विदुर । प्रहरीलाई दुव्र्यवहार गरेको आरोपमा एक जना चालक पक्राउ परेका छन् ।
वीरगन्ज–गल्छी–देवीघाट–विदुर सडकमार्ग अन्तर्गत बिदुर नगरपालिका–४ बट्टारबजारमा प्रहरीलाई दुव्र्यवहार गरेको आरोपमा तनहुँको ब्यास नगरपालिका वडा नं. १ का २९ वर्षीय बलबहादुर नेपाली पक्राउ परेका हुन् ।
नारायणगढबाट यात्रु बोकेर देवीघाट हुँदै त्रिशुलीतर्फ जाँदै गरेको बा ४ ख ८९१९ नम्बरको बस रोकेर प्रहरीले चेकजाँच गर्ने क्रममा चालकले दुव्र्यवहार गरेको प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट अभद्र व्यवहार मुद्दामा पाँच दिनको म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान भई रहेको उनले बताए । उनका अनुसार चालक नेपालीले मादक पदार्थ सेवन गरेको पाइएको छ ।
No comments:
Post a Comment