![]() |
१०३ वर्षीय विलप्रसाद पौड्याल र १०० वर्षका दिपकुमारीको विवाह |
चौघडा । नुवाकोटमा गएको हप्ता जनातीले हजुरबा र हजुरआमाको बिबाह देख्ने अवसर पाएका छन् । लिखु गाउँपालिका वडा नं. ४ चौघडाका १०३ वर्षीय विलप्रसाद पौड्यालको विवाह उनको जनताी (पाँचौ पुस्ता) ले देखेका हुन् । उनले आफ्ना ६ छोरा, एक छोरी, ११ नाति, २२ नातिनी, ४९ जना पनाति, पनातिनी, एक जनातीसमेत गरी १०८ जना सन्नतीकै अगाडि विवाह गरेका हुन् ।
तर उनको दोस्रो, तेस्रो वा अन्य विवाह नभई धार्मिक मान्यता अनुसार आफ्नै धर्मपत्नीसंग दोस्रो विवाह भएको हो । एक सय वर्ष पुगेपछि पुर्नविवाह गर्न‘पर्ने हिन्दू धर्म अनुसार पुर्नविवाह भएको परिवारले जनाएको छ । विलप्रसादले आफ्नै घरमा आयोजित विवाह समारोहमा आफ्नी धर्मपत्नि १०० वर्षीया दिपकुमारी देवकोटा (पौड्याल) सँग पुर्नविवाह गरेका हुन् ।
दुवै जनालाई पुरोहित रामशरण खतिवडाले पुर्नविवाह गराइदिएका हुन् । गाउँकै अगुवा वृद्धवृद्धाको पुर्नविवाहले रोचकता सिर्जना गरेको स्थानीय युवा रामचन्द्र अगस्तीको भनाइ छ । विवाह सकिएपछि गाउँलेहरूलाई बोलाएर बहुभतेर (भोज)समेत खुवाइएको थियो । विसं १९७७ साल साउन १७ गते जन्मेका वृद्ध विलप्रसादले १४ वर्षको उमेरमा दिपकुमारी देवकोटासँग हिन्दू परम्पराअनुसार विवाह गरेका थिए । अहिले दिपकुमारी पनि १०० वर्ष उमेर कटेका कारण पुर्नविवाह गरेका हुन् ।
No comments:
Post a Comment