Wednesday, May 31, 2023

गाउँपालिकाद्धारा लामा गुरुलाई सहयोग

गुरुहरूलाई सहयोग उपलब्ध

तारकेश्वर । नुवाकोटको तारकेश्वर गाउँपालिकाले पालिका भित्रका दुई स्थान लामा गुरुहरूलाई सहयोग गरेको छ । गाउँपालिकाका अध्यक्ष शिव अधिकारीले वडा नम्बर १ र ५ का लामा गुरुहरूलाई विभिन्न सहयोग प्रदान गरेको हो ।

    अध्यक्ष अधिकारीले वडा ५ का लामा गुरुहरूलाई ड्रेसहितको तामाङ बाजा (लामा बाजा) र एक थान साउन्डसिस्टम प्रदान गरेका हुन् । यस्तै वडा १ को कार्यालयमा लामा गुरुहरूलाई बाजा उपलब्ध गराइएको छ । तामाङ जातिहरूको विभिन्न शुभकार्यमा लामा गुरुहरूको महत्वपूर्ण भूमिका रहदै आएको भन्दै धर्म र संस्कृतिको रक्षा गर्न लामा गुरुहरूलाई सहयोग गरेको अधिकारीले बताएका छन् ।
    स्थानीय कला संस्कृति र पर्वहरूको संरक्षणको लागि सहयोग गर्ने उद्धेश्यले पालिकाले लामा गुरुहरूलाई सहयोग उपलब्ध गराएका अध्यक्ष अधिकारीले बताए ।

No comments:

Post a Comment