![]() |
सन्तोष उप्रेती |
सन्तोष उप्रेती
द्धितिय उपाध्यक्ष, नुवाकोट उद्योग बाणिज्य संघ
जिल्लाको समग्र आर्थिक विकासका सम्भावनाहरूलाई उजागर गर्ने उद्देश्यले आयोजित सातौं नुवाकोट महोत्सव (२०७९ माघ २७ गतेदेखि फागुन १० गतेसम्म) भब्यताका साथ सम्पन्न भएको छ । परम्परागत कला र संस्कृतिको जगेर्ना, व्यवसायिक कृषि, जलविद्युत, सौर्य विद्युत, पर्यटन, उद्योग, हस्तकला एंव व्यापार व्यवसायलाई प्रवद्र्धनमा महोत्सवले नुवाकोट जिल्लाका लागि टेवा दिएको हामीले प्रारम्भिक समीक्षा गरेका छौं । जिल्लामा आर्थिक तथा लगानीमैत्री बातावरणको सृजना गरी वाह्य लगानीलाई आकर्षण गर्ने उद्देश्यले नुवाकोट उद्योग वाणिज्य संघको आयोजनामा भएको यो महोत्सवलाई यत्तिको भब्यताका साथ सम्पन्न गर्नका लागि सहयोग गर्नुहुने तपाई सम्पूर्णप्रति म व्यक्तिगत रुपमा र आयोजक संस्था नुवाकोट उद्योग बाणिज्य संघको तर्फबाट आभार व्यक्त गर्न चाहान्छौं । सातौं नुवाकोट महोत्सवलाई जिल्लाकै मुख्य उत्सवका रुपमा प्रस्तुत गर्नका लागि विभिन्न तरहले सहयोग पु¥याउनुहुने सम्पूर्ण उद्योगी व्यवसायी, जनप्रतिनिधि, राजनीतिक दलका आदरणिय नेतागण, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, विदुर नगरपालिका सहितका नुवाकोटका सम्पूर्ण स्थानीय तहहरू, महोत्सव आयोजना गरिएको स्थल विदुर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष सहितका जनप्रतिनिधिहरू, स्थानीय सामाजिक संघसंस्था, नेपाल पत्रकार महासंघ लगायतका सम्पूर्ण पत्रकार मित्रहरूमा हार्दिक आभारसहित धन्यवाद व्यक्त गर्दछौं । त्यस्तै, भगवानरुपी तपाई सम्पूर्ण दर्शक महानुभावहरू, जिल्ला समन्वय समिति नुवाकोट सहितका सह आयोजक संघसंस्था र कार्यालयहरू, मुख्य प्रायोजक दुवाल ब्रदर्श प्रा.लि. गंगटे नुवाकोट, सह प्रायोजक घरेलु तथा साना उद्योग कार्यालय नुवाकोट र कृषि ज्ञान केन्द्र नुवाकोट, व्यवस्थापक नारायणी फेयर एब्जीवेशन नेपाल चितवन, राष्ट्रिय तथा स्थानीय स्तरमा रहेर कला, साहित्य तथा संस्कृतिमा योगदान पु¥याइरहनुभएको सम्पूर्ण कलाकारहरूलाई समेत आभारसहित धन्यवाद व्यक्त गर्दछौं ।
धार्मिक, ऐतिहासिक कला संस्कृतिको सम्र्वद्धन, दिगो आर्थिक विकासको लागि व्यवसायिक प्रवद्र्धन भन्ने मुल नाराका साथ सञ्चालित १३ दिने यो महोत्सवले जिल्लाको कला, संस्कृति, पौरखी सृजना, जनजातीको भेषभुषा, रीतिरिवाज अनि परम्पराको संरक्षण र प्रवद्र्धन गर्दै उद्योग व्यापार र पूर्वाधार विकासको माध्यमबाट जिल्लालाई समृद्ध जिल्लाको रुपमा छुट्टै पहिचान गराउन सफल भएको मैले मात्रै नभई आम जिल्लावासीले अनुभूत गरेको विश्वास लिएको छु । खेलाडीसम्मानदेखि साहित्यक उत्सवसम्म, नेवारी समुदायको लाखे नाँचदेखि तामाङ समुदायको घोडा नाँचसम्म, कुमाल समुदायको परम्परागत प्रविधिदेखि मगर समुदायको जीवन्त इतिहाससम्म एकै स्थलमा उतार्नु हाम्रा लागी चुनौतीपूर्ण र खर्चिलो थियो । विद्यालयस्तरिय नृत्य प्रतियोगिता, दौड प्रतियोगिता, नुवाकोट झल्कने चित्रकला तयार गर्ने र प्रर्दशन गर्नका लागि देशैकै नामीनामी कलाकारहरू (ललितकला) लाई हामीले महोत्सवमा प्रस्तुत गर्यौ । हामीले महोत्सवमा राजनीतिक, जातिय, धार्मिक, सामुदायिक र वर्गिय जस्ता कुनैपनि यो वा त्यो पक्षको गन्ध आउन दिएनौं ।
विश्व महामारी कोभिड–१९ (नोबेल कोरोना भाइरस) को प्रभाव र पिडा हामीबीच कम भइसकेको छैन । विश्व महामारीको यो विकराल अवस्था केही समय ओझेल परेकै मेसोमा नुवाकोट उद्योग बाणिज्य संघले महोत्सवको सातौं संस्करण गर्नु आफैंमा चुनौतीपूर्ण थियो । यो साल महोत्सव गर्ने या नगर्ने टुङ्गो लगाउनै हामीलाई लामो समय लागेको थियो । क्षमतावान र अनुभवी व्यक्तित्व ताराबहादुर कार्कीको नेतृत्वमा रहेको हाम्रो यस संघले महोत्सव गर्ने र महोत्सवलाई विदुर र बट्टारमै मात्रै आयोजना गरेर परम्पराको निरन्तरता नदिने निर्णय सहित विदुर नगरपालिकाको वडा नं. ५ पिपल्टारमा आयोजना गर्ने जुन निर्णय केही समय अघि भयो, यसैबाट पनि महोत्सवले नयाँ ओझ ग्रहण गर्ने विषय सञ्चार भइसकेको थियो । तैपनि हामीलाई तयारीका लागि उपलब्ध समय असाध्यै कम थियो, यो समयका बीचमा सातौं नुवाकोट महोत्सव जसरी र जुन रुपमा प्रस्तुत भयो, त्यसले अहिलेसम्मका महोत्सव मध्येकै वृहत्त आकार प्राप्त गरेको छ । यसो भन्नुको अर्थ महोत्सव पूर्ण भयो भन्ने चाँही होइन, धेरै कमजोरी र गर्दागर्दै चुक भएको पाटाहरू पनि महोत्सवमा रहे । कत्तिपय हामीले आयोजक संस्थाका जिम्मेवार व्यक्ति भएका नाताले, कत्तिपय तपाई दर्शकहरूले औल्याउनु भएको कारण महोत्सवका सुधार गर्नुपर्ने पक्षहरू हामीसंग ‘रेर्कडेट’ छन् । छोटो समयमा महोत्सव आयोजना गर्नुपरेकोले व्यवस्थापकका रुपमा नारायणी फेयर एब्जीवेशन नेपाल चितवनलाई कलाकार व्यवस्थापकिय र अन्य केही कामको जिम्मेवारी सुम्पेका थियौं, जसले गर्दा कलाकारहरूलाई महोत्सवमा आमन्त्रण गर्ने र उहाँहरूको पारिश्रमिक व्यवस्थापक मार्फत् भुक्तानी गर्नुपर्ने भएका कारण हामीले तपाई दर्शकहरूले भन्नुभएको जत्ति सम्पूर्ण कलाकारहरूलाई महोत्सवको मञ्चमा प्रस्तुत गर्न सकेनौं । केही स्थानीय कलाकारहरू समेत महोत्सवमा हामीले प्रस्तुत गर्न सकेनौं । यस विषयमा विभिन्न संघसंस्था, कलाकार साथीहरू र दर्शकहरूको सुझाव सहितको ध्यानाकर्षण आएको छ । यस विषयमा नुवाकोट उद्योग बाणिज्य संघले महोत्सवको अर्को संस्करणमा सुधार गर्नेगरी ‘नोट’ गरेको छ ।
सिङ्गै जिल्लालाई एउटै मञ्चमा प्रस्तुत गर्ने महाकार्य, महोत्सव आयोजना गरेर मात्रै पनि सफल हुने होइन, जिल्ला स्थित सम्पूर्ण कार्यालय, संघसंस्था, विभिन्न पदमा रहनुभएका नुवाकोटप्रेमी आदरणिय व्यक्ति, पिपलटारवासी, अनि तपाई सम्पूर्ण दर्शक महानुभावहरूको निरन्तर र अटुट सम्वन्ध, सहयोग, सहकार्य र हौसला हामीसंग रहिरहेकै कारण सातौं नुवाकोट महोत्सवलाई भब्यताका साथ सम्पन्न गर्न सकेका हौं । फेरिपनि सहयोगी सम्पूर्ण कार्यालय, संघसंस्था, व्यक्ति र दर्शक महानुभावहरूलाई धन्यवाद सहित आभार व्यक्त गर्दछु ।
No comments:
Post a Comment