![]() |
सेयर सचेतना कार्यक्रम |
बट्टार । नेपाल स्टक हाउस प्रालि ब्रोकर नम्बर १४ को आयोजनामा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सेयर लगानीकर्ता शिक्षा सचेतना तथा एकदिने तालिम शुक्रबार सम्पन्न भएको छ । जिल्लामा पहिलोपटक भएको तालिममा दुई सयजनाको सहभागिता थियो ।
नेपाल स्टक हाउस पालिका अध्यक्ष ईश्वरीप्रसाद रिमालको सभापतित्वमा भएको कार्यक्रमको उद्घाटन विदुर नगरपालिकाको मेयर राजन श्रेष्ठले गरेका थिए । सहायक प्रजिअ वेदनिधि अधिकारी, नेपाल पत्रकार महासंघका अध्यक्ष कपिलदेव खनालले जिल्लामा सेयर लगानीबारे चासो र चर्चा धेरै हुने गरेकाले यो तालिमबाट सेयरबारे रुचि राख्नेका लागि उपयोगी हुने धारणा व्यक्त गरेका थिए । नेपाल स्टक हाउस प्रालि ब्रोकर नम्बर १४ ले नुवाकोट र पोखरामा शाखा विस्तार गरेको छ । तालिममा नेपाल धितोपत्र बोर्डका कार्यकारी उपनिर्देशक रूपेश केसी, सिडिएम एन्ड क्लियरिङ लि.को गुनासो व्यवस्थापन अधिकृत देवराज रिजाल आधारभूत विश्लेषक सन्तोषराज बजागाईंले प्रशिक्षण दिएका थिए ।
No comments:
Post a Comment