Monday, April 17, 2023

मानसिक स्वस्थ्य शिबिर

पञ्चकन्या गाउँपालिकामा भएको निःशुल्क मानसिक स्वास्थ्य शिविरपछि आयोजक संस्थाका प्रतिनिधिहरु ।

कविलास । पञ्चकन्या गाउँपालिकामा एक गैर सरकारी संस्थाको सहयोगमा निःशुल्क मानसिक स्वास्थ्य शिविर सञ्चालन भएको छ । ‘सबैका लागि मानसिक स्वास्थ र मनोसामाजिक सुस्वास्थ्य’ भन्ने मुल मर्म बोकेर सामाजिक चेतना अभिवृद्धि, क्षमता  अभिवृद्धि, नीति निर्माण, नितिको कर्यान्वयन, मानसिक स्वास्थमा पहुँच वृद्धि, मानसिक स्वस्थ्यमा मनोसामाजिक परामर्श र उपचारात्मक सेवा प्रदान गर्दै आइरहेको कोशिस, राष्ट्रिय मानसिक स्वस्थ्य स्वाबलम्बन संगठन, नुवाकोटले पञ्चकन्या गाउँपालिकाको दुई वडामा शिविरको आयोजना गरेको हो । वडा नंं १  र वडा नंं. ५ स्थित स्थानीय स्वास्थ्य चौकीमा शिविर भएका छन् । चैत्र २९ गते बानियाँटार स्वस्थ्य चौकी र चैत्र ३० गते भद्रुटार स्वस्थ्य चौकीमा भएको उक्त शिबिरबाट ५४ जनाले लाभ लिएको बताइएको छ । 

शिबिरमा त्रिशुली अस्पतालका मनोचिकित्सक डा. अनुशा मानन्धरले मनोसामाजिक चिकित्सकिय सेवा र कोशिसका मनोबिद सफल सापकोटा, शैलेन्द्र शर्मा र अनुप आचार्यले मनोसामाजिक परामर्श प्रदान गरेका छन् । उक्त शिबिर सञ्चालनमा परियोजना संयोजक लोकप्रसाद गौतमले समन्वय, सहकार्य र ब्यबस्थापकिय भुमिकामा सहजीकरण गरेका थिए । मानसिक स्वस्थ्य पनि आधारभुत स्वस्थ्यकै एक अङ्ग भएको हुँदा मानसिक स्वस्थ्यको सेवा बिस्तार र सेवामा पहुँचको सुनिश्चिततामा स्वंयम ब्यक्ति, परिवार, सरोकारवाला, सरकारले हातेमालो गरी कार्य गर्नु पर्ने संयोजक गौतमले बताए । 

डा. अनुशा मानन्धर तथा कोशिसको टिमललाई बानियाँटारमा वाड अध्यक्ष माहानन्द ढकाल र स्वस्थ चौकी इन्चार्ज रमेश कार्की तथा भद्रुटारमा स्वस्थ्य चौकी इन्चार्ज रबिन्द्र शाह तथा वाड सदस्य रामजंग बुढाथोकीले सम्मान सहित आभार व्यक्त गरेका थिए । सो अबसरमा वडा नं. १ का अध्यक्ष माहानन्द ढकालले मानसिक स्वस्थ्यमा जनचेतना अभिवृद्धि गर्न कोशिससंगको सहकर्यमा सडक नाटक कार्यक्रम गर्न रकम उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै कोशिसको कार्यक्रमको निरन्तर लागि अनुरोध सहित आगामी आर्थिक बर्षमा वडाबाट समेत देखिने खाले सहयोग गर्ने प्रतिबद्ध वडा अध्यक्ष ढकालले जनाएका छन् । 

No comments:

Post a Comment