Monday, April 17, 2023

नुवाकोट उद्योग बाणिज्य संघ

बाँयाँबाट क्रमश : नुवाकोट उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष गीता अमात्य, प्रथम उपाध्यक्ष राजेन्द्र श्रेष्ठ  र द्धितिय उपाध्यक्ष सन्तोष उप्रेती  

विदुर । बैशाख ८ गतेबाट सुरु हुने नुवाकोट उद्योग बाणिज्य संघको १८ औं बार्षिक साधारणसभा तथा ११ औं अधिबेशनमा काँग्रेसभित्र विभाजन देखा परेको छ । 

अधिबेशनले आगामी तीनबर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने छ । त्यसका लागि भोली मंगलवार उम्मेदवारी मनोनयन गर्ने कार्यक्रम रहेकाले भएकाले व्यवसायी नेताहरू नेतृत्व चयनको दौडधुपमा लागिसकेका छन् । 

बिगतमा काँग्रेस र एमाले निकट व्यवसायीहरूबीच नेतृत्वका लागि प्रतिस्पर्धा हुने गरेको भएपनि यसपटक काँग्रेसबीचमै प्रतिस्र्धाको सम्भावना छ आपसमै प्रतिस्पर्धा हुने भएपछि काँग्रेस निकट व्यवसायीहरूले पार्टीका केन्द्र देखि जिल्ला तहका नेताहरूलाई आफ्नो पक्षमा देखाउने कसरत समेत सुरु गरिसकेका छन् । 

हालका बरिष्ठ उपाध्यक्ष गीता अमात्य र प्रथम उपाध्यक्ष राजेन्द्र श्रेष्ठबीच प्रतिस्पर्धा हुने देखिएको छ । अमात्य र श्रेष्ठ नेपाली काँग्रेसको एउटै समूहमा भएपनि पार्टी भित्र दुईवटा धार देखापरेको छ । अमात्यलाई अर्थमन्त्री डा. प्रकाशशरण महत र बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाको समर्थन रहेको छ । जिल्ला सभापति रमेशकुमार महत एकमात्र उम्मेदवार बनाएर जानुपर्ने पक्षमा रहेपनि पार्टीको आन्तरिक समिकरणको प्रभाव बाणिज्य संघमा देखिएका कारण निर्वाचनको बिकल्प  देखिएको छैन । विदुरका मेयर राजन श्रेष्ठले महत–लामा समुहमा रहेर काँग्रेस भित्र राजनीति गर्न थालेका भएपनि उनले अध्यक्षको उम्मेदवारमा राजेन्द्र श्रेष्ठलाई अगाडी सारेका छन् । काँग्रेस जिल्ला सभापति महतले समेत श्रेष्ठलाई समर्थन गर्ने सम्भावना बढी देखिएको छ । उता, आफू निकटकाहरूको सम्मानजनक उपस्थिती खोजिरहेको अर्जुननरसिंह केसीसमूहको निर्णय संघको निर्वाचनमा निर्णायक हुने अवस्था बन्दै गएको छ । केसी समुहबाट हालका द्धितिय उपाध्यक्ष सन्तोष उप्रेतीले नेतृत्व गर्नेछन् । श्रोतका अनुसार उप्रेतीलाई बरिष्ठ उाध्यक्षमा राख्ने कसरत भइरहेको छ । उनले श्रेष्ठ समुहसंग बढी निकट रहेर छलफल चलाइरहेका छन् । 

संघको प्रथम उपाध्यक्ष, द्वितिय उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र प्रबक्ता पदमा कृष्ण अधिकारी, उपेन्द्र बुढाथोकी, दिनेशकुमार श्रेष्ठ, सबिन राजभण्डारी, उद्धव पन्त,  मधुसुदन थपलिया, हरिशरण रिमाल, निरज खड्गी, राजकुमार आचार्य, बिष्णु प्याकुरेल, मेघनाथ घिमिरे, सुमन भण्डारी लगायतको नाम चर्चामा रहेको छ । नुवाकोट उद्योग बाणिज्य संघमा करिब एकहजार तीनसय मतदाता छन् । संघको निर्वाचनमा काँग्रेस बाहेकका सबै व्यवसायी एक पक्षमा उभिएपनि काँग्रेसले नै जित्ने पक्का भएकै कारण अन्य दलमा आवश्यक व्यवसायीहरू समेत काँग्रेसभित्र विभाजन चाहिरहेका छन् ।  

काँग्रेसले सत्तारुढ दल माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलका व्यवसायीहरूलाई  मिलाएर साझा टिम बनाउने बारेमा समेत आइतवार साँझबाट छलफल थालेको नुवाकोट काँग्रेसका उपसभापति राजु थापाले जानकारी दिएका छन् ।

एमालेले संघको आशन्न निर्वाचनलाई कसरी ‘फेस’ गर्छ भन्ने अनुमान अहिले गर्न सकिएको छैन । काँग्रेस नेतृत्वमा सर्वसम्मत हुन नदिने र हार्ने नै भएपनि अध्यक्ष सहितको महत्वपूर्ण केही पदमा चुनवा गराउने रणनीति एमालेले लिने बताइएको छ । संघको चुनावको विषयमा एमाले नुवाकोटले कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन । 

No comments:

Post a Comment