![]() |
कार्यक्रममा परियोजनाबारे जानकारी गराउदै पदम उप्रेती |
विदुर । राष्ट्रिय विद्यालय दिवा खाजा कार्यक्रम परियोजना कार्डसन नुवाकोटले गएको हप्ता स्थानीय उत्पादनमा आधारित विद्यालय दिवा खाजा कार्यक्रम ढाँचा सम्बन्धि १ दिने वडा स्तरीय अभिभुखिकरण कार्यक्रम विदुर नगरपालिका वडा नम्बर ५ को वडा कार्यलयमा सम्पन्न गरेको छ ।
नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्र निकट समन्वय तथा परामर्श जापान सरकारको आर्थिक सहयोगमा विश्व खाद्य कार्यक्रमको नेतृत्व तथा साझेदार संस्था शान्ति भोलेन्टियर एशोसियसन नेपाल र स्थानीय जिल्ला तहको साझेदार संस्था कार्डसन नेपालद्वारा परियोजनाको कार्यन्वयन भईरहेको छ ।
नुवाकोटको १२ वटै स्थानीय तहमा सञ्चालित यस परियोजनाको अवधि ३ वर्षे रहेको कार्डसन नेपाल नुवाकोटका अध्यक्ष पदम उप्रेतीले जानकारी दिए । उप्रेतीका अनुसार नुवाकोट जिल्लाभरिका १२ वटै पालिकाहरूमा रहेका सामुदायिक ४३४ वटा विद्यालयरुमा राष्ट्रिय दिवा खाजा सञ्चालन भईरहेको छ ।
विदुर नगरपालिका भित्र ६० वटा विद्यालयमा अध्यनरत विद्यार्थी ६ हजार ३ तिन सय ३२ जनाले दिवा खाजा खाइरहेका छन् । उप्रेतीका अनुसार स्थानीयस्तरमा उपलब्ध पोषणयुक्त र स्वस्थकर दिवा खाजा खुवाउनका लागि होम ग्रोन स्कूल फिडिङ अप्रोच अपनाउँदै विद्यालय दिवा खाजा कार्यक्रम लाई सफलतापूर्वक कार्यन्वयन गर्न स्थानीय सरकारको क्षमता अभिवृद्धि गर्ने उद्देश्य कार्यक्रमको छ । कार्यक्रम नुवाकोटको ८८ वटै वडाका सामुदायिक विद्यालयका आधारभुत विद्यालय र माविमा बालविकास कक्षा देखि ६ कक्षासम्म अध्यनरत प्रतिदिन विद्यार्थीहरू लाई १५ रुपैयाँ को दरले वार्षिक १८० दिन खाजा खुवाउने कार्यक्रम रहेको उनले बताए । कार्यक्रममा विदुर–५ का वडा अध्यक्ष लिलानाथ न्यौपाने, वडा सदस्यहरू बिनोद चित्रकार, होमबहादुर कुमाल, वडा सचिव ममता तिमल्सिना, नेकपा एकीकृत समाजवादी नुवाकोटका सह–सचिव उद्धव पनेरु, नेकपा माओवादी केन्द्रका वडाका अध्यक्ष रामहरि घिमिरे, अक्कलादेवि कृषि सहकारीका अध्यक्ष राजकुमार अर्जेल लगायतले दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिनुपर्ने र वडा नगरबाट सहयोग गरि कार्यक्रमलाई सफलता पूर्वक लैजानुपर्ने धारणा राखेका थिए ।
No comments:
Post a Comment