ककनी । नुवाकोटमा सशस्त्र प्रहरी जवानको आधारभूत तालिम समापन भएको छ । ककनी गाउँपालिका–५ स्थित सशस्त्र प्रहरी बल यूएन शान्ति स्थापना तालिम शिक्षालयमा यही वैशाख १४ गतेदेखि सञ्चालित तालिम शुक्रबार समापन गरिएको हो ।
सशस्त्र प्रहरी जवान आधारभूत तालिमको दीक्षान्त कवाच समापन कार्यक्रममा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक तथा सशस्त्र प्रहरीका डीआईजी अभिकुमार खत्री उपस्थित थिए । उनले नेपाली जनताको जीउधन, स्वतन्त्रता रक्षाका लागि कटिबद्ध रहेको बताए । ‘नेपाल, नेपाली जनताको जीउधन, स्वतन्त्रता रक्षाका लागि पेसागत दक्षता र मानवअधिकार सम्मान सम्बर्द्धन गर्दै कार्यान्वयनको पूर्ण जिम्मेवारीका साथ कार्य गर्नुपर्ने छ,’ उनले भने । परिस्थितिअनुसार उच्च मनोबलका साथ कार्य क्षेत्रमा खटिन उनले निर्देशन दिए ।
आधारभूत तालिममा ९३ मध्ये ८५ जना प्रशिक्षार्थीहरू मात्र सहभागी थिए । ३४ हप्ता प्रशिक्षण अवधि रहेकोमा पहिलो चरणमा १७ हप्ता र दोस्रो चरणमा १७ हप्ता गरी दुई चरणमा सञ्चालन भयो ।
तालिमप्राप्त जवानलाई डीआईजी खत्री, सशस्त्र प्रहरी बल यूएन शान्ति स्थापना तालिम शिक्षालयका प्रमुख एसएसपी कृष्ण ढकाल, प्रमुख जिल्ला अधिकारी किरण थापा, जिल्ला प्रहरी कार्यालयका एपी रमेश पण्डितले जवानलाई दज्र्यानी चिह्न लगाइदिएका थिए । धादिङ ज्वालामुखी गाउँपालिका–६ का नवीन श्रेष्ठलाई डीआईजी खत्रीले सुरुमा खुकुरी प्रदान गरेका थिए ।
No comments:
Post a Comment