विदुर । राष्ट्रिय परिचयपत्र अब वडाबाट वितरण गरिने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले शुक्रबार आयोजना गरेको राष्ट्रिय परिचयपत्र जिल्लास्तरीय अन्तरक्रियामा जनप्रतिनिधिहरूलाई उक्त जानकारी दिएको हो ।
विभागका निमित्त महानिर्देशक सूर्यबहादुर खत्रीले १६ वर्ष उमेर पुगेका र नेपाली नागरिकता प्राप्त गरेकाले राष्ट्रिय परिचयपत्र लिन पाउने उक्त कार्य यो महिनाभित्रमै वडास्तरबाट थालिने बताए । नुवाकोटमा १२ स्थानीय तह र ८८ वडा छन् ।
राष्ट्रिय परिचयपत्रले दोहोरो नागरिकता र राहदानी लिनेहरू निरुत्साहित हुने प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए । नुवाकोटमा हालसम्म ३७ हजार ५८६ जनाले राष्ट्रिय परिचयपत्र लिएको विभागले जनाएको छ । वडास्तरबाट राष्ट्रिय परिचयपत्रको लागि ४० जना कर्मचारी परिचालित हुने विभागले जनाएको छ ।
प्रकाशक : कपिलदेव खनाल, सम्पादक : शर्मिला उप्रेती, सह–सम्पादक : सुजित भण्डारी, प्रमुख समाचारदाता : प्रितिका थापा, कार्यालय : विदुर नपा– ४ विदुर नुवाकोट, फोन नं. ०१०५६१६७८,९८५१०९३२९० email : imageweekly@gmail.com
Wednesday, May 31, 2023
राष्ट्रिय परिचयपत्र वडाबाटै
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment