नुवाकोटको तारकेश्वर गाउँपालिकाको निर्माणधिन प्रशासनिक भवनको अनुगमन गर्दै गाउँपालिका अध्यक्ष शिव अधिकारी । तीन महिनादेखि तारकेश्वर गाउँपालिकाको कार्यालय भवन निर्माण भइरहेको छ । गाउँपालिकाको बहुवर्षीय योजना अन्तर्गत १० करोड ५० लाख रुपैयाँको लागतमा भवनको निर्माण भइरहेको पालिकाकाले जनाएको छ । लिफ्टसहितको दुई तल्ले भवन २२ कोठे हुने गाउँपालिका अध्यक्ष शिव अधिकारीले बताए । दुई वर्षभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको उनले बताएका छन् । गाउँपालिकाको भवनको शिलान्यास तीन महिना अघि नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं नुवाकोटबाट निर्वाचित प्रतिनिधि सभा सदस्य अर्जुननरसिंह केसीले गरेका थिए । |
No comments:
Post a Comment