विदुर । खेती गर्ने मौसम सुरु भएपछि किसानहरूको सुविधाका लागि नुवाकोटको माझिटारमा किसानहरूलाई हाते ट्रयाक्टर वितरण गरिएको छ ।
विदुर नगरपालिका ५ माझिटारमा रहेको अक्कलादेवी कृषि सहकारी संस्थाले आफ्ना किसान सदस्यहरूलाई अनुदानमा हाते ट्रयाक्टर वितरण गरेको हो । सो सहकारीको पहलमा कृषि ज्ञान केन्द्र नुवाकोटको आर्थिक वर्ष २०७९–०८० को स्वीकृत दलहन बाली प्रर्वद्धन कार्यक्रमका लागि कृषकलाई प्रबिधि हस्तान्तरण गर्ने कार्यक्रम अन्तरगत ५० प्रतिशत अनुदानमा हाते ट्रयाक्टर वितरण गरेको सहकारीका अध्यक्ष राजकुमार अर्जेलले जानकारी दिए ।
अक्कलादेवी कृषि सहकारी संस्थामा आवद्ध १२ जना किसानलाई खेती गर्नका लागि जोतखन गर्नका लागि हाते ट्रयाक्टर प्रदान गरिएको हो । किसानहरूलाई खेत तथा बारी जोतखन गर्न सुविधा पुगेको कृषि ज्ञान केन्द्र नुवाकोटले जनाएको छ ।
No comments:
Post a Comment