Monday, April 17, 2023

नुवाकोटका पत्रकार कुईंकेल विभूषित

पत्रकार एवं मानवअधिकारकर्मी राजनप्रसाद कुईकेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलबाट पत्रकार एवं मानवअधिकारकर्मी राजनप्रसाद कुईकेल विभूषित भएका छन् । उनी नुवाकोटका हुन् । विभिन्न क्षेत्रमा योगदान पु-याएका व्यक्तित्वहरूलाई शुक्रबार मानपदवी, अलंकार र पदकबाट सुशोभन गर्नेक्रममा राष्ट्रपति पौडेलले पत्रकार कुईंकेललाई जनसेवाश्री पदकबाट सुशोभित गरेका हुन् ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति पौडेलले उक्त मानपदवी, अलंकार र पदक शुक्रबार प्रदान गरेका हुन् । नेपालको संविधानको धारा २७७ (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा विभूषण प्रदान गरिँदै आएको छ । राष्ट्रिय दिवस तथा संविधान दिवसका अवसरमा असोज ३ गते विभूषण घोषणा गरिएको थियो । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट विविध क्षेत्रका व्यक्तिहरूलाई विभूषण दिने घोषणा गरिएको थियो । 

यस वर्ष नेपाल रत्न दिवंगत पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई दिइएको छ । भने राष्ट्र गौरवबाट दिवंगत राजनीतिज्ञ जीवराज न्यौपाने आश्रित, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी र संस्कृतिविद् सत्यमोहन जोशी विभूषित भएका छन् । यस्तै, सुप्रिसद्ध प्रबल जनसेवाश्रीबाट संस्कृतिविद् डा. जगमान गुरुङ विभूषित भएका छन् ।

राष्ट्र र जनतााके पक्षमा विभिन्न क्षेत्रबाट योगदान पु¥याउनेलाई हरेक वर्ष संविधान दिवसमा घोषणा गरेर वैशाख १ मा विभूषण वितरण गर्ने कानुनी व्यवस्था छ । 

विभूषित कुईंकेल बिगत दुई दशकभन्दा लामो समयदेखि नेपाली पत्रकारिता क्षेत्रमा सक्रिय छन् भने मानवअधिकार क्षेत्रमा पनि उत्तिनै समयदेखि अभियानरत छन् । कुईंकेल विश्वकै प्रतिष्ठित मानव अधिकारवादी संस्था एम्नेष्टी इन्टरनेशनल नेपाल शाखाको अध्यक्षसमेत रहिसकेका छन् ।

तक्मा बाँड्दा सकियो ३४ करोड

काठमाडौं । सरकारले विभूषण तयार गर्न तीन वर्षमा ३४ करोड ५८  लाख खर्च गरेको छ । मानपदवी,अलंकार र पदक तयार गर्न तीन वर्षमा सो रकम खर्च भएको  महालेखा परीक्षकको ६० औं वार्षिक प्रतिवेदनमा उल्लेख छ । 

विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु्या-उने व्यक्तिलाई विभूषित गर्न तीन वर्षको अवधिमा चार प्रकारका १२ श्रेणीका मानपदवी,  ९ प्रकारका अलंकार र १३ प्रकारका पदक तयार पारिएको हो । मन्त्रिपरिषदबाट  २०७६/७७ मा ६३३ जना, २०७७/०८८ मा ५९३ जना र  २०७९ मा ८८७ जनालाई विभूषित गर्ने निर्यण गरेको थियो । यसैगरी २०७९/८० मा ९८२ जनालाई विभूषित गर्ने मन्त्रिपरिषदले निर्णय  गरेको  थियो ।

घोषणा गरेका विभूषण तयार गर्न २०७६ मा १५ करोड ८६ लाख, २०७७/०७८ मा १० करोड २२ लाख र २०७८मा १५ करोड ८६ लाख खर्च भएको प्रतिवेदनमा उल्लेख छ । विगतमा घोषणा भएमध्यो १७६ मानपदवी, ३६ अलंकार र ६२ पदकसमेत २७४ विभूण वितरण नभइ मौज्दात रहेकाले उपयोगमा ल्याउन मिल्ने विभूषणको व्यवस्थापन गर्नपर्ने महालेखा परीक्षकले औंल्याएको छ । विभूषण तयार  गर्न लाग्ने लागत बर्सेनि बढ्दै गएकाले लागतमा कमी ल्याउने र विभूषित हुने संख्या निश्चित गरी खर्चमा नियन्त्रण गर्ने‘पर्ने महालेखाको सुझाव छ ।

विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु्याउने व्यक्तिलाई सरकारले प्रत्येक वर्ष विभूषित गर्दै आएको छ

No comments:

Post a Comment