’ पूर्वी देशान्तरसम्म फैलिएको छ ।
यस प्रदेशका १३ जिल्लामा ३ वटा महानगरपालिका, १ वटा उपमहानगरपालिका, ४१ वटा नगरपालिका तथा ७४ वटा गाउँपालिका गरी ११९ स्थानीय तह छन् । प्रदेशभित्र रहेका काठमाडौं, ललितपुर र भरतपुर तीन महानगरपालिकाहरू हुन् भने हेटौंडा एकमात्र उपमहानगरपालिका हो ।
यस प्रदेशका गाउँपालिका र नगरपालिकाको संख्या नेपालको कुल गाउँपालिका र नगरपालिका संख्याको १५.८० प्रतिशत छ । काठमाडौ र भक्तपुर जिल्ला गाउँपालिका विहिन छन् भने रसुवा जिल्लामा नगरपालिका छैन । नेपालका गाउँपालिका र नगरपालिकाको कुल जनसंख्या मध्ये यस प्रदेशको गाउँपालिका र नगरपालिकाको जनसंख्याले २०.७४ प्रतिशत ओगट्छ । काठमाडौका स्थानीय तहले कुल प्रदेशको स्थानीय तहका जनसंख्याको ३१.२२ प्रतिशत ओगटछ । यसैगरी भूगोलमा सवभन्दा धेरै मकवानपुरको ११.७६ प्रतिशत छ ।
देशको धरातलीय विविधता अनुसार यहाँको हावापानीमा पनि विविधता रहेको छ । समुन्द्र सतहदेखि १४१ मिटर उचाईमा रहेको चितवनको गोलाघाटदेखि ७२२७ मिटर उचाईमा रहेको रसुवाको लाङटाङ हिमालसम्म फैलिएकोले सबै प्रकारको हावापानी पाइन्छ ।
यस प्रदेशमा हिन्दुहरूको आराध्यदेव पशुपतिनाथ (काठमाडौ), बूढानीलकण्ठ (काठमाडौ),स्वयम्भूनाथ (काठमाडौ), चागुनारायण (भक्तपुर), गोसाइकुण्ड (रसुवा), कालिञ्चोक भगवती (दोलखा), भिमेश्वर (दोलखा), लगायतका महत्वपूर्ण धार्मिक स्थलहरू छन् ।
गाउँपालिका र नगरपालिका
यस प्रदेशका १३ जिल्लामा ३ वटा महानगरपालिका, १ वटा उपमहानगरपालिका, ४१ वटा नगरपालिका तथा ७४ वटा गाउँपालिका गरी ११९ स्थानीय तह छन् । प्रदेशभित्र रहेका काठमाडौं, ललितपुर र भरतपुर तीन महानगरपालिकाहरू हुन् भने हेटौंडा एकमात्र उपमहानगरपालिका हो ।
यस प्रदेशका गाउँपालिका र नगरपालिकाको संख्या नेपालको कुल गाउँपालिका र नगरपालिका संख्याको १५.८० प्रतिशत छ । काठमाडौ र भक्तपुर जिल्ला गाउँपालिका विहिन छन् भने रसुवा जिल्लामा नगरपालिका छैन । नेपालका गाउँपालिका र नगरपालिकाको कुल जनसंख्या मध्ये यस प्रदेशको गाउँपालिका र नगरपालिकाको जनसंख्याले २०.७४ प्रतिशत ओगटछ । काठमाडौका स्थानीय तहले कुल प्रदेशको स्थानीय तहका जनसंख्याको ३१.२२ प्रतिशत ओगटछ । यसैगरी भूगोलमा सवभन्दा धेरै मकवानपुरको ११.७६ प्रतिशत छ ।
हावापानी
प्रदेशको धरातलीय विविधता अनुसार यहाँको हावापानीमा पनि विविधता रहेको छ । समुन्द्र सतहदेखि १४१ मिटर उचाईमा रहेको चितवनको गोलाघाटदेखि ७२२७ मिटर उचाईमा रहेको रसुवाको लाङटाङ हिमालसम्म फैलिएकोले सबै प्रकारको हावापानी पाइन्छ ।
महत्वपूर्ण धार्मिक स्थानहरू
यस प्रदेशमा हिन्दुहरूको आराध्यदेव पशुपतिनाथ (काठमाडौ), बूढानीलकण्ठ (काठमाडौ), स्वयम्भूनाथ (काठमाडौ), चागुनारायण (भक्तपुर), गोसाइकुण्ड (रसुवा), कालिञ्चोक भगवती (दोलखा), भिमेश्वर (दोलखा), लगायतका महत्वपूर्ण धार्मिक स्थलहरू छन् ।
प्रमुख ऐतिहासिक गढीहरू
मकवानपुर गढी : सेन राजाहरूले १९७ वर्षसम्म आफ्नो राजधानी बनाएको मकवानपुरगढी वि.सं. १६२२ मा लुवाङ सेनले बनाएको मानिन्छ । ऐतिहासिक, पुरातात्विक र सामरिक दृष्टिले पनि महत्पूर्ण रहेको यो गढी आजको मकवानपुर जिल्ला सदरमुकाम हेटौंडाबाट करीब १७ किलोमिटर उत्तर–पूर्वमा पर्छ। मकवानपुर जिल्लामा रहेको ऐतिहासिक तथा पर्यटकीय महत्वको स्थान हो ।
सिन्धुलीगढी : सिन्धुली जिल्लामा रहेको सिन्धुलीगढी प्राकृतिक सुन्दरता एवं ऐतिहासिक दृष्टिले महत्वपूर्ण स्थान मानिन्छ । काठमाडौंबाट करिब १५० किलोमिटर दक्षिणपूर्वमा ४ हजार ६४८ फिट उचाइमा रहेको यो क्षेत्र ऐतिहासिक रुपमा सुरक्षाको दृष्टकोणले महत्वपुर्ण मानिन्छ । सिन्धुलीगढी नेपाल–अंग्रेज युद्धको जीवित दस्तावेज हो । त्यस क्षेत्रमा निर्माण गरएिका अप्ठ्यारा खाल्डा, शत्रुलाई आक्रमण गर्न बनाइएका आड तथा दुर्गहरू अहिले अचम्मलाग्दा देखिन्छन् । यो क्षेत्र घुम्दा त्यसबेला नेपाली योद्धाले गर्ने युद्ध रणनीतिको अनुमान लगाउन सकिन्छ । सिन्धुलीगढी दरबारलाई पुनर्निर्माण गरी थप आकर्षक बनाइएको छ । यो दरबार हेरेपछि ‘सिन्धुलीगढी घुमेर हेर्दा सुन्तली माई कति न राम्रो दरबार’ गीतको सम्झना आउँछ ।
रसुवागढी : नेपाल–चीन सीमानामा पर्ने रसुवागढी करिव डेढ शताव्दी पुरानो ऐतिहासिक गढी नेपाल चिनबीचमा रहेको महत्वपुर्ण सुरक्षा गढी मानिन्छ । नेपाल चीनबीचको व्यापारिक सम्बन्धलाई जोड्ने यस गढीको वि.सं १९१२ मा निर्माण भएको थियो ।
प्रमुख ताल र कुण्डहरू :
यो प्रदेश ताल, कुण्ड तथा सिमसारीय महत्व राख्ने प्रदेश हो । यस प्रदेशमा २० हजारीय ताल, गोसाईकुण्ड, च्छोरोल्पा हिमताल, जट पोखरी, पाँच पोखरी तथा बहुलाह पोखरीजस्ता महत्वपूर्ण सम्पदाहरू यहा रहेका छन् ।
प्रमुख हिमश्रृखला र हिमालहरू :
यस प्रदेशमा रहेको लाङटाङ हिमश्रृंखला र गौरीशंकर हिमश्रृंखला गरी दुईवटा हिमश्रृंखला पर्यटनका दृष्टकोणले महत्वपुर्ण रहेका छन् । नेपालमा ५ हजार मिटर भन्दा माथिका हिमचुचुराको संख्या ४१४ वटा रहेकोमा यस प्रदेशमा ६१ छन् । अग्लो चुचुरा लाङटाङ ७२०५ मिटर, गौरीशंकर ७१३५ मिटर उचाई रहेको छ ।
प्रमुख नदीहरू :
यस प्रदेशमा १० वटा उपजलाधार प्रणालीहरू र ३३ वटा मुख्य नदीहरू रहेका छन् । यी मध्ये सबभन्दा लामो नदी सुनकोशी रहेको छ जसको लम्बाई १६०.१९ कि.मी. रहेको छ भने सबभन्दा छोटो नदी लालबकैया (लम्बाई १.८९ कि.मी.) छ ।
भू–उपयोगको अवस्था :
यस प्रदेशको कुल जमिनको ५३.७ प्रतिशत (१०९००८५ हेक्टर) जमिन वनले र ७.५७ प्रतिशत (१५३७५९ हेक्टर) झाडी बुट्यानले गरी कुल ५९.२७ प्रतिशत (१२४३८४४ हेक्टर) जमिन बन क्षेत्रले ओगटेको छ भने २४.३४ प्रतिशत (४९४०८४ हेक्टर) जमिनमा खेती भएको देखिन्छ । सबैभन्दा थोरै जमिन ३०७ हेक्टर (०.०२ प्रतिशत) ताल पोखरीले ओगटेको देखिन्छ ।
प्रमुख जातजाति तथा भाषाभाषी :
जातिगत रूपमा यस प्रदेशमा मुख्यतः तामाङ (२०.४२ प्रतिशत), पहाडी ब्राह्मण (१८.२८ प्रतिशत), क्षेत्री (१७.२८ प्रतिशत) र नेवार (१६.९२ प्रतिशत) समुदाय रहेका छन् भने १०४ वटा जातिहरू (अन्य समेत) को उपस्थिति १ प्रतिशत भन्दा कम छ ।
No comments:
Post a Comment