![]() |
पत्रकार खनाललाई सम्मान गर्दै महासंघका अध्यक्ष ढकाल । |
विदुर । यस इमेज साप्ताहिकका प्रकाशक एवं नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटका अध्यक्ष कपिलदेव खनालसहित चार जनालाई नुवाकोट उद्योग बाणिज्य संघले सम्मान गरेको छ ।
सम्मानति हुनेमा खनाल, नुवाकोट उद्योग बाणिज्य संघका कार्यकारिणी सचिव ईश्वर डंगोल, इलम प्रशिक्षण केन्द्र विदुरका कार्यालय सहायक माधवप्रसाद दाहाल र प्रिन्ज आर्ट बट्टारका श्रबण प्रधान छन् । शुक्रवार सम्पन्न संघको १८ औं बार्षिक साधारण सभा तथा ११ औं अधिवेशनमा उनीहरूलाई नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सम्मान पत्र प्रदान गरेका हुन् । खनाललाई आम सञ्चारको माध्याम मार्फत् संघको संस्थागत विकास र नागरिकहरूको सूचनाको हक स्थापित गरेवापत, डंगोल र दाहाललाई कार्यालयको नियमित गतिविधि सञ्चालनमा अनवरत रचनात्मक सक्रियता देखाएवापत र प्रधानलाई जिल्लामा सूचना, प्रविधिको आधुनिक उद्योग भित्र्याएवापत सम्मान गरिएको नुवाकोट उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष ताराबहादुर कार्कीले बताएका छन् ।
No comments:
Post a Comment