Wednesday, May 31, 2023

पोशाक र शैक्षिक सामाग्री वितरण

पोशाक र शैक्षिक सामाग्री वितरण

विदुर । विदुर नगरपालिका–१३ मानेचौतारास्थित बागेश्वरी आधारभूत विद्यालयका बालबालिकालाई पोशाक र शैक्षिक सामाग्री वितरण गरिएको छ । शुक्रबार विद्यालयको प्राङ्गणमा आयोजित एक कार्यक्रमकाबीचमा नेकपा एमालेका केन्द्रीय सदस्य विन्दा ढुंगानाले सामाग्री विद्यालयका बालबालिकालाई प्रदान गरेका हुन् ।
    नेतृ ढुंगानाले बालबालिकाको आचरण व्यवहारमा परिवर्तन गर्न आधारभूत विद्यालयदेखि नै नैतिक शिक्षा बालबालिकाहरूका लागि आवश्यक रहेकोमा जोड दिईन् । विद्यालयमा कक्षा १ देखि ८ सम्म अध्यनरत १३४ जना बालबालिकालाई विद्यालय पोशाक र झोला वितरण गरिएको समाजसेवी नवराज ढुंगानाले जानकारी दिए । साथै विद्यालयको शैक्षिकसत्र २०७९ मा कक्षागत प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गरिएको उनले बताए । व्यक्तिगत खर्चमा वितरण गरिएको सामाग्रीबाट विद्यालयको शैक्षिक सुधारमा टेवा पुग्ने उनले बताए ।
    पोशाक र शैक्षिक सामाग्री वितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण श्रेष्ठ, नेकपा एमालेका नेतृ अम्बिका पौडेल, राष्ट्रिय युवा संघ नुवाकोटका अध्यक्ष प्रज्वल सापकोटा, नेकपा एमाले नुवाकोटका कार्यालय सचिव अरुणकुमार श्रेष्ठलगायतले सामुदायिक विद्यालयको वर्तमान अवस्थाका बारेमा चर्चा गरेका थिए ।

No comments:

Post a Comment