ढुङ्गे । नुवाकोटमा भ्रष्टाचार बिरुद्धको अभियानमा नुवाकोटका ४० जना युवाहरूले रगत दान गरेका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोप लागेका नेताहरूलाई तत्काल पक्राउ गरी कारबाहिको माग गर्दै विदुर नगरपालिकाको वडा नम्बर १ ढुङ्गेमा रगतदान गरिएको हो ।
देशको योद्धा–द्धारा भ्रष्टाचार बिरुद्ध गरिएको रक्तदान कार्यक्रममा भ्रष्टाचारको बिरोद्धमा आवाज उठाई लडिरहेकाहरूका लागी ४० जनाले रगतदान गरेको रक्तदान कार्यक्रमको नेतृत्व गरेका युवा अभियन्ता मछिन्द्रनरसिंह प्याकुरेलले जानकारी दिए । देशमा मौलाएको भ्रष्टाचार न्युनिकरणको लागी अभियन्ताहरूले सरकारसंग माग गरेका छन् । रगतदान कार्यक्रममा भ्रष्टाचार बिरुद्धका विभिन्न प्लेकार्डहरू बोकर भ्रष्टाचार न्युनिकरणका लागी बिरोध जनाईएको थियो ।
‘हामीले सहेर नै भ्रष्टाचार बढेको हो’ अब कति सहने भन्दै सयौ जनाले भ्रष्टाचार बिरुद्धको अभियानमा सहभागिता जनाएका थिए । ‘भ्रष्टाचारी देशका शत्रु हुन् ।
जसलाइ हामी जनताले देशको मुहार फेर्छ भनेर बिश्वास गरेर नेता बनाइएको हुन्छ उसले हामी जनता लाईनै बेच्ने सम्मको मानव बेचबिखन जस्तो अमानवीय काम गर्ने भ्रष्टाचारीलाई छोड्नु हुन्न । बढालाइ चैन सानालाई ऐन नहोस् ।’ जस्ता नाराहरू लेखिएको प्लेकार्ड बोकेर कार्यक्रमाम सहभागी युवाहरूले बिरोध जनाएका थिए ।
प्रकाशक : कपिलदेव खनाल, सम्पादक : शर्मिला उप्रेती, सह–सम्पादक : सुजित भण्डारी, प्रमुख समाचारदाता : प्रितिका थापा, कार्यालय : विदुर नपा– ४ विदुर नुवाकोट, फोन नं. ०१०५६१६७८,९८५१०९३२९० email : imageweekly@gmail.com
Wednesday, May 31, 2023
भ्रष्टाचार बिरुद्ध रक्तदान
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment