![]() |
धनेश्वरी म्युरजा डाँडा तथा छ्युर्तेन उद्घाटन गर्दै हिरानाथ खतिवडा |
देउराली । नुवाकोटको म्यागङ गाउँपालिका वडा नं. ६ स्थित धनेश्वरी म्युरजा डाँडा तथा छ्युर्तेन उद्घाटन भएको छ ।
नेकपा माओवादी केन्द्र नुवाकोटका सहइञ्चार्ज तथा पुर्व प्रदेश सांसद हिरानाथ खतिवडाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वाङ अभिषेकसहित विभिन्न पुजा तथा दुमाङ पाठ गरिएको हो । गएको बुधबार र बिहीबार दुई दिन भएको पुजापाठ वाङ तथा आशिर्वाद ग्रहणमा नेपाल अहिंसावादी विश्व शान्ति चक्र संघका केन्द्रीय महासचिव प्रेम दोर्जे बल लामाको उपस्थिति रहेको थियो । संस्कृति तथा पर्यटन मन्त्रालय बागमती प्रदेश सरकारको पर्यटन विकासबाट विनियोजित १० लाख रूपैयाँमा छ्युर्तेन निर्माण भएको हो ।
No comments:
Post a Comment